Thursday, May 6, 2021
Home बिचार हुलाकी सडकको पनि कायापलट हुँदै

हुलाकी सडकको पनि कायापलट हुँदै

श्रीमन नारायण,

कुनै पनि देशको आर्थिक विकासमा यातायातको भूमिका महत्वपूर्ण हुने गर्दछ । नेपालजस्तो भौगोलिक विकटताले भरिएको देशमा सडक यातायातको भूमिका महत्वपूर्ण साबित हुन सक्दछ । नेपालमा अहिले पूर्व–पश्चिम राजमार्ग, बीपी कोइराला मार्ग, मध्यपहाडी लोकमार्ग, अरनिको राजमार्ग र पृथ्वी राजमार्गको भूमिका देशको आथिर्क विकासमा सहयोगी साबित भइरहेको छ । देशको सबैभन्दा पुरानो हुलाकी राजमार्गको विकास अपेक्षित रूपमा हुन सकेको थिएन तर अब यस दिशामा पनि हाम्रो ध्यान आकृष्ट भएको छ । हालै नेपालका लागि भारतीय राजदूतले नेपालका भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई भारत सरकारको आर्थिक सहयोगमा नेपालको तराई क्षेत्रमा निर्मित हुलाकी सडक खण्डको १४ वटा प्याकेजमध्ये १३ प्याकेजको सडक निर्माण गरी हस्तान्तरण गरेका छन् । तराई क्षेत्रका सडक पूर्वाधारलाई स्तरोन्नति सन्दर्भमा भारत नेपालबीच सहमति भएअनुरूप नै यो काम सम्पन्न भएको छ । पूर्वी तराईको झापादेखि कञ्चनपुरसम्म करिब १५ सय किमी र १४ वटा विभिन्न सडक खण्डको निमार्णपश्चात् हुलाकी सडकले पनि नेपालको यातायातको क्षेत्रमा तथा देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिकाको निर्वाह गर्न सक्नेछ ।

हाल निमार्ण सम्पन्न भई हस्तानान्तर गरिएका हुलाकी सडकअन्तर्गतका मनमत–कलैया–मटिअर्वा, वीरेन्द्र बजार–यदुकहा–महिनाथपुर, जनकपुर–यदुकहा÷धनुषा, माईस्थान–गौशाला बजार–सम्सी, महोतरी, जलेश्वर–हर्दी महोतरी, लमही–कोइलावास दाङ, कानेपोखरी–रंगेली मोरङ, कल्याणपुर–बरसाइन–सुभ्रानपट्टी सप्तरी, तामागढी–सिम्ररौनगढ बारा र वरिगन्ज–ठोरी आदि सडकखण्डले प्रदेश नंम्बर १, २ र ५ का सात सीमावर्ती जिल्लामा अवस्थित यी सडकले २ सय ८४ भन्दा बढी वडा, १ सय ४९ वटा गाउँ, १८–१८ वटा गाउ“पालिका र नगरपालिका, १ उपमहानगरपालिका र १ महानगरपाकिलाका जनतालाई जोड्न सघाउ पु¥याउनेछ । नेपालको आर्थिक विकासमा यी सडक खण्डहरू कोसेढुंगा साबित हुने निश्चित छ ।

कुनै बेला दुनियाँका चामल निर्यात गर्ने मुलुकमा नेपालको पाँचौं स्थान थियो, जसमा तराईको योगदान सर्वाधिक मानिन्थ्यो । त्यसैले, यस भूभागलाई अन्नको भकारी पनि भन्ने गरिन्थ्यो । तराईका किसान हुलाकी सडकको माध्यमबाट आफ्नो उत्पादनलाई सजिलै नेपाल तथा सीमावर्ती भारतको बजारसम्म पु¥याउने गर्दथे तर पञ्चायती शासनको तीन दशकमा हुलाकी सडकको व्यापक उपेक्षाका कारण यसको विकास हुन सकेन । नेपालको कृषि तथा औद्योगिक विकासमा पनि हुलाकी सडकको भूमिका सहयोगी साबित हुन सक्दछ ।

मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिकाको निर्वाह गर्न सक्ने पूर्व–पश्चिम हुलाकी सडकको अपेक्षित विकास हुन नसकेका कारण पनि हाम्रो राष्ट्रको समुचित विकास हुन सकेन । विगत केही वर्षयतादेखि दक्षिणी छिमेकी राष्ट्र भारतको सहयोग तथा नेपाल सरकारसमेतको प्रयासमा यसको निर्माण कार्यले तीव्रता पाएको छ । नेपालको आर्थिक विकासमा हुलाकी सडकले महत्वपूर्ण भूमिकाको निर्वाह गर्न सक्दछ ।

चिठी–पत्र बोक्ने हुलाकी हिँड्नुलाई एक पोस्टबाट अर्को पोस्टमा छिटो पुग्न सक्ने सिधा बाटो नक्सांकन गरेर हुलाकी सडक अस्तित्वमा आएको थियो

अहिलेको जस्तो पूर्ण रूपमा बस्ती विकास नभइसकेको र यातायातको पहुँच नभएको अवस्थामा वर्षौं पहिले यो हुलाकी बाटो अस्तित्वमा आएको थियो । चिठी–पत्र बोक्ने हुलाकी हिँड्नुलाई एक पोस्टबाट अर्को पोस्टमा छिटो पुग्न सक्ने सीधा बाटो नक्सांकन गरेर हुलाकी सडक अस्तित्वमा आएको थियो । जंगल, झाडी, पर्ती, बुट्यानमा बनाएको हुलाकी सडक यात्रुको चापसँगै विस्तारै फराकिलो हुँदै गयो । बस्ती विकास र यातायातको सुविधा भएपछि कतिपय हुलाकी सडकहरू पक्की सडकमा परिणत भए भने अधिकांश अस्तित्व नामेट भएर इतिहास बनिसकेका छन् । कतिपय ठाउँका सडक न त पक्की नै बनेका छन्, न त अस्तित्व नै समाप्त भएको छ । तराईका प्रायः सबैजसो जिल्ला सदरमुकामलाई छुने यो हुलाकी सडकलाई पदम रोड पनि भनिन्छ ।

हुलाकी सडक आज पनि कतिपय जिल्लामा निरन्तर रूपमा प्रयोगमा आइरहेको छ । अहिले पनि कतिपय जिल्लाको विकासमा हुलाकी सडकले महण्ज्ञद्धण्वपूर्ण भूमिको निर्वाह गर्दै आएको छ । तराईका जिल्लामा जुन ठाउँमा हुलाकी सडकको निर्माण भएको छ, त्यहाँका जनताको अनुहारमा खुसियाली हेर्न सकिन्छ । आवश्यक हेरचाह, मर्मत एवं निर्माण तथा सरकारी सहयोगको अभावमा यस ऐतिहासिक सडकले आफ्नो अस्तित्व र इतिहास पनि गुमाउने अवस्था आइपुगेको थियो । हुलाकी सडकको विकासका नाउँमा नेपाल सरकारद्वारा छुट्याइने बजेटको मात्रा साह्रै न्यून हुने गरेको कारण यसको उपयोग कहाँ, कति र कसरी गर्ने ? भन्ने प्रश्न प्राविधिकसमक्ष उठ्नु अस्वाभाविक थिएन । कतिपय कारणले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको अवस्थामा यो हुलाकी सडकले राष्ट्र र जनताका आवश्यकतालाई सजिलै पूर्ति गर्ने अवस्था रहेको देखिन्छ । यसबाट मुलुकको आर्थिक विकासमा पनि महत्वपूर्ण टेवा मिल्न सक्दछ ।

कतिपय जिल्लामा आज पनि हुलाकी सडकको विकल्पमा अर्को मार्ग रहेको छैन, निर्विकल्प अवस्थामा रहेको यस सडकको निर्माण तथा मर्मत सम्भारततर्फ पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता रहेको छ । विगतमा हुलाकी सडकको विकासमा बढी ध्यान दिइनुपर्नेमा जंगलको मध्य भएर सडक बनाइएको कारण हुलाकी सडकको विकास त अवरुद्ध भयो नै यसले मुलुकको अर्थतन्त्रलाई पनि कमजोर बनायो । जंगलको मध्य भएर राजमार्गको निर्माण भएका कारण यसले एकतिर वन विनाशलाई प्रोत्साहन ग¥यो भने अर्कोतिर यसबाट भूक्षय र भूस्खलन भई नदी नालाहरूका उब्जाउ मलिलो माटोको सट्टा बालुवा नै कृषियोग्य जग्गामा पुरिन लागेकाले तराईका विभिन्न भाग मरुभूमिमा परिणत हुँदै छन् ।

यसबाट कृषि क्षेत्रको उत्पादकत्वमा अप्रत्यासित रूपमा कमी आएको देखिन्छ । पूर्ण–पश्चिम राजमार्ग अहिले जुन ठाउँमा छ, त्यसको सट्टामा यो तराईको दक्षिणमा हुलाकी सडकको ठाउँमा भएको भए वन विनाशलाई पनि रोक्न सकिन्थ्यो र यसबाट पर्यावरण पनि अनुकूल रहन सक्ने थियो तथा तराई क्षेत्रको अर्थव्यवस्था पनि खराब हुने थिएन । वर्तमान अवस्थामा महेन्द्र राजमार्गले पनि आफ्नो भूमिकाको सार्थक निर्वाह गरिरहेको देखिन्छ तथापि, हुलाकी सडकको समुचित सदुपयोग गर्न सकिए यो राष्ट्र र जनताको आर्थिक समृद्धिमा कोसेढुंगा साबित हुन सक्दछ ।

मुलुकमा प्रजातन्त्रको पुनःस्थापना भएको झन्डै तीन दशकमा पनि अस्तित्वमा आएका सरकारले हुलाकी सडकको विकासमा खासै ध्यान दिएनन्, फलस्वरूप तराईको अर्थ व्यवस्थाको साथै समग्र मुलुककै आर्थिक प्रगति पनि अवरुद्ध हुँदै आएको देखियो । जब कि हुलाकी सडकको मर्मत एवं निर्माणका लागि र यसको सुचारु सञ्चालनका लागि वर्षांैदेखि स्थानीय जनताले आवाज उठाउँदै आएका छन् ।

पूर्व–पश्चिम हुलाकी सडकको मर्मत एवं निर्माण कार्य समयमै सम्पन्न भएमा देशको आर्थिक विकासमा ठूलो उपलब्धि प्राप्त हुनेछ

नेपालको चौतर्फी विकासमा सहयोग पु-याउँदै आएको छिमेकी राष्ट्र भारतले हुलाकी सडकको विकास निर्माणमा पनि सहयोग गर्नु स्वाभाविकै हो । नेपाल सरकार एवं भारत सरकारबीच भएको सहमतिअनुसार झन्डै १५ सय किलोमीटर लामो हुलाकी सडक निर्माण भारत सरकारले गर्ने भएको छ भने नेपाल सरकारले हुलाकी सडक तथा यसमा पर्ने नदी तथा खोलाहरूमा पुलको निर्माण गर्ने भएको छ साथै अन्य अवरोधहरूलाई पनि नेपाल सरकारले हटाउनेछ । यस दिशामा सन्तोषजनक काम भएको देखिन्छ भने बाँकी काम प्रगतिमा रहेको देखिन्छ । धनुषा, बारा, महोत्तरी, मोरङ, सप्तरी, सिरहा, दाङ तथा पर्सा र पश्चिमका कतिपय जिल्लामा समेत हुलाकी सडकको निर्माण कार्यले गति प्राप्त गरेको छ ।

पूर्व–पश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने ८ सय १७ किमीका ३२ वटा सहायक राजमार्ग छन् । भारतका तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणको क्रममा हुलाकी राजमार्ग निर्माणमा भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । भारतीय सहयोगको सैद्धान्तिक सहमति २०६१ सालमा भए पनि नेपालमा २०६२÷६३ को परिवर्तनपश्चात् भारतले नेपाल ४ सय ४० किलोमिटर सडकको डिजाइन, सुपरिवेक्षण र निर्माण तीन चरणमा गर्नेगरी सम्झौता गरेको थियो ।

सम्झौताअनुसार काम गर्न लाग्ने सम्पूर्ण खर्च भारत सरकारले बेहोर्ने र जग्गा, अधिग्रहण, पोल, रूख हटाउने, हुलाकी राजमार्गमा पर्ने सम्पूर्ण पुलको निर्माण नेपाल सरकारले गर्ने प्रावधानको समझदारी भएको थियो । विभिन्न राजनीतिक उतारचढावका कारण हुलाकी सडक निर्माणको काम बीचमै रोकिएको थियो । नेपालले ं गरेको रेखांकनअनुसार हुलाकी राजमार्गको लम्बाइ पूर्वदेखि पश्चिमसम्म एक हजार ७ सय ९२ किलोमिटर रहेको छ ।

हुलाकी सडकको मर्मत, निर्माण एवं सुसञ्चालनबाट सर्वाधिक फाइदा तराईका किसानलाई हुनेछ । नेपाली किसान आफ्नो उत्पादनलाई बजारसम्म पु-याउन एउटा समूचित सडक मार्गको खोजीमा व्यग्र छन् र उनीहरूको यस उद्देश्यमा हुलाकी सडक नै महत्वपूर्ण सहयोगी साबित हुन सक्दछ । तराईका प्रायःजसो जिल्ला सदरमुकाम दक्षिण भेगमा छन् र हुलाकी सडक पनि ती जिल्ला सदरमुकामको नजिकबाट गएको कारण पनि यहाँका किसानहरूले मिहिनेत गरी उब्जाएका खाद्यान्न र तरकारी एवं फलफूल आदिको समूचित मूल्य प्राप्तिका लागि स्थानीय बजारमा सजिलै ढंगले पु-याउन सक्दछ ।

वर्तमान अवस्थामा किसानले आफ्नो उत्पादनको समुचित मूल्य पाउन नसकेको कारण कृषि पेसाप्रति नै उदासीन हुन गएका देखिन्छन् । मुलुकलाई अन्न खुवाउने किसान अर्थात् अन्नदाता नै यसरी आफ्नो पेसाबाट विमुख भई अन्यत्र ध्यान केन्द्रित गर्दा राष्ट्रसामु थुप्रै समस्या उत्पन्न हुन सक्दछ तसर्थ नेपाली किसानको समस्यामाथि गम्भीरतापूर्वक ध्यान दिनुपरेको छ । यस पूर्व–पश्चिम हुलाकी सडकको मर्मत एवं निर्माण कार्य समयमै सम्पन्न भएमा देशको आर्थिक विकासमा ठूलो उपलब्धि हुनेछ ।

(Visited 166 times, 1 visits today)
Loading comments...

आजको समाचार

चितवनका एकसहित तीन सङ्क्रमितको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन् ।भरतपुर अस्पतालमा उपचारका...

३ हजार ९ सय १३ जना कोरोना संक्रमण मुक्त, ६ जनाको मृत्यु

चुरो/ मकवानपुर । पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमित संक्रमण मुक्त भएसंगै संक्रमण मुक्त हुनेको संख्या ३ हजार ९ सय १३ पुगेको जिल्ला...

वडा सदस्यको शब बोकेर घर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ को मृत्यु

बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको...

स्वास्थ्यमा समस्या भएपछि चैनपुरका मेयरलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका मेयर भरत खत्रीलाई स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाण्डौं लगिएको छ । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि चैनपुरका मेयर...

इटहरी प्रवेश गर्नेलाई सीमाबाटै फर्काइयो सुनसरीमा कडा बनाउदै लकडाउन

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबारदेखि लागू हुनेगरी ३१ गतेसम्म पूर्णरुपमा लकडाउन गरेपछि इटहरीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी...

साताका लोकप्रिय समाचार

मास्कमा कालोबारी गर्ने उद्योगलाई कारबाही

काठमाडौं । मास्कमा अत्यधिक मूल्य लिएर कालोबजारी गर्ने मास्क उद्योगलाई कारबाही गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी आएपछि विभागको अनुगमन...

बर्दिया कोरोनाको हटस्पट बन्दै, एकै दिन २ सय जना संक्रमित थपिए

बर्दिया । पछिल्लो समय बर्दिया जिल्ला कोरोनाको हटस्पट बन्ने खतरा देखा परेको छ । बुधबार एकै दिन २ सय जनामा कोरोना संक्रमण पुष्टि भए...

कोरोना खोप ल्याउने विषयमा उपप्रधानमन्त्रीले गरे बैठक आह्वान

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका...

आजदेखि निषेधाज्ञामा थप कडाइ, सवारी साधनलाई सडकमा हाेल्डिङमा राखिने

काठमाडाैं । निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा...

चार जना अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल अवतरण

वासिङ्टन । स्पेश–एक्स ड्रागन मार्फत् चार जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन् । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष...

ट्रेन्डिङ

बाहिरी चलखेलबाट देस बचाउन संसद विघटन : विष्णु पौडेल

वीरगन्ज । नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) का महासचिव विष्णु पौडेलले प्रदेश २ का ओली समूहका अगुवा नेता कार्यकर्तालाई निर्वाचनमा जुट्न निर्देशन दिएका...

पोखराबाटै नमूना परीक्षण, पहिलो नतिजामा ३ जनाकै नेगेटिभ

पोखरा । गण्डकी प्रदेशमा पहिलो पटक भएको कोरोना भाइरस (कोभिड–१९) को परीक्षणको रिपोर्ट आएको छ । आइसोलेसनमा रहेकामध्ये ३ बिरामीको स्वाव परीक्षण गरिएकोमा सबैको...

ललिता निवास जग्गा प्रकरण : मुद्दा दर्ता भएका सबैको सम्पत्ति छानबिन हुने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा किनबेच प्रकरणमा मुछिएका व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेसँगै सम्पत्ति शुद्धीकरण विभागले...

प्रेम विनोदलाई ढेड लाखको पुरस्कार, वर्षको उत्कृष्ट १० गीत चयन

काठमाडौं । गीतकार संघ नेपालले यो वर्षको उत्कृष्ट १० गीतको मनोनयन सूची सार्वजनिक गरेको छ । वर्ष गीत पुरस्कारका लागि संघमा प्राप्त भएका २०७६...

भारतमा एकैदिनमा झण्डै ११ हजार संक्रमित, ३९६ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा करिब ११ हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा १०...

राष्ट्रवादका आयम

शब्द पुरानै भए पनि परिस्थितिअनुसार नयाँ छालहरू तरंग गराउन सक्ने शब्द हो राष्ट्रवाद । राष्ट्रवाद बहुविश्लेषणले मूर्तबाट अमूर्त बनाइएको शब्द पनि हो । समय...

प्रधानमन्त्री संसद् विघटनकै पक्षमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि मुलुकले दलीय सहकार्य खोजेको भन्दै त्यसतर्फ केन्द्रित रहन सबै दलका नेतृत्वसँग आग्रह गरेकी...

मोटरसाइकल दुर्घटनामा बैंक म्यानेजर गम्भीर घाइते

बागलुङ । नेपाल बंगलादेश बैंक बागलुङ शाखा प्रमुख विकास पौडेल मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । कर्जा प्रवाहको लागि धितो मूल्याङ्गकन गर्न बागलुङ...

फेरि जोर बिजोर ?

काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोर बिजोर प्रणाली लागु गर्ने तयारी...

ज्लाटनलाई चोट

मिलान । स्विडिस तथा इटालियन क्लब एसी मिलानका भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले अभ्यास दौरान गम्भीर चोट बोकेका छन् । सोमबार प्रशिक्षण दौरान ज्लाटनले एचिलेस...

ठमेलमा टोलवासीको रात्रि सुरक्षागस्ती (फोटो फिचर)

काठमाडौं । ठमेलको पहिचानमा विकृति आउन नदिन र स्थानीयवासीको अमनचयनलाई कायम राख्न टोलीवासीले रात्रि सुरक्षागस्ती सुरु गरेका छन् । ठैटीदेखि गल्कोपाखासम्म राति ८ बजेदेखि...

फर्केर हेर्दा : ‘महाउत्सव’को त्यो दिन

२२ वर्ष पत्तै नपाई बितेछ । सम्झिँदा पनि आनन्द लाग्छ । नगन्य यातायतले छुँदै गरेको त्यतिबेलाको ललितपुर चापागाउँ ‘दुर्गम’जस्तै थियो । लगनखेलसम्म पुग्न पनि एकदिनको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)