Wednesday, April 14, 2021
Home Editor-Picks व्यापार घाटा ८ खर्ब ६३ अर्ब

व्यापार घाटा ८ खर्ब ६३ अर्ब

पूर्णभक्त दुवाल,

काठमाडौं । गत फागुनसम्मको अवधिकमा कुल ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको सामान आयात भएको छ । चालू आर्थिक वर्षको पहिलो ८ महिना अर्थात् साउनदेखि फागुनसम्ममा गतवर्षको तुलनामा २.१४ प्रतिशतले बढेर सामान आयात भएको हो ।

गतवर्षको सोही अवधिसम्ममा ९ खर्ब २४ अर्ब २४ करोड २६ लाख ३५ हजार रुपैयाँको आयात भएको थियो । आठ महिनामा निर्यात भने ७.८४ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार फागुनसम्ममा कुल ८० अर्ब ७७ करोड ८८ लाख ६१ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । गत वर्ष सोही अवधिमा ७३ अर्ब ९० करोड ७९ लाखको निर्यात भएको थियो ।

आयात निर्यातको हिसाबले नेपाललाई ८ महिनाको अवधिमा कुल व्यापार घाटा ८ खर्ब ६३ अर्ब २० करोड ९३ लाख ८९ हजार रुपैयाँको व्यापार घाटा भएको छ । गत वर्ष सो अवधिमा ८ खर्ब ४९ अर्बको व्यपार घाटा भएको थियो । भन्सार विभागका अनुसार ८ महिनामा १० खर्ब २४ अर्ब ७६ करोड ७१ लाख रुपैयाँको व्यापार कारोबार भएको छ । गतवर्ष यो ९ खर्ब ९९ अर्ब थियो ।

नेपालको कुल व्यापारमा ९२.१२ प्रतिशत आयात भएको छ भने ७.८८ प्रतिशत निर्यातको हिस्सा रहेको छ । यस अवधिमा आयात ५ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांकले आठ महिनामा २५ अर्ब रुपैयाँ बराबरको भटमासको कच्चा पदार्थ मात्र आयात भएको देखिन्छ । प्रशोधित तेल भने २३ अर्बको निर्यात भएको छ ।

पाम आयल आयातमा भारतले प्रतिबन्ध लगाएपछि व्यवसायीले भटमासको कच्चा पदार्थ आयात गरेर पुनः प्रशोधन गरी भारततर्फ निर्यात गर्ने गरेका छन् । नेपाली व्यवसायीले कच्चा भटमास ब्राजिल, अर्जेन्टिना र तेस्रो मुलुकबाट आयात गरेर यी वस्तु नेपालमा प्रशोधन गरी पुनः निर्यात गर्छन् । जवकी गत आर्थिक वर्षको आठ महिनामा ७ अर्ब ५२ करोड १५ लाख २८ हजार रुपैयाँको भटमासको कच्चा पदार्थ आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष २ सय ७ प्रतिशतले निर्यात बढेको छ ।

नेपालबाट निर्यात हुने वस्तुमा भटमासको तेल पहिलो नम्बरमा रहेको छ । भटमासको तेलले गर्दा चालू आवको आठ महिनामा निर्यात ७.८ प्रतिशतले बढेर ८० अर्ब ७७ करोड ८८ लाख ६१ हजारको निर्यात भएको छ । चालू आवकै अघिल्लो सात महिनासम्म निर्यात ७४ अर्ब ९० करोड ७९ लाख ४६ हजार थियो ।

नेपालबाट चिया निर्यात ६२ प्रतिशतले बढेर ३ अर्ब २१ लाख ८८ हजार रुपैयाँ बराबरको भएको छ । अघिल्लो वर्ष सो अवधिमा १ अर्ब ८५ करोड २४ लाख ३१ हजार रुपैयाँको चिया निर्यात भएको थियो । यस्तै आठ महिनामा अलैंची निर्यात ५३ प्रतिशतले बढेर ४ अर्ब ९५ करोड १९ लाख ९ हजार रुपैयाँको भएको विभागको तथ्यांक छ । अघिल्लो वर्ष ३ अर्ब २२ करोड ६१ लाख ७८ हजार रुपैयाँ बराबरको अलैंची निर्यात भएको थियो ।

उद्यमी व्यवसायी कमलेशकुमार अग्रवाल व्यापार घाटा गर्न आर्थिक नीति परिमार्जन गर्नुपर्ने बताउँछन् । व्यवसायी र देश विकासका लागि आर्थिक नीति समय सापेक्ष परिमार्जन हुनुपर्ने उनको ठम्याइ छ ।

‘आर्थिक कानुन बारम्बार परिमार्जन गर्दा पनि प्रतिफल दिन सकेको छैन, व्यवसायीलाई सहज बनाउन सकेको छैन,’ उनले भने, ‘ व्यवसायी र देश विकासका लागि आर्थिक नीति समय सापेक्ष परिमार्जन हुनुपर्छ ।’

‘स्वदेशी लगानी प्रवद्र्धन हुन सकेको छैन । सरकार र ब्युरोक्रेसीले निजी क्षेत्रलाई हेर्ने नजर पनि परिवर्तन हुनुपर्छ,’ अग्रवालले भने । कर प्रणाली प्रतिस्पर्धी नबनाउँदासम्म लगानीमैत्री वातावरण नबढ्ने उनको भनाइ छ ।

नेपालको व्यापार घाटा रहेको मुलुकमा सबैभन्दा अग्रपंक्तिमा भारत रहेको छ । भारतसँगको व्यापार घाटा ८ खर्ब ६३ अर्ब २७ करोड रहेको छ । भारततर्फ नेपालबाट कुल ८० अर्ब ७७ करोड ८८ लाख ६१ हजारको निर्यात भएको छ । आयात भने ९ खर्ब ४४ अर्बको भएको छ । चीनसँगको व्यापार घाटा ५ खर्ब ६४ अर्ब १० करोड ८० लाख रुपैयाँको रहेको छ । नेपालको व्यापार घाटा हुनेहरूमा युनाइटेड अरब इमिरेट, अर्जेन्टिना, अमेरिका, क्यानाडा, इन्डोनेसिया, युक्रेन, कोरिया, अफ्रिका रहेका छन् । व्यापार फाइदा भएका मुलुकमा क्यालोडोनिया, मोन्टेन्ग्रो, कंगोलगायतका छन् ।

(Visited 139 times, 1 visits today)
Loading comments...

आजको समाचार

सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपा

काठमाडौं । सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख...

१०५ वर्षका वृद्धा वृद्धभक्ताको आधा रकम मन्दिरलाई दिन्छन्

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुङ्गाका चन्द्रबहादुर बराल उमेरले १०५ बर्ष पुगे । १९७३ साल चैत ३० गते मुर्तिढुङ्गामा जन्मिएका बरालले एक सताब्दी उमेर...

सप्तरीमा लाग्ने ऐतिहासिक मेला प्रशासनको निर्देशनपछि स्थगित

सप्तरी, राजविराज । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको...

जीप दुर्घटनामा प्रशासकीय अधिकृतसहित पाँचको मृत्यु

दाङ । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको...

विज्ञापन क्षेत्रका विकृति हटाउने प्रतिबद्धता

काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै यस क्षेत्रमा आमूल सुधार गर्ने प्रतिबद्धता जनाएका छन्...

साताका लोकप्रिय समाचार

ट्र्याक्टर दुर्घटनामा पाँचको मृत्यु, १९ घाइते

चितवन । राप्ती नगरपालिका-११ आमपानीस्थित चिउँडे खोलामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय...

न्यु डायमन्ड र हेल्प नेपाल च्याम्पियन

काठमाडौं । होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब पाँचांै संस्करणको आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब...

१२ जनामा परीक्षण एकमा संक्रमण

काठमाडौं । केही दिनयता नेपालमा कोरोना संक्रमण दर अत्यधिक बढेको पाइएको छ । भारतमा संक्रमण दर बढेसँगै यहाँ पनि प्रभाव परेको हो । हाल,...

बिरामीको मृत्युपछि अस्पतालमा नारावाजी

सिरहा । अस्पतालको लापरवाहीले आफन्तको मृत्यु भएको भन्दै स्थानीयले लहानस्थित सप्तऋषि अस्पतालमा नारावाजी गरिरहेका छन् । प्रदेश नं. २ को स्वास्थ्य मन्त्रीको राजिनामा, घटनाका दोषीलाई...

रेसुङ्गामा डढेलाे लागेकाे साता बित्याे, अझै नियन्त्रणमा आएन

गुल्मी । गुल्मीको रेसुङ्गा क्षेत्रमा एक हप्तादेखि लागेको आगो नियन्त्रणमा आएको छैन । चैत्र २१ गते रेसुङ्गा नगरपालिका १४ को पराल्मी तथा २२ गते...

ट्रेन्डिङ

सामुहिक बलात्कार आरोपमा ३ जना पक्राउ

तुलसीपुर । सामुहिक बलात्कार आरोपमा तुलसीपुरमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–७ रामनगर टोल निबासी १८ बर्षका करण परियार, तुलसीपुर...

अध्यादेशमार्फत प्रशासन कानुन ल्याउन गृहकार्य

काठमाडौं । मुलुकको स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन हाँक्ने संघीय निजामती सेवासम्बन्धी कानुन अध्यादेशमार्फत ल्याउने गरी छलफल थालिएको छ । संघीय निजामती सेवासम्बन्धी विधेयक...

कोरोना विशेष अस्पतालबाट निको भएर फर्किए दश संक्रमित

बुटवल ।  बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराएका दश जना कोरोना संक्रमित आज निको भएर घर फर्किएका छन् । दुई हप्ता अगाडि कोरोना संक्रमण...

जान्सेनको कोभिड–१९ खोप तेस्रो चरणमा प्रवेश

लन्डन । फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी जान्सेनले विकास गरेको प्रयोगात्मक कोरोनाभाइरस खोपलाई तेस्रो चरणको परीक्षणका लागि बेलायत सरकारले अनुमति दिएको छ...

एकै वर्षमा १८ सय बढी कुष्ठरोगका नयाँ बिरामी

ललितपुर । एकै वर्षको अवधिमा झन्डै साढे १८ सय नयाँ कुष्ठरोगका विरामी फेला परेका छन् । कुष्ठरोग आँखाले देख्न नसकिने ‘लेप्रे’ नामक सुक्ष्म किटाणुबाट...

सामूहिक नेतृत्वमा राप्रपा

काठमाडौं । पटक–पटक टुटफुटको शृंखला बेहोरेको राष्ट्रिय प्रजातन्त्र पार्टीबीच फेरि एकता भएको छ । कमल थापा नेतृत्वको राप्रपा तथा पशुपतिशमशेर राणा तथा डा. प्रकाशचन्द्र...

वामदेवको मुद्धामा राय बाझियो

काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा जारी भएको आदेशमा राय...

विगतमा झैं भव्य भएन यसपालीकाे छठ

वीरगन्ज । तराईको महान् पर्व छठ कोरोनाको कारण विगतमा झैं बाहिर देखिने गरी भव्य रुपले मनाइएन । धेरैले नदि तलाउमा नै पुगी सँझिया घाटको...

कोरोना प्रमाणित गरेको शुल्क असुल्दै इटहरी उपमहानगर

इटहरी । सरकारले जनताको कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने भनेर निर्णय गरेपनि अहिले अधिक स्थानीय तहले यसको कार्यान्वयन गरेका छैनन् । परीक्षण र...

पोखराका विभिन्न ३ वडा सिल गर्ने वडाध्यक्षको निर्णय

पोखरा । पोखराका ३ वडाले कोरोना नियन्त्रणका लागि वडाभित्र सिल गर्ने निर्णय गरेका छन् । पोखरा वडा १०, १२ र १३ का वडाध्यक्षहरुको शुक्रबार बसेको संयुक्त...

कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३७ हजार ८ सय नाघ्यो

जेनेभा । विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३७ हजार ८ सय नाघेको छ । ७ लाख ८५ हजारभन्दा बढी संक्रमित भएका छन्...

युरोपमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या गत साताको तुलनामा ४० प्रतिशतले वढ्याे

एजेन्सी ।  युरोपमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या गत साताको तुलनामा ४० प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । सङ्गठनकी प्रवक्ता...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)