Sunday, May 9, 2021
Home बिचार निजामतीका झिंगा !

निजामतीका झिंगा !

भागवत खनाल,

कुनै संगठन या पदाधिकारीले कुनै उपलब्धि देखाउन सकेन भने, ‘झिंगा मार्न नसकेको’ आरोप लगाउने चलन छ । हिन्दी ‘मुहाबरा’ भने यसको ठीक उल्टो छ । कुनै काम नगरी निकम्मा रहने क्रियालाई हिन्दीमा ‘मक्खी मारना’ भनिन्छ । हालै प्रायः शालीन भाषण गर्ने माननीय उपप्रधानमन्त्रीले व्यक्त गरेको सानो कटाक्षले निजामती वृत्तलाई झस्काउन पुग्यो ।

विनयपूर्वक माफी माग्दै प्रयोग गरिएको ‘झिंगे टसाइ’को आरोपमा आंशिक सच्याइ छ भन्नेमा कसैलाई भ्रम छैन । तर, यो आरोप कुन हैसियतको व्यक्तिबाट लाग्यो भन्ने कुरा भने अत्यन्तै महत्वपूर्ण छ । झिंगे टसाइको अर्थ हो साह्रै औपचारिक हुनु वा रीत पु¥याउनुमा सीमित हुनु । निजामतीको भाषामा भन्ने हो भने यसको आसय हो जागीर पकाउनु । कुनै पक्का निजामती कर्मचारीलाई ‘प्रक्रिया कि परिणाम ?’ भनेर सोधियो भने के उत्तर आउला ? जवाफ सर्वविदितै छ ।

एक जमाना थियो जब कुन बखत नोकरी खोसिने हो भन्ने ठेगान थिएन । किन्तु एक जना हुलाकी टुप्पामा भाला भएको ‘झुम्की लौरो’ टेक्दै बाटामा हिँड्दा बटुवाले सरक्क बाटो छाडिदिन्थे । आज नोकरी पक्का भएको छ । आज निजामती सेवा शासकको सेवकबाट राष्ट्रको सेवकमा रूपान्तर भएको छ । सानोतिनो झटारोले नोकरी जाँदैन । परन्तु, निजामती सेवा झुर भएको छ भने किन यस्तो भयो ? दुर्भाग्यवश उपप्रधानमन्त्रीबाट झारा मात्र टारेर जागिर पकाउने निजामतीको झारा टार्ने तरिकाको मात्र वर्णन भयो । निजामती सेवालाई झिंगे बनाउने कारकबारे उल्लेख हुन छुट्यो । निजामती सेवा झिंगे भयो भनी आंशिक सत्य बोल्दा त्यसलाई झिंगे तुल्याउने पूर्ण सत्य समेत प्रकट गरिदिएको भए निजामती वृत्त धन्य हुने थियो ।

निजामती सेवा राजनीतिको प्रतिस्पर्धी होइन, बुझ्नेले कुरा बुझिदिने हो भने यो सेवा जनताको इमानदार सेवक र राजनीतिको परिपूरक हो

कुनै समयमा निजामतीलाई झतौरो (थांने) भनेर उपहास गरिएको थियो । हुन पनि हो निजामती राजनीति जस्तो झकास हुँदैन । प्रतिभा भएका तर औकात नभएका निरीह झुम्रेको समूह नै त निजामती सेवा हो । निजामतीले झिनुवा खाँदैन । निजामती सेवक झिल्के पनि हुँदैन । निजामती सेवक ठ्याक्कै आफ्ना बाबुबाजे जस्तै झर्रो हुन्छ । ऊ भुइँमान्छे जस्तै दुःख र पीडाले गाँजिएको वर्गको प्रतिनिधित्व गर्दछ । झिंगे टसाइको मीठो र आंशिक सत्य सुन्न उपस्थित झकिझकाउ अधिकारीबाट आम निजामतीको सच्चा प्रतिनिधित्व हुन सक्दैन । सबै त्यो तहसम्म पुग्नु पनि झन्डै असम्भव छ ।

जुनवर्गको प्रतिनिधित्व गरे तापनि लोकसेवा पास गरेर आउने निजामती प्रतिभाशाली र चलाख हुन्छ । उसको प्रतिभा र चलाखीलाई कसरी उपयोग गर्ने भनी निश्चय गर्ने राजनीतिले हो । निजामती सेवाको नीति र कानुन बनाउने पनि राजनीतिले नै हो । जतिसुकै असली कलपुर्जा वा मेसिनको प्याकिङमा ‘ह्यान्डल विथ केयर’ भनेर लेखिएको हुन्छ । निजामती कर्मचारीलाई झम्पाट बनाएर झिंगा टास्न लगाउने या परिणाममुखी कर्तव्य पालनमा लगाउने ? यो पनि राजनीतिकै हातमा छ ।

संसदीय समितिमा निजामतीको अकर्मण्यताबारे सार्थक बहस भयो । तर, सिफारिस गरिएको नुस्खामा भने निरर्थक औषधिको नाम लेख्ने प्रयत्न गरियो । निजामतीलाई राजनीतिले झड्केलो जस्तो मान्दै आफ्नै सहोदरलाई करारमा राख्न पाए समृद्धिको साँचो आफ्नै हातमा आउने आशा गरियो । निजामती सेवालाई झ्याल्टुङ बनाउनेबारे गरम गरम बहस भए । अहिले सदनमा प्रस्तुत भएको मस्यौदा पनि झस्काउने खालको नै छ भन्ने चाल पाइएको छ ।

निजामती सेवामा विभिन्न खाले कर्मचारी छन् । जस्तै नेता कर्मचारी , कर्मचारी नेता, पढैया, पढैया र गरैया, झक्कड, विनम्र, झिंगे, अकर्मण्य, कर्मठ र झन्झावादी आदि । जुन प्रवृत्तिका भए तापनि ती प्रायः हाम्रो समाजमा उपलव्धमध्येका मेधावी युवाहरू नै हुन् । अहिले त महिला, जनजाति, मधेसी र दलितआदिको प्रतिनिधित्व रहेको हुँदा निजामती सेवा सुन्दर फूलबारी भएको छ ।

निजामती सेवाको माली राजनीति हो । कतै त्यो सुन्दर फूलबारी कच्चा मालीका कारण मुर्झाएको त हैन ? निजामती सेवा किन झारा टराइमा सीमित भयो ? किन झिंगे टसाइको औपचारिकतामा सीमित बनी जागिर पकाउने कृत्यमा सीमित भयो ? किन कोही झमेलामा परेर झिरिप भइने हो कि भन्ने डरले असल नियत राखी इमानदारीसाथ काम गर्न समेत झस्कन्छ ? किन एउटा कर्मचारी फाइल नचिन्दै सरुवा हुन्छ ? किन कर्मचारी ‘ट्याग’ भिर्न अभिसप्त छ ?

निजामती सेवाको विरासत झिंगे प्रवृत्ति र विकृति होइन । पञ्चायती व्यवस्थाले बहुदलीय व्यवस्थासमक्ष चुस्त, अनुशासित र किञ्चित व्यावसायिक सेवाको हस्तान्तरण गरेको थियो । निर्दलीय पद्धतिमा निजामती सेवापनि स्वतःव्यवस्थाको हितमाकाम गर्ने सङ्गठन थियो । आजपनिनिजामती सेवा संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षक र संवर्धक नै हुनुपर्ने हो । तर राजनीतिले निजामतीकर्मचारीलाई दलीयहितमाउपयोग गर्यो । दलीय आवद्धताभित्र प्रवेशनगर्ने कर्मचारी निरीह र परित्यक्त हुन्छ यहाँ । हाम्रो राजनीतिले व्यावसायिकताको निर्मम हरण गरेको छ । देशभित्र रहेका साराका सारा संस्थाहरुको राजनीतीकरण गरेपछि कसरी निष्पक्षता र दक्षताकायम हुन्छ मान्यवर ?

यी समग्र कुरालाई केलाएर निचोड निकाल्ने हिम्मत गर्ने कोहीभएनयहाँ । एकातिर हामीविगतकेही समयदेखि दुनियाँआश्चर्य हुने गरी कामभएको भनीगौरव गर्दछौं । अर्कोतर्फ हामीनिजामती सेवाझिंगे टसाइमा सीमितभयो भनी अरण्यरोदनगर्दछौं । त्यो समृद्धि हासिलहुनुमानिजामती सेवाको योगदानकतिप्रतिशत छ ?चकित नै हुने गरी कामनभएको भए तापनि केही केही अवश्य भएको छ । राजनीतिले इमानदारीसाथ भन्नुपथ्र्यो ‘जे भएको छ , तपाईंहरूको सहयोगबाट भएको छ, किन्तु पर्याप्त छैन ।’

निजामती सेवालाई पूर्णरूपमा व्यावसायिक, दक्ष, तटस्थ र सच्चा राष्ट्रसेवक बनाउने हो भने नोकरी सुरक्षित भएर मात्र पुग्दैन । व्यावसायिक सुरक्षा, पर्याप्त सुविधा, समुचित वृत्तिविकासको अवसर, सामयिक प्रशिक्षण, अनुमानयोग्य सरुवा र पूर्णरुपेण अराजनीतिक चरित्रको निजामती सेवा आजको आवश्यकता हो । निजामती सेवा राजनीतिको प्रतिस्पर्धी होइन । बुझ्नेले कुरा बुझिदिने हो भने यो सेवा जनताको इमानदार सेवक र राजनीतिको परिपूरक हो । छरिएर रहेको प्रतिभालाई निजामती सेवामा भिœयाउन सकियो भने त्यसको माध्यमबाट राष्ट्रिय एकतामा समेत ठूलो टेवा मिल्नेछ । यसबाट पर्ने सकारात्मक मनोवैज्ञानिक प्रभाव अनमोल हुनेछ ।

(Visited 906 times, 1 visits today)
Loading comments...

आजको समाचार

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

साताका लोकप्रिय समाचार

एमालेका उम्मेदवार रामबहादुर थापा बन्ने

काठमाडौँ । राष्ट्रिय सभा उपनिर्वाचनको लागि एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बन्ने भएका छन् । उनी उम्मेदवारी दिनका लागि शुक्रबार मकवानपुरबाट हिँडिसकेको जनाइएको...

रुपन्देही, बाँके र पाल्पामा १२ सङ्क्रमितको मृत्यु

रुपन्देही । रुपन्देही, बाँके र पाल्पामा गरी पछिल्लो २४ घण्टामा १२ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी छ कोरोना...

‘रेम्डेसिभिर किन्दा चर्को मूल्य लिए सम्पर्क गर्नू’

राजधानी समाचार प्रभाव काठमाडौं । रेम्डेसिभिर औषधी खरिद क्रममा कसैले खुद्रा मूल्यभन्दा बढीमा बिक्रिवितरण गरे सरकारले गुनासो गर्नसक्ने व्यवस्था मिलाएको छ । औषधी व्यवस्था विभागले...

म्यानयू र भियारियाल फाइनलमा

लन्डन । रोमालाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई पराजित गर्दै फाइनलमा पुगेको...

मोडलिङमा जम्दै फरिता खड्का

काठमाडौं । उद्यपुरबाट नायिका बन्न सात वर्षअघि काठमाडौं छिरेकी फरिता खड्का म्युजिक भिडियोमा मोडलिङ गर्छिन् । तर, फिल्ममा नायिका बन्ने उनको सपना अझै पूरा...

ट्रेन्डिङ

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस सं‌क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको पर्रोहा नगरपालिका- ७ का ३६ वर्षीय पुरुष रहेको...

नदाल एटिपी फाइनल्सको सेमिफाइनलमा

लन्डन । स्पेनिस टेनिस खेलाडी रफाइनल नदाल वर्षको अन्तिम प्रतियोगिता एटिपी फाइनल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा ग्रिसका स्टेफानोस सित्सिपासलाई २–१...

आलिताल गाउँपालिकाद्वारा सिमाबाट उद्धार गरिएका व्यक्तिबाट गाडी भाडा लिन परिपत्र

डडेल्धुरा । डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकाले सिमाबाट उद्धार गरिएका आफ्नै नागकिहरुबाट गाडी भाडा व्यवस्थापन गर्न सवै वडाहरुलाई पत्राचार गरेको छ । सिमाबाट उद्धार गरी...

मलेसियासँग नेपालको हार

काठमाडौं । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । थाइल्यान्डमा शनिबार भएको पहिलो खेलमा नेपाल मलेसियासँग...

कोरोना परीक्षणका नाममा भइरहेको मनपरी रोक

कोरोना परीक्षणका नाममा भइरहेको मनपरी नरोकिएपछि जनता ठूलो कहरमा परेका छन् । भाइरस परीक्षणका नाममा निजी अस्पतालले यसभन्दा पहिले गर्दै आएको ठगी धन्दालाई निरन्तरता...

नेपालका लागि पूर्वबेलायती राजदूत बेपत्ता

लन्डन । नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिस बुधबारदेखि बेपत्ता भएका छन् । लण्डनको प्रहरीले उनी हराएकाले खोजीका लागि सर्वसाधारणमा अपिल गरेको छ ।...

भारतबाट आउनेले आफ्नो भाडा आफैं तिर्नुपर्ने ! संकलित राहत रकम केका लागि ?

गुल्मी । भारतबाट गाउँ आउने नेपालीले गाडी भाडाको रकम आफैं तिर्नुपर्ने जिल्लाका स्थानीय तहको निर्णयप्रति सरोकारवालाहरुले विरोध जनाएका छन् । जिल्लास्थित नागरिक समाज, विभिन्न...

फेरि एक महिलासहित चार जनामा कोरोना संक्रमण पुष्टि

उदयपुर । उदयपुरमा थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित सबै त्रियुगा नगरपालिका– ३ भुल्केस्थित मस्जिदमा रहेको १३ जना...

भेरी अस्पतालका कम्प्युटर अपरेटर खनाल अख्तियारको फन्दामा

नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसंधान आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगन्जको टोलीले भेरी अस्पतालका कम्प्युटर अपरेटर अरुणराज खनाललाई स्रोत नखुलेको नगद १६ लाख १३...

भीडभाड घटाउन रंगशालामा व्यवस्थित हाटबजार संचालन

सप्तरी, राजविराज । कोरोना भाईरसको जोखिमलाई ध्यानमा राख्दै राजविराज नगरपालिकाले शनिबार देखि राजरंगशालामा व्यवस्थित हाटबजार संचालनमा ल्याएको छ । यसअघि नगरको वडा ७ मा...

टाइगर र डेविडबीच उपाधि भिडन्त

पोखरा । नुवाकोटे टाइगर र डेविडबीच दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि भिडन्त पक्का भएको छ । शुक्रबार पोखरा रगंशालाको बहुउद्देशीय कभर्ड हलमा भएको...

नेपाली मजदुर निकालिए

बारा । कोरोना महामारीमा नेपाली मजदुरलाई उद्योगमा काम गर्नबाट बञ्चित गराई भारतिय मजदुरबाट उद्योग सञ्चालन गरेको मजदुरहरुले आरोप लगाएका छन् । बारा स्थित जितपुरसिमरा उपमहानगरपालिका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)