न्यु डायमन्ड र हेल्प नेपाल च्याम्पियन

काठमाडौं । होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब पाँचांै संस्करणको आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको च्याम्पियन बनेको छ । डायमन्ड महिलातर्फ तथा हेल्प नेपाल पुरुषतर्फ च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा बिहीबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै डायमन्ड च्याम्पियन बनेको हो । यससँगै न्यु डायमन्ड वर्षको पहिलो २०७४ माघपछि पहिलो उपाधि जित्न सफल भएको छ । न्यु डायमन्ड २०७४ माघमा आफैंले आयोजना गरेको प्रथम न्यु डायमन्ड कपको च्याम्पियन बनेयता दर्जन बढीपटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको थिएन ।

यस्तै, डायमन्ड तेस्रो संस्करणपछि एनभीए लिगको च्याम्पियन बनेको हो । तेस्रो संस्करणमा डायमन्डले नेपाल पुलिसलाई पराजित गर्दै उपाधि जितेको थियो । डायमन्ड पहिलो संस्करणको पनि च्याम्पियन हो । बिहीबार भएको खेलमा डायमन्डले पहिलो सेट २२–२५ ले गुमाएको थियो ।

पहिलो सेटको सुरुवातमा ५–० ले पछि पर्दै खराब सुरुवात गरे पनि प्रतिस्पर्धात्मक पुनरागमन गरेको डायमन्डले सो सेट आफ्नो पक्षमा पार्न सकेन । तर, पहिलो सेटको अन्तिमको लयलाई त्यसपछि कायम राख्दै विभागीय टोलीमाथि जित हासिल गर्न सफल भयो ।

दोस्रो सेटमा सुरुवातदेखि नै अग्रतामा रहेको डायमन्डले पछि फर्केर हेर्नुपरेन । सो सेटमा डायमन्ड २५–११ ले विजयी भएको थियो । तेस्रो सेट डायमन्डले २५–१९ को सहज जित निकाल्दै उपाधिनजिक पुगेको थियो । तर, चौथो सेट डायमन्डले २१–२५ ले गुमाएको थियो । निर्णायक तथा पाँचौं सेटमा डायमन्ड १५–११ ले विजयी हँुदै उपाधि जित्न सफल भयो ।
पुरुषतर्फ हेल्प नेपालले विभागीय नेपाल एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको छ ।

एकपक्षीय बनेको खेलमा तीन भारतीय खेलाडी सम्मिलित हेल्प नेपालले पहिलो सेट २५–१४ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा २५–२० को सहज जित निकालेको हेल्प नेपालले तेस्रो सेटमा २५–२२ को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।

उपाधिसँगै महिला र पुरुष दुवैतर्फको विजेताले समान ३ लाख रुपैयाँ हात पारेको छ । दोस्रो भएको पुलिस र एपीएफले समान १ लाख ७५ हजार, तेस्रो भएको एपीएफ र बुलबुले रारा भलिबल क्लबले ७५ हजार तथा चौथो भएको आर्मी र नेपाल पुलिस क्लबले ३७ हजार ५ सय रुपैयाँ प्राप्त गरेको छ ।

१९ चैतबाट सुरु भएको प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ६ टोली राउन्ड रोबिन लिगको आभारमा प्रतिस्पर्धा गरेका थिए । शीर्ष दुई टोलीले फाइनल खेलेका थिए । विजयी खेलाडीलाई युवा तथा खेलकुदमन्त्री दावा लामा तामाङ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्रबहादुर चन्द, प्रतियोगिताको मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ, पूर्वराष्ट्रिय महिला टोलीका कप्तान, अन्तर्राष्ट्रिय रेफ्री र संघका पदाधिकारीले पुरस्कृत गरे ।

प्रतिभा र विनित सर्वात्कृष्ट
होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबकी प्रतिभा माली र टिप टप हेल्प नेपालका विनितकुमार पाँचांै संस्करणको आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको सर्वाेत्कृष्ट खेलाडी घोषित बनेको छ ।

प्रतिभाले न्यु डायमन्डलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दा विनितकुमारले पनि टिप टप हेल्प नेपाललाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निभाएका थिए । सर्वाेत्कृट बनेका प्रतिभा र विनितले समान २५–२५ हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै, व्यक्तिगत विधाको पुरुषतर्फ बुलबुले रारा भलिबल क्लबका मुराद जिहान उत्कृष्ट स्पाइकर चुनिए । महिलातर्फ पुलिसकी उषा भण्डारी उत्कृष्ट स्पाइकर चुनिइन् ।

पुरुषतर्फ पुलिसका दीपकराज जोशी र महिलातर्फ पुलिसकै मनीषा चौधरी उत्कृष्ट ब्लकर चुनिइन् । पुरुषतर्फ टिप टप हेल्प नेपालका विकास कुमार र महिलातर्फ पुलिसकी कमला पुन उत्कृष्ट सेटर चुनिइन् । पुरुषतर्फ एपीएफका विनोद चन्द र महिलातर्फ डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो घोषित भए ।

पुरुषतर्फ बुलबुले राराका घनश्याम चौधरी र महिलातर्फ डायमन्डकी ललितानाथ उत्कृष्ट सर्भर चुनिइन् । पुरुषतर्फ टिपटप हेल्प नेपालका रमेश केसी र महिलातर्फ न्यु डायमन्डका कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरूले समान १०–१० हजार रुपैयाँ हात पारे ।

तपाइको प्रतिक्रिया
(Visited 356 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रदेश सरकारमा सहभागी गराए मात्र कांग्रेस गठबन्धनमा सहभागी हुने