Sunday, May 16, 2021
Home प्रदेश प्रदेश ६ बलात्कार प्रयासपछि हल्ला हुने डरले बालिकाको हत्या

बलात्कार प्रयासपछि हल्ला हुने डरले बालिकाको हत्या

विमल हमाल,

मुगु । मृत अवस्थामा भेटिएकी नौ वर्षीया लक्ष्मी चौलागाईंको बलात्कार प्रयासपछि ‘हल्ला हुने डर’ ले हत्या गरिएको खुलासा भएको छ । बालिका श्री ग्रिलाह बालज्योति प्राथामिक विद्यालयमा कक्षा २ मा अध्ययरत थिइन् । हत्यामा संलग्न मुगु उत्तरी सोरु गाउँपालिका–८ का २० वर्षीय प्रवेश रावलले अपराध स्वीकारेसँगै यस्तो खुलासा भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख नायब उपरीक्षक चित्रबहादुर भट्टराईका अनुसार बालिका लक्ष्मीमाथि बलात्कार प्रयास भएको थियो । त्यसक्रममा चिच्याउन थालेपछि हत्या गरिएको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

‘बलात्कार प्रयास गरेको हुँ, लक्ष्मीले चिच्याउने र कराउने गरेकीले हल्ला हुने डरले धकेलेर लडाएँ, त्यसपछि कर्णाली नदीमा फालिदिएँ’

तारापानीको घरनजिकै खेलिरहेकी बालिका गत शनिबारदेखि बेपत्ता थिइन् । उनको शव घरबाट झन्डै ५ सय मिटर टाढा मुगु कर्णाली नदी घाटनजिक माछा मार्न गएका स्थानीयले फेला पारेका थिए ।

शवनजिकै चाउचाउका पाकेट फेला परेपछि प्रारम्भिक अनुसन्धान अघि बढ्यो । तारापानी सिप बजारमा दुई जना चाउचाउ व्यापारी भएको र शनिबार साँझ बालिकाको घरनजिक छिमेकीले चाउचाउ लिएको खुल्न आएको छ ।

शंकास्पद व्यक्ति प्रवेशलाई नियन्त्रणमा लिई अनुसन्धान थाल्दा ‘हत्या गरेको तर बलात्कार नगरेको’ उनले प्रहरीसमक्ष बयान दिएका छन् । ‘बलात्कार प्रयास गरेको हुँ, लक्ष्मीले चिच्याउने र कराउने गरेकीले हल्ला हुने डरले धकेलेर लडाएँ,’ अभियुक्त प्रवेशले बयानमा भनेका छन्, ‘त्यसपछि कर्णाली नदीमा फालिदिएँ ।’

बालिकाको टाउको दायाँपट्टि भाग र छातीमा चोट रहेको अनुसन्धानमा खटिएका जिल्ला कार्यालय मुगुका प्रहरी निरीक्षक नरेश विकले जानकारी दिए । उनका अनुसार प्रहरीले नियन्त्रणमा लिएका अभियुक्तले शनिबार मादकपदार्थ सेवन गरेको बताएका छन् । उनलाई १० दिन म्याद थप गरी अनुसन्धान थालिएको छ ।

बालिकाको पोस्टमार्टम भइसकेको छ । भेजाइनल स्वाब तथा भिसेरा संकलनपछि परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ ।

(Visited 961 times, 1 visits today)
Loading comments...

आजको समाचार

काेराेना संक्रमणबाट १८७ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९)...

‘पहिले मुद्दा फिर्ता त्यसपछि सरकारमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै...

नेपालमा राधे रिलिजको सर्वत्र विरोध

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म राधे बिहीबारबाट विश्वसँगै नेपालमा पनि नेट टिभी डिजिटल प्लेटफर्ममार्फत रिलिज भयो । यो भारतीय फिल्म राधेको नेपालमा...

कर्णाली अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना बन्द

सुर्खेत । कारोना संक्रमणको दोस्रो लहरमा कर्णालीमा एकसय जनाले ज्यान गुमाएका छन् । गत बैशाख ११ गतेदेखि आजका दिनसम्म कर्णालीमा कोरोना संक्रमणबाट एकसय बिरामीले...

दोलखामा अक्सिजन प्लान्ट बनाउने निर्णय

दोलखा । सामाजिक सञ्जालमा दोलखाका जनप्रतिनिधिहरुको चौतर्फी आलोचना भएपछि जिल्लामै अक्सिजन ग्याँस प्लान्ट स्थापना गर्ने निर्णय भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रले जनप्रतिनिधि मात्र...

साताका लोकप्रिय समाचार

च्याम्पियन बन्ने लक्ष्यमा धनगढी र काठमाडौं

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हँुदैछ ।...

सिंहदरबारमा ओली र नेपालविच छलफल

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा छलफल शुरु भएको छ । वार्ताका लागि नेता नेपालसहित भीम रावल,...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

देउवाः दिनभर दौडधुप साँझ शिथिल

काठमाडौं । प्रतिनिधि सभामा हाल कायम सदस्य संख्याको बहुमत नपुग्ने अवस्थापछि नेपाली कांग्रेस वैकल्पिक सरकार दाबी गर्नबाट ‘ब्याक’ भएको छ । लामो कसरत र...

ओ भविन ! गाई बाँधिराख है, म आउँछु, गोठालो जान पर्छ

  ट्वीटरमा नारायण अमृतले लेखे । ओहो संखुवासभाः चैनपुर नगरपालिका–११ सातटारेमा गाई चराइँदै । ग्रामीण समाजमा पशुपालन अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । कृषिबाली उत्पादनका लागि पनि...

ट्रेन्डिङ

प्रयोग भएका मास्क जथाभावी नफालौं, संक्रमण हुन सक्ला

ललितपुर । कोरोना भाइरसको जोखिम दिनदिनै बढिरहँदा उपत्यकामा मास्क लगाउनेको संख्या थपिँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने बानी पनि समाजमा विकसित...

सिरहामा एकै परिवारका दाजुभाइको शव पोखरीमा

सिरहा । सिरहामा एकैपरिवारका दुई दाजुभाइको शव पोखरीमा फेला परेको छ । सिरहाको नरहा गाउँपालिका- ३ खोरियाका गुलजार शेखका १० वर्षीय छोरा मोहम्मद अनजार...

इटहरीमा मध्यरात युवकको हत्या, मृतक युके जाने तयारीमा थिए

इटहरी ।  इटहरी २० तरहराका २८ वर्षीय राजन राईको गराति हत्या भएको छ । सामान्य विषयमा झडप हुँदा उनको हत्या भएको हो । अत्याधिक मादक...

विपेशको ५५६ अंक

काठमाडौं । नेपालका विपेश खड्काले प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिताको पुरुष १० मिटर एयर पेस्तोलमा शुक्रबार ५५६ अंक जोडेका छन् । एसियाली सुटिङ महासंघको...

गणित समाजद्वारा छात्रवृत्ति प्रदान

नेपाल गणित समाज केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले १० जना विद्यार्थीलाई नेगस-सिमोन्स छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ । नेपालका विश्वविद्यालयहरुमा गणित विषय लिई...

मुम्बइमाथि पञ्जाबको रवाफिलो जीत

काठमाडौं । इण्डियन प्रिमियर लिगअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बइ इन्डियन्स पञ्जाब किङ्ससँग पराजित भएको छ । मुम्बइले दिएको १ सय ३२...

सत्ता साझेदारी हल्ला मात्रै : कांग्रेस

काठमाडौं । सत्तारूढ दल नेकपाभित्रको किचलो र सत्ता संकट बढेसँगै सो विषयले प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई समेत तताएको छ ।  कांग्रेसले आइतबारका लागि बोलाएको...

आर्थिक समृद्धिको दिशामा वर्तमान अवस्था

नेपालको संविधान २०७२ को भाग ४ को राज्यका निर्देशक सिद्धान्तको धारा ५० (३) मा अर्थतन्त्रको मोडेलबारे सार्वजनिक, निजी र सहकारी क्षेत्रका सहभागिता तथा विकासमार्फत...

पाेखरामा यसरी प्रस्तुत भए नासु बचाउ अभियानमा स‌ंलग्न कर्मचारी

पोखरा । कास्कीका सरकारी कार्यालयमा कार्यरत राजपत्र अनंकित श्रेणीका कर्मचारीहरु पनि आन्दोलित भएका छन् । उनीहरुले निजामती कर्मचारीको वृत्तिविकासलाई अवरोध गर्ने गरी प्रतिनिधिसभाको राज्य...

राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन, वैशाख १७ र २७ गते चुनाव

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्न सरकारले गरेको सिफारिस सदर गरेकी छिन् । योसँगै प्रतिनिधिसभा विघटन भएको छ । राष्ट्रपतिले आगामी १७ र...

सञ्चारकर्मीलाई प्रेस लेखेको ज्याकेट

रौतहट । क्रियाशील संचारकर्मीलाई लकडाउनमा समाचार संकलन गर्न सहज बनाउने उद्देश्यले नेपाल पत्रकार महासंघ ललितपुर शाखाका कोषाध्यक्ष रामहरि कार्कीले क्रियाशील पत्रकारलाई प्रेस ज्याकेट उपलब्ध...

बहुमुल्य काईनेटिक पत्थरसहित दैलेखमा एक जना पक्राउ

दैलेख । बहुमुल्य काईनेटिक पत्थर सहित दैलेखमा अवैध कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)