विद्यालयमा चट्याङ पर्दा छात्रवासमा पढिरहेका विद्यार्थीको मृत्यु, दुई घाइते

सांकेतिक तस्वीर

 लमजुङ । लमजुङको एक विद्यालयमा चट्याङ पर्दा एक विद्यार्थीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । क्व्होलासोंथर गाउँपालिका– ४, भुजुङको त्रिभुवन विद्याश्रम माविमा परेको चट्याङले एक विद्यार्थीको मृत्यु भएको र दुई जना विद्यार्थी मंगलबार घाइते भएको प्रहरीले जनाएको छ ।

चट्याङका कारण उक्त माध्यमिक विद्यालयको कक्षा– १० मा अध्ययनरत सोही गाउँका १८ बर्षीय विनोद विश्वकर्माको मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयन प्रवक्ता नन्दमान पुनले बताए । उनका अनुसार दिउँसो ३ बजेर ५० मिनेट जाँदा विद्यालयमा चट्याङ परेको थियो ।

चट्याङबाट गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकप्टरबाट पोखरा पठाइएको थियो । पोखरा वपाइएका घाइतेमा १८ बर्षीय विनोद, १८ बर्षीय छविन्द्र गुरुङ र घाइते भएका अन्दाजी १८ बर्षीय रेशबहादुर गुरुङ थिए । तर बिनोदको बेलुका करिव साँढे ५ बजेको समयमा मृत्यु भएको चिकित्सकले घोषणा गरेको प्रहरी प्रवक्ता पुनले जानकारी दिए ।

घाईते भएका उनीहरुलाई भुजुङबाट जिपमा घलेगाउँ पु¥याएर प्राथमिक उपचार गरिएको क्व्कहोलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताए । उनका अनुसार करिव ५ बजेतिर हेलिकप्टरमार्फत पोखरा लगिएको थियो । उनले भने, ‘गम्भीर घाइते भएका अन्य २ भाइ छविन्द्र गुरुङ र रेशबहादुर गुरुङको उपचार भइरहेको छ ।’ गण्डकी प्रदेश सरकार, गाउँपालिका र प्रशासनको सहयोगमा हेलिकप्टर मगाएर घाइतेको उचपारका लागि पोखरा पठाएको क्व्होलासोंथर गाउँपालिका– ४ का वडाध्यक्ष खिमबहादुर गुरुङले बताए ।

उनका अनुसार चट्याङले विनोद र छविन्द्र बेहोस भएका थिए । रेशबहादुरको एउटा हात नचलेको सो विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर गुरुङले बताए । उनका अनुसार उनीहरु तिनै जना कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । उनले भने, ‘उनीहरु छात्राबासमा बसेर अध्ययन गर्दै थिए ।’ उक्त चट्याङबाट विद्यालय भवन, छात्राबासमा जोडिएका विद्युतका तारहरू समेत छिन्नभिन्न भएका छन् । भजुङमा चट्याङ परेर विद्यार्थी घाइते भएको जानकारी आउनासाथ तत्कालै प्रदेशमा सम्पर्क गराई हेलिकप्टरका लागि पहल गरिएको र उद्दार गरी उपचारका लागि पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 291 times, 1 visits today)

epaper

ताजा समाचार

महाधिवेशनपछिको खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, ४५ दिनको समयसीमा