Monday, May 17, 2021
Home बिचार कोरोनालाई लापर्बाही नगरौं

कोरोनालाई लापर्बाही नगरौं

राजधानी समाचारदाता,

नेपालमा कोरोना दोस्रो लहरको जोखिम उच्च हुँदै जाँदा पनि जनसाधरणले सावधानी नअपनाएर लापार्बाही गरेको पाइएको छ । यसले दोस्रो लहरको जोखिमलाई बढावा दिने सहजै अनुमान गर्न सकिन्छ । हाल नेपालमा भइरहेको ढिलो गतिको कोरोना संक्रमण परीक्षणमा पनि दैनिक १ सय ५० भन्दा बढी संख्यामा संक्रमित थपिने गरिरहेका छन् । यो संख्या छिमेकी देश भारतमा दैनिक हुने गरेको ९० हजारको संक्रमण संख्याको तुलनामा निकै कम भएपनि नेपालको जनसंख्याको तुलनामा लगभग भारतकै अनुपातलाई पछ्याउन थाल्दै गरेको स्थिति भने हो । छिमेकी देश भारतमा बढ्दै गरेको संक्रमणको जोखिमले नेपाललाई पनि संक्रमणको भुमरीतर्फ डो¥याइरहेको छ । हाल नेपाल–भारत सीमा जोडिएका जिल्लामा कोरोना संक्रमणको जोखिम उकालो लागिरहेको छ । सीमानाकामा भारतबाट फर्किइरहेका नेपालीमा नेपालका तर्फबाट गरिएको संक्रमण परीक्षणमा बढी मात्रामा संक्रमित भेटिइरहेका छन् । हरेक नाकामा परीक्षणको व्यवस्था हुन पनि सकिरहेको छैन । त्यसमा पनि नेपाल–भारतको सीमानाका खुला रहेकै कारण त्यहाँबाट आउजाउ गर्ने ससाना गोरेटा र वैकल्पिक बाटा निकै रहेका छन् । ती गोरेटा र वैकल्पिक बाटामा कोरोना संक्रमण परीक्षणको व्यवस्था हुने त कुरै भएन । यसले गर्दा पनि नेपाल कोरोना संक्रमणको दोस्रो लहरको उच्च जोखिममा परेको छ ।

नेपालमा कोरोना संक्रमण नियन्त्रण गर्न प्राथमिकताअनुसार खोप दिन थालिए पनि यसलाई व्यापक बनाउन सकिएको छैन । सरकारले निःशुल्क दिने भनेपछि सबै त्यसैको आशा र भरोसामा बाँचिरहेका छन् । नेपालको स्वास्थ्य बजारमा खोपले स्थान पाउन सकिरहेको छैन । पहिलो लहरसँगै त्यसको नियन्त्रणका लागि निर्माण गरिएको खोप आम नबन्दै दोस्रो लहरले देशलाई छोप्न थालिसकेको छ । कोरोनाको नयाँ भ्यारियन्टको मुकाबिला गर्ने र नियन्त्रण गर्ने खोप देशमा आवश्यक भइसकेको छ । भारतको सिराम इन्स्टिच्युटद्वारा उत्पादित स्वास्थ्य सहयोगमा आएको कोभिशिल्ड लगाइरहेका बेला छिमेकी देश चीनले पनि सहयोग स्वरूप चिनियाँ खोप नेपाललाई उपलब्ध गराएको छ । कोरोना संक्रमणको दोस्रो लहर व्यापक हुन नपाउँदै यो खोप आम जनताका माझमा पु¥याउन सकियो र आवश्यक थप खोप खरिद गरेरै भए पनि जनसाधरणका बीचमा पु¥याउन सकियो भने उच्च रूपमा फैलँदै गरेको संक्रमण समयमै रोकथाम गर्न सकिने थियो । यसतर्फ सरकारले तदारुकताका साथ कदम चाल्नु जरुरी छ । चीन सरकारबाट प्राप्त खोप काठमाडौंका तोकिएका अस्पतालमा पनि दिने व्यवस्था मिलाइएको भनी सरकारले सूचना प्रवाह गरेपछि धेरै मानिस यो सेवा लिन इच्छुक रहेको देखिएका छन् । भारतबाट थप खोप भिœयाउने कुरामा पनि सरकारले निकै ख्याल पु-याउनुपर्छ ।

पछिल्लो समयमा देशभर एकै दिनमा १ सय ७६ जनामा कोरोना संक्रमण भेटिएपछि अबको अवस्था त्यति सामान्य र नियन्त्रणभित्र नरहला कि भन्ने आशंका बढिरहेको छ । नेपालको ३ करोडको हाराहारीमा रहेका जनसंख्यामा पनि कुल संक्रमितको संख्या २ लाख ७८ हजारसम्म पुग्न जानु निकै चुनौतीको विषय हो । देशमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३२ रहेको वर्तमान सन्दर्भमा परीक्षणलाई व्यापक बनाउँदै, खोपलाई देशव्यापी अभियानको रूप दिनुका साथै क्वारेन्टाइनको पुनस्र्थापित गरिनु जरुरी हुन गएको छ । यसका साथै सर्वसाधरण जनतामा रोकथामका प्राथमिक उपायलाई पुनः स्मरण गराउन महाअभियान नै थाल्नुपर्छ ।

(Visited 69 times, 1 visits today)
Loading comments...

आजको समाचार

सकारात्मक मोडतर्फ एमाले

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ कार्यदल गठन गरिएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता...

साताका लोकप्रिय समाचार

हडपिएको आठ रोपनी जग्गा १२ वर्षपछि सरकारकै नाममा

काठमाडौं अनामनगरस्थित धोबीखोलासँगैको करिब आठ रोपनी व्यक्तिको नाममा दूषित दर्ता भएको जग्गा सरकारको नाममा मालपोत कार्यालय डिल्लीबजारले फिर्ता ल्याएको छ । १२ वर्षदेखि व्यक्तिको...

गण्डकीमा थप १४ संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा बिहीबार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये कास्कीका ८, बागलुङका ४, दाङ र म्याग्दीका १/१ जना...

३९ रुपैयाँको सेनिटाइजर ८० रुपैयाँमा बिक्री

इटहरी । इटहरीका औषधी पसल सञ्चालकहरुले स्वास्थ्य सामाग्रीमा बदमासी गरेको पाइएको छ । स्वास्थ्य सामाग्री मास्क र सेनिटाइजरमा कालोबजारी गर्ने गरेको पाइएपछि कारबाही गरिएको...

१ लाख संक्रमित घरमै

निर्देशिका भन्छ, बिरामीको नियमित अनुगमन काठमाडौं । देशभर १ लाख २ हजार ४ सय ५५ कोरोना संक्रमित घरमै छन् । सरकारले उनीहरूको अवस्थाबारे चासो...

ट्रेन्डिङ

जलवायु परिवर्तनको असरको रूपमा हिमपात र शीतलहर

केही दिनदेखि देशभर मौसममा विषमता देखापर्दा शनिबार राजधानी सहर रहेको काठमाडौं उपत्यकावरपर रहेका पहाडी क्षेत्रलगायत देशभरका उच्च पहाडी क्षेत्रमा हिमपात भयो । हिमपात हुनुअघिका...

कोरोना संक्रमणबाट गण्डकीमा थप एक जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका–१ का ६४ वर्षीय पुरुषको हिजो...

सत्र वर्षदेखि नतोडिएको रेकर्ड

नयाँ दिल्ली । १७ वर्ष पहिले दक्षिण अफ्रिकाका ब्याट्सम्यान जैक्स रुडोल्फले पहलिो टेस्ट म्याचमा नै सनसनी मच्चाएका थिए । २६ अप्रिल २००३ मा बंगलादेशविरुद्ध...

सरकारी वकिलको तर्कः प्रधानमन्त्रीलाई संविधानले असीमित अधिकार दिएको छ

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा बहस गर्दै सरकार पक्षका वकिलले प्रधानमन्त्रीसँग असीमित अधिकार भएको बताएका छन् । नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले संसद्...

प्रदेश २ सरकारद्वारा २५ करोड रुपैयाँको राहत कोष स्थापना

जनकपुरधाम । कोराना भाइरस (कोभिड १९)को नियन्त्रण तथा यसबाट प्रभावितलाई राहत उपलब्ध गराउन प्रदेश २ सरकारले २५ करोड रुपैयाँको राहत कोषको स्थापना गरेको छ...

अलपत्र परेका नेपालीलाई प्रवेश दिइने

काठमाडौं । कोरोना संक्रमणको सन्त्रासपछि भारत र चीनतर्फका सबै नाका बन्द गराएको सरकारले नाकामा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश भित्रिन दिने भएको छ ।...

प्रधानमन्त्री ओलीको शरीरमा अब चार ओटा मिर्गाैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गाैला प्रत्यारोपण भइरहेको छ । नयाँ मिर्गौला प्रत्यारोपण सफल भएको अवस्थामा प्रधानमन्त्री ओलीको...

बेरुतमा शक्तिशाली विस्फोटपछि लेबनानका प्रधानमन्त्रीद्धारा राजीनामा

बेरुत । गत हप्ता लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटपछि नैतिकताको आधारमा भन्दै लेबनानका प्रधानमन्त्रीले राजीजनामा दिएका छन् । सो विस्फोटमा परी २०० जनाभन्दा बढीको...

खोलाले बगाएर बेपत्ता भएका युवक ५ दिनपछि मृतावस्थामा फेला

तनहुँ । गत सोमबार शुक्लागण्डकी– ९ मा पर्ने सुरौदी खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका युवक आज पाँच दिनपछि मृतावस्थामा फेला परेका छन् ।...

नेपाल गणित समाजले मनायो ४२ औं वार्षिकोत्सव

काठमाडौं । नेपाल गणित समाजले आफ्नो ४२ औं वार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सबमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बाँस्कोटाले आधारभुत विषयलाई पाठ्यक्रमबाट हटाउन नहुने बताएका...

किन गरिन्छ आत्महत्या ?

विश्व स्वास्थ्य संगठनअनुसार संसारभर बढी आत्महत्या हुने देशमध्ये नेपाल सातौं स्थानमा पर्छ । नेपालमा पुरुषको तुलनामा आत्महत्या गर्ने महिलाको संख्या धेरै छ । आत्महत्या...

भारतका विदेश सचिव हर्षवर्धन काठमाडौंमा, आज को-कोसँग भेट हुँदैछ ?

काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला काठमाडौं आइपुगेका छन् । विदेश सचिव श्रृंगला इन्डियन एयर फोर्सको विमानबाट बिहीबार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)