Wednesday, April 14, 2021
Home बिचार निजामती सेवा विधेयक सर्वमान्य बनाऊ

निजामती सेवा विधेयक सर्वमान्य बनाऊ

राजधानी समाचारदाता,

प्रतिनिधिसभाको पुनस्र्थापना भएपछि निरन्तर चलिरहेको अधिवेशनमा सोमबार पेस भएको संघीय निजामती सेवा विधेयक विवादमा परेको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले संसद्मा पेस गरेको विधेयक सुरुकै अवस्थामा विवादमा आउनुले विधेयक बनाउने क्रममा प्रशस्त छलफल नभएको पुष्टि हुन्छ ।

मुलुक संघीय शासन प्रणालीमा गएको ५ वर्ष बितिसक्दा पनि स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन हाक्ने महत्वपूर्ण कानुन हालसम्म बन्न नसक्नुलाई विडम्बना मान्नुपर्छ । अहिले पनि मुलुकको कर्मचारी प्रशासन २८ वर्षअघि बनेको पुरानो कानुनबाट सञ्चालित छ ।

प्रस्तावित संघीय निजामती सेवा विधेयकमा व्यवस्था गरिएका कतिपय प्रावधानले संघ, प्रदेश र स्थानीय तहबीचकै सम्बन्ध खलबल्याउने र केन्द्रको समन्वयकारी भूमिकामाथि प्रहार गर्ने किसिमको रहेकाले त्यस्तो प्रावधानलाई सच्याउन जरुरी छ ।

प्रशासनका विज्ञहरू पनि निजामती सेवा विधेयक वर्तमान राज्य संरचनाअनुरूप नभएकोमा आपत्ति प्रकट गरिरहेका छन् । विशेषगरी संविधानले गरेको परिकल्पनाअनुसार संघीय निजामती सेवा गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संविधानअनुकूलका तीन तहका सरकार र त्यहाँ परिचालित कर्मचारीका बीचमा सौहाद्र्रता र समन्वयात्मक सम्बन्ध स्थापनाका लागि विधेयक अपुरो रहेको टीकाटिप्पणी चलिरहेको छ ।

संविधानले तीन तहका सरकारको आपसी समन्वयमा ध्यान दिएको छ । प्रदेश तथा स्थानीय सरकार कार्यकारी अवस्थामा रहने र संघीय सरकारले समन्वयकारी भूमिका निर्वाह गर्ने स्पष्ट आशय संविधानमा छ । यसअनुसार संघीय सरकार समन्वयको भूमिकामा रहने देखिन्छ । यसले प्रदेश तथा स्थानीय सरकारको कामकारबाहीमा समन्वयन गर्ने र आवश्यक सुझाव तथा निर्देशन दिने व्यवस्था रहेको देखिन्छ । त्यसका लागि पनि स्थानीय तह र प्रदेशमा केन्द्रका प्रतिनिधिका रूपमा कर्मचारी रहन जरुरी छ । संविधानमा नै राज्यको सुरक्षा, अन्तर्राष्ट्रिय, बित्तलगायतका मामला भने संघीय सरकारको प्रत्यक्ष नियन्त्रणमा हुने भनिएको छ । यसै प्रावधानअनुसार कानुनतः कर्मचारी विन्यास र परिचालन गरिने अपेक्षा राखिएको पनि छ । तर, यो अपेक्षाअनुरूप संघीय निजामती विधेयक नरहेकाले स्वयं सरकारी पक्षले नै यसमा असन्तुष्टि राखेको देखिन्छ ।

संघीयताको मर्ममाथि प्रहार नगर्ने गरी विधेयक निर्माण र पारित गरिनुपर्नेमा सरकार पनि स्पष्ट छ । हाल अमूर्त रूपमा ‘कतिपय विषय सच्याइनुपर्छ’ भनी आएको कुराले यसको बोध गराउँछ । जसका लागि बनाइएको हो, उनै कर्मचारी पनि यसमा सन्तुष्ट देखिँदैनन् । कर्मचारीको सेवा मूल्यांकन, बढुवाको अवस्था, तीन तहकै सरकारमा कामका लागि समान धारणा तथा सेवामा पहुँचका कुरा कर्मचारीका प्रमुख असन्तुष्टि रहेका छन् । विशेषगरी यो ऐन कर्मचारीमैत्री हुनुपर्छ भने कर्मचारीलाई जनताको सेवामा समर्पित हुने किसिमका प्रावधान पनि राखिनुपर्छ ।

सरकार, तथा कर्मचारीसम्बद्ध विभिन्न ट्रेड युनियनले आलोचना गरिरहेका यो विधेयक सबै हिसाबले समयमै सच्याएर छलफल अघि बढाउँदा परिणाम राम्रो आउन सक्छ । जसले तीनै तहका सरकारी निकायमा सहभागी भएर जनताका लागि सेवा दिने हुन्, उनैले यो विधेयकलाई खुलेरै प्रतिगामी प्रकृतिको भनिसकेपछि यसबारे समय छँदै सोचिनु र समाधानका लागि उपाय खोजिनु जरुरी छ । यसलाई संविधान र संविधानको मर्मअनुरूप लेखिनुपर्छ । कर्मचारीको आशा वृत्ति विकास नै हो । यसैले कर्मचारीमाँझ दण्डित र पुरस्कृत हुने परिपाटी संस्थागत बनाएको हुन्छ । सक्षम कर्मचारीले देश र जनताका लागि सेवा दिन पाउने गरी बढुवाका प्रावधानमा विभेद हुनुहुँदैन । यसैले संघीय निजामती सेवा विधेयक प्रभुत्वकारी होइन, समन्वयकारी बनाइयोस् ।

(Visited 399 times, 4 visits today)
Loading comments...

आजको समाचार

मुम्बई इन्डियन्सको पहिलो जीत

इन्डियन प्रिमियर लिगको साविक विजेता मुम्बई इन्डियन्सले गएराती सम्पन्न खेलमा पहिलो जीत निकालेको छ । स्पीनर राहुल चहरको उत्कृष्ट बलिङको सहयोगमा कोलकत्ता नाइट राइडर्सलाई...

‘हेर्देउन मायाले’

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको 'हेर्देउन मायाले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको...

विकास खर्च कमजोर

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कुल विनियोजित बजेटको २९.२२ प्रतिशतमात्र पुँजीगत (विकास) खर्च गरेको छ । सरकारको विकास कार्य तीव्र गतिमा...

कोरोनाका त्रासकाबीच पवित्र महिना रमजान सुरु

सप्तरी । कोरोनाको त्रासकाबीच इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान बुधबारबाट सुरु भएको छ । सप्तरी लगायत देशभरका मुश्लिम समुदायले बुधबार बिहानदेखी पहिलो रोजा बसेर रमजान...

साताका लोकप्रिय समाचार

नयाँ वर्ष राजनीतिक एकताको वर्ष बनोस्

अहिले हामी नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै छौं । नयाँ वर्षले सबैमा सुख, शान्ति समृद्धि लिएर आओस् । विकृति र विसंगति हटाइदियोस् ।...

भ्यारियन्टअनुसार सावधानीका उपाय देऊ

कोरोना महामारीको दोस्रो लहर आएसँगै त्यसले नेपालमा पनि भयावह स्थिति निम्त्याउन सक्ने सम्भावना निकै बढेर गएको छ । कोरोना महामारीको बेलायती भ्यारियन्टले विश्वमा त्रास...

गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीमती घाइते

लहान । लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेको छ । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२...

तीन दलको बैठक : बिना निष्कर्ष टुंगियो

काठमाडौं । नेपाली कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) लाई आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन प्रस्ताव गरेको छ । कांग्रेस सभापति शेरबहादुर...

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

ट्रेन्डिङ

अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप लिनका लागि बाध्य पारिने छैन : जो बाइडेन

एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अमेरिकीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लिनका लागि जबरजस्ती बाध्य नपारिने बताएका छन् । खोप उपलब्ध भएपछि सबैलाई व्यक्तिगत इच्छाका...

कर्जाको अधिकतम पहुँच लक्षित वर्गमा पु-याइने

काठमाडौं । सरकारले जतिसक्दो छिटो आर्थिक पुनरुत्थानका लागि ल्याइएका कर्जाको अधिकतम पहुँच लक्षित वर्गमा पु-याउने निर्णय गरेको छ । शुक्रबारको उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय...

कोरोना जितेर घर फर्किइन् अभिनेत्री निरिशा

मुम्बई । अभिनेत्री निरिशा बस्नेत कोरोना संक्रमणबाट मुक्त भएको उनका पिता एवं अभिनेता विश्व बस्नेतले बताएका छन् । विगत चार वर्षदेखि मुम्बईमा बसेर उतै...

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटकको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार करिब पाँच घण्टा समय लगाएर मिर्गौला प्रत्यारोपण...

मकवानपुरमा ह्वात्तै बढे कोरोना संक्रमित,एकै दिन ५२ जना थपिए

चुरे मकवानपुर। मकवानपुर जिल्लामा पछिल्ला दिनहरुमा लगातार कोरोना संक्रमितको संख्या बढिरहेको छ । विहीबार एकै दिन ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना...

नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको भेलाको यतिबेला उद्घाटन...

पर्सामा १४ घण्टा नबित्दै ३ संक्रमितको मृत्यु

वीरगन्ज । कोरोना संक्रमणका कारण १४ घण्टा भित्र पर्साको वीरगन्जमा ३ जनाको मृत्यु भएको छ । मृतकहरु तीनै जना अस्पतालमा उपचार गराइरहेका थिए ।...

संवैधानिक परिषद्को सिफारिस फिर्ता पठाइएकामा राष्ट्रियसभाका अध्यक्षको आपत्ति

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाका सभामुखको एकल निर्णयले संसदीय सुुनुुवाइसम्बन्धी कागजात फिर्ता पठाइएकामा आपत्ति प्रकट गरेका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा...

सांसद र सुरक्षाकर्मीबीच सरकारबाटै भेदभाव

काठमाडौं । सांसदलाई दसैं भत्ता पठाएको सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीलाई आफैंले दिने निर्णय गरेको प्रोत्साहन भत्ता दिन आनकानी गर्दै...

गाउँघरमा कुहिएर जान्छन्, अचार बनेपछि सबैले खान्छन्

इलाम । गाउँभरि खेर गहिरहेका अमला, लप्सी र मेल बिक्री नभएर कुहिएर खेर गइरहेका छन् । न किन्न कोही पुग्छ न त बिक्री र...

१ सय १३ जना प्राविधिकलाई राजेश हमालले गरे आर्थिक सहयोग

काठमाडौं । अभिनेता राजेश हमालले शनिबार काठमाडौंमा एक समारोहबीच विभिन्न प्राविधिकहरूलाई आर्थिक सहयोग गरेका छन् । उनले १ सय १३ जना प्राविधिकलाई जनही ५...

एसईई परीक्षा त्रास होइन

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) यही चैत्र ६ गतेदेखि देशव्यापी रूपमा सञ्चालन हुँदै छ । परीक्षा नियन्त्रण कार्यालयको प्रारम्भिक तथ्यांकअनुसार यसपटक करिब पाँच...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)