Thursday, May 6, 2021
Home Breaking News २ अर्ब ३० लाख अमेरिकी डलर विकास सहायता प्राप्त

२ अर्ब ३० लाख अमेरिकी डलर विकास सहायता प्राप्त

पूर्णभक्त दुवाल,

काठमाडौं । नेपालले कुल विकास सहायताको ७० प्रतिशत ऋण लिएको देखिएको छ । वैदेशिक सहायतामध्ये ६९.९ प्रतिशत ऋण, १८.७ प्रतिशत अनुदान र ११.३ प्रतिशत प्राविधिक सहयोगका रूपमा नेपालले सहयोग प्राप्त गरेको देखिएको हो ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘विकास साझेदारी प्रतिवेदन–२०२०’ अनुसार गत आवमा २ अर्ब ३० लाख अमेरिकी डलर विकास सहायता प्राप्त भएको थियो जुन अघिल्लो आवको भन्दा २१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ५७ करोड डलर वैदेशिक विकास सहायता आएको थियो ।

नेपाललाई प्राप्त हुने वैदेशिक सहायतामा ठूलो दातृ निकायका रूपमा एडीबी (एसियाली विकास बैंक) देखिएको छ । नेपालले पाएको कुल २ अर्ब ३० लाख अमेरिकी डलरबराबरको वैदेशिक सहायता रकममा एडीबीको ३१ प्रतिशत हिस्सा छ ।

– सहायतामध्ये २५.६ प्रतिशत कोभिड–१९ रोकथाममा
– बजेट प्रणाली बाहिरबाटै ५१ अर्ब ७४ करोड

अर्थमन्त्रालयका अनुसार नेपाललाई प्राप्त सहयोगमध्ये विश्व बैंकको २३ प्रतिशत, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को ११ प्रतिशत, संयुक्त राज्य अमेरिकाको ६ प्रतिशत र चीन, भारत तथा बेलायतको समान ५÷५ प्रतिशत योगदान छ ।

नेपाललाई प्राप्त सहयोगमध्ये एडीबीसँग ५७ करोड २० लाख, विश्व बैंकसँग ४३ करोड र आईएमएफसँग २१ करोड ४० लाख अमेरिकी डलर ऋण रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार गत आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा सबैभन्दा धेरै ३१ करोड ८० लाख अमेरिकी डलर, सडक पूर्वाधारका क्षेत्रमा १३ करोड ९० लाख, आर्थिक पुनरुत्थानका कार्यक्रममा २१ करोड ८० लाख, आवासका क्षेत्रमा १५ करोड ३० लाख, ऊर्जाका क्षेत्रमा १४ करोड ३० लाख, शिक्षाका क्षेत्रमा १३ करोड ३० लाख अमेरिकी डलर सहयोग प्राप्त भएको छ ।

नेपाललाई प्राप्त वैदेशिक सहायतामध्ये २५.६ प्रतिशत कोभिड–१९ रोकथाम तथा पुनरुत्थानमा प्रवाह भएको छ । अर्थ मन्त्रालयका अनुसार ५१ करोड २९ लाख अमेरिकी डलर कोभिड–१९ रेस्पोन्सका नाममा खर्च भएको हो ।

गत आर्थिक वर्ष २०७६÷७७ मा नेपालले प्राप्त गरेको वैदेशिक सहायतामध्ये २१.२ प्रतिशत रकम वार्षिक बजेट प्रणालीबाहिरबाट खर्च भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

कुल २ अर्ब ३० लाख अमेरिकी डलरमध्ये २१.२ प्रतिशत अर्थात् ४३ करोड २६ लाख अमेरिकी डलर (५१ अर्ब ७४ करोड रुपैयाँ) बराबर रकम रातो किताबभन्दा बाहिरबाट खर्च भएको देखिएको छ । गत आर्थिक वर्षमा नेपालले प्राप्त गरेको कुल विदेशी सहायता रकमको ७८.४ प्रतिशत रकम मात्रै वार्षिक बजेट प्रणालीमार्फत खर्च भएको देखिन्छ ।

गत आर्थिक वर्षको नेपालको कुल वार्षिक बजेटमा विदेशी सहायता रकमको हिस्सा ३६.९ प्रतिशतबराबर रहेको पनि प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा यस्तो हिस्सा १५.२ प्रतिशतबराबर मात्रै थियो । प्रतिवेदनमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)मार्फत ५५ लाख डलर सहायता कोभिड केन्द्रित कार्यक्रमका लागि आएको उल्लेख गरिएको छ ।

सहायतामा आईएनजीओको योगदान घटेको छ । अघिल्लो आवमा २१ करोड डलर आईएनजीओमार्फत सहायता आएको थियो । तर, गत आवमा १३ करोड १८ लाख डलर मात्रै आएको प्रतिवेदनले देखाएको छ ।

सहायतामध्ये बजेटरी सहायता ३६.९ प्रतिशत छ । अघिल्लो आवमा यो १५.२ प्रतिशत थियो । अन–बजेटको माध्यमबाट आउने सहायता रकम बढेको छ । १ अर्ब ६७ करोड २९ लाख डलर रकम बजेटरी माध्यमबाट प्राप्त भएको छ । यो कुल सहायता रकमको ८३.५ प्रतिशत हो । यस्तो सहायता रकम अघिल्लो आवमा ७८.४ प्रतिशत मात्रै थियो । यसले बजेटरी माध्यमबाट आउने सहायता रकम बढेको देखाएको छ ।

(Visited 317 times, 1 visits today)
Loading comments...

आजको समाचार

लुम्बिनीका एमाले सांसद अमरबहादुर डाँगीले दिए पदबाट राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका एमालेतर्फका प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले बुधबार पदबाट राजीनामा दिएका छन् । दाङको निर्वाचन क्षेत्र नम्बर २ ’ख’ बाट...

कोरोना खोप ल्याउने विषयमा उपप्रधानमन्त्रीले गरे बैठक आह्वान

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका...

म्यान्चेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

लन्डन । इग्लिस क्लब म्यान्चेस्टर सिटी पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार बिहान भएको सेमिफाइनल दोस्रो लेगको खेलमा फ्रान्सको...

इजरायली प्रधानमन्त्री नेतन्याहू बहुमत सिद्ध गर्न असफल, नयाँ सरकार गठनमा अन्यौल कायमै

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धन सरकार निर्माण असफल हुनु भएको छ । नयाँ गठबन्धन सरकार निर्माणका लागि प्रधानमन्त्री नेतन्याहूलाई मङ्गलबार मध्यरातको समयसीमा...

राष्ट्रियसभा उपनिर्वाचनमा बादल एमालेकै नेपाल समूहका डा. देवकाटासँग भिड्नुपर्ने, देवकोटालाई कांग्रेस, माओवादी र जसपाको साथ

काठमाडौं । आगामी ६ जेठमा हुने राष्ट्रियसभाको रिक्त एक सिटका लागि एमालेका दुई नेताबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा...

साताका लोकप्रिय समाचार

एमाले नेता खनाललाई कोरोना सङ्क्रमण : नर्भिक अस्पतालमा भर्ना

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । पिसिआर परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव...

नेपालमा राष्ट्रियता र राष्ट्रवाद

नेपालमा राष्ट्रियता र राष्ट्रवादलाई नेपालका राजनीतिज्ञहरूले अत्यन्त सही हिसाबले व्याख्या गर्दै राष्ट्रवादीको कित्तामा सहजै आफूलाई प्रस्तुत गर्ने लहड चलिराखेको देखिन्छ । यो प्रचारप्रसारको विषय...

स्याङजामा प्रादेशिक शिक्षा नीति सुझाव संकलन

स्याङ्जा । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको अयोजना तथा शिक्षा विकास तथा समन्वय इकाई स्याङजाको संयोजन तथा प्रादेशिक शिक्षा नीति तर्जुमा सम्बन्ध सुझाव संकलनका...

विदेशबाट फर्किएर स्वरोजगार बन्दै स्थानीय युवा

इलाम । वैदेशिक रोजगारीकालागि विदेश पुगेर फर्र्किएका इलामको माई नगरपालिका–१० का धनपति दुलाल अहिले गाउँमौ बाख्रापालन गर्दैछन् । वैदेशीक रोजगारी गुमाएर फर्किएका दुलालले ‘सामाजिक...

चार जना अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल अवतरण

वासिङ्टन । स्पेश–एक्स ड्रागन मार्फत् चार जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन् । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष...

ट्रेन्डिङ

जनस्वास्थ्य उपरको द्वैध मानसिकता

‘एउटा राजाको विलयसँगै मुलुकमा सयांै राजा मात्र होइन, महाराजाकै उदय भयो ।’ सर्वसाधारण नागरिकबाटै व्यक्त हुने यो पछिल्लो प्रतिक्रिया हो । यो कथनले तीन...

स्थानीय तहका रिक्त पदाधिकारी नाम पठाउन निर्देशन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको नाम पठाउन सबै जिल्ला समन्वय समिति (जिसस)लाई निर्देशन दिएको छ । मन्त्रालयले सबैलाई...

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइ हुने इजलास अझै टुंगिएन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको १३ वटा मुद्दाको सुनुवाइ संवैधानिक र बृहत् पूर्ण इजलासमध्ये कुनमा गर्ने भन्ने विषयमा टुंगो लगाउन अझै केही समय लाग्ने...

प्रचण्डका सम्बोधन पुस्तकमा संग्रहित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरकार प्रमुखका रुपमा व्यक्त विचारहरुको संग्रह ‘नयाँ युगको पदचाप’ हालै सार्वजनिक भएको छ...

तिघ्रामा गोली हानी तीन लाख लुटियो

सर्लाही । सर्लाहीमा अज्ञात व्यक्तिले तिघ्रामा गोली हानेर तीन लाख रुपैयाँ लुटिएको छ । सर्लाहीको कविलासी नगरपालिका वडा नं. ३ बिनगरा बस्ने ४० वर्षिय...

स्वास्थ्यमा समस्या भएपछि चैनपुरका मेयरलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका मेयर भरत खत्रीलाई स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाण्डौं लगिएको छ । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि चैनपुरका मेयर...

अख्तियारको ‘स्टिङ अपरेसन’ खारेजीविरुद्ध परेको रिटमा सुनुवाइ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाउँदै आएको ‘स्टिङ अपरेसन’ अवैधानिक भएको दाबी गर्दै दायर भएको निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासले सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा...

थप ४२१ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय देशभरका प्रयोगशालामा ५ हजार ८०० जनाको नमूना...

कोरोनाको लकडाउनमा प्रविधिमय उच्च शिक्षाको आकर्षण

नेपालमा उच्च शिक्षा भन्नाले विभिन्न विश्वविद्यालयले प्रदान गर्दै आएको र प्लस टु सकिएपछिको शिक्षा हो । यस किसिमको शिक्षण सिकाई भनेको उच्च शिक्षाको पठन...

क्यासमिरो रियलमै रहने

मड्रिड । ब्राजिली स्टार डिफेन्सिभ मिडफिल्डर क्यासमिरोले स्पेनिस क्लब रियल मड्रिडसँग थप दुई वर्षको सम्झौता नवीकरण गरेका छन् । क्यासमिरोले क्लबसँग १ वर्षको सम्झौता...

भारतमा कोरोना संक्रमण र मृत्युदरमा पनि समान्य कमी

नयाँ दिल्ली । विगत २४ घण्टामा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या ६१ हजार २६७ रहेको संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ । भारतमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)