Thursday, May 6, 2021
Home प्रदेश प्रदेश ३ संघीयता सबल बनाउन दसवर्षे रोडम्याप भोलिबाट कार्यान्वयनमा

संघीयता सबल बनाउन दसवर्षे रोडम्याप भोलिबाट कार्यान्वयनमा

सागर पण्डित,

काठमाडौं । सरकारले सबल संघीयता परिकल्पना साकार पार्नेगरी तयार पारेको सुस्पष्ट मार्गचित्र (रोडम्याप) भोलि बुधबारबाट कार्यान्वयनमा ल्याउँदै छ । संघीयता सफल र कार्यान्वयन पक्ष सशक्त बनाउने उद्देश्यसहित सरकारले आर्थिक वर्ष २०७७-७८ देखि २०८७-८८ लक्षित दस वर्षीय रणनीतिक योजना लागू गर्न लागेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको मार्गचित्र (रोडम्याप) बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनमा आएको घोषणा गर्ने छन् । विगतदेखि नै सरकारले दर्जनौं नीति, योजना तथा कार्यक्रम बनाए पनि कार्यान्वयन सशक्त हुन नसक्दा परिणाम देखिन सकेको छैन । यसपटक भने संघीयता कार्यान्वयनका लागि बनाइएको रोडम्याप कार्यान्वयन हुने आशा गरिएको छ ।

असल परिणाम दिन सक्ला ?
– संघीय निजामती सेवा छिट्टै
– प्रदेश निजामती र स्थानीय सेवामा मार्ग प्रशस्ति
– तीन तहबीच समन्वय राख्न छुट्टै प्रणाली
– प्रतिभावान्लाई सरकारी सेवामा विशेष आकर्षण
– कर्मचारी सरुवा बढुवा अनुमानयोग्य बनाइने

मन्त्रालयले संघीयता कार्यान्वयनका लागि मुख्य चार रणनीतिक स्तम्भ तय गरेको छ । जसअनुसार संघीयता कार्यान्वयन सहजीकरण, सार्वजनिक सेवामा मानव संसाधन व्यवस्थापन, स्थानीय पूर्वाधार विकासमा सहजीकरण, सेवा प्रवाह र सुशासन छन् । यी रणनीतिक स्तम्भ व्यवस्थापनमा आवश्यक रणनीति र कार्यनीतिसमेत तय गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

चार पक्ष कमजोर हुँदा संघीय शासन प्रणाली संस्थागत विकासमा गम्भीर समस्या देखापर्न थालेको भन्दै संघीयता विज्ञले चिन्तासमेत व्यक्त गर्न थालेका छन् । संघीय शासन प्रणालीले जनताका घरदैलोमै सहज सेवा सुविधा दिन सक्नुपर्छ तर संघीयता अभ्यास थालिएको पाँच वर्ष पुगिसक्दासमेत आमजनतामा सरकारी सेवाप्रति विश्वास बढेको देखिँदैन ।

सरकारद्वारा तय पहिलो रणनीतिक स्तम्भअन्तर्गत संघ, प्रदेश र स्थानीय तहबीच प्रशासनिक अन्तरसम्बन्ध सुदृढ, संघ र स्थानीय तह एवं प्रदेश तथा स्थानीय तहबीच प्रभावकारी अन्तरसम्बन्ध कायम गरिनेछ । सो रणनीतिअन्तर्गत तय कार्यनीतिमा संघीय निजामती सेवा तथा अन्य सरकारी सेवा गठन तथा सञ्चालन नीति कानुन, मापदण्ड तर्जुमा तथा परिमार्जन गरिने लक्ष्य निर्धारण गरिएको छ ।

यसैगरी, प्रदेश निजामती, अन्य सेवा तथा स्थानीय सेवा संगठन संरचना निर्माणसम्बन्धी नीतिगत आधार तय गरिने कार्यनीति तय गरिएको छ । संघ, प्रदेश र स्थानीय तहको सेवाबीच प्रशासनिक साझेदारी र अन्तरसम्बन्ध कायम प्रणाली स्थापना गरिने भएको छ ।

निजामती प्रशासन हाक्ने मुख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा ऐन संघीय शासन लागू भएको पाँच वर्ष पुगिसक्दासमेत जारी हुन सकेको छैन । केन्द्रमा संघीय निजामती सेवा ऐन बन्न नसक्दा त्यसको असर प्रदेश र स्थानीय तहमा परेको छ ।

चार रणनीतिक स्तम्भ
संघीयता कार्यान्वयन सहजीकरण
सार्वजनिक सेवामा मानव संशाधन व्यवस्थापन
स्थानीय पूर्वाधार विकासमा सहजीकरण
सेवा प्रवाह र सुशासन

प्रदेश सरकारले निजामती सेवा ऐन बनाउन नसक्दा र स्थानीय तहले सेवा ऐन बनाउन नसक्दा कर्मचारी प्रशासन प्रभावित हुँदै आएको छ । यसैगरी, तय गरिएका अन्य कार्यनीतिमा स्थानीय तहको समन्वय, अनुगमन र प्रतिवेदन प्रणालीमा जिल्ला समन्वय समितिको भूमिका प्रभावकारी बनाउने लक्ष्य निर्धारण गरिएको छ ।

त्यस्तै, संघीयता कार्यान्वयन सम्बन्धमा विज्ञसँग नीतिगत पृष्ठपोषण लिइने नीति तय गरिएको छ । संघीयता कार्यान्वयन सहजीकरणअन्तर्गत अन्य रणनीतिमा स्थानीय तहको क्षमता विकास तथा संस्थागत सुदृढीकरण गरिनेछ र यसका लागि स्थानीय तहमा आवश्यकताअनुसार नमुना कानुन तयार गरिने, संघीयता सम्बन्धमा अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान कार्यनीति बनाइएको हो ।

यसैगरी, स्थानीय तहले हासिल गरेको उपलब्धि एकीकृत राष्ट्रिय उपलब्धिमा समावेश गर्ने, स्थानीय तहको अनुदान वितरण कार्यसम्पादनसँग आबद्ध गर्ने र स्थानीय तहको दिगो सन्तुलित र आर्थिक तथा सामाजिक विकासका लागि समन्वय र सहजीकरण रणनीति बनाइएको छ ।

दसवर्षे रोडम्यापअनुसार सार्वजनिक सेवामा मानव संशाधन व्यवस्थापन प्रभावकारी बनाइनेछ । जसमा संघ, प्रदेश र स्थानीय तहको कार्यजिम्मेवारीअनुरूप जनशक्ति प्रक्षेपण गरी सार्वजनिक सेवामा प्रतिभावान् व्यक्तिको आकर्षण अभिवृद्धि गर्नेखाले नीति अख्तियार गरिनेछ ।

यसैगरी, निजामती कर्मचारीमा पेसागत आचरण र व्यावसायिक दक्षता अभिवृद्धि गरिनेछ भने प्रशासन सुधारलाई निरन्तर अघि बढाइने योजना बनाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । त्यस्तै, सार्वजनिक सेवा प्रभावकारी बनाउन प्राज्ञिक निकाय तथा विज्ञसँगको सहकार्यमा अध्ययन अनुसन्धान नीति पनि तय गरिएको छ ।

मन्त्रालयका अनुसार सेवा प्रवाह प्रभावकारी बनाउने र सुशासन कायम गर्न सार्वजनिक सेवामा नागरिकको सरल सहज र सुलभ पहुँच सुनिश्चित गर्ने, संघ, प्रदेश र स्थानीय तहबाट प्रवाह गरिने सार्वजनिक सेवामा गुणस्तरीयता कायम गर्न आवश्यक नीति कानुन तथा मापदण्ड तयार गरी लागू गरिने लक्ष्य निर्धारण गरिएको छ ।

त्यस्तै, सार्वजनिक सेवा प्रवाह नागरिकमैत्री बनाइने, सेवाको कार्य सञ्चालन मापदण्ड (एसओपी) तयार गरी लागू गरिने जनाइएको छ ।

(Visited 285 times, 1 visits today)
Loading comments...

आजको समाचार

गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

काठमाडौं । सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ । अदालतले अन्य...

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना देखिएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार दिउँसोका रिपोर्ट पोजेटिभ आएको हो । यसअघि मंगलबार आरडिटी...

कोरोना खोप ल्याउने विषयमा उपप्रधानमन्त्रीले गरे बैठक आह्वान

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका...

माओवादीले सरकारकाे समर्थन फिर्ता लिएकाे पत्र संसद सचिवालयमा बुझायाे

काठमाडाैं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा...

शीर्ष चारमा काठमाडौंको सम्भावना जीवितै

काठमाडौं । विदेशी खेलाडी स्टेफन विनोङ समीरको एक मात्र गोलमा काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा बुटवल लुम्बिनीलाई १–० ले पराजित गर्दै शीर्ष...

साताका लोकप्रिय समाचार

काेराेना संक्रमणबाट एकै दिन ३५ जनाकाे मृत्यु

काठमाडाैं । कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ । पछिल्लो...

तपाइलाई स्वास्थ्यमा समस्या देखियो ? यी नम्बरमा फोन गर्नुस् निःशुल्क एम्बुलेन्स सेवा पाइन्छ

काडमाडाैं ।  काठमाडौँ महानगरपालिकाले विशेष अवस्थामा नागरिकको सुविधाका लागि पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा दिएको छ । महामारीको समयमा अन्य रोगका कारण अस्पतालमा समयमा...

अस्पतालले भर्ना लिन नमान्दा युवाको मृत्यु

जनकपुरधाम । धनुषामा एक युवाले उपचार नपाएरै मृत्युवरण गरेका छन् । धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४०...

सिन्धुपाल्चोकमा रैथाने बिऊ मेला (फोटो फिचर)

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिक–२ भन्ज्याङकी सुन्तली केसी एक पाथी मकै, कोदो जे अनाज भए पनि पिध्नका लागि गाउँभन्दा एक घण्टा टाढा लिसंखुपाखरको वाफलमा रहेको...

काेराेना संक्रमणबाट ३३ जनाकाे मृत्यु, ५,७२७ जना संक्रमित

काठमाडाैं ।  शुक्रबार नेपालमा कोरोनाभाइरसका ५,७२७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । १५,९१६ वटा...

ट्रेन्डिङ

खेतबाट फर्कदै गरेकी युवतिलाई घेरा हाल्नेहरु चार वर्षपछि पक्राउ

सप्तरी, राजविराज । आसयकरणी मुद्दाका फरार तीन अभियुक्तलाई पक्राउ गरि प्रहरीले सोमबार अदालतमा बुझाएको छ । अघिल्लो दिन पक्राउ परेका सप्तरीको डाक्नेश्वरी नगरपालिकाका ३२ वर्षिय...

भीमफेदीमा सुमो दुर्घटना हुँदा २ को मृत्यु, चालकसहित ३ जना गम्भीर घाइते

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका– गढीमा आज दिउँसो सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । हेटौँडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

हाम्रो व्यासभूमि

महर्षि व्यास जन्मेको ठूलो पावन धाम छ । सेती र मादीको वेणी प्रयाग सरि तुल्य छ ।। दमौली पून्यभूमियो व्यास नगर नाम छ । हेर्दा नेपालको चित्र...

अलपत्र नेपाली स्वदेश ल्याउन ढिलाइ नगर

वैदेशिक रोजगार तथा अध्ययनका लागि बिदेसिएका नेपाली कोरोना महामारीका कारण अलपत्र परेकाले उनीहरूलाई स्वदेश भित्र्याउन सरकारले गरेको पहललाई तीव्रता दिनुपर्ने आवाज उठ्न थालेको छ...

काठमाडाै‌ हिँडेका पाकिस्तानी नागरिक सिन्धुलीबाट फिर्ता

सिन्धुली ।  बिपी राजमार्ग हुँदै माइक्रोबसबाट काठमाडाै हिँडेका पाकिस्तानी नागरिक फिर्ता भएका छन् । सुनसरीबाट सिन्धुली हुदै काठमाडौँ जाँदै गरेका पाकिस्तानी नागरिकलाई प्रहरीले फिर्ता...

प्रभु इन्स्योरेन्सको १६.३२ प्रतिशत लाभांश पारित

काठमाडौं ।  प्रभु इन्स्योरेन्स लिमिटेडको २४ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । तीनकुने काठमाडांैस्थित कम्पनीको कार्यालय ‘प्रभु कम्प्लेक्स’मा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५÷७६ को आर्थिक प्रतिवेदन पारित...

अग्रवालको लुट धन्दाले सीमा नाघेपछि

काठमाडौं । कालोबजारी गरेको आरोपमा रंगेहात पक्राउ परेका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई बचाउन चलखेल सुरु भएको छ । लामो समयदेखि सरकारी निकायको आँखा...

महामारी र संकटलाई विरोधको अवसर नठानौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र राष्ट्रिय संकटलाई विरोधको अवसरका रुपमा लिने प्रबृत्ति फेर्नु पर्ने वताएका छन् । कोभिड–१९ र यसको रोकथामबारे...

विरामीको अलाप : एम्बुलेन्स चढ्ने पैसा छैन, हिँड्दै जान अप्ठ्यारो

काठमाडौं । घटना नम्वर १ः दाङको फचकलुवाका २५ वर्षीय सीता बुढाथोकीलाई खोकी लागेपछि घर नजिकैको मानपुर स्वास्थ्य केन्द्र पुगिन् । तर, स्वास्थ्य केन्द्रले...

कोरोनाको खोप उपलब्ध गराउन स्रोतको अभाव हुँदैन : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन् । विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन...

नेपाली राजनीतिक प्रवृत्तिमा चुनौतीपूर्ण कदम

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनले मुलुकमा उत्पन्न गराएको राजनीतिक तरंग अहिले उत्कर्षमा पुगेको छ । अत्यधिक बहुमतप्राप्त दलकै प्रधानमन्त्रीबाट एकाएक संसद् विघटन...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)