Monday, May 17, 2021
Home प्रदेश प्रदेश ३ निजामती सेवा विधेयक विवादित

निजामती सेवा विधेयक विवादित

राजधानी समाचारदाता,

काठमाडौं । प्रतिनिधि सभामा सोमबार पेस संघीय निजामती सेवा विधेयक विवादित बनेको छ । विधेयकमा व्यवस्था भएका कतिपय प्रावधानले संघ, प्रदेश र स्थानीय तहबीचकै सम्बन्ध तोड्ने विज्ञले दाबी गरेका छन् ।

राज्यव्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले संघीय निजामती सेवा गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफलका लागि प्रतिनिधि सभामा पेस गरेसँगै विवादित बनेको हो ।

तीन सरकारबीचको सम्बन्ध तोड्ने प्रस्ताव !

राज्यव्यवस्था समितिले प्रतिनिधि सभामा पेस गरेको विधेयकप्रति स्वयं सरकार नै असन्तुष्ट बनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीका अनुसार विधेयकका कतिपय प्रावधानले संघीयताको मर्ममाथि प्रहार गरेको छ । ‘संघीयताको मर्ममाथि प्रहार गर्नेगरी विधेयक पारित गरिनु हँुदैन,’ मन्त्रालयका ती अधिकारीले राजधानीसँग भने, ‘कतिपय विषय सच्याइनुपर्छ ।’

निजामती कर्मचारीले पनि विधेयक कर्मचारीमैत्री नभएको आरोप लगाएका छन् भने कर्मचारीसम्बद्ध विभिन्न ट्रेड युनियनले ‘प्रतिगामी’को संज्ञा दिएका छन् ।

– विधेयक प्रतिगामी भएको आरोप
– संविधानको धारा २३२ को मर्मविपरीत
– वृत्ति विकासमा अवरोध
– बढुवाका प्रावधानमा विभेद

नेपाल निजामती कर्मचारी संगठन अध्यक्ष केदारप्रसाद देवकोटाले हालै संसद्मा पेस विधेयक जस्ताको तस्तै पास भए नेपालको निजामती प्रशासन फेरि पछि धकेलिने दाबी गरे । राज्यव्यवस्था समितिले पेस गरेको विधेयक प्रतिगामी चरित्रको भएको उनले आरोप लगाए ।

यसअघि, राज्यव्यवस्था समितिमा समेत सो विधेयक पारित गर्दा लफडा भएको थियो । राज्यव्यवस्था समितिकै सदस्यको व्यापक विरोधबाबजुद विधेयक समितिबाट जर्बजस्ती पारित भएको थियो ।

विधेयकमा संविधानको धारा २३२ को प्रावधान उल्लंघन गर्दै संघीयताको मर्ममाथि प्रहार गरी केही प्रावधान राखिएको विज्ञको दाबी छ । संविधानको धारा २३२ मा संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वय सिद्धान्तमा आधारित हुने व्यवस्था गरिएको छ । जसअनुसार प्रस्तावित विधेयकमा स्थानीय तहमा रहने प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय तहकै रहनुपर्ने प्रावधान समेटिएको छ । जसका कारण केन्द्रीय सरकार र स्थानीय सरकारबीचको सम्बन्ध पूरै विच्छेद हुने देखिएको छ ।

यसअघि, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत केन्द्रीय निजामती सेवाको पदबाट राख्ने प्रस्ताव गरिएकोमा राज्यव्यवस्था समितिले सो प्रावधान हटाएको थियो । समिति सदस्यसमेत रहेका तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत केन्द्रकै कर्मचारी हुनुपर्ने आवश्यकता औंल्याए ।

हाल, छलफलका लागि पेस विधेयकमा प्रदेश प्रमुख सचिव पद पनि प्रदेशकै रहने व्यवस्था गरिएको छ । यो प्रावधान लागू भएमा प्रदेश र केन्द्र सरकारबीचको सम्बन्धसमेत पूर्णरूपमा विच्छेद हुन सक्ने भएकाले प्रदेशको प्रमुख सचिव पद केन्द्रीय निजामती सेवाबाटै राख्नुपर्ने सुझाव विज्ञको छ ।

सुरुमा विधेयकको मस्यौदा बनाउँदा तीनवटै सरकार संविधानअनुसार सहकार्य, सहअस्तित्व र समन्वयका आधारमा सञ्चालन हुने परिकल्पना गर्दै स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र प्रदेश प्रमुख सचिव पद केन्द्रीय सरकारको हुनेगरी गरिएको थियो । तर, राज्यव्यवस्था समितिले सो प्रावधान हटाएपछि विवाद सुरु हँुदै आएको थियो ।

यसैगरी, विधेयकमा निजामती कर्मचारीको वृत्ति विकासमा गम्भीर असर पार्नेखाले प्रावधान रहेको कर्मचारीकै आरोप छ । जहाँ राजपत्र अनंकित र राजपत्रांकित कर्मचारीबीच ठूलो विभेद सिर्जना गर्न खोजिएको छ ।

यसैगरी, सेवा प्रवेश गरेका तल्लो दर्जामा रहेका क्षमतावान् कर्मचारीलाई अधिकृत बन्ने ढोकासमेत बन्द गरिएको आरोप कर्मचारी सम्बद्ध ट्रेड युनियनको छ ।

(Visited 3,908 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

१ सय १९ सिलिन्डर एयर लिफ्टबाट ल्याइयो

काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ ।गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट...

८० वर्षपछि कुमारीको आसन फेरियो

ललितपुर । ८० वर्षपछि ललितपुरको जीवित देवी कुमारीको आसन फेरिएको छ । रत्नाकर महाविहारमा रहेको कुमारी घरमा जीवितदेवी कुमारीलार्ई विहीबार पहिलो पटक नयाँ आसनमा...

बारामा अक्सिजन हाहाकार

बारा । बारामा अक्सिजनको कृत्रिम अभाव सिर्जना भएको छ । कृतिम अभाव भएपछि कोरोना संक्रमितका लागि अति आवश्यक पर्ने अक्सिजन हाहाकार भएको हो । जिल्लामा...

सत्ता संकटको असर कोरोनामा ?

  तनावरहित स्वच्छ मानसिकतामा गरिने कार्य निश्चय नै परिणाममुखी हुन्छ । व्यक्तिमा निहित स्वच्छताजस्तै सकारात्मक सोच र उच्च मनोबलयुक्त व्यक्तिको सामूहिक सहकार्यमा सञ्चालित राज्यसत्ताका काम...

काेराेना संक्रमणबाट काठमाडौंँ जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन

काठमाडाैं ।  कोरोना संक्रमणबाट काठमाडौंँ जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ । जिल्ला अदालतकाका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीका अनुसार उनको केही समयदेखि शुक्रराज...

ट्रेन्डिङ

पाल्पामा जीप दुर्घटना, दुईको मृत्युु, ६ घाइते

काठमाडौं । पाल्पामा गएराति भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । लु १ ज २८८७ नम्बरको...

१२ वटा शहरलाई स्मार्ट सिटी बनाउने मन्त्री प्रभु साहकाे याेजना अघि बढ्याे

काठमाडौं । नेपाल सरकारले देशैभरी एकैपटक १२ वटा शहरलाई स्मार्ट सिटीको रुपमा निर्माण एवं वातावरणीय अध्ययन प्रक्रिया अगाडी बढाउँने भएको छ । शहरी विकास मन्त्री...

एकता सुदृढ बनाउने जिम्मेवारी नेताका काँधमा : नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेताएवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एकता सुदृढ, दिगो र बलियो बनाउने जिम्मेवारी नेताका काँधमा आएको बताएका छन्...

सिरहाको मिर्चैयामा भेटिएको कुकर बम सेनाले गरे डिस्पोज

सिरहा । पूर्वपश्चिम राजमार्गत सिरहा जिल्लाको मिर्चैया नगरपालिका ५ जिवा पुलमा अज्ञात समूहले राखेको कुकर बम सुरक्षाकर्मीले डिसपोज गरेको छ । चोहर्वास्थित नेपाली सेनाको...

मेस्सी, रोनाल्डो र लेवान्डोस्की शीर्ष तीनमा

जुरिच । विश्व फुटबलको सर्वोच्च संस्था (फिफा)ले वर्षको उत्कृष्टलाई प्रदान गर्दै आएको द बेस्ट अवार्डको शीर्ष तीन उम्मेदवारको नाम सार्वजनिक गरेको छ । यो...

ठूला भ्रष्टाचार काण्ड छानबिन गरेर दोषीलाई कानूनी कठघरामा उभ्याउनुपर्छ : थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले डेढ वर्षदेखि राप्रपा (संयुक्त) सँगको पार्टी एकताको लागि आफूहरुले हदैसम्मको लचकता प्रदर्शन...

संघीय शासनका चुनौती समाधान गर्न दस वर्षीय रणनीतिक योजना

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय शासन प्रणालीको चुनौती समाधान गर्दै यसका लाभ जनतासमक्ष पु-याउने उद्देश्यले १० वर्षीय रणनीतिक कार्ययोजना बनाउने...

सिन्धुपाल्चोकमा इन्जिनियरहरुले दिए स्वाब संकलन बुथ (फोटो फिचर)

सिन्धुपाल्चोक । कोरोना भाइरसका संक्रमित विरामीहरुको स्वाब संकलनका लागि सुरक्षित बुथ नहुँदा समस्यामा रहेका सिन्धुपाल्चोकका स्वाथ्यकर्मीले अब भने स्वाब संकलनका लागि सुरक्षित बुथ पाएका...

एकै दिन ५८६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७ हजार १७७ पुग्यो

काठमाडौँ । नेपालमा बुधबार थप ५८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता...

अधिकांश प्रशोधित पिउने पानी गुणस्तरहीन

काठमाडौं । उद्योगबाट प्रशोधित भएर उपभोक्ताको घरमा पुग्ने अधिकांश प्रशोधित पिउने पानी गुणस्तरहीन हुने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले...

आज साउनको पहिलो सोमबार : उपत्यकाभरका शिवालय सुनसान

ललितपुर । कोरोना कहरका कारण साउनको पहिलो सोमबार प्रभावित बन्न पुगेको छ । विगतमा पहिलो साउने सोमबारका दिन शिवालयमा व्रतालुको उल्लेख्य भिड लाग्ने गरिए...

घरेलु हिंसामा परेकी महिला भन्छिन्, ‘मेरो खुशी नै खोसियो’

इटहरी । ‘चार बर्ष अगाडि मैले उहाँसँग प्रेम विवाह गरेँ तर प्रेम विवाह गरेको दुई वर्ष नबित्दै मेरो खुशी नै खोसियो,’ इटहरी २ देविथान...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)