Sunday, May 16, 2021
Home प्रदेश प्रदेश ३ १२ जनामा परीक्षण एकमा संक्रमण

१२ जनामा परीक्षण एकमा संक्रमण

प्रशान्त वली,

काठमाडौं । केही दिनयता नेपालमा कोरोना संक्रमण दर अत्यधिक बढेको पाइएको छ । भारतमा संक्रमण दर बढेसँगै यहाँ पनि प्रभाव परेको हो । हाल, भारतमा दैनिक एक लाखभचन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक १२ जनाको परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो एक साता आधार मान्दा २८ हजार १ सय ८२ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४ सय १८ मा संक्रमण देखिएको छ । गत मंगलबार ४ हजार २ सय ४३ जनामा परीक्षण गर्दा २ सय ६० जनामा संक्रमण देखिएको थियो । गत बुधबार ४ हजार १ सय जनामा परीक्षण गर्दा ३ सय ३९, बिहीबार ४ हजार ६ जनामा परीक्षण गर्दा ३ सय ३२, शुक्रबार ४ हजार ७१ जनामा परीक्षण गर्दा २ सय ८८ जनामा कोरोना देखिएको छ ।

मन्त्रालयका अनुसार गत शनिबार ३ हजार ५ सय ३२ जनाको कोरोना परीक्षण गर्दा ३ सय ३७, आइतबार ३ हजार १ सय २५ जनाको परीक्षण गर्दा ३ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित संख्या सोमबार पाँच सय नाघेको छ । सोमबारै ५ हजार १ सय ५ जनाको परीक्षण गर्दा ५ सय ५९ मा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रामलयका अनुसार गत २४ घण्टामा १३ संक्रमितको मृत्यु भएको विवरण प्राप्त भएको छ । पछिल्लो २४ घण्टामा भने ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतक संख्या ३ हजार ५३ पुगेको छ ।

यसअघि, आइतबार एक संक्रमितको मृत्यु भएको थियो । देशभर हालसम्म संक्रमित संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ । हाल, देशभर ८५ जना क्वारेन्टाइनमा छन् । कुल संक्रमितमध्ये सोमबारमात्रै २ सय ११ मात्र काठमाडौं उपत्यकामा भेटिएका छन् । काठमाडौंमा १ सय ५९, ललितपुरमा ४४ र भक्तपुरमा ८ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । केही दिनयता संक्रमित संख्या बढेसँगै आईसीयूमा समेत चाप बढेको छ । संक्रमितमध्ये आईसीयूमा ४६ र १३ भेन्टिलेटरमा उपचारत छन् । मुख्यतः सीमाकामा परीक्षण दर बाक्लो छ ।

गत ६ देखि २९ चैतसम्म आधार मान्दा गड्डाचौकी हेल्थडेस्कमा ४३, जमुनाह हेल्थ डेस्क नेपालगन्जमा २१, कृष्णनगर हेल्थडेस्कमा ४ सय २३, इनरुवा हेल्थडेस्क पर्सामा दुई जनामा संक्रमण देखिएको छ । यसैबीच, सोमबारदेखि चिनियाँ कम्पनीको कोभिड खोप भेरोसेल चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएकालाई पनि लगाइँदै छ । स्वास्थ्य मन्त्रालयले ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधरणलाई खोप लगाउने तयारी थालेको छ । स्वास्थ्यकर्मी फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएकालाई खोप लगाइने छ ।

त्यस्तै, ४० देखि ५९ वर्षका सर्वसाधरणले खोप केन्द्रमा गएर कोभिडविरुद्धको खोप लगाउन सक्नेछन् । २९ चैतसम्म ३१ हजार जनाले भेरोसेल खोप लगाएका छन् । यसैगरी, कोभिड–१९ दोस्रो लहरले प्रभावित तुल्याए पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको सरोकारवालासँगको छलफलमा उनीहरूले बन्द ‘अन्तिम उपाय’ नभएको बताएका छन् ।

नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा अधिकार स्थानीय तहलाई प्रदान गरेको सन्दर्भमा विद्यालय बन्द वा सञ्चालन गर्ने भन्ने निर्णय अधिकार स्थानीय तहलाई नै रहने भएकाले केन्द्रबाट निर्णय लिइरहनु उपयुक्त नहुने तर्क उनीहरूको छ । छलफलमा नेपाल नगरपालिका महासंघ अध्यक्ष अशोक ब्याञ्जुले संविधानले एकल अधिकारका रूपमा माध्यमिक तहसम्मको शिक्षा अधिकार प्रत्यायोजन गरेको उल्लेख गर्दै ‘अब विद्यालय बन्द र खोल्ने अधिकार स्थानीय तहलाई सुम्पनुपर्ने’ माग गरे ।

नेपाल अभिभावक महासंघ अध्यक्ष सुप्रभात भण्डारीले गृह, शिक्षा र स्वास्थ्य मन्त्रालयबीच तालमेल नभएका कारण विद्यालय खोल्ने र बन्द गर्ने विषयका कुनै निर्णय कार्यान्वयन हुन नसकेको तर्क गर्दै मन्त्रालयले गरेको निर्णय कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) टीकाराम पुरी र राष्ट्रिय प्याब्सनका महासचिव सुवास न्यौपानेले कोरोनाका नाममा ‘नेपालमा आतंक सिर्जना गर्न खोजेको’ भन्दै १० महिना विद्यालय बन्द गर्दा निजी विद्यालय सञ्चालकलाई ठुलो पिडा भएको उल्लेख गरे ।

उनीहरूले भौतिक रूपमा स्कुल बन्द गर्ने समय नआएको, भीड घटाउने उपाय अबलम्बन गर्नुपर्ने, दिन बिराएर वा एकैदिन दुई सिङ्खट कक्षा सञ्चालन गरेर आलोपालो पठनपाठन सञ्चालन गर्नुपर्नेलगायतका विधि अपनाउन सुझाव दिए । शिक्षा सचिव रामप्रसाद थपलियाले अवस्था हेरेर मन्त्रालयले निर्णय गर्ने जानकारी दिएका छन् ।

(Visited 114 times, 1 visits today)
Loading comments...

आजको समाचार

सिर्जना : लकडाउनमा उकुसमुकुस

यो हप्ता कहाँ जाने ? कसरी जाने ? कुन रुट बनाउने ? ‘कहाँ, कसरी र कुन ?’ प्रश्नले नचिथोरेको पनि हप्तौं भएछ । खुला आकाश...

‘पहिले मुद्दा फिर्ता त्यसपछि सरकारमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै...

९ महिना देखि थन्किएको भेन्टिलेटर सञ्चालन

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर सञ्चलान गरिने भएको छ । जनशक्ति अभाबमा ९ महिना अघि जडान गरे...

धनगढीको नेपाली सेनाको अस्पतालमा काेराेना संक्रमितको उपचार गरिने

धनगढी । धनगढीस्थित नेपाली सेनाको फिल्ड अस्पतालमा पनि कोरोना संक्रमितको उपचार गरिने भएको छ । सो अस्पताल नेपाली सेनाका परिवारजनलाई मात्रै सेवा दिने गरी...

कविता : आमा तिमी संसार हौ

आमा तिमी संवेदना भगवान अनि बास्ना हौ माया, ममताको खानी हौ सुख्खा जमिननजिकको झरना हौ आमा तिमी रुँदै गरेको बालकको मातृत्व हौ । त्याग, तपस्या अनि सेवा हौ आँखाको नानी, कोइलीको...

साताका लोकप्रिय समाचार

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय...

९ सय ९९ रुपैयाँमै पल्स अक्सिमिटर

काठमाडौं । ई–कमर्स प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामान सस्तो मूल्यमा उपलब्ध गराउने लक्ष्यकासाथ इसेवासँगको सहकार्यमा जम्मा ९ सय ९९ रुपैयाँमै पल्स अक्सिमिटर...

टी–२० विश्वकपमा २० टोली

दुबई । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हाल १६ टोलीबीच हँुदै आएको टी–२० विश्वकपमा २० टोलीलाई खेलाउने प्रस्ताव अघि सारेको छ । यसै वर्ष भारतमा...

ढुंगाले लागेर अरुण तेस्रोको सुरुङ भित्र एक मजदुरको मृत्यु

संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङ भित्र एक जनाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत्...

१ सय १९ सिलिन्डर एयर लिफ्टबाट ल्याइयो

काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ ।गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट...

ट्रेन्डिङ

टालटुले प्रवृत्तिले गरिने कामले मुलुक समृद्ध हुँदैन : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा ध्यान केन्द्रित गर्न मातहतका निकायलाई निर्देशन दिएका...

लमजुङमा साँढे ११ लाखसहित १४ जना जुवाडे पक्राउ

लमजुङ । लमजुङमा जुवाको खालबाट साढे एघार लाख रुपैयाँ नगद सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लमजुङको मध्यनेपाल नगरपालिका– १ सरेदीमा रहेको...

मिलान र टोटेनहमलाई सफलता

डब्लिन । भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिच र हकान कलहानोग्लुले गोल गरेपछि इटालियन क्लब एसी मिलानले यूईएफए युरोपा लिगको छनोटमा आयरल्यान्डको सामरक रोभर्समाथि उसकै मैदानमा...

जावलाखेल र शेर्पा विजयी

काठमाडौं । प्रभु जावलाखेल युथ क्लब र यति हिमालयन शेर्पा क्लब  कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जावलाखेलले एनआईबीएल फ्रेन्ड्स क्लबलाई तथा शेर्पाले च्यासल युथ क्लबलाई पराजित गर्दै सफलता हात पारेका...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

प्रदेश बजेटको जोड केमा ? कुन प्रदेशको कति बजेट ?

काठमाडौं । सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि आयव्ययसहितको बजेट सोमबार सार्वजनिक गरेका छन् । १ असारबाट अनिवार्य बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार...

ठूला भ्रष्टाचार काण्ड छानबिन गरेर दोषीलाई कानूनी कठघरामा उभ्याउनुपर्छ : थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले डेढ वर्षदेखि राप्रपा (संयुक्त) सँगको पार्टी एकताको लागि आफूहरुले हदैसम्मको लचकता प्रदर्शन...

महिलामा कोभिड – १९ संक्रमण कम किन देखियो ?

काठमाडौं । नेपालमा हालसम्म नौ महिलामा कोभीड–१९ पोजेटिभ देखिएको छ । संक्रमित पुरुषको संख्या ५१ पुगिसकेको छ । नेपालमा मात्र होइन विश्वमा नै पुरुषभन्दा...

पहिरामा परी ३ जनाको मृत्यु, पुष्पलाल लोकमार्ग अवरुद्ध

बागलुङ । निसीखोला गाउँपालिकाका विभिन्न ठाउँमा गएराति गएका पहिरामा परी तीन जनाको मृत्यु भएको छ । मृत्युहुनेमा वडा नं ५ का १४ वर्षीय वीरेन्द्र...

सरकारले कोरोना संक्रमितको किडनी बिक्री गर्छ भनेर भ्रम फिँजाउने पक्राउ

काठमाडौं । नेपालमा कोरोना नै छैन सरकारले हावा पिटेको छ भन्दै युट्युब मार्फत गलत हल्ला गर्ने सुबास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । सुब्बाले...

कोरोना संक्रमित गाउँपालिका अध्यक्षले भने- मेरो स्वास्थ्य अवस्था सामान्य छ

गुल्मी । गुल्मीमा एकजना कोरोना संक्रमित गाउँपालिका अध्यक्षले प्रेस विज्ञप्ति जारी गरेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले मंगलबार एक प्रेस विज्ञप्ति...

गोवामा अर्का एक नेपालीको मृत्यु, मृतकको पहिचान हुन सकेन

गोवा । भारतको गोवामा एक नेपाली नागरिक मृत भेटिएका छन् । मृतकको साथबाट बिमल खड्का नाम गरेको भारतीय पहिचान कार्ड फेला परेको छ । सोही...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)