Wednesday, April 14, 2021
Home Editor-Picks मुख्यमन्त्रीलाई प्रश्न : नेपालीमा वकालत गर्नुपर्ने अंग्रेजीमा किन पढ्ने ?

मुख्यमन्त्रीलाई प्रश्न : नेपालीमा वकालत गर्नुपर्ने अंग्रेजीमा किन पढ्ने ?

राजधानी समाचारदाता,

तुलसीपुर । तुलसीपुर मेट्रो कलेज बीएएलएलबी पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थी तिर्सना रोकायाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई प्रश्न गरिन्, ‘हामीले कानुन विषय पढेर नेपालीमा वकालत गर्नुपर्दछ । तर, किन अंग्रेजी भाषामा नै पढ्नुपर्दछ ?’ भाषाका कारणले पढ्न जटिल भएको उनको गुनासो थियो । उनको गुनासो सुनिसकेपछि मुख्यमन्त्री पोख्रेलले सिकाइमा भाषा बाधक नहुने बताए । उनले अंग्रेजी विश्वभाषा भएकाले त्यसमा नै अध्ययन गर्नुपर्ने बताए ।

अर्की विद्यार्थी श्रेया गौतमले अर्का प्रश्न थपिन् ‘स्थानीय तहमा न्यायपालिका सरकारसँगै हुने भएकाले शक्ति संयोजन हुने खतरा हुँदैन र ?’ मुख्यमन्त्री पोख्रेलले केन्द्र र प्रदेशमा जनताको प्रत्यक्ष पहुँच हुन नसक्ने भएको हुँदा न्यायपालिका फरक हुने तर स्थानीय तहमा जनताले प्रत्यक्ष पहुँच हुने भएकाले उनीहरूको खबरदारी हुने बताए । ‘स्थानीय तहमा शक्ति पृथिकीकरण नभए पनि न्यायपालिका कमजोर हुँदैन’, मुख्यमन्त्री पोख्रेलले बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालय र तुलसीपुर उपमहानगरपालिकाको साझेदारीमा तुलसीपुर मेट्रो कलेजले सञ्चालन गरेको बीएएलएलबी कार्यक्रमका विद्यार्थीले मुख्यमन्त्री पोख्रेलसँग विकास, कानुन र राजनीतिलगायतका विविध विषयमा विभिन्न प्रश्न राखे । विद्यार्थी दिलसरा वलीले कानुन विषय अध्ययन गर्ने विद्यार्थी संख्याको तुलनामा कोटा कम हुने गरेको बताउँदै सबैले पढ्न पाउने गरी कोटा व्यवस्थापन गर्नुपर्ने माग राखिन् । ‘कानुन पढ्ने मन र आँट हुँदा पनि केयांै साथीले पढ्न पाएका छैनन् यसको व्यवस्था गर्नुपर्दछ ’, उनले भनिन् । वलीले हरेक आर्थिक वर्षमा खर्च नहुने रकम के हुन्छ भनेर प्रतिप्रश्न गरिन् । मुख्यमन्त्री पोखे्रलले बजेट दुई किसिमको हुने बताउँदै अन्य स्रोतबाट आएको बजेट समयमा खर्च नभए फ्रिज हुने बताउँदै आन्तरिक राजस्वबाट तयार गरिएको बजेटको पैसा खर्च नभए पनि केही नहुने बताए ।

विद्यार्थीले भालुवाङमा मुख्यमन्त्रीका रूपमा कहिले भेट्न सकिन्छ भन्नेबारे प्रश्नसमेत गरेका थिए । करिब एक घण्टासम्म भएको कार्यक्रममा मुख्यमन्त्रीले विद्यार्थीलाई कानुनी विषय निकै संवेनशील भएको समेत बताए । उनले कानुनका विद्यार्थीले समाजमा न्याय स्थापित गर्न महŒवपूर्ण भूमिका खेल्न सक्ने समेत बताए । कानुनका विद्यार्थीमा तर्क गर्नसक्ने क्षमता हुने बताउँदै उनले हरेक विषयलाई फरक कोणबाट हेर्नुपर्नेमा जोड दिए । न्यायको प्रश्न उठ्ने ठाउँमा वकिलको खोजी हुने गरेको उनले बताए ।

सो अवसरमा मेट्रो कलेज सञ्चालक समितिका अध्यक्ष एवं तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले कानुनका विद्यार्थीलाई सहज होस् भनेर स्थानीय सरकारले कलेज सञ्चालन गरेको बताए । सो अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्य र कलेज प्रमुख वसन्त आचार्य कानुन विषयका बारेमा जानकारी गराएका थिए ।

(Visited 127 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोनाले खोस्यो चाडपर्वको रौनक

सप्तरी । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको छ...

गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चारको अवस्था गम्भिर

गुल्मी । गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भिर घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकमा लु २...

कोरोनाका त्रासकाबीच पवित्र महिना रमजान सुरु

सप्तरी । कोरोनाको त्रासकाबीच इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान बुधबारबाट सुरु भएको छ । सप्तरी लगायत देशभरका मुश्लिम समुदायले बुधबार बिहानदेखी पहिलो रोजा बसेर रमजान...

सप्तरीमा लाग्ने ऐतिहासिक मेला प्रशासनको निर्देशनपछि स्थगित

सप्तरी, राजविराज । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको...

साताका लोकप्रिय समाचार

भ्यारियन्टअनुसार सावधानीका उपाय देऊ

कोरोना महामारीको दोस्रो लहर आएसँगै त्यसले नेपालमा पनि भयावह स्थिति निम्त्याउन सक्ने सम्भावना निकै बढेर गएको छ । कोरोना महामारीको बेलायती भ्यारियन्टले विश्वमा त्रास...

विकास खर्च कमजोर

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कुल विनियोजित बजेटको २९.२२ प्रतिशतमात्र पुँजीगत (विकास) खर्च गरेको छ । सरकारको विकास कार्य तीव्र गतिमा...

संक्रमितमध्ये सिकिस्त बिरामीको संख्या बढ्दै

काठमाडौं । देशभर कोरोना संक्रमणको दोस्रो अध्ययय सुरु भइसकेको भन्दै हेलचेक्र्याई नगर्न चिकित्सकले सुझाएका छन् । केही दिनयता सिकिस्त संक्रमित संख्या प्रतिदिन बढ्दै गइरहेको भन्दै...

१२ वटा शहरलाई स्मार्ट सिटी बनाउने मन्त्री प्रभु साहकाे याेजना अघि बढ्याे

काठमाडौं । नेपाल सरकारले देशैभरी एकैपटक १२ वटा शहरलाई स्मार्ट सिटीको रुपमा निर्माण एवं वातावरणीय अध्ययन प्रक्रिया अगाडी बढाउँने भएको छ । शहरी विकास मन्त्री...

भोजपुरमा मोवाइल पड्किदा महिला गम्भीर घाइते

भोजपुर । चार्जमा राखेको मोवाइल पड्किदा एक महिला घाइते भएकी छिन् । भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीय शर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी...

ट्रेन्डिङ

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्युु, ३ जना घाइते

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तिन जना घाइते भएका छन् । मृत्युु हुनेमा बरहथवा...

झापामा घरभित्रै जलेर वृद्धको मृत्यु

झापा । जिल्लाको कचनकवल गाउँपालिका–१ स्थित घेराबारीमा मध्यरातमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय गोवद्र्धन राजवंशी रहेको...

नयाँ वर्षमा पाठकलाई रोशनको उपहार कोष्ठकभित्रको हाँसो

काठमाडौं । कथकार रोशन थापा ‘नीरव’ले नयाँ वर्षको पूर्व सन्ध्या पारेर नयाँ कथासंग्रह ‘कोष्ठकभित्रको हाँसो’ बजारमा ल्याएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोहबीच...

गण्डकी प्रदेश : बाढीले बगायो सडक, पुल र मन्दिर, एक बेपत्ता

म्याग्दी । निरन्तरको भीषण वर्षापछि कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीमा सोमबार आएको बाढीले म्याग्दीको विभिन्न ठाउँमा सडक, तीन मोटरेबल, दुई झोलुङ्गे पुल तथा दुई...

जनताको मन जिते प्रचार–युद्ध विफल

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध डरलाग्दो प्रचार–युद्ध थालिएको बताउँदै आइरहेका छन् । उनले यस्तो अभिव्यक्ति दिइरहँदा के कुरा बिर्सनुहँुदैन भने सरकारले जनताको मन मनमा...

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

राजविराज । हुलाकी सडकअन्तर्गत सप्तरीको खडक नगरपालिका– ११ बनौलीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–१० बनौलीका...

१७ वर्षिय किशाेरीलाई नाै जना मिलेर बलात्कार

इटहरी । इटहरीमा एक किशोरी बलात्कृत भएकी छिन् । ईलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर मानबहादुर श्रेष्ठका अनुसार इटहरीको सिमरबनामा १७ बर्षीया किशोरीलाई ९ जना...

मदिरा सेवनबाट मृत्यु भएकाका परिवारलाई राहत

जनकपुरधाम । महोत्तरीमा रक्सी सेवनबाट मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले १-१ लाख दिने घोषणा गरेको छ । पीडित परिवारलाई किरियाकर्म खर्चबापत प्रतिपरिवार १-१...

आज नेवार समुदाय यःमरी पुन्ही मनाउँदै

काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउँदैछन । चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष...

बैतडीका सबै कोरोना संक्रमित डिस्चार्ज

बैतडी । बैतडीका सबै कोरोना संक्रमित व्यक्तिहरु घर फर्किसकेका छन् । २९७ जना कोरोना संक्रमितमध्ये सबैजना घर फर्किसकेको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति...

ट्राफिक व्यवस्थापनमा गति देऊ

दुईतिहाइको सरकार निर्माण हुनलाग्दा केही गति लिएको देखिएको नेपालको ट्राफिक व्यवस्थापन अहिले निकै सुस्ताएको छ । त्यतिबेला काठमाडौंका भित्री चोक तथा बाहिरी चोकमा गाडी...

मानव विहीन भए पर्यटकिय स्थल (फोटोफिचर)

काठमाडौं । लकडाउनको पाँचौँ दिन पाटन दरवार स्क्वायर परिसर सुनसान थियो । विश्व सम्पदा सूचीमा सुचिकृत सम्पदा अहिले मानव विहिन हुन पुगेको छ ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)