भिडियोमा गायिका अन्जु पन्तको काँडा

काठमाडौं । गायिका अन्जु पन्तले आफ्नो नयाँ गीत काँडा… को भिडियो सार्वजनिक गरेकी छन् । गीतकार बिन्दुप्रसाद अधिकारीको शब्द तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको यो गीतको भिडियोलाई युट्युबबाट सार्वजनिक गरिएको हो ।

भिडियोलाई हिराकाजी थापाले निर्देशन गरेका हुन् । प्रवासमा बसेर डिजिटल प्रविधिबाट थापाले यो भिडियोको निर्देशन गरेका हुन् । भिडियोमा गौरव गिरीको कोरियोग्राफी, दीपक गिरीको छायांकन, श्याम कुँवरको सम्पादन रहेको छ ।

भिडियोमा भद्रजंग कुँवर, समीक्षा बस्नेत, संगम पाण्डे र आरती आले मगरले अभिनय गरेका छन् । निर्माता रहेका हिराकाजी थापा भिडियो निर्माण गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

epaper

ताजा समाचार

हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास