मिलको फित्तामा बेरिएर मृत्यु

सांकेतिक तस्वीर

भोजपुर । मिलको फित्तामा सल बेरियर भोजपुरमा एक महिलाको मृत्यु भएको छ । रामप्रसादराई गाउँपालिका–१ ओख्रे कि ७६ वर्षीया कुमारी बानियाँको धान कुट्ने मिलको फित्तामा सल बेरिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

शनिबार साँझ ५ बजे सोही स्थानमा रहेको योगेन्द्र राईको विद्युतीय मिलमा धान कुटाउने क्रममा बानियाँले घाँटीमा लगाएको सल मिलको फित्तामा बेरिँदा गम्भिर घाइते भएकी थिइन् ।

उनको उपचारका क्रममा स्थानीय संगीता मेडिकल ओख्रेमा राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमा लागि आज जिल्ला अस्पताल ल्याइदै गरेको भोजपुर प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 303 times, 1 visits today)

epaper

ताजा समाचार

आर्थिक गतिविधि विस्तारमार्फत जिडिपी बढाउने मधेसको योजना