Saturday, May 15, 2021
Home Editor-Picks संक्रमणको प्रभाव शैक्षिक संस्थामा

संक्रमणको प्रभाव शैक्षिक संस्थामा

प्रशान्त वली,

काठमाडौं । यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ ।

संक्रमणदर दिनप्रतिदिन बढ्दै गएपछि शैक्षिक संस्था मारमा परेका छन् । भर्खरै गति लिन थालेका शैक्षिक संस्था पुनः संक्रमण बढेपछि प्रभावित हुने देखिएको हो । केही विद्यालयको अहिले पनि परीक्षा सञ्चालन भइरहेको छ भने केही विद्यालयमा पाठ्यक्रम सक्नेगरी भौतिक उपस्थितिसहित पठनपाठन भइरहेको छ ।

तर, संक्रमण बढ्दै गएपछि शैक्षिक सत्र र परीक्षालगायत शैक्षिक क्रियाकलाप नै अनिर्णित हुने देखिएको हो । स्वास्थ्य मन्त्रालयले जोखिम क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालनको प्रस्ताव अघि बढाएको छ । यसले पनि शैक्षिक संस्थामा थप अन्योलता बढाएको हो ।

निजी विद्यालयको छाता संगठन प्याब्सनले पर्याप्त सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने जनाएको छ । प्याब्सनका अध्यक्ष टीकाराम पुरीले स्वास्थ्य सतर्कता अपनाउँदै विद्यालय नियमित रूपमा सञ्चालन हुन दिनुपर्ने आवश्यकता आंैल्याए ।

– नयाँ शैक्षिक सत्र अन्योलमै
– विद्यार्थी मर्कामा

देशभरि कोरोना संक्रमणको वृद्धिदर एकनासको नभएको भन्दै संक्रमण दर बढी भएको स्थानमा सम्बन्धित विद्यालय अथवा पालिकामा मात्र केही निश्चित समयका लागि मात्र प्रतिबन्धात्मक व्यवस्था गर्ने विकल्प खोज्नुपर्ने प्याब्सनको भनाइ छ । प्याब्सनका अध्यक्ष पुरीले विद्यार्थी, शिक्षक र कर्मचारीलाई खोपको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य मापदण्ड पूर्णतः पालना गर्नुपर्ने भन्दै विद्यालय बन्द गर्न उपयुक्त नहुने बताए ।

प्याब्सनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आवश्यकताअनुसार शिक्षालयमा तातोपानी, स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेसन कक्ष, भौतिक दूरीको व्यवस्थापनजस्ता कार्य सरकारका सम्बन्धित निकायको सहयोग र समन्वयमा गर्दै जानु उपयुक्त हुन्छ । शिक्षालयमा कार्यरत शिक्षक, कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोपको प्रबन्ध तुरुन्तै गर्न नेपाल सरकारसँग हाम्रो अनुरोध छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकमा अवस्था हेरेर जोखिम स्थानमा विद्यालय बन्द गर्न सकिने प्रस्ताव लगेको थियो । सो प्रस्तावलाई सीसीएमसीले अगाडि बढाइसकेको छैन । शिक्षा मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरेर सो प्रस्तावअघि बढाउने तयारी छ । कोरोना संक्रमण बढेपछि शिक्षा मन्त्रालयले सरोकारवाला निकायलाई सोमबार (आज) छलफल गर्न बोलाएको छ ।

प्याब्सन भन्छ: स्वास्थ्य सतर्कता अपनाउँदै विद्यालय सञ्चालन गराउनुपर्छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार शैक्षिक संस्थालाई तीन साता अनलाइन कक्षा सञ्चालन गर्न सुझाव दिएपछि आज शैक्षिक सरोकारवाला निकायलाई छलफल गर्न बोलाएको हो । कोरोना संक्रमण बढेपछि शैक्षिक संस्था कसरी सञ्चालन गर्ने भन्ने विषयमा सुझाव लिइने शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालले बताए ।

यस्तै, देशभर आइतबार ३ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ८० हजार २८ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ६१ जना रहेको छ ।

आइतबार ३ हजार १ सय २५ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म २३ लाख १२ हजार ९ सय १ जनाको पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ४० पुगेको छ । हाल ८३ जना क्वारेन्टाइनमा छन् । आइतबार १ सय ४१ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार २७ जना पुगेको छ ।

(Visited 163 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपालमा राधे रिलिजको सर्वत्र विरोध

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म राधे बिहीबारबाट विश्वसँगै नेपालमा पनि नेट टिभी डिजिटल प्लेटफर्ममार्फत रिलिज भयो । यो भारतीय फिल्म राधेको नेपालमा...

दोलखामा अक्सिजन प्लान्ट बनाउने निर्णय

दोलखा । सामाजिक सञ्जालमा दोलखाका जनप्रतिनिधिहरुको चौतर्फी आलोचना भएपछि जिल्लामै अक्सिजन ग्याँस प्लान्ट स्थापना गर्ने निर्णय भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रले जनप्रतिनिधि मात्र...

धरानको १ सय ५८ बिघा सरकारको नाममा फिर्ता

काठमाडौं । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा...

८ हजार १६७ जना संक्रमित थप, १ सय ८७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य...

कविता : आमा तिमी संसार हौ

आमा तिमी संवेदना भगवान अनि बास्ना हौ माया, ममताको खानी हौ सुख्खा जमिननजिकको झरना हौ आमा तिमी रुँदै गरेको बालकको मातृत्व हौ । त्याग, तपस्या अनि सेवा हौ आँखाको नानी, कोइलीको...

साताका लोकप्रिय समाचार

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

औषधिको नाममा बिष व्यापार

मानपुर दाङकी रविना क्षेत्रीले २ कट्ठा जग्गामा साउन २०७७ मा गोलभेंडा खेती गरिन् । गोलभेंडाका बिरुवामा एक्कासी किरा लागेपछि रबिनाले घोराहीको अनुप एग्रोभेटबाट ‘साइफर...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

धनकुटामा एकैदिन थपिए ४४ संक्रमित, ८ महिने नावालिकामा पनि कोरोना

धनकुटा । धनकुटामा शुक्रबार एकैदिन ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा एकैदिन थपिएका मध्ये यो नै हालसम्मको धेरै संख्या हो । जिल्ला...

ट्रेन्डिङ

लोकतन्त्रको पर्याय गुटतन्त्र होइन !

२०६२-६३ को जनआन्दोलनपछि प्रजातन्त्रलाई लोकतन्त्र नामकरण गरियो । जनतालाई महŒव दिने काम भयो । जनता जनार्दन भनिए । किसानको छोरो देशको सर्वोच्च पदमा पुुग्यो...

म्यानमारमा आन्दोलन चर्किँदै, दुई प्रदर्शनकारीको मृत्यु

मन्डलाया । म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा शनिबार सुरक्षाकर्र्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । म्यानमारको संकट व्यवस्थापन अधिकारीले एएफपीसँगको कुराकानीमा...

राजदुतको गीतमा दीपाश्री र सरिताको अभिनय (भिडियोसहित)

काठमाडौं । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको ‘कोरोनाको महामारी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुवेदीकी श्रीमती पुनम राज्यलक्ष्मी सुवेदीको प्रस्तुति...

नेपालस्थित अमेरिकी दूतावासद्वारा सम्पूर्ण भिसा प्रक्रिया रद्द

काठमाडौं । नेपालका लागि अमेरिकी दूतावास काठमाडौंले सम्पूर्ण भिसा दिने प्रक्रिया रोकेको छ । कोरोना भाइरसको प्रकोपका कारणले भिसा प्रकृया रोकेको दूतावासले जनाएको छ...

कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार १७४...

प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ४९६ पुग्यो

जनकपुरधाम । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्ररुपमा बढ्दै ४९६ पुगेको छ । पछिल्लो चौबीस घण्टामा ९६ जना नयाँ सङ्क्रमित थपिएपछि सो...

कोरोना संक्रमण नरोकिएपछि रौतहटमा पुनः निषेधाज्ञा

राैतहट ।  कोरोना संक्रमण नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार...

मिस युनिवर्समा भाग लिन अंशिका शर्मा अमेरिका प्रस्थान

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको लागि अंशिका अमेरिका प्रस्थान...

चौरसिया हत्या प्रकरणमा राजनीतिकरण भएको पर्सा प्रहरी प्रमुख गंगा पन्तको भनाइ

काठमाडौं । मुकेश चौरसिया हत्या प्रकरणमा राजनीतिकरण भएको निष्कर्ष पर्सा प्रहरी प्रमुख गंगा पन्तले निकालेकी छन् । हत्यामा संलग्न नभएका मानिसको नाम जोडेर किटानी...

संस्कृतिको साम्राज्य हारेको छैन : मन्त्री अर्याल

ललितपुर । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संस्कृतिको साम्राज्य नहारेको बताएकी छन् । साझा प्रकाशनको ५७ औं स्थापना दिवसको सन्दर्भमा...

घरेलु हिंसामा परेकी महिला भन्छिन्, ‘मेरो खुशी नै खोसियो’

इटहरी । ‘चार बर्ष अगाडि मैले उहाँसँग प्रेम विवाह गरेँ तर प्रेम विवाह गरेको दुई वर्ष नबित्दै मेरो खुशी नै खोसियो,’ इटहरी २ देविथान...

चिकित्सा शिक्षा शुल्क बढाउने प्रयास नाजायज

देश कोरोना महामारीले थला परेर उठ्न नसकिरहेका बेला चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन प्रस्ताव गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई ठाडै अस्वीकार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)