Sunday, May 9, 2021
Home प्रदेश प्रदेश ३ कोरोना रोकथाममा झनै बेवास्ता

कोरोना रोकथाममा झनै बेवास्ता

प्रशान्त ओली,

काठमाडौं । छिमेकी देश भारतमा कोभिड–१९ लहर पुनः बढ्दोक्रममा देखिएको भन्दै तत्काल आवश्यक सतर्कता अपनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समितिले सर्वसाधारणका लागि कोरोना खोप वितरण कार्यक्रम सरल र प्रभावकारी बनाएर यथाशक्य चाँडै उपलब्धता सुनिश्चित गराउनसमेत निर्देशन दिएको छ ।

सरुवा रोग र सामान्य रोगका बिरामीका लागि सेवा प्रदान गर्न छुट्टाछुट्टै एम्बुलेन्स समूह विभाजन गरी एकीकृत सेवा प्रदान गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई सुझाव दिइएको छ । त्यस्तै, कोरोना संक्रमण रोकथाममा प्रभावकारी कदम चाल्न नसकेको संसदीय समितिले निष्कर्ष निकालेको छ । कोरोना परीक्षण अपेक्षित मात्रामा गर्न नसकेको र लक्षित वर्गसम्म पुग्न नसकेको समितिको निष्कर्ष छ ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापनमा न्यूनतम मापदण्ड पूरा नगरिएको जनाएको छ । स्वास्थ्य जोखिम भत्ता आंशिक रूपमा मात्रै प्रदान गरिएको पाइएको छ ।

– लक्षित वर्गसम्म परीक्षण पुगेन
– अधिकांशले जोखिम भत्ता अझै पाएनन्
– अक्सिजन प्लान्ट व्यवस्था नहुँदा समस्या
– तत्काल आवश्यक सतर्कता अपनाउन निर्देशन

संघ, केन्द्र र प्रदेश सरकारबीच कोभिड नियन्त्रणमा अपेक्षित समन्वय नभएको समिति सदस्य सन्तकुमार थारू बताउँछन् । सरुवा रोग विशेषज्ञ अस्पताल प्रत्येक प्रदेशमा स्थापना-व्यवस्थापन गर्नुपर्ने, प्रत्येक प्रदेश र केन्द्रको अस्पतालको क्षमता वृद्धिसहित सञ्चालन गर्न व्यवस्था गर्न सुझाव दिइएको छ ।

केन्द्रीय अस्पतालको आईसीयू शय्या बढाएर व्यवस्थापन प्रभावकारी बनाउन आग्रह गरिएको छ । सरुवा रोगसम्बन्धी उपचारका लागि ५० शय्याभन्दा माथि सबै अस्पतालमा छुट्टै भवन भएको आइसोलेसन वार्ड र प्रत्येक अस्पतालले प्रि–आइसोलेसन शय्या व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ ।

शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले प्रत्येक अस्पतालमा अक्सिजन प्लान्ट व्यवस्था मिलाउन र भएका सुचारु गर्न आग्रह गरिएको बताइन् ।

संसदीय समितिले खुला बोर्डर भएका ठाउँमा संक्रामकलगायत रोग चेकजाँच गर्न स्थायी स्वास्थ्य परीक्षण केन्द्र व्यवस्था गर्न सुझाएको छ । प्रादेशिक अस्पताल प्रदेशले नै सञ्चालन, व्यवस्थापन, अनुगमन तथा निरीक्षण प्रदेश सरकारमार्फत गर्ने व्यवस्था मिलाउन पनि सुझाव दिइएको छ ।

संघ, प्रदेश र स्थानीय तहअन्तर्गत सञ्चालित सबै अस्पताल र स्वास्थ्य केन्द्र सञ्चालनका लागि स्पष्ट नीति ल्याउनसमेत सुझाव दिइएको छ । कारागारलाई मानवीय वातावरणसहित बस्ने स्थिति निर्माण गरी संक्रामक रोग तथा अन्य स्वास्थ्य समस्याका उपचार तथा व्यवस्थापनका लागि छुट्टै बजेट व्यवस्था गर्न सरकारलाई निर्देशनसमेत दिइएको छ ।

‘सरकारी अस्पतालमा जाँदा ज्यान जाने, निजीमा जाँदा घरबारी जाने’ जनगुनासो व्यापक बढेपछि ‘समरूपता कायम गरी दररेटसम्बन्धी यथाशीघ्र लागू गर्न’ समितिले आग्रह गरेको छ ।

सरकारी तथा निजी अस्पतालमा छुट्टै कोरोना उपचार युनिट व्यवस्थासहित समानान्तर बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । जनस्तरमा महामारी र विपद्मा स्थानीय तहको भूमिका सबैभन्दा बढी हुने भएकाले यसनिम्ति क्षमता अभिवृद्धि गर्नसमेत समितिले आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार विद्यालय जाने उमेर समूह १८ वर्षमुनिका व्यक्तिमा संक्रमण दर बढेको देखिएको छ । पछिल्लो अवस्था नियाल्दा औसत ७ प्रतिशत संक्रमण १८ वर्षमुनिका व्यक्तिमा पाइएको छ ।

‘मापदण्ड पालना नगरे विद्यालय बन्द’
जनस्वास्थ्य मापदण्ड पालना नगरे विद्यालय बन्द गर्नेसम्म तयारीमा सरकार जुटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य मापदण्ड पालना गरेर मात्रै विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विद्यालय सञ्चालनक्रममा मापदण्ड पालना गर्नुपर्नेछ । ‘कतै पनि २५ जनाभन्दा बढी भेला हुनुहुँदैन,’ उनले भने, ‘विद्यालयले कम्तीमा मापदण्ड पालना गर्नुपर्छ । नत्र बन्द गर्नुपर्ने अवस्था आउँछ ।’

२५ जनाभन्दा बढी भेला हुन नदिने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)समक्ष प्रस्ताव लगेको छ । प्रवक्ता गौतमले भीडभाड, भेला र २५ जनाभन्दा बढी जमघट नगर्न आग्रह गरे ।

त्यस्तै, देशभर कोरोना संक्रमित संख्या उकालो लाग्दोक्रममा रहेको छ । शुक्रबार देशभर २ सय ८८ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७१ जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालमा कुल संक्रमित संख्या २ लाख ७९ हजार ३ सय ८८ पुगेको छ । मन्त्रालयका अनुसार हाल ८४ जना क्वारेन्टाइनमा छन् ।

(Visited 130 times, 1 visits today)
Loading comments...

आजको समाचार

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात...

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

साताका लोकप्रिय समाचार

एमाले वाग्मती प्रदेशका मुख्य सचेतकमा निरौला

काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशका मुख्य सचेतकमा दीपक निरौला चयन भएका छन् । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रदेशसभा...

अस्पतालले भर्ना लिन नमान्दा युवाको मृत्यु

जनकपुरधाम । धनुषामा एक युवाले उपचार नपाएरै मृत्युवरण गरेका छन् । धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४०...

कांग्रेस नेता खड्काको निधन

भक्तपुर ।  नेपाली कांग्रेसका नेता शिवबहादुर खड्काको आज यहाँ निधन भएको छ । पछिल्लो समय मध्यपुरथिमिमा बस्दै आउनुभएका तत्कालीन संविधानसभा सदस्य खड्का घरको शौचालयमा...

लुम्बिनीका एमाले सांसद अमरबहादुर डाँगीले दिए पदबाट राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका एमालेतर्फका प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले बुधबार पदबाट राजीनामा दिएका छन् । दाङको निर्वाचन क्षेत्र नम्बर २ ’ख’ बाट...

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन । ‘सपनाको हो कि विपना ?’ बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन...

ट्रेन्डिङ

अध्यक्ष ओलीले ७ गतेलाई बाेलाए केन्द्रिय कमिटी बैठक

काठमाडौँ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले यही पुस ७ गते पार्टीको केन्द्रीय कमिटीको बैठक आह्वान गरेका...

२ नम्बरीको छायांकन स्थगित

काठमाडौं । १० दिनदेखि छायांकनमा व्यस्त रहेको चलचित्र ‘२ नम्बरी’ को टिमले सोमबारबाट छायांकन स्थागित गरेको छ । सुटिङका लागि कास्कीको घाचोक पुगेको यो...

राजतन्त्रको भूत

जनताद्वारा निर्वाचित प्रतिनिधि रहेको संविधानसभाले बनाएको २०७२ असोज ३ गते जारी ‘नेपालको संविधान’ नेपालको मूल कानुन हो । यस संविधानअनुसार नेपालको सार्वभौमसत्ता एवं राजकीयसत्ता...

चितवनमा कोरोना संंक्रमणबाट थप एक जनाको मृत्यु

भरतपुर । चितवनमा आज कोभिड–१९ को सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० स्थित चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर –११ का...

एक मुद्दामा एक जना

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट फैलिएर महामारीको दोस्रो लहर देखिएपछि सर्वोच्च अदालतले न्याय सेवा प्रवाहमा संकुचन ल्याएको छ । सम्बन्धित मुद्दाका एक–एक...

विपन्नलाई दिएको राहतमा मनपरी : कागजमा ३० किलो, दिइयो ७ किलो मात्रै

बाजुराको बडिमालिका नगरपालिकाका हलिया, गरीब, असहाय र श्रमिकलाई कोभिड–१९ को राहत वितरण गर्दा केसम्म गरिएन ? ३० किलो चामलमा हस्ताक्षर गराएर दिइयो ७ किलो...

‘चलचित्र उद्योग बन्द हुँदा हामीलाई झन् ठूलो घाटा’

काठमाडौं । चलचित्र छायांकनका लागि उपकरण भाडामा दिने कम्पनीहरू निकै पीडामा छन् । गत चैतदेखि अहिलेसम्म पनि आधिकारिक रूपमा नेपाली चलचित्रको छायांकन हुन नसक्दा...

मजदूरको पीडा : ठेकेदार भागेपछि पाँच दिन भोकै हिँडेर घर

गलकोट । नेपालमा मजदूरको व्यथा सुनिसाध्य छैन । महिनौँ काम गरेपछि निर्माण व्यवसायीले रित्तो हात फर्काएको घटनाको अनगन्ती फेहरिस्त छन् । आफूले काम गरे...

उपमहासचिव श्रेष्ठको राजीनामा स्वीकृत

काठमाडौं । नेपाल ब्याडमिन्टन संघले आफ्ना उपमहासचिव लवभक्त श्रेष्ठले बुझाएको राजीनामा स्वीकृति गरेको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को दौरान र ब्याडमिन्टनका अन्य...

नागरिकता विधेयकमा पुनर्विचार गर्न नेकपा नेता प्रभु साहको माग

काठमाडौं । नागरिकता विधेयकको विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गरेको निर्णयप्रति नेकपा प्रदेश २ ले असन्तुष्टि व्यक्त गर्दै सो निर्णय...

‘जोखिम कायमै छ, विद्यालय पुनःसञ्चालन नगर्नुस्’

काठमाडौँ । कोभिड–१९ महामारीको जोखिम अझै कम नभएको भन्दै कामपाले तत्काल विद्यालय पुनः सञ्चालन नगर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरेको छ । केही दिनअघि...

गुल्मीमा चट्याङ् लागेर एकको मृत्यु, आठ घाइते

गुल्मी । गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका –४ दजाकोटकी १८ बर्षिय करिश्मा गाहाको चट्याङ् लागेपनि उपचारको क्रममा मृत्यु...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)