काठमाडौं । गायक उदेश श्रेष्ठले अग्रज गायक प्रेमध्वज प्रधानका गीतहरू गाएर दर्शकको मन जितेका छन् । उनले नयाँ गीत ‘मलाई तिमी मन प¥यो’ काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरेका छन् । सोही कार्यक्रममा उनले प्रेमध्वजको सम्मानमा प्रधानका गीतहरू गाएका हुन् ।
कार्यक्रममा वरिष्ठ गायक प्रेमध्वज प्रधानले उदेशको गीत राम्रो भएको बताए । गायक प्रधानले उदेशलाई संगीतमा निरन्तरता दिन आग्रह गदै भने, ‘उदेशले आफंैले गाउनुका साथै संगीत गर्न सक्छन् र लेख्ने क्षमता पनि रहेछ । अब उनले संगीतमा आफूलाई निरन्तर लगाउनुपर्छ । उनलाई स्रोताले रुचाइसकेका छन् , त्यसैले निरन्तर गीतसंगीतमार्फत साक्षात्कार गर्नुपर्छ ।’
कार्यक्रममा उदेशले गायक प्रेमध्वजको सफल गीतहरू गाए । उनले लाइभ ब्यान्डसँग तारा मात्र होइन तिमीलाई , घुम्तीमा न आउ है जस्ता गीत गाएका थिए । उनले प्रेमध्वजकै अगाडि गीत गाउन पाउँदा आफूलाई भाग्यमानी रहेको बताए । यता गीत सुनिसकेपछि प्रेमध्वजले पनि मुक्तकण्ठले प्रशंसा गरे ।
सार्वजनिक गीतमा उदेशकै स्वर र संगीत रहेको छ । जसमा शब्द अर्जुन पासवानले लेखेका हुन् । गीतको भिडियोमा उदेश आफैंले अभिनय गरेका छन् ।
यो जुनीमा तिम्रो हुन् सकिन , किन मायामा यति धेरै चोट हुन्छ , तिम्रो लागि आज म धेरैलगायतका गीतसंगीतमार्फत दर्शकको मनमा आफ्नो स्थान बनाएका उदेशले यसै गीतमार्फत मोडलिङ सुरु गरेका हुन् । गीतमा उनलाई ,मांगसा लिम्बु , सञ्जल भण्डारी र प्रिया लिम्बुले साथ दिएकी छन् । गीतमा छेवाङ लामाको निर्देशन रहेको छ ।






