धरौटी बुझाउन नसक्दा किर्ते काममा संलग्न झा कारागार चलान

सप्तरी, राजविराज । किर्ते मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन् । सप्तरीको राजगढ गाउँपालिका २ घर भई हाल राजविराज नगरपालिका ५ बसोवास गर्दै आएका किर्ते मुद्दाका फरार प्रतिवादी अवधेश झा पक्राउ परेका हुन् ।

अघिल्लो दिन पक्राउ परेका उनलाई सप्तरी जिल्ला अदालतको आदेशले शुक्रबार राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

२०७७ साउन २ गते शोभानन्द ठाकुरको मृत्यु भएपश्चात् निजको जग्गा हडप्ने उद्देश्यले राजगढ गाउँपालिका वडा २ को छाप, लेटरप्याड तथा वडा अध्यक्ष समेतको हस्ताक्षर किर्ते गरि मालपोत कार्यालय सप्तरीमा पेश गरि किर्ते गरेको लिखित सम्बन्धी कसुर मुद्दामा अनुसन्धानका क्रममा फरार भएका उनलाई पक्राउ गरि अदालतमा उपस्थित गराइएको थियो ।

अदालतले ८ लाख ३६ हजार ५ सय रुँपैया धरौटी माँग गरेको र बुझाउन नसक्दा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)

epaper

ताजा समाचार

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ