Sunday, May 9, 2021
Home बिचार लोकसेवाको परीक्षामा लेख्ने कला

लोकसेवाको परीक्षामा लेख्ने कला

लक्ष्मीविलास कोइराला,

लोकसेवा आयोगका परीक्षामा सफल हुनका लागि लेख्ने तरिकाको महत्वपूर्ण भूमिका रहन्छ । परीक्षामा सशक्त लख्ने पूर्ण तयारी आवश्यक हुन्छ । आयोगका परीक्षामा सफल हुनको लागि लेखन कला विकास गर्नुपर्दछ । लेखाइ सञ्चारको विचार प्रवाहको एक माध्यम हो । जीवनका हरेक मोडमा हामी केही न केही लेखेका हुन्छांै । पढ्दाका नोट वा प्रश्नको उत्तर, मनमा उठेका भावनाको टिपोट जस्तो कि कथा, कविता, गीत, चिठ्ठी, चुटकिला, नाटक वा फेसबुक, ट्वीटर वा ई–मेलमा लेखिने विचार, जोक वा प्रतिक्रिया सबै लेखाइ हुन् । लेखाइ व्यक्तिको पहिचान हो । लेख्दा लेखाइको उद्देश्य, पाठक अर्थात् परीक्षण गर्ने परीक्षक, सूचना, र विषयवस्तु हेरिन्छ । लेखाइको क्रममा प्राप्त अनुपोषणको आधारमा लेखाइ कला सच्याउन सकिन्छ ।

सामान्यतयाः लेखाइ निर्देशत र स्वतन्त्र गरी दुई प्रकारको हुन्छन् । शिक्षक वा हाकिमको आदेश र निर्देशमा लेखिने लेखोट वा प्रश्नको उत्तर जसमा भइरहेका तथ्य सूचना, कानुन, नीति र फेहरिस्त राखिएको हुन्छ । सोधिएको प्रश्नको आधारमा तयार गरिएको जवाफ जस्तै टिप्पणी, विज्ञप्ति वा चिठ्ठी वा प्रश्नको उत्तर लेखिन्छ, त्यो निर्देशित लेखाइ हो । निर्देशित लेखाइ पे्रmमभित्र लेखिन्छ, सिर्जना हुँदैन । भावनामा वगेर स्वच्छन्द भई लेखिने लेखोट (साहित्य सिर्जना, प्रेमपत्र वा सत्यकथा ) स्वस्फूर्त वा स्वतन्त्र लेखाइ हो । लेखाइ ज्ञान प्रर्दशनको अवसर हो, ज्ञानको परीक्षण गर्ने मौका हो भने विषयवस्तु प्रस्तुतीकरण कलाको जाँच गर्ने माध्यम पनि हो ।

परीक्षा मूलतः परीक्षार्थीको मूल्यांकन गर्ने आधार हो, जुन उद्देश्यमूलक हुन्छ । आफ्नो क्षमता प्रश्नको आधारमा लेखेर वा बोलेर परीक्षकलाई जानकारी दिने अर्थात् सन्तुष्ट बनाउने माध्यम हो, परीक्षा । परीक्षा अन्तर्निहित ज्ञान सूचनालाई तोकिएको समयभित्र प्रस्तुत गर्ने अवसर हो । परीक्षा सीमित घेराभित्रको लेखाइ हो किन कि परीक्षा पाठ्यक्रम, प्रश्नको पे्रmम र समयको सीमामा आधारित हुन्छ । प्रश्नको अपेक्षाको सीमा र ज्ञानको सीमितताभित्र रहेर परीक्षामा जवाफ लेखिएको हुन्छ । परीक्षामा कुनै न कुनै रूपमा निगरानी गरिएको हुन्छ । सामान्यतया परीक्षा लिखित, मौखिक प्रयोगात्मक, समूह छलफल र प्रस्तुतीकरण गरी पाँच प्रकारका हुन्छन् । लिखित परीक्षाले व्यक्तिको ज्ञानको गहिराइ र अभिव्यक्ति क्षमता परख गर्दछ । लिखित परीक्षाको रूप विश्लेषणत्मक वा श्लेषाणात्मक÷छोटोछोटो अनुच्छेद वा उत्तर÷वस्तुगत उत्तर लेखन वा बहुउत्तर प्रश्न वा रिक्तस्थान पूरा गर्ने हुन्छ ।

लोकसेवा आयोगका परीक्षामा लिखित परीक्षाको महत्व उच्च रहेको हुन्छ । खासगरी लोकसेवाका लिखित परीक्षामा प्रश्नको जवाफमा सिर्जनशीलता, तार्किकता र अन्तर्सम्बन्धको मिलाप हेरिन्छ । विश्लेषणात्मक क्षमतामा कसी लगाइन्छ । प्रश्नको जवाफ, भाषिक कला शब्द छनोट, वाक्य संरचना र प्रस्तुति मूल्यांकन गरिन्छ । प्रतिस्पर्धीबीचको प्रतिस्पर्धामा उत्कृष्ट क्षमताको जानकारी लिने गरिन्छ । सक्षम र उत्कृष्ट व्यक्तिलाई परीक्षामा अग्रता हासिल हुन्छ, रस फल हुन्छ । यसकारण लोकसेवा आयोगको मूल्यांकन प्रणाली मेरिट सिद्धान्तमा आधारित हुन्छ, भनिन्छ ।

लोकसेवा आयोगको परीक्षामा मौलिकताको खोजी
लोकसेवा आयोग सरकारी सेवाका लागि आवश्यक पर्ने कर्मचारीको योग्यता परीक्षण गर्ने संवैधानिक निकाय हो । कर्मचरीको योग्यता परीक्षण गर्न लोकसेवा आयोगले समयानुकूल परीक्षा विधि र प्रक्रिया अवलम्बन गर्दै आएको छ । तर, लोकसेवा आयोगको तयारी र लेखाइ अहिले यान्त्रिक बनेको छ भन्ने आलोचना पनि उठ्ने गरेका छन् । फास्टफुडमा झैं परीक्षार्थी रेडिमेड पढाइ र लेखाइको खोजिमा ट्युसन धाइरहेका छन् । परीक्षार्थीको भावनाको सेवा कोचिङ सेन्टर र गाइडले गरिरहेका छन् । कोचिङ सेन्टरको पढाइको भरमा लेख्ने गर्दा सबै परीक्षार्थीको लेखन शैली, उत्तरका लागि विषयवस्तुको प्रस्तुति र भाषाशैली समान देखिन्छ । उत्तर पुस्तिका परीक्षण गर्ने विज्ञको चिन्ता परीक्षार्थीमा सारभूत ज्ञानको अभाव भएको र अंग्रेजी नेपाली दुबै भाषामा दख्खल नभएकाले मिश्रित तर अस्तरीय लेखनशैली रहेको बुझाइ छ ।

लोकसेवा आयोगका परीक्षामा सफल हुन हरेक उम्मेदवार मिहिनेती, धैर्य र लगनशील हुनु जरुरी हुन्छ

यस परिप्रेक्ष्यमा लोकसेवा आयोगले परीक्षामा मौलिक ज्ञान र लेखाइको खोजी बढ्दै गइरहेको छ । परीक्षार्थीले मौलिक तयारी र मौलिक प्रस्तुतीकरण देखाउनु बेस हुन्छ । परीक्षार्थीको मनोवृत्ति र कोचिङ सेन्टरको सेवा प्रवाहले लोकसेवा आयोगले पनि पाठ्यक्रम परिवर्तन र प्रश्न सोध्ने परिपाटीलाई बर्सेनि नयाँ क्षेत्र, नयाँ विधि र नयाँ स्टाइल अवलम्बन गरिरहेकाले परीक्षार्थीले अध्ययन र लेखनमा मौलिकताको विकास अनिवार्य भएको छ ।

लिखित परीक्षाका खास तत्वहरू रहेका हुन्छन् । परीक्षा एक अन्वेषणको माध्यम हो । प्रश्नको उत्तर लेखाइ विवेकपूर्ण, बौद्धिक र तथ्यमा आधारित हुनुपर्छ । विवेकपूर्ण, बौद्धिक र तथ्यपूर्ण जवाफको प्रस्तुतीकरण झन् महत्वपूर्ण हुन्छ । प्रश्नको उत्तर लेख्दा आफ्ना प्रतिस्पर्धीलाई उछिन्नेगरी लेख्नुपर्ने हुन्छ । परिभाषित मिसनको आधारमा अध्ययन र ज्ञान हासिल गर्नु लेखाइको महत्वपूर्ण तत्व हो । ज्ञानार्जन एक नियमित प्रक्रिया हो । लोकसेवा आयोगका परीक्षा दिन पाठयक्रम अनुरूपको पढाइ अनिवार्य हुन्छ । तर, परीक्षामा पाठयक्रम र पाठयक्रम सम्बद्ध सामग्रीको अध्ययनले मात्र परीक्षार्थीलाई पूर्ण ज्ञान दिन सक्दैन र पर्याप्त पनि हँुदैन । परीक्षार्थीले किताबका अतिरिक्त पत्रपत्रिका रेडियो टेलिभिजनका समाचार वा अनुसन्धानका बौद्धिक रिपोर्ट पढ्नु र सुन्नु हेर्नु पनि पर्दछ । पाठयक्रमअनुसारका आवश्यक तथ्यांक, कानुन तथा नीतिको पनि गहन अध्ध्यन गर्दै पाठयक्रम बाहिरका र जनजीवनका सबै पक्ष समेट्नेगरी विज्ञान, साहित्य, कला, संस्कृति, इतिहास, अर्थ, राजनीति, देशको शासन प्रणाली, विकास सामाजिक जीवन, भौगोलिक अवस्था तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाको बारेमा फराकिलो ज्ञान नभएसम्म ज्ञान पूर्ण हँुदैन र प्रश्नको उत्तर लेख्दा अंग पुग्दैन ।

लोकसेवा आयोगको तयारी र लेखाइ अहिले यान्त्रिक बनेको छ भन्ने आलोचना पनि उठ्ने गरेका छन्

लोकसेवा आयोगको परीक्षामा तयारीको खास भूमिका रहन्छ । असंगठित, हतपत र अपूर्णरूपमा गरिएको तयारीले सुखद नतिजा दिँदैन । पाठयक्रममा आधारित भएर नियमित रूपमा पढ्नु नै पर्दछ । सामग्री गुणस्तरीय छनोट गर्नुपर्छ । आफ्नै नोट बनाएर पढ्दा पढेको विषय सम्झिरहने हुन्छ । धेरै पुस्तक र विभिन्न निकायले निकालेका प्रतिवेदन, तथ्यांक तथा ऐन कानुन मिलाएर समयतालिका बनाई पढनुपर्ने हुन्छ । लोकसेवा आयोगको परीक्षा दिने व्यक्तिले मेलापात, जात्रा जाँदा वा पर्व मनाइरहँदा वा घुमफिर गर्दासमेत लोकसेवा तयारीको सामग्रीमा नै चिन्तन गर्नुपर्दछ ।

पुराना प्रश्नपत्रको अध्ययन तथा आफंै समयभित्र सो प्रश्न हल गर्ने अभ्यास पनि गर्नुपर्दछ । अर्थात्, लोकसेवा आयोगको परीक्षामा डुब्नुपर्दछ । कोचिङमाका पढाइमा जानु ठीक त हुन्छ तर त्यसमा मात्र भर पर्न सकिँदैन र हँुदैन पनि । पढ्दा सबै पक्ष समेटेर पढ्नुपर्छ । पाठयक्रमको कुनै शीर्षक छोडेर पढ्नुहँुदैन । लोकसेवा आयोगका परीक्षा एकेडेमिक परीक्षामा जस्तो पास हुनका लागि मात्र दिने होइन्, आफ्ना प्रतिस्पर्धीलाई प्रतियोगितामा उछिन्ने हो । यसकारण तयारी रणनीतिक हुनुपर्छ र आफू पनि रणनीतिक बन्नुपर्दछ । आफ्नो मिसन स्पष्ट गर्ने, पढाइ, लेखाइका रणनीति बनाउने, रणनीतिअनुसारको तयारी र लेखाइको परीक्षण गर्ने, आफ्नो लेखाइको प्रक्रिया र परिणामको मूल्यांकन गर्ने र निरन्तर सुधारमा जुट्ने गर्नुपर्दछ ।

लोकसेवा आयोगका परीक्षा तयारी गर्दा तनावमा रहने र परीक्षा सम्झेर डराउने हो भने सफल हुन कठिन हुन्छ । आयोगका परीक्षामा असफलता पनि हुन्छ भन्ने मान्यतामा तयारी र प्रयास गर्नुपर्दछ । परीक्षामा सफलता हासिल गर्न सबैभन्दा महत्वपूर्ण विषय भनेको आत्मनियन्त्रण, आत्मअनुशासन र आत्मसंयम कायम गर्नु हो । आयोगको परीक्षा अत्यन्त प्रतिस्पर्धात्मक हुने भएकाले परीक्षा दिने व्यक्ति अत्यन्त सन्तुलित भई परीक्षाको तयारी गर्ने तथा परीक्षामा लेख्न सक्षम हुन आवश्यक छ । यसकारण परीक्षा तयारीका लागि आचारसंहिता बनाई पालना गर्न उचित हुन्छ । आयोगका परीक्षाहरूमा सहभागी हुनु भनेको नेपाल सरकारको सरकारी सेवामा प्रवेश गर्ने उद्देश्य बुझिन्छ । लोकसेवा आयोगका परीक्षा कठिन होइन, बढी प्रतिस्पर्धी हुन्छन् । यसकारण परीक्षा दिने व्यक्ति अत्यन्त सन्तुलित, आत्मविश्वासी र मिहिनेती हुनुपर्दछ ।

लिखित परीक्षाको व्यवस्थापन
लोकसेवा आयोगको योग्यताका परीक्षामा लिखित परीक्षा फलामको गेट नै हो किन कि यो बढीभन्दा बढी प्रतिस्पर्धात्मक हुन्छ । यसकारण लिखित परीक्षाको व्यवस्थापन अत्यन्त सुझबुझका साथ गर्नुपर्दछ । परीक्षाको दिनको तयारीमा पहिलो भौतिक तयारी हो । परीक्षा दिनका लागि फ्रेस हुन अघिल्लो दिनको साँझदेखि पढन छोड्ने, परिवारमा गफिने वा टिभी हेर्ने, परीक्षाको अधिल्लो रात चाँडै र पर्याप्त सुत्ने, पर्याप्त पानी पिउने र खाना ठीक खाने, परीक्षाको दिन, समय, स्थान, विषय, र प्रवेशपत्र यकिन गर्ने, परीक्षा दिँदा आवश्यक पर्ने र पर्न सक्ने स्टेसनरी (कलम (सररर्र लेख्ने), पेन्सिल, स्केल, इरेजर राख्ने), सजिलो पहिरन लगाउने र परीक्षाको समयभन्दा एक घण्टा अगाडि पुग्ने गर्नुपर्दछ । दोस्रो, परीक्षा हलमा रहँदाको सावधानी र तयारी हो । परीक्षामा जाँदा मोबाइलको स्विच अफ गर्नु पर्दछ । परीक्षा हलसम्म पढ्नुहँुदैन । कपी बाँडेपछि नामथरसहितको सवै विवरण प्रस्टसँग लेख्ने, लेख्दाका बखत डिस्टर्ब नहुने गर्न प्रवेशपत्र गार्डले देख्नेगरी राख्ने, उत्तर पुस्तिकाको दायाँबायाँ र माथि एक एक इन्च भाँच्ने र निर्भयता साथ बस्नुपर्दछ ।

तेस्रो, प्रश्नपत्र प्राप्त भएपछि परीक्षालाई अवसरको रूपमा लिँदै आफ्नो मौलिक ज्ञानको लेखाइ कला प्रर्दशन गर्नुपर्दछ । सो समयमा लामो सास तान्ने, फाल्ने (आत्तिएको भए पनि ठीक हुन्छ) र शान्त हुने, प्रश्नको भारको आधारमा समय विभाजन गर्ने र पालना गर्ने, प्रश्न राम्रोसँग पढ्ने, बुझ्ने, मनन गर्ने र उत्तर सोच्ने (प्रश्न सजिलै बुझिने वा घुमाउरो हुन्छ वा धेरै प्रश्न जोल्ट्याएर सोधिएको पनि हुन सक्छ), जोल्टिएर आएको प्रश्नको छुट्टाछुट्टै शीर्षक दिएर सिलसिला मिलाउँदै लेख्ने, प्रश्नको उत्तर लेख्नु अगाडि दिमागमा नै उत्तरको आउटलाइन बनाउने, उत्तर सरल, स्पष्ट, शुद्ध, तार्किक, पूर्ण, छोटोमिठो पढूँपढूँ खालले लेख्ने, शीर्षक उपशीर्ष राख्दै बुँदागत रूपमा लेख्ने (बुँदामा लेख्न नमिल्नेलाई छोडेर) गर्दा उत्तम हुन्छ । प्रश्नको उत्तर तटस्थ राख्ने (बढी आलोचनात्मक वा बढी प्रसंशा गरेर नलेख्ने), अक्षर राम्रा र सफा तथा स्पेस छोडेर लेख्ने, आफ्नो विचार, विषयवस्तु, नीति, ऐनकानुन, तथ्यांकबीच सन्तुलन कायम गर्ने, सबै प्रश्नको सन्तुलित र खँदिलो उत्तर लेख्ने, अरू परीक्षार्थीले लेखेको वा कपी थपेको देखेर नहडबडाउने, पूरै समय लेख्ने (बीच–बीचमा समय चेक गर्दै) र अन्तिममा लेखेको एकपटक सिंहावलोकन गर्नु राम्रो हुन्छ ।

लोकसेवाका परीक्षामा उत्तर लेख्दा ढिलो र हतपत गर्ने, कन्फ्युज्ड र नर्भस हुने, प्रश्नको सतही बुझाइमा नै लेख्न थाल्ने, परिचय लामो लेख्ने, समयको बेवास्ता गर्ने, अनावश्यक रूपमा बुँदाको विश्लेषण गर्ने, दोहोरो उत्तर आउनेगरी लेख्ने, जानेको एउटा प्रश्नको लामो उत्तर लेख्ने, शब्दैशब्द, उखान, टुक्का र विशेषणको जंगल बनाउने, प्रश्नको उत्तर नआएमा घोत्लिएर बस्ने, शुद्धाशुद्धि मिलाउँछु भनेर शब्द र वाक्य मिलाउने प्रयासमा भुल्ने, प्रतिस्पर्धी देखेर डराउने, थोरै सिट छ मैले सक्दिनँ भनेर हीनताबोध गर्ने, तनाव बढ्ने कुरा गर्ने साथीसँग कम्तीमा पनि परीक्षासम्म संगत गर्ने, नकारात्मक ढंगले लेख्न उद्यत हुने, प्रश्न नपढेको आयो भनेर हडबडाउने वा सामान्य जानेका आधारमा लेख्न छोड्ने तथा एक पेपरको एउटा प्रश्नको जवाफ केही बिगँ्रदैमा झोक्राउने, आत्तिने वा परीक्षा नै छोड्ने गर्नुहुँदैन । नपढेको प्रश्न आयो भने आफनो ज्ञानको उत्कृष्ट सम्झना र उपयोग गर्दै तत्काल उत्तर लेख्ने क्षमता विकास गर्नुपर्दछ ।

लोकसेवा आयोगका परीक्षामा लेखन कला र समयको व्यवस्थापनले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । लेखाइ नितान्त व्यक्तिगत गुण हो । यसकारण व्यक्तिपिच्छे फरकफरक लेखन कला हुन्छ । परीक्षामा के गर्नाले सफलता हासिल गर्न सकिन्छ भन्ने चिन्ता सबै परीक्षार्थीको हुन्छ । लोकसेवा आयोगका परीक्षा कठिन वा सजिलाभन्दा पनि प्रतिस्पर्धात्मक हुन्छन् । यसकारण आफ्नो राम्रो भयो तर आफ्नोभन्दा अरूको झन् राम्रो भयो भने परीक्षामा पास हुन सकिँदैन । यसको विपरीत आफ्नो बिग्रियो अरूको आफ्नोभन्दा धेरै बिग्रियो भने आफू पास हुन सकिन्छ । यसकारण लोकसेवा आयोगका परीक्षामा सफल हुन हरेक उम्मेदवार मिहिनेती, धैर्य र लगनशील हुन जरुरी हुन्छ ।

(Visited 901 times, 1 visits today)
Loading comments...

आजको समाचार

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

साताका लोकप्रिय समाचार

राजनीतिमा सामाजिक–आर्थिक क्षेत्रका सन्दर्भ

नेपालमा विभिन्न समयमा देखापरेका संघर्ष पछि गएर जातीय र धार्मिक आन्दोलन भई पर्वते, नेवार, मधिसेबीच हिन्दू–मुसलमानबीच संघर्षमा परिणत हुन्छ भनी सोच्नुहँुदैन । नेपालको २०३६...

प्रदेश कुलपतिमा बिखर्ची

पोखरा । गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान कुलपतिमा सूर्य खड्का बिखर्ची नियुक्त भएका छन् । भाषा, साहित्य, संस्कृति, कला, नाट्यकला, संगीतलगायतको संरक्षण एवं संबद्र्धन गर्ने...

झापामा आज मध्यरातदेखी निषेधाज्ञा

दमक । झापामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिएपछि त्यसको नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको छ । बुधवार मध्यरातिदेखि...

काठमाडौं प्लेअफमा

काठमाडौं । क्यामरुनी फरवार्ड मेसौके ओलुमोउको ह्याट्रिक मद्दतमा काठमाडौं रेजर्सले खुकरी नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी एफसीमाथि पुनरागमन जित निकाल्दै प्ले अफमा...

कास्कीमा एकै दिन भेटिए अहिलेसम्मकै धेरै ३१० संक्रमित

पोखरा । कास्कीमा एकै दिन ३ सय १० जना संक्रमित भेटिएका छन् । यो संख्या एकै दिनमा भेटिएका संक्रमितमध्ये उच्च हो । प्रदेश स्वास्थ्य निर्देशनालय,...

ट्रेन्डिङ

लकडाउनपछि पशुपतिमा घट्न थाले शव

काठमाडाैं । बन्दाबन्दी शुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव पनि घट्न थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यही चैत ११...

संक्रमणको पहिलो साता ५ बढी लक्षण देखिए कोरोना दीर्घकालसम्म रहने संकेत

लन्डन । कोरोना संक्रमण भएको पहिलो साता ५ भन्दा बढी लक्षण देखिनु दीर्घकालसम्म संक्रमणको असर रहने संकेत भएको विज्ञहरुले बताएका छन् । किङ्स कलेज...

निषेधाज्ञामा ईश्वरी बरालको नयाँ काेशेली ‘खानदानी छोरी’

काठमाडाैं ।  गायिका ईश्वरी बरालले निषेजधाज्ञाले घरमै बसेका संगीतप्रेमी दर्शकका लागि नयाँ खुराक प्रस्तुत गरेकी छिन् । उनकाे नयाँ गीत खानदानी छोरी सार्वजनिक भएको...

पोखरामा नै हुने भयो कोरोना परीक्षण, अब एक घण्टामा नै रिपोर्ट

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरसको परीक्षण हुने भएको छ । पोखरामा नै कोरोना भाइरसको परीक्षण हुनुपर्ने भन्दै चौतर्फी आवाज उठिरहेको अवस्थामा...

नेपालको भूअवस्थिति र कूटनीटिक सुझबुझ

देशको अस्मिता संकटमा पर्दा हामी पृथ्वीनारारायण शाहको कथन सम्झन्छौं । नेपाल वास्तवमै उत्तरको चीन र दक्षिणतिरको भारतजस्ता दुई विशाल साम्रज्यबीच रहेको एक सानो सार्वभौम,...

हरिबंश आचार्य दम्पत्तिलाई कोरोना संक्रमण

काठमाडौं । हाँस्य कलाकार हरिबंश आचार्य र उनकी श्रीमति रमिला आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएर पिसिआर टेष्ट गर्दा दुबै...

कोरोना संक्रमण रोक्न बारामा निगरानी समिति गठन, समितिमार्फत खबर आउने

बारा । कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारले अवलम्बन गरेको लकडाउन अवधी एक महिना पुरा भएको छ । यसै अवधीमा बारा जिल्लामा लकडाउन कार्यान्वयनका...

बलात्कारको अभियोग लागेका एसएसपी अधिकारी थुनामा

पोखरा । चितवनकी २७ वर्षकी युवती बलात्कारको अभियोग लागेका सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रकुमार अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको...

आमाबाबुको मृत्युपछि दुई बालकको बिचल्ली

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं ५ धुमीकी पार्वती वि.कले गत पौष ५ गते ट्याक्टर दुर्घटनामा ज्यान गुमाइन् । माइत जान भनेर हिँडेकी...

विपन्नलाई दिएको राहतमा मनपरी : कागजमा ३० किलो, दिइयो ७ किलो मात्रै

बाजुराको बडिमालिका नगरपालिकाका हलिया, गरीब, असहाय र श्रमिकलाई कोभिड–१९ को राहत वितरण गर्दा केसम्म गरिएन ? ३० किलो चामलमा हस्ताक्षर गराएर दिइयो ७ किलो...

युरोकप १२ देशको १२ सहरमै

विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण अर्काे वर्षलाई सरेको युरोकप युरोपको १२ देशको १२ सहरमा नै आयोजना हुने भएको छ । युरोपियन फुटबलको...

महामारीमाथि थपिएको प्राकृतिक विपत्ति

काठमाडौँ । भनिन्छ कुनै पनि समस्या बाजा बजाएर आउँदैन । मुलुकले यतिखेर त्यस्तै नसोचेको र पूर्वानुमान नगरिएको दोहोरोे विपत्तिको सामना गरिरहेको छ । चीनको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)