Sunday, May 9, 2021
Home Breaking News सुवेदीलाई सर्वोच्चको न्यायाधीश बन्ने बाटो खुल्यो

सुवेदीलाई सर्वोच्चको न्यायाधीश बन्ने बाटो खुल्यो

निराजन पौडेल,

काठमाडौं । सर्वोच्च अदालत स्थायी न्यायाधीश सिफारिस उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीश तेजकुमार केसीको एकल इजलासले सुवेदीमाथि प्रश्न उठाउँदै दायर रिट खारेज गरिदिएको हो ।

न्यायपरिषद्ले गत २८ फागुनमा उच्च अदालतका दुई मुख्य न्यायाधीश नहकुल सुवेदी र कुमार चुडाललाई सर्वोच्चको स्थायी न्यायाधीशमा सिफारिस गरेको थियो । उनीहरूको संसदीय सुनुवाइ आगामी ३ वैशाखका लागि तोकिएको छ । मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले संसदीय सुनुवाइ समितिले आगामी ३ वैशाखका लागि सुनुवाइ तोकेको हो । सुवेदी विषयमा संसदीय सुनुवाइमा समेत योग्यता प्रश्न उठाउँदै उजुरी परे पनि अब सर्वोच्चले मुद्दा खारेज गरेसँगै संसदीय सुनुवाइलाई उनको विषयमा निर्णय लिन सहज भएको छ ।

सर्वोच्च अदालतको न्यायाधीश हुन सुवेदीको योग्यता नपुग्ने भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । समितिमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले उजुरी दिएका थिए । समितिमा सुवेदीको पाँच वर्ष मुख्य न्यायाधीश हुनुपर्ने योग्यता नपुगेको र चुडालले नक्कली भ्याट बिललगायत मुद्दामा त्रुटिपूर्ण फैसला गरेको उजुरीमा दाबी गरिएको थियो । न्यायाधीश सुवेदीको योग्यता विषयमा प्रश्न उठाउँदै अधिवक्ता दिनेश श्रेष्ठले न्यायाधीश हुन उनीसँग संविधानको धारा १२९ (५)ले तोकेका चारमध्ये कुनै पनि योग्यता नभएकोसहित सर्वोच्चमा रिट र सुनुवाइ समितिमा उजुरी हालेका थिए ।

के छ कानुनी व्यवस्था ?

नेपालको संविधानको धारा १२९ मा प्रधानन्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि आवश्यक योग्यताबारे स्पष्ट किटान गरेको छ । ‘कानुनमा स्नातक उपाधि प्राप्त गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पदमा कम्तीमा पाँच वर्ष काम गरेको वा कानुनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तीमा १५ वर्ष निरन्तर वकालत गरेको वा कम्तीमा १५ वर्षसम्म न्याय वा कानुन क्षेत्रमा निरन्तर काम गरी विशिष्ट कानुनविद्का रूपमा ख्यातिप्राप्त गरेको वा न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा कम्तीमा १२ वर्ष काम गरेको नेपाली नागरिक सर्वोच्च अदालतको न्यायाधीशको पदमा नियुक्तिका लागि योग्य मानिनेछ,’ धारा १२९ को उपधारा ५ मा भनिएको छ ।

सर्वोच्चको न्यायाधीशमा सिफारिस सुवेदीले न्याय सेवाको अधिकृत तहमा करिब १२ वर्ष र राजपत्रांकित प्रथम श्रेणी र त्योभन्दा माथिल्लो पदमा १० वर्ष काम गरे । अर्थात् कानुनमा स्नातक उनले २२ वर्ष न्यायसेवामा काम गरिसकेका छन् । यसबाहेक उच्च अदालतको मुख्य न्यायाधीश भई ३ वर्ष ३ महिना काम गरिसकेको न्यायपरिषद्सँग रेकर्ड छ । यसकारण उनको योग्यतामाथि प्रश्न उठाउने ठाउँ देखिँदैन ।

तर, अधिवक्ता सुरेन्द्र भण्डारीले न्यायाधीश सुवेदीलाई ‘अयोग्य’ भनेर दायर रिटमा भने राजपत्रांकित प्रथम श्रेणी र सोभन्दा माथिल्लो पदमा ९ वर्ष १० महिनामात्रै काम गरेको उल्लेख गरेका छन् । भण्डारीले सुवेदीलाई ‘अयोग्य’ भन्नुको अर्को अर्थ उनले उच्च अदालतको मुख्य न्यायाधीश भएर पाँच वर्ष पूरा नगरेको भन्ने आधार पनि लिएका छन् । तर, न्यायपरिषद्ले भने संवैधानिक व्यवस्था र पुरानो नजिरसमेत आधार बनाएर सुवेदीलाई नियुक्ति गरेको स्रोतले बतायो ।

(Visited 101 times, 1 visits today)
Loading comments...

आजको समाचार

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

साताका लोकप्रिय समाचार

एमालेका उम्मेदवार रामबहादुर थापा बन्ने

काठमाडौँ । राष्ट्रिय सभा उपनिर्वाचनको लागि एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बन्ने भएका छन् । उनी उम्मेदवारी दिनका लागि शुक्रबार मकवानपुरबाट हिँडिसकेको जनाइएको...

सेती प्रादेशिक अस्पतालमा थप छको कोरोनाबाट मृत्यु

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ७७...

कुशल आईसीसीको मनोनयनमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल आईसीसीको ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा परेका छन् । आईसीसीले अप्रिल महिनामा उत्कृष्ट प्रदर्शन गर्ने...

गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त

 काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । उनले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी...

निफमा अनुराग कश्यपले अनुभव शेयर गर्ने

काठमाडौं । नेपाल अन्तराष्ट्र्रिय चलचित्र महोत्सब,निफको चौथो संस्करणमा प्रसिद्ध भारतिय निर्देशक अनुराग कश्यपले नेपाली फिल्मकर्मी र दर्सकहरुको लागि आफ्नो अनुभब शेयर गर्ने भएका छन्...

ट्रेन्डिङ

दर्जन अवसर गुमाएपछि नेपाल किर्गिस्तानसँग रोकियो

काठमाडौं । घरेलु टोली नेपाल थ्री नेसन्स कपको आफ्नो पहिलो खेलमा १० खेलाडीमा समेटिएको किर्गिस्तानको यू–२३ टोलीसँग गोलरहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ...

कोरोना संक्रमणबाट काठमाडौँमा एक सैनिकको मृत्यु

काठमाडौँ । नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ । काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९...

धान आयतमा साढे तीन अर्ब बाहिरियो

वीरगन्ज । सात महिनामा वीरगन्ज नाकाबाट धान आयात गर्दा ३ अर्ब ४८ करोड ८९ लाख रकम बाहिरिएको छ । तर, कृषि प्रधान देश नेपालमा...

संखुवासभामा एक सात निषेधाज्ञा

संखुवासभा । संखुवासभा जिल्लामा एक साता निषेधाज्ञा जारी गरिएको छ । शुक्रबार बसेको जिल्लास्तरीय कोभिड १९ जोखिम व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले एक साता...

देशवासीका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदी

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ देशवासीका नाममा सम्बोधन गर्दैछन् । कोरोना भाइरसको संक्रमणबारे हुने उनको सम्बोधन नेपाली समय अनुसार साँझ साढे...

अपरिहार्य स्वअनुशासन

लामो राजनीतिक अस्थिरतापछि शक्तिशाली सरकार गठन हुँदा निकै आशावादी भएका नेपाली जनता देशले अब नयाँ दिशा लिने अपेक्षामा थिए । धेरै कुरामा सुधार आउने...

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

फुटबल खेलाडी जर्ज सहसेनानीमा बढुवा

काठमाडौं । राष्ट्रिय फुटबल खेलाडी जर्ज प्रिन्स कार्की नेपाली सेनाको सहसेनानी (क्याप्टेन) मा बढुवा भएपछि सोमबार उनलाई नम्बर २ राजदल गण सुर्खेतका गणपति राजेशप्रसाद...

लागू औषधको युद्ध

लागू औषधको युद्ध निरन्तर क्रियाशील क्रुर र भयावह विपत्तिको सामना गर्नु हो । लागूऔषध निर्मूल नभएसम्म युवावर्गको भविष्य अन्धकार हुने भएकोले युद्धको सूची र...

शाहरूख खान फिल्ममा फर्कंदै

मुम्बई । बलिउड अभिनेता शाहरूख खान डेढ वर्षपछि फिल्ममा फर्कने भएका छन् । गत वर्ष आफ्नो फिल्म ‘जिरो’ व्यावसायिक रूपमा पूर्ण असफल भएपछि उनले...

तीन दिन मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । प्रिमनसुनको प्रभावले आगामी तीन दिन काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ । प्रिमनसुन सक्रिय भएकाले देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको...

सुजाताकाे प्रश्न : देउवा किन ओलीको पछि लाग्नु भाे ?

काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संसद पुनःस्थापना विना चुनाव गर्न खोजे रक्तपात हुने बताएकी छिन् । रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)