काठमाडौं । ओपोले देशभर रहेका प्रमुख अफलाइन रिटेल स्टोर्समार्फत स्मार्टफोनको बिक्री खुला गरेको छ । ओपोले नेपालका लागि आफ्नो फ्ल्यागसिप मोडल ओपो एफ १९ प्रोका साथमा ओपो ब्यान्ड स्टाइल र ओपो एफ १९ पनि सार्वजनिक गरेको थियो ।
८ जीबी -याम र १२८ जीबी सञ्चय क्षमताका साथमा उपलब्ध गरिएको ओपो एफ १९ प्रोको मूल्य नेपालमा ४४ हजार ९ सय ९० तोकिएको छ । कम्पनीले स्मार्टफोन फ्यान्ट्यास्टिक पर्पल र फ्ल्युइड ब्ल्याक गरी दुई आकर्षक रंगमा उपलब्ध गराएको छ ।
ओपो एफ १९ प्रोमा ६.४३ इन्च पन्च (होल एमोलेड डिस्प्लेका साथमा सेल्फीका लागि ३२ एमपी फ्रन्ट फेसिङ क्यामेरा दिइएको छ । यस स्मार्टफोनको ब्याक प्यानलमा ४८ एमपी क्वाड क्यामेरासहित चारवटा क्यामेरा सेन्सरको व्यवस्था गरिएको छ । तिनमा ४८ एमपीको प्राइमरी क्यामेरा, ८ एमपी अल्ट्रा वाइट, २ एमपीमाक्रो र २ एमपिमोनो क्यामेरा रहेका छन् । अल्ट्रा स्लिम डिजाइनका लागि पनि एफ सिरिज परिचित छ । एफ १९ प्रोमा पनि कम्पनीले यसलाई प्राथमिकताका साथ निरन्तरता दिएको छ । थ्रीडी कभर्ड ब्याट्री र ७.८ एमएम अल्ट्रा स्लिम बडीसहितको यो फोनको वजन जम्मा १ सय ७२ ग्राम मात्र रहेको छ ।
एप स्टार्टअप टाइममा तीव्रताका साथै थप प्रतिक्रियात्मक अनस्क्रिन टच र न्यून ल्यागका लागि एफ १९ प्रोमा २.२ जीएचजेडसम्म सञ्चालन हुने २ एआरएम कोरटेक्स ए ७५ प्राइम कोर्स र २.० जीएचजेडसम्म क्षमताका साथ सञ्चालन हुने ६ एआरएम कोरटेक्सए ५५ सहितको शक्तिशाली मिडियाटेक हेलियो पी ९५ ओक्टाकोर प्रोसेसरको प्रयोग गरिएको छ । त्यसैगरी, फोनको प्रदर्शनीमा अझ उत्कृष्टता दिने सोचक साथ यसमा ३० वाट भोक फ्ल्यासचार्ज ४.० प्रविधि सुसज्जित ४,३१० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । साथै, प्रयोगकर्ताको सुरक्षामा विशेष ध्यान दिँदै फोनमा इन (डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर र उपकरण अनलकिङका लागि फेस अनलक प्रविधि पनि उपलब्ध गरिएको छ ।
ओपो एफ १९ प्रोमा कलर ओएस ११ सञ्चालन प्रणालीको व्यवस्था गरिएको छ । यसले गर्दा ओपो एफ १९ प्रो मल्टिटास्किङ गरिरहनुपर्ने प्रयोगकर्ताहरूका लागि तीव्र कार्य सम्पादनका लागि उपयुक्त रहेको बताइएको छ ।
ओपो ब्यान्ड स्टाइलको पनि बिक्री खुला : एफ १९ प्रोका साथै ओपोले नेपालमा आफ्ना आईओटी उपकरणको श्रेणीमा थप वृद्धि गर्दै ओपो ब्यान्ड स्टाइल पनि उपलब्ध गराएको छ । ६ हजार रुपैयाँ मूल्य तोकिएको हजार तोकिएको ओपो ब्यान्ड स्टाइल कालो र भ्यानिला गरी दुई रंगमा उपलब्ध गरिएको छ । कम्पनीले आकर्षक मेटल बकल डिजाइन अपनाएको छ । यो डिजाइनका कारण प्रयोगकर्ताले रिस्ट ब्यान्डलाई लगाउँदा आफ्नो आरामअनुसार आवश्यकता र आरामदायिता अनुभवका लागि ३६० डिग्रीसम्म समायोजन गर्न सक्छन् ।







