चितवन । नवलपरासी सीमा त्रिवेणी पुगेपछि नारायणी नदी भारतीय भूमिमा बग्दछ । कालीनदी उद्गमस्थल दामोदर कुण्ड र मुक्तिनाथ, मनाङ तिलिचो हिमतालबाट सुरु मस्र्याङ्दी, गोरखा र लमजुङ सीमामा रहेको दूध पोखरीबाट सुरु चेपे, गोरखा र धादिङ हिमशिखरबाट उत्पन्न बुढीगंगा र रसुवामा पर्ने गोसाईकुण्डको पानीबाट सुरु हुने त्रिशुली नदी पवित्र मानिन्छ ।
यी नदी देवघाट हुँदै नवलपरासी त्रिवेणी पुग्दछ । त्रिवेणीसम्म पुग्दा नारायणीमा कैयौं घाट पर्दछन् । धार्मिक आस्थाका कारण ती घाट महत्वपूर्ण मानिए पनि त्रिवेणी धामलाई विशेष महत्वसाथ लिने गरिन्छ ।
चितवन माडी, जसलाई ‘रिउ’ उपत्यका पनि भन्ने गरिन्छ । यसको अधिकांश भूभाग निकुञ्जमा पर्दछ । माडी उत्तरमा चुरे शृंखला र दक्षिणमा सोमेश्वर पर्वत पर्दछ । यही क्षेत्रबाट बग्दै आउने सोना अर्थात् स्वर्णभद्रा, पूर्णभद्रा अर्थात् तमसा र नारायणी नदी संगमस्थल हो, त्रिवेणी धाम ।
नारायणी, स्वर्णभद्रा र पूर्णभद्रा नदीको सगंमस्थलका रूपमा रहेको त्रिवेणीमा मोक्ष प्राप्तिका लागि विशेषगरी माघे औंशीमा स्नान गर्न लाखौं संख्यामा भीड जम्मा हुन्छ । यो स्थल अहिले मुलुकको नयाँ संरचनाअनुसार प्रदेश ४ मा पर्छ । साबिक त्रिवेणी सुस्ताको ६ र ७ विनयीमा मिलाएर विनयी त्रिवेणी गाउँपालिका भएको छ । यो गाउँपालिका त्रिवेणीदेखि माथिको पूरै महाभारत बस्ती दाउन्ने देवीको धार्मिकस्थलसमेत पर्दछ । भारतीय सीमा भएर ४ प्रदेश चीनको नाका कोरलासम्म जोडिएको छ ।
त्रिवेणीमा आदिकवि वाल्मीकि आश्रम, गजेन्द्र र गोही युद्धमा भक्तवत्सल नारायणले गजेन्द्रलाई रक्षा गरेको गजेन्द्रमोक्ष धामलगायत अनेकौं तीर्थस्थल छन् । त्रिवेणी धाम नेपाल–भारत सीमामा पर्छ । यहाँ दुवैतर्फका श्रद्धालु पुग्ने गर्दछन् ।
त्रिवेणी धामलाई ‘हरिहर क्षेत्र’ पनि भनिन्छ । यस स्थानमा स्वर्णभद्रा, पूर्णभद्रा र नारायणी संगम रहेकाले ‘त्रिवेणी’ भनिएको हो ।
यी नदीलाई सोना, पञ्चा र नारायणी नदी पनि भनिने गर्छ । त्रिवेणी क्षेत्र त्रिकुट पर्वत बिच भागमा अवस्थित छ । यी त्रिकुटमध्ये एउटा स्वर्णस्वरुप, अर्को ताम्रस्वरुप र अर्को लोह्यस्वरुपको मानिन्छ । त्यसैले स्वर्णस्वरुप पर्वतको काखबाट बहने नदीलाई स्वर्णभद्रा, ताम्रस्वरुप पर्वतको काखबाट बहने नदीलाई पूर्णभद्रा वा तमसा र लोह्यस्वरुप पर्वत काखबाट बहने नदीलाई कृष्ण गण्डकी अथवा नारायणी नदी मानिन्छ ।
त्रिवेणी धाम’bout वराह र स्कन्द पुराणको हिमवत्खण्डले पनि वर्णन गरेको पाइन्छ । त्रिवेणी धाममा गजेन्द्रमोक्ष, भक्तेश्वर शिव मन्दिर, लक्ष्मी वेंकटेश्वर मन्दिर, नागाबाबा कुटी, राधाकृष्ण मन्दिर, कोटीहोम यज्ञशाला, संस्कृत विद्यालय छन्् । यो स्थान प्राकृतिक सुन्दर र धार्मिक रूपमा महत्वपूर्ण स्थल मानिन्छ । त्रिवेणीमा स्नान, पितृतर्पण, श्राद्ध, उपनयन, कर्णभेदन, अन्नप्राशन, चूडाकर्म तथा अन्य संस्कार सम्पन्न गरिन्छ ।
त्रिवेणी धाम भ्रमणपछि नारायणी नदी चितवन क्षेत्रमा प्रवेशपछि रामायणकालीन ग्रन्थस“ग मिल्ने वाल्मीकि आश्रम पुग्न सकिन्छ । यो आश्रम त्रिवेणी क्षेत्रको महत्वपूर्ण स्थल हो । यहाँबाट लगभग ४ किलोमिटर पूर्व दक्षिणतर्फ भारत सीमानजिकै चितवन जिल्ला पर्दछ ।
नारायणी नदी डुंगाबाट तरेपछि जगंल बाटो भएर वाल्मीकि आश्रम पुग्न सकिन्छ । वाल्मीकि आश्रममा पौराणिक रामायणसँग जोडिएका मिल्दाजुल्दा प्राचीन अवशेष देख्न पाइन्छ ।
वाल्मीकि आश्रममा त्रेतायुगको कथा प्रसंग जोडिएको छ । रत्नाकर ब्रह्मज्ञान प्राप्त गरेर महर्षि वाल्मीकि बनेका थिए । वाल्मीकि क्षेत्रसँग सीता र लवकुशको प्रसंगसमेत जोडिएको छ । नारायणी नदी काखमा चितवन निकुञ्जभित्र रहेका वन्यजन्तु र ऐतिहासिक धार्मिक महत्वका कारण वाल्मीकि आश्रम आफैंमा रमणीय छ ।
वाल्मीकि आश्रम आसपासमा धेरै पौराणिक कुरा पाइन्छन्् । अमृत कुवा, लवकुशले घोडा बाँधेको खम्बा छ । सीताले प्रयोग गरेको सिलौटो छ । त्यहाँ पुग्नेले सिलौटो पिसेको फोटोसमेत खिच्ने गर्दछन् । नजिकै वाल्मीकि समाधिस्थल छ । लवकुशको जन्मस्थल, शिक्षादीक्षा दिएको ठाउँ, उनीहरूले खेलेको स्थान र आकर्षक विष्णुचक्र पनि छ ।
वाल्मीकिले रामायण यहीँ बसेर लेखेको भनाइ छ । ८८ हजार ऋषिले हवन गरेको कुण्ड पनि देख्न सकिन्छ । वाल्मीकि आश्रममा पुगेकी सीताले लवकुशलाई त्यही क्षेत्रमा जन्म दिएकी थिइन् । उनीहरूको शिक्षादीक्षा त्यसै क्षेत्रमा भएको थियो । सोही ठाउँबाट सीता पातल भासिएको भनाइसमेत छ ।
साना सवारी साधन भएका वाल्मीकि आश्रम जान भारत भूमिबाट सजिलो हुन्छ । त्रिवेणी क्षेत्रको दसगजाबाट १० किलो मिटर भारतीय भूमि यात्रापछि वाल्मीकि आश्रम पुगिन्छ । भारतीय भूमिको बाटो जाँदा गण्डक ब्यारेजको (पुल) तर्न पर्दछ । पुलपारि भारत बिहार चम्पारन जिल्लाको भैसालोटन पर्दछ । त्यहाँबाट वाल्मीकि आश्रम १० किलोमिटर उत्तरपूर्वमा पर्दछ । वाल्मीकि आश्रमस्थल भौगोलिक रूपमा चितवन राष्ट्रिय निकुञ्जभित्र चुरे पहाड दक्षिण नेपाल–भारत सीमामा पर्दछ ।
त्रिवेणी धाम पुग्दा भारतले निर्माण गरेको भैसालोटनको गण्डक नहरको पुल पनि हेर्न सकिन्छ । त्रिवेणीको एकै स्थानबाट धार्मिक, सा“स्कृतिक, पुरातात्विक महत्व विषयमा अध्ययन गर्न सकिन्छ । अध्ययनशील ग्रामीण पर्यटनका लागि यो स्थान महत्वपूर्ण मानिन्छ ।
त्रिवेणीमा धार्मिक गतिविधिमात्र होइन, गण्डक बाधले बनाएको तालले त्रिवेणी पुग्ने ग्रामीण पर्यटक अथवा धार्मीक आस्थाका मानिसहरूलाई आनन्द दिलाउछ । त्रिवेणीमा नारायणी नदीको स्नान, शिवालय दर्शन र देवीदेवताका मन्दिर दर्शनका साथै गण्डक नहरले बनाएको नारायणी तालमा अर्को आनन्द लिन सकिन्छ ।
वाल्मीकि आश्रमबाहेक त्रिवेणी पुग्दा हेर्नपर्ने तीर्थस्थल हो, भारतको भैसालोटनतर्फको जटाशंकर मन्दिर । यो दर्शन गरेपछि नरदेवी र लवकुश घाट हुँदै नेपालकै भूमिमा रहेको गढीमाई, शिवपुर, केउलानीमाई, लक्ष्मीनारायण र राधाकृष्ण हुँदै त्रिवेणी सुरुमा दर्शन गरेको शिवालय मन्दिरमा पुगेपछि धार्मिक यात्रा सकिन्छ ।
त्रिवेणीधामका यी स्थल भ्रमण गर्दा १५ किलोमिटर यात्रा गर्नुपर्छ । त्यसैले यो यात्रालाई ‘पञ्चकोशी’ पनि भनिन्छ । त्रिवेणीधाममा अन्य बेलाभन्दा माघे संक्रान्तीमा भीड हुने गर्दछ । चितवन देवघाट र पाल्पा, गुल्मी र स्याङ्जा संगमस्थल रिडी दर्शनपछि त्रिवेणी जानुपर्दछ भन्ने धार्मिक मान्यता छ । त्यसैले माघेसंक्रान्तीका बेला त्रिवेणीधाम जाने संख्या धेरै हुन्छ ।
आजभोलि त्रिवेणी धार्मिक दृष्टिकोणले मात्र नभएर वुटवल, भैरहवा र भारतका विभिन्न स्थानबाट विद्यार्थी एवं अन्य पेशाका जाने गर्दछन् । पिकनिक टोली त्रिवेणीका ताजा माछा अनि अन्य परिकार लिएर डुंगा सयरमा आनन्द लिन रुचाउ“न् । जसले गर्दा त्रिवेणी जानेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
नेपालका हिमनदीमध्ये नारायणी धार्मिक ग्रन्थस“ग जोडिएको छ । नारायणीमा मिसिने काली, सेती, मस्र्याङ्दी र त्रिशुलीजस्ता नदी शीरमा धार्मिकस्थल हुनाले पनि अन्यभन्दा यो नदी पवित्र मानिने गर्छ ।
कालीनदी शीर दामोदरकुण्ड, मुक्तिनाथ र त्रिशुलीको उद्गमस्थल गोसाईकुण्डमात्र होइन, नारायणीको सहायकजति छन्, ती नदीमा सैयौं स्थानमा पवित्र घाट र शिवालय छन् ।
देवघाट, गोसाईकुण्ड, मुक्तिनाथजस्ता धार्मिकस्थल नेपालको मात्र नभएर छिमेकी मुलुकका हिन्दू एवं बौद्धमार्गीको आस्थाको केन्द्रविन्दु बनेको छ । नारायणीको पानी भारत भूमिमा पुगेपछि पनि ‘पवित्र गंगा’को नामले प्रख्यात छ । जसका कारण त्रिवेणीमा वर्षेनी लाखौं सख्यामा भारतीय नागरिक दर्शन र भ्रमणमा आउँछन् ।
त्रिवेणी भ्रमण अवलोकन धार्मिक र पर्यटकीयमात्र नभएर राजनीतिक रूपले पनि उत्तिकै महत्व छ । राजनीतिप्रति चासो राख्ने पर्यटकका लागि भारतले निर्माण गरेको गण्डक नहर बाँध’bout स्थलगत अध्ययन गर्न सक्दछन्् ।
१३ जेठ २०१६ मा बिपी कोइराला नेतृत्वमा नेपालको इतिहासमै पहिलोपटक जननिर्वाचित सरकार गठन भयो । त्यसको एक महिनाभित्रै भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले नेपाल भ्रमण गरे ।
त्योबेला भारतको प्राथमिकता गण्डकमा बाँध बाँध्न नेपाललाई मनाउनु थियो । तर, २०११ सालमा भएको असमान कोसी सम्झौताको नेपालभित्र व्यापक विरोध भएको थियो । त्यसैले गर्दा गण्डक सम्झौता गर्न नेपाल हच्किएको थियो ।
कोसी सम्झौता मातृकाप्रसाद कोइरालाका पालामा भएको हो । कोसी बराज उद्घाटन भने पछि राजा महेन्द्रले गरेका थिए । नेहरूले नेपालमा रहँदा बिपी कोइराला सरकारलाई गण्डक बाँध निर्माणमा मनाउने प्रयासमात्र गरेनन्, नेपाल सरकारले नमाने भारतले एकलौटी रूपमा भारतीय भूमिमा बाँध बनाउने चेतावनी सार्वजनिक रूपमै दिए ।
त्यतिबेला भारतले गण्डक परियोजनालाई आफ्नो दोस्रो पञ्चवर्षीय योजनामा राखिसकेको थियो । नेहरूले नेपाल भ्रमण गरेको करीब ६ महिनापछि अर्थात् १९ मंसिर २०१६ मा नेपाल–भारतबीच असमान र अन्यायपूर्ण गण्डक सम्झौतामा हस्ताक्षर भयो । त्योबेला बिपी कोइरालाको जननिर्वाचित सरकारलाई सत्ताच्यूत गरेर राजा महेन्द्रले बागडोर सम्हालेका थिए । राजा महेन्द्र र नेहरूले गण्डक बाध संयुक्त रूपमा उद्घाटन गरे ।
नेपाल–भारत सीमामा बाँध बाँधेर बिहार र उत्तर प्रदेशमा १८ लाख ५० हजार हेक्टर जमिन सिँचाइ गर्न दुई ठूला नहर लगिएको छ । उत्तर प्रदेशमा पानी लैजाने नहर त १९ किलोमिटरसम्म नेपालको भू–भाग हुँदै जान्छ । यसको सट्टा नेपालमा जम्मा ४० हजार हेक्टर जमिन मात्र सिँचाइ हुने गरी दुईवटा साना नहर निर्माण गरिएको छ ।
नेपालतर्फ जाने नहरको मुख नारायणी नदीको सतहभन्दा केही माथि राखिएको छ । जसले गर्दा नेपालतर्फ जाने नहरमा सुख्खायाममा पानी नै चढ्दैन । गण्डक बराज भएको भूमि नेपालको भू–भागमा पर्दछ । त्यो जमिन दुई सय वर्षसम्म भारतले भोगचलन गर्ने उल्लेख छ ।
गण्डक सम्झौतामा नारायणी र यसका सहायक नदीमा बग्ने पानीमा नेपालको हक कुण्ठित हुनेगरी अन्यायपूर्ण प्रावधान पनि राखिएको छ । यो सम्झौतामा गण्डक आयोजनालाई चाहिने पानीको मात्रामा कमी आउनेगरी नारायणीका सातै सहायक नदी बूढीगण्डकी, कालीगण्डकी, सेती, त्रिशूली, मस्र्याङ्दी, दरौंदी, मादीका मुहानसम्मै भविष्यमा कुनै पनि आयोजना निर्माण गर्न नपाइने उल्लेख छ ।
टिभी, रेडियो र पत्रपत्रिकाबाट
नवलपरासी सुस्ता सीमा’bout जानकारी पाएकालाई स्थलगत अध्ययन, अवलोकन गर्न सकिन्छ । राजमार्ग दाया“बाया“को मात्र नवलपरासी जिल्ला देखेकाले तराईको ग्रामीण वस्ती र गाउ“वासीको समस्या अनि सीमा क्षेत्रको समस्या बुझ्नसमेत त्रिवेणी भ्रमणले अवसर दिनेछ ।
धार्मिक दृष्टिकोणले त्रिवेणी भ्रमण जति उत्तम मानिन्छ, त्योभन्दा सीमा’bout अध्ययन गर्ने जो कोही नेपालीका लागि महत्वपूर्ण जानकारी त्रिवेणीको यात्राले दिने गर्दछ । अहिले त्रिवेणी–अरुङखोला नारायणी नदीको तिरैतिर मोटरमार्ग निर्माणाधीन अवस्थामा छ । यसको दूरी करीब २५ किलोमिटर छ । यो मार्ग पूरा भयो भने नारायणघाट तिरबाट त्रिवेणी जानका लागि छोटो दूरी पर्दछ ।
वुटवलदेखि ४५ किलोमिटर र नारायणघाटदेखि ७० किलोमिटरबीच पर्ने वर्दघाट वजारवाट त्रिवेणीधाम २८ किलो मिटर दूरीमा पर्दछ । पश्चिम नेपालका मानिस भैरहवा–परासी भएर पनि त्रिवेणी जान सकिन्छ । भैरहवा–परासी १७ किलोमिटर र परासी–चौपट्टा १४ किलोमिटर यात्रा गरेपछि बर्दघाट त्रिवेणी पुग्ने सडक भेटिन्छ ।