Sunday, May 9, 2021
Home Breaking News कांग्रेसमा पुनः महाधिवेशन कार्यतालिका हेरफेर

कांग्रेसमा पुनः महाधिवेशन कार्यतालिका हेरफेर

महेश्वर गौतम,

काठमाडौं । नेपाली कांग्रेसको पूर्वनिर्धारित १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर हुने भएको छ ।

पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको ढिलाइ, नयाँ वितरित र नवीकरण सम्पन्न विवरण प्रणालीमा राख्न गरिएको ढिलाइ र अन्य पार्टीबाट आएकाको समायोजन प्रक्रिया बाँकी रहेका कारण प्रभावित बनेको कार्यतालिकालाई कांग्रेसले हेरफेर गर्ने भएको हो ।

कांग्रेसले पछिल्लोपटक २० चैतमा बसेको केन्द्रीय समिति बैठकमार्फत क्रियाशील सदस्यको विवरण देशभरिबाट अनलाइन प्रणालीमा इन्ट्री गर्ने समय चैत मसान्तसम्मका लागि तोकेको थियो । यसअघि कांग्रेसले १० चैतसम्म सो मिति तय गरेकोमा समयभित्र नसकिएपछि पुनः समय थप गरेको थियो ।

– साढे ५ लाख सदस्यको अनलाइन इन्ट्री

कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले आइतबारसम्म देशभरबाट ५ लाख ४६ हजार सदस्यको विवरण इन्ट्री भएको र समयावधि थप गर्ने कि नगर्ने भन्ने विषयमा सोमबार (आज) बस्ने केन्द्रीय समिति बैठकले निर्णय लिने जानकारी दिए । ‘हालसम्म देशभरबाट ५ लाख ४६ हजार सदस्यको विवरण इन्ट्री भएको छ, अब फेरि समयावधि थप गर्ने कि नगर्ने भन्ने विषय केन्द्रीय समितिमा छलफल हुन्छ,’ समितिका संयोजक रहेका नेता लेखकले राजधानीसँग भने ।

हालसम्म ५० जिल्लाले मात्रै क्रियाशील सदस्यको नवीकरण भएको र नयाँ वितरण गरिएको विवरण केन्द्रीय कार्यालयले बनाएको अनलाइन प्रणालीमा पठाउन सुरु गरेका छन् । यस्तै, केही जिल्लाले धेरैजसो विवरण पठाइसकेका छन् भने केहीले सुरु नै नगरेको नेताहरू बताउँछन् ।

विवरण पठाउन सुरु नै नगर्ने जिल्लामा सोलुखुम्बु, सप्तरी, सिराहा, बारा, रौतहट, सिन्धुपाल्चोक, बर्दिया, डोटी र कैलाली छन् । विवरण पठाउन भएको ढिलाइपछि सो विषयमा छलफल गर्न भन्दै आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र पूर्वपदाधिकारीसहित सदस्यता छानबिन समिति र संगठन समायोजन समितिका सदस्यको बैठक बसेको थियो । सो छलफलमा कम्तीमा १५ दिन समय थप गर्ने विषयमा अनौपचारिक छलफल भएको छ ।

बैठकमा सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेल नै अनुपस्थित भएपछि थप छलफल सोमबारको बैठकमा नै गर्ने निर्णय लिएको हो । कांग्रेसले आगामी ७–१० भदौसम्म आफ्नो १४औं महाधिवेशनका लागि कार्यतालिका तय गरिसकेको छ ।

आइतबारको बैठकमा केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यता पठाउने र अन्य पार्टीबाट आएका सदस्यको पार्टी संगठनमा समायोजन र क्रियाशील सदस्यता समायोजनबारे पनि केही समय बढाउने सहमति नेताहरूबीच भएको हो । कांग्रेसले अन्य पार्टीबाट आएकालाई समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समिति बनाएको थियो ।

(Visited 367 times, 1 visits today)
Loading comments...

आजको समाचार

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन । ‘सपनाको हो कि विपना ?’ बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

साताका लोकप्रिय समाचार

बर्दिया कोरोनाको हटस्पट बन्दै, एकै दिन २ सय जना संक्रमित थपिए

बर्दिया । पछिल्लो समय बर्दिया जिल्ला कोरोनाको हटस्पट बन्ने खतरा देखा परेको छ । बुधबार एकै दिन २ सय जनामा कोरोना संक्रमण पुष्टि भए...

संखुवासभामा एमाले माधव–केपी समूहको जुहारी

संखुवासभा । सर्वाेच्च अदालतले साविक एमाले र माओवादी केन्द्रलाई ब्यूँताएकोपछि संखुवासभामा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली समुह र वरिष्ठ नेता माधव नेपाल समुहबीच...

दक्षिण एसियामा ‘सेफजोन’मा भुटान

काठमाडौं । कोरोना संक्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने ‘सेफजोन’मा देखिएको छ । भारतले दिएको कोरोनाविरुद्धको...

सुनोदको निर्देशनमा ‘हावा सरर’

काठमाडौं । गायक कुशल आचार्यको स्वरमा ‘हावा सरर’ सार्वजनिक भएको छ । गीतको कम्पोज गायक कुशलले नै गरेका छन् । कुशल र अंकुश अधिकारीले...

धनगढी प्ले अफमा पुग्ने पहिलो टोली

काठमाडौं । धनगढी एफसी खुकुरी नेपाल सुपर लिग (एनएसएल)को प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । सब्सिच्युट दर्शन गुरुङको गोल मद्दतमा पोखरा थन्डर्सलाई...

ट्रेन्डिङ

अनलाइन फुड फेस्ट शुक्रबारदेखि

काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले विगत तीन वर्षदेखि नियमित रूपमा आयोजना गर्दै आएको अनलाइन फुड फेस्टिभल यस वर्ष पनि...

उपभोक्ताका रूपमा हामी कति सचेत ?

हामी एउटा नागरिक साथै उपभोक्ता पनि हौं । हामी एक नागरिकको रूपमा जति सचेत छौं, त्यतिकै सचेत एक उपभोक्ताको रूपमा छौं कि छैनौं ?...

सुनसरीका २६० जना सञ्चारकर्मीको कोरोना बीमा

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका २६० जना सञ्चारकर्मीको कोरोना बीमा गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार युनियन कार्यसमितिले...

सडकका खाल्डाखुल्डी पुर्दै तुलसीपुरका ट्राफिक

तुलसीपुर । ट्राफिक नियमको पालना गराउने तुलसीपुर ट्राफिक प्रहरी जीर्ण सडक मर्मतमा जुटेको छ । अन्य समयमा सडकमा बसेर ट्राफिक नियम पालना गरे या...

मोरङमा ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

मोरङ । मोरङको कटहरीमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शनिबार बिहान को २ त १३७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा जहदा गाउँपालिका ५...

स्थानीय सरकारलाई साधनस्रोत सम्पन्न बनाऊ

कोरोना महामारी नियन्त्रणका लागि अपनाइएका सचेतनात्मक, संयन्त्रगत, प्रशासनिक तथा विधिगत उपायका बाबजुद महामारी आम र सामूहिक संक्रमणको अवस्थामा पुगिसकेपछि अब यसलाई औषधोपचारमार्फत नियन्त्रण गर्नुको...

निर्माण व्यवसायी महासंघको २२औं साधारण सभा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले आवश्यक परेको खण्डमा कानुन परिमार्जन गरेर भए पनि निर्माण व्यवसायलाई समृद्ध बनाउन सरकार प्रतिबद्ध रहेको बताएका...

स्याङ्जामा विभिन्न घटनामा ३ जनाको मृत्यु, एक घाइते

स्याङ्जा । स्याङ्जामा विभिन्न घटनामा परेर ३ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । अविरल बर्षाका कारण बाढी र पहिरोमा...

सांसदलाई काेराेना टेष्ट गरेरमात्रै संसद भवनमा प्रवेश

काठमाडौं । भाेलिबाट शुरु हुने बजेट अधिवेशनमा सहभागीहुने सांसदहरूकाे काेराेना टेष्ट शुरु भएकाे हाे । काेराेना प्रभावित क्षेत्रकाे भ्रमण गरेका सांसदहरुकाे काेराेना टेष्ट गरिएकाे...

हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइँदै

सप्तरी । तराई–मधेशका इलाका जोडने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग...

ह्यात रिजेन्सी होटलले आफ्नो सम्पत्ति मूल्यांकन गर्न नयाँ कम्पनी छान्यो

काठमाडाै‌ं । तारागाउँ विकास समितिअन्तर्गत सञ्चालित काठमाडांैको बौद्धस्थित तारागाउँ रिजेन्सी होटल लिमिटेड (ह्यात रिजेन्सी) होटलले आफ्नो सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) गर्न नयाँ कम्पनी...

बुबालाई एकतलामाथीबाट खसालेर मार्ने छोरा पक्राउ

दाङ । दाङको बंगलाचुली गाउँपालिका २ पाखापानी बस्ने ४५ वर्षीय बालाराम बिकको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै छोरा २२ वर्षीय वीर बहादुर बिकलाई...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)