मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

सर्लाही । सर्लाहीको बागमती नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती नगरपालिका वडा नं. ५ बस्ने ३८ वर्षिय दिल बहादुर थापा मगर रहेका छन् ।

आइतवार बागमती न.पा.–५ स्थित दुधडेरी चौकबाट रामपुर चौक तर्फ जाँदै गरेको बा.७०प.६२८ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिन जाँदा मोटरसाइकल चालक मगर गम्भिर घाइते भएका थिए । घाइते मगरको उपचारको लागि नमुना अस्पताल हरिवनमा प्राथमिक उपचार गरी थप उपचारको लागि अन्य अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत मदन कुवँरले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 313 times, 1 visits today)

epaper

ताजा समाचार

सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र मेकानिकल अधिकृत ८ लाख २१ हजार रुपैयाँ घुससहित पक्राउ