Saturday, July 24, 2021
HomeEditor-Picksयस्तो छ, मुख्य सचिव वैरागीको तीनखम्बे रणनीति

यस्तो छ, मुख्य सचिव वैरागीको तीनखम्बे रणनीति

राजधानी संवाददाता,

काठमाडौं । सरकारका मुख्य सचिव शंकरदास वैरागीले कर्मचारी प्रशासनलाई आमजनताको मन जित्ने गरी परिचालन गर्ने प्रतिबद्धता जनाएका छन् । कर्मचारीप्रति आमजनताको विश्वास अभिवृद्धि हुन नसकिरहेको अवस्थामा मुख्य सचिव वैरागीले अबको ब्युरोक्रेसीलाई ‘हाइली मोटिभेटेड र एक्सन ओरेन्टेड’युक्त बनाइने जनाए ।

बुधबार सिंहदरबारमा केही सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्य सचिव वैरागीले विश्वमा फरक किसिमको लहर आइरहेको अवस्थामा त्यसलाई सम्बोधन गर्न सक्ने खालको कर्मचारीतन्त्र निर्माण गर्नु आफ्नो मुख्य उद्देश्य रहेको स्पष्ट पारे ।

‘विश्वको तुलनामा हाम्रो ब्युरोक्रेसी पनि प्रतिस्पर्धी बन्न जरुरी छ, ग्लोबल्ली प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । विश्वमा फरक किसिमको लहर आइरहेको छ । त्यसैले अबको ब्युरोक्रेसी ‘हाइली मोटिभेटेड’ र ‘एक्सन ओरिएन्टेड’ होस् भन्ने किसिमले आवश्यक कार्ययोजना बनाउछौं,’ मुख्य सचिव वैरागीले भने ।

विकासलाई बाधा पु-याउने कुनै ऐन, नियम तथा कानुनी समस्या छन् भने ती समस्यालाई समाधान गरेर विकास निर्माणलाई ‘फास्ट ट्र्याक’को गतिमा लैजाने लक्ष्य राखेका छौ

मुख्य सचिव वैरागीले मुलुकको विकास र समृद्धिका लागि प्रशासन संयन्त्रले तीनखम्बे रणनीति अख्तियार गर्ने जनाए । उनले तीनखम्बे रणनीतिअनुसार मुलुकको विकासलार्ई उच्च गति दिने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने र सुशासन कायम गर्ने गरी आवश्यक नीति अख्तियार गरिने बताए ।

मुख्य सचिव वैरागीले प्राथमिकता प्राप्त विकास आयोजनालाई समयमा नै सम्पन्न गराउनेतिर सम्पूर्ण प्रयास केन्द्रित गरिने प्रतिबद्धता जनाए । उनले विकासलाई बाधा पु-याउने कुनै ऐन, नियम तथा कानुनी समस्या छन् भने ती समस्यालाई समाधान गरेर विकास निर्माणलाई ‘फास्ट ट्र्याक’को गतिमा लैजाने लक्ष्य राखिएको स्पष्ट पारे ।

मुख्य सचिव वैरागीले सरकारका सबै संयन्त्रलाई ‘एक्टिभेट’ गराउने किसिमले अघि बढिरहेको स्पष्ट पार्दै ‘जोइन्ट मोनिटरिङ’को मेकानिज्म बनाएर बजार अनुगमन सशक्त बनाइने स्पष्ट पारे । उनले बजारमा अनियन्त्रित रूपमा मूल्यवृद्धि हुनु गलत रहेको बताउँदै त्यसरी मनपर्दी रूपमा मूल्य वृत्ति गर्नेलाई अब ठाउँको ठाउँ कारबाही गर्नेगरी आवश्यक संयन्त्र बनाइने बताए ।

मुख्य सचिव वैरागीले सबै किसिमका स्रोत साधनको उपयोग र परिचालन गर्ने मुख्य भूमिकामा रहने मानवस्रोत साधनलाई उच्च प्राथमिकतामा राखिएको स्पष्ट पारे ।

वैरागीले सचिव बैठकलाई नियमित बनाइने र बैठकमा गरिएका निर्णयलाई कार्यान्वयन गर्ने गरी कार्यान्वयन संयन्त्र बनाइने बताए । वैरागीले सचिव बैठकलाई नियमित गराएर १० दिनअघि नै एजेन्डा पठाएर सोही एजेन्डाअनुसार नै छलफल गरी निकास निकाल्ने र निर्णय गर्ने कार्यको थालनी गराएका छन् ।

मुख्य सचिव वैरागीले अबको आफूहरूको प्राथमिकता नीति योजना र बजेट तर्जुमा हुने बताए । उनले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेट परिणाममुखी र कार्यान्वनमुखी हुने किसिमले तर्जुमा गरिने स्पष्ट पारे ।

उनले संसद्मा लामो समयदेखि अड्किएको संघीय निजामती सेवा विधेयकलाई अगाडि बढाउन आपूmले उपयुक्त भूमिका खेल्ने बताए । ‘देश आर्थिक रूपमा सम्पन्न भयो भने देशको इमेज सहज किसमले माथि लैजान सकिन्छ । तर, सधंैभरि गरिबीको पर्याय भएर बसियो भने बाहिरी दुनियाँमा पनि कसैले पनि ‘भ्यालु’ दिँदैनन्, त्यसलाई पनि हामीले चुनौतीका रूपमा लिनुपर्छ,’ मुख्य सचिव वैरागीले भने ।

प्रशासनले कुनै कार्य नै गर्दैन, यसले जिम्मेवारीबोध गर्दैन र काम नै गर्दैन भनेर जसरी बाहिर कुरा आउने गरेका छन् त्यसमा कुनै सत्यता नभएको स्पष्ट पार्दै मुख्य सचिव वैरागीले यसका बाबजुद पनि कर्मचारीतन्त्रले जनताले प्रत्यक्ष अनुभूत गर्नेगरी र आमजनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

Loading comments...

आजको समाचार

३८ व्यापारिक फर्मको कारोबार रोक्का

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को मापदण्ड विपरीत व्यापार गर्ने ३८ वटा व्यापारिक फर्मको कारोबार रोक्का गरेको...

जसपा विवादको फैसला सोमबार

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालभित्र देखिएको आधिकारिकतासम्बन्धी विवादको टुंगो आगामी सोमबार लगाउने भएको छ । आयोगले हाल विवाद निरुपणका लागि इजलास गठन...

चेल्सीले हाजार्ड फर्काउन प्रयास गर्ने

लन्डन । इंग्लिस क्लब चेल्सीले आफ्नो पूर्व बेल्जियन फरवार्ड इडेन हाजार्डलाई क्लबमा फर्काउन प्रयास थालेको छ । हाजार्ड २०१९ मा ८८ मिलियन पाउन्डमा स्पेनिस...

माग सम्बोधन नगरे सिंहदरबार घेराउ गर्ने चेतावनी

काठमाडौं । यातायात व्यवसायी एउटै प्रदेशभित्र चल्ने बस भाडा समायोजनको माग गर्दै आन्दोलित भएका छन् । सरकारले हालै मात्र एउटा प्रदेशबाट अर्को प्रदेशमा चल्ने...

रिचार्लीसनको ह्याट्रिक

टोकियो । सिनियर टोलीकै महŒवपूर्ण सदस्य रिचार्लीसनको ह्याट्रिक सहयोगमा ब्राजिलले टोकियो ओलम्पिकअन्तर्गतको पुरुष फुटबलमा विजयी सुरुवात गरेको छ । ब्राजिलको यू–२३ टोलीले १० खेलाडीमा...

साताका लोकप्रिय समाचार

क्रियाशील सदस्यता छानविनको माग गर्दै केन्द्रीय कार्यालय सानेपामा धर्ना

  सर्लाही ।  नियम विपरित क्रियाशील सदस्यता वितरण गरेको भन्दै छानबिनको माग गर्दै नेपाली कांग्रेस क्षेत्र नं – ४ का संघीय सांसद डा.अमरेश कुमार सिंहको...

जसपा विवादको छिनोफानो यसैसाता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीभित्र देखिएको विवादको छिनोफानोका लागि इजलासमा सुनुवाइ सुरु गरेको छ । आयोगले जसपा विवादबारे टुंगो लगाउन प्रमुख आयुक्तको...

सामाजिक विभेदले खुल्दैनन् लैंगिक अल्पसंख्यक

  धनगढी । सुदूरपश्चिम क्षेत्रमा ७ हजार बढी लैंगिक अल्पसंख्यक समुदायका मानिस रहेको तथ्यांक सार्वजनिक भएको छ । मितिनी नेपाल सुदूरपश्चिम प्रदेशका फोकल पर्सन राज...

दुई तिहाइ निकट बहुमत प्राप्त सरकारको पटाक्षेप

प्रारम्भ २०७४ सालको आमनिर्वाचनमा राष्ट्रियताको नारासहित चुनावी मैदानमा उत्रिएका ओलीजीले धेरै मिठामिठा सपना नेपाली मतदातासमक्ष बाँडेका थिए । सर्वसाधारण मतदाता उहाँका चिप्ला कुरामा विश्वस्त...

युवासंघले गर्यो माधव नेपालको सांकेतिक दाहा संस्कार

  काठमाडौं । नेकपा एमालको युवा संगठन युवा संघ नेपालका कार्यकर्ताले वरिष्ठ नेता माधवकुमार नेपालको सांकेतिक दाहा संस्कार गरेका छन् । सोमबार युवा संघको काठमाडौं क्षेत्र...

ट्रेन्डिङ

थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ६८१ मा कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेका नियमित पत्रकार सम्मेलनमा...

सिस्नु संरक्षणका लागि रोशी गाउँपालिकामा सिस्नु खेती कार्यक्रम

काभ्रेपलाञ्चोक । केही वर्ष अघिसम्म सिस्नुलाई हेला गरिने वनस्पतिका रूपमा मात्र प्रचलित थियो । गाउँघरमा घाँसदाउरा गर्दा सिस्नोले पोल्ने डरले सिस्नोलाई फाँडेर...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?