हाम्रा पुर्खा: ज्ञानका विश्वविद्यालय

भनिन्छ, आवश्यकता नै आविष्कारको जननी हो । कि त पढेर जानिन्छ कि त परेर पनि भन्ने गरिन्छ । हाम्रा पुर्खाको युगमा औपचारिक पढाइलेखाइ थिएन । विद्यालय वा विश्वविद्यालय थिएनन् । तर उनीहरू जीवन भोगाइले आविष्कारक भए । अनेक उपकरणको निर्माण गरे, अनुसन्धान गरे । उत्खनन गरे, उपयोग गरे । प्रकृतिमा जे उपलब्ध थियो त्यसैको प्रयोग गरेर जीवन चलाउने कला सिके । जमिन जोतेर खेती गर्नका लागि कुटो, कोदाला बनाए । काठबाट हलो बनाए । हलोबाट जमिन जोत्न सकिने विधिको खोजी गर्दा फलामको फाली बनाए । यसलाई अड्याउन कर्वा बन्यो । यसैगरी हरिस, जुवा, जोतारा, अनौं आदिको प्रयोग गरे । जोडी गोरुको सहयोगबाट विभिन्न खेतीबाली गर्ने विधि र पद्घतिको उपयोग गरे ।

पशुलाई नियन्त्रणमा राख्न दाम्लाहरू बनाए । दाम्ला बनाउने कच्चा पदार्थ पनि प्रकृतिमा नै खोजे । उनीहरूबाट गोरसको उपयोग गर्ने विधि पत्ता लगाए । पशुको थुनबाट दूध निकाल्न काठको भाँडा बनाए । दूध तताउने माटाका भाँडा निर्माण गरे । दही जमाउन काठबाट ठेकीहरू बनाए । दही मथेर घिउ निकाल्न मदानी बनाए । यसलाई अड्याउन र मथ्ने विधिको पनि आविष्कार गरे । अन्नबाली काट्ने, सिहार्ने र भण्डारण गर्ने हावा पानी र ठाउँअनुसारको व्यवस्था मिलाए । धानको बोक्रा निकालेर चामल बनाउन ढिकी बनाए । मकै, गहुँ, कोदो, फापरलगायतका खाद्यान्न आवश्यकताअनुसार पिठो वा मसिनो बनाउन जाँतोको आविष्कार गरे । तोरीबाट तेल निकाल्ने कोल बनाए, आदि इत्यादि ।

यति मात्र होइन हाम्रा पुर्खाले वनजंगलमा रहेका हजारौं बोटविरुवामध्ये कतिपय फलपूmल खान मिल्ने विरुवा छनोट गरे । कतिपय बोटविरुवाका पातको उपयोग गरे भने कतिका जराहरू खनेर खाए । यसैगरी गाउँघर, वनजंगलमा रहेका औषधिजन्य विरुवाको पहिचान गरे । अस्पतालको निर्माण र औषधिको आविष्कार नभएको युगमा पनि उनीहरूले जीवनका आयु रेखाहरूलाई दरिलो र भरिलो बनाउन तिनै बनबुटाको साहारा लिए । यसरी हेर्दा औपचारिक रूपमा विद्यालय र विश्वविद्यालयको मुख देख्न नपाएका हाम्रा पुर्खा अनौपचारिक ज्ञानका खानी थिए । जीवनको भोगाइ र अनुभवको आधारमा उनीहरू ज्ञानका विश्वविद्यालय थिए ।

हाम्रा पुर्खाहरूले भौतिक रूपमा जीवन बाँच्ने उपायको मात्र आविष्कार गरेनन्, उनीहरूले आध्यात्मिक चिन्तनको फराकिलो एवं उदार भावनाको पनि विकास गरे । भगवानका कथा सुनाएर समाजलाई धार्मिक बनाए । नैतिक शिक्षामा आधारित दन्त्यकथाको रचना गरे । आध्यात्मिक भावनाको विकास गरी ज्ञान हस्तान्तरण गर्दै समाजलाई अनुशासित बनाउने काम गरे । पाहुनालाई अतिथि देवो भनेर मानवताको पाठ सिकाए । बटुवालाई वास बस्न पाटीपौवा एवं धर्मशाला निर्माण गरी मानव सेवा गरे । पशु र चराचरुंगीको पानी पिउने व्यवस्थाका लागि ठाउँठाउँमा पोखरी खनी दिए । उकाली ओराली गर्दा, भारी बोक्दा वा गाईवस्तु चराउँदा थकाइ लागेपछि बसेर आराम गर्न ठाउँठाउँमा चौतारी निर्माण गरे ।

हाम्रा पुर्खाले भौतिक रूपमा जीवन बाँच्ने उपायको मात्र आविष्कार गरेनन्, उनीहरूले आध्यात्मिक चिन्तनको पनि फराकिलो विकास गरे

यसैगरी हाम्रा पुर्खाहरूले जन्म, विवाह र मृत्युलगायत सामाजिक संस्कार निर्माण गरे । चाडवाड मनाउने चलन बसाए । विभिन्न जात, जाति र धर्म, एवं सम्प्रदायका मानिसले आ–आप्mनै किसिमका रीतिथिति बसाए । विभिन्न देवी देवताका मन्दिर बनाए । देवीदेवताको पूजाआरधना गर्ने संस्कार र संस्कृतिको विकास गरे । यसरी हेर्दा हाम्रा पुर्खाहरू धार्मिक गुरु हुन् । समाज विज्ञानका प्रणेता हुन् । सोसियल साइन्टिस्ट हुन् । ज्ञानका विश्वविद्यालय हुन् । सांस्कृतिक धरोहर हुन् । आवश्यकताका आविष्कारक हुन् । अनुभवका खानी हुन् । हाम्रा कीर्ति हुन् । र प्रेरणाका स्रोत हुन् ।

पुर्खाहरूले जीवनको भोगाइबाट भाषाको पनि निर्माण गरे । उखान टुक्का बनाए, ‘कुरा सुन्नु बूढाको आगो ताप्नु मूढाको’ भनेर आर्जित ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने मनोविज्ञानको सृष्टि गरे । अल्छीलाई काम गराउनका लागि ‘अल्छे तिघ्रो स्वादे जीब्रो’ भनेर व्यंग्य गरे । समयमा नै नसोच्नाले दुःख पाइन्छ भन्ने सन्देश दिन आगो लागेपछि इनार खन्नुको अवस्था अथ्र्याए । आप्mना सन्तानलाई हिम्मति बनाउन आँटी छोरालाई बाघले खाँदैन भन्ने उखानको माध्यमबाट प्रेरणा दिए । समाजमा इमान र विश्वास जगाउन इमान भनेको लाख हो, पैसा भनेको खाक हो भन्ने उपदेश दिँदै धन सम्पत्ति कमाउनका लागि दुष्कर्म गर्नु हुँदैन भन्ने दीक्षा दिए, अर्ती सुझाए ।

यसैगरी गाउँघरमा लेनदेन एँेचोपैँचो चलाउनुपथ्र्यो । अहिले पनि पर्छ । दिएको पैसा वा मालसामान फिर्ता नगर्ने प्रवृत्तिका मानिसलाई कुकरलाई मासु पैँचो भनेर इमान र विश्वासको खोजी गर्ने पहल गरे । समाजमा मानिस पिच्छे भिन्नाभिन्नै ज्ञान एवं अक्कल हुने भएकोले सबैका आवाज सुन्ने संस्कृतिको विकासका लागि कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि भने । उपार्जन बिना नै मीठो मसिनो खान खोज्ने अल्छीलाई गाई न गोठ लवर लवर ओठ भने । मेहनतको महत्व दर्साए । उल्लेखित उखान हाम्रा पुर्खाका जीवन भोगाइका अनुभवबाट निर्माण भएका केही दृष्टान्त मात्र हुन् । यसरी भाषा शास्त्रीय दृष्किोणबाट हेर्दा पनि हाम्रा पुर्खा परेर सिकेका भाषाशास्त्री हुन् ।

अहिले समय बद्लियो । शिक्षाको विकास भयो । विद्यालय, महाविद्यालय र विश्वविद्यालय स्थापना भए । राज्यले राष्ट्रको ठूलो ढुकुटी शिक्षामा खर्च गरेको छ । पढ्ने लेख्नेको संख्यामा बढोत्तरी भएको छ । विद्यार्थी झोलाभरि किताब बोकेर शिक्षालय जान्छन् । पढ्ने र पढाउने किताब लेखिएका छन् । पाठ्यपुस्तक निर्माण भएका छन् । तर, शिक्षाले न त हाम्रा पुर्खाले आविष्कार गरेजस्तो आधुनिक जीवन सञ्चालन गर्ने विधि र पद्धतिको आविष्कार गर्न सकेको छ । न त पुर्खाले आविष्कार गरेका उपकरणको पहिचान, संरक्षण र संवद्र्धन गर्न सिकाएको छ । शिक्षाले विकसित देशले निर्माण गरेका यन्त्र, बीउबिजनलगायतको उपयोग गरी कृषि, पशुपालन, उद्योग, वन, वनस्पति, जडीबुटी, जल, जमिनको उपयोग गर्ने ज्ञान एवं सीप सिकाउन सकेको छैन । बरु सिर्जनशील शिक्षाको अभावमा पुर्खाले आर्जेका खेतखला बुँझाएर युवापुस्ता विदेशी भूमिमा काम गर्न बाध्य छ । गाउँघरका गाईगोठहरू भत्किएका छन् ।

सिर्जनशील शिक्षाको अभावमा पुर्खाले आर्जेका खेतखला बँझ्याएर युवापुस्ता विदेशी भूमिमा काम गर्न बाध्य छन्

विद्वान् इडोयु कोएनिखाले तिम्रा देशका युवाको पुरुषार्थ देखाउ अनि तिम्रो देशको भविष्य’bout म भन्न सक्छ भनेका छन् । हाम्रा देशका युवाको अवस्था हेर्दा देशको भविष्य उज्वल देखिँदैन । नयाँ पुस्ता माहुरी पूmलमा झुमिएझैं विदेशको यात्रातर्फ लालयित छ । मुलुक लामो समयदेखि राजनीतिक झगडामा अल्झिएको छ । शिक्षा अनुसन्धानमुलक छैन । रोजगारमुलक छैन । देशका शिक्षालय प्रमाणपत्र वितरण गर्ने शैक्षिक केन्द्र बनेका छन् । अनि देशको भविष्य कस्तो होला ?

आजको पुस्ताले पुख्र्यौली पेसालाई अवलम्बन गर्न रुचाउँदैन । सिद्घान्तका भारी बोकाउने शिक्षालयका
किशोरकिशोरी विद्यार्थी जीवनदेखि नै राजनितिक दलसँग सम्बन्धित संघसंगठनमा आवद्ध हुने गरेका छन् । अल्फी खानले विद्यार्थीलाई प्रजातान्त्रिक अभ्यासमा मात्र अभ्यस्त बनाउन हुँदैन, उनीहरूलाई भविष्यको अवसर प्रदान गर्नुपर्दछ, भनेका छन् । अल्फीको भनाइलाई आधार मानेर हेर्दा राज्यले आजका विद्यार्थीको भविष्य दलका कार्यकर्ता बनाएर होइन, उनीहरूलाई पुर्खौली पेसामा आधुनिकीकरण, यान्त्रीकीकरण एवं व्यवसायीकरण गर्ने ज्ञान र सीप प्रदान गरी आयआर्जनको अवसर दिने योजना बनाउनुपर्दछ । यसो गर्दा प्राकृतिक स्रोत र साधन जमिन, जडीबुटी र जलस्रोतको व्यापक रुपले सदुपयोग गर्नसक्ने ज्ञान र सीपसहितको जनशक्ति उत्पादन गर्नुपर्दछ । आप्mनो खुट्टामा उभिन सक्ने बनाउनुपर्दछ ।

तपाइको प्रतिक्रिया
(Visited 1,649 times, 1 visits today)

epaper

ताजा समाचार

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर