Sunday, May 9, 2021
Home बिचार डढेलो नियन्त्रणलाई उच्च प्राथमिकतामा राख

डढेलो नियन्त्रणलाई उच्च प्राथमिकतामा राख

राजधानी समाचारदाता,

खडेरीका कारण देशभर आगलागी भइरहँदा काठमाडौंको उत्तरतिर रहेको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलोले अनियन्त्रित रूप लियो । यसको नियन्त्रणका लागि विविध उपाय अपनाइए । सेना परिचालनदेखि दमकल लिएर जाने काम पनि भए, तर ती कामयाबी हुन सकेनन् । अन्त्यमा सो आगो नियन्त्रणका लागि फायरफाइटरका रूपमा हेलिकोप्टर नै प्रयोग गरियो र नियन्त्रणमा ल्याइयो । यो त सुविधासम्पन्न राजधानी सहर काठमाडौंको कुरा हो । अहिलेदेशभरका विभिन्न सयांै ठाउँमा अनियन्त्रित किसिमले आगलागी भइरहेका छन् । बिगत एक दशकमा भएका आगलागीमध्ये यो वर्षको आगलागी निकै विनाशकारी मानिएको छ । आगो लाग्दा धेरै वन क्षेत्र सखाप भएको छ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले देशका अधिकांश क्षेत्रमा ठूलो क्षति पु¥याउनुका साथै वन तथा वन्यजन्तुसँगै जैविक विविधता नासिएको छ । देशव्यापी अग्नि नियन्त्रणका लागि गरिएका प्रयास प्रभावहीन हुँदै गएका छन् । आकाशमा तुवाँलो छाए पनि पानी भने पर्न सकेको छैन । हिमाली जिल्ला मनाङ र मुस्ताङ पनि यो वर्षको आगलागीबाट मुक्त हुन सकेका छैनन् ।

हिमालको तल्लो भाग, महाभारतको सिंगो क्षेत्रका साथै चुरे र तराइका झाडीमा पनि डढेलो फैलिइरहेको छ । मनाङदेखि तराईका क्षेत्रमा फैलिएको आगो नियन्त्रणमा आउन समय लाग्ने भएको छ । मानिसले सचेत प्रयत्नले यी डढेलो नियन्त्रणमा ल्याउन नसक्ने हो भने कि त आकासे पानी पर्ने बाटोे हेर्नुपर्छ कि त आगोले डढाउन सक्ने वन सबै सखाप भएर आफैं निभ्नुपर्छ । त्यति बेलासम्म नेपालको वनमा रहेका जैविक विविधता र काठपात सबै जलेर नष्ट भइसक्ने छन् । हरेक वर्ष आगलागीका घटना हुने भए पनि नेपालमा त्यसको रोकथामका लागि सचेत पहल गरिएको पाइँदैन । डढेलो नियन्त्रणका लागि अग्निरेखा निर्माण, पोखरी निर्माण र पानी संकलन, कुलो वा नहरको व्यवस्था, तत्काल डढेलोलाई डढेलोले नियन्त्रण गर्ने वा ‘आगो पर्कल्ने’ तरिका प्रयोगमा आएको देखिँदैन । यसका लागि योजनाबद्ध कार्यक्रम पनि ल्याइएको देखिँदैन । सरकारका कार्यक्रम औपचारिकतामा सीमित हुनपुगेको छ । आगो नियन्त्रण कार्यक्रममा लागि भनेर वर्षौ करोडांै रुपैयाँ खर्च हुने भए पनि सो रकम बालुवामा पानी सरह हुदै आउनु दुर्भाग्य भएको छ । एकातिर सरकारी कार्यक्रम प्रभावहीन बन्न पुगेका छन् भने अर्कातिर जनतामा पनि चासोरहेको पाइँदैन । पछिल्लोसमयमा जे काम पनि सरकारले गरिदिने र जनताले त्यो सेवासुविधाका रूपमा लिने प्रवृत्तिको विकास हुन थालेकाले पनि यस प्रकारका समस्या बढिरहेका हुन् ।

अहिले सरकारले लागिरहेको डढेलो नियन्त्रणका लागि योजनाले काम गर्दैनन् । तिनलाई त तत्काल निभाउनु परिरहेको छ । यसका लागि कार्यक्रम तथा जनता र फौजीशक्ति परिचालन मात्र उपयुक्त हुन सक्छन् । अहिले कुलो खनेर वा पोखरी निर्माणका योजनाले पनि आगो नियन्त्रणमा आउँदैन । आगामी दिनका लागि त्यो सहयोगीसिद्ध हुन सक्छ । यो बेग्लै कुरा हो । तर, अहिले त आगो नियन्त्रणमा ल्याउनु जरुरी छ । यसका लागि स्थानीय स्तरको पहल बढी प्रभावकारी हुन सक्छ । स्थानीय जनताले भौगोलिक बनावट पनि बुझेका र त्यो भूमिमा खेलेका हुनाले उनीहरूको अगुवाइ, अनुमान, तरिका, सल्लाह सुझाव तथा काम गराइ बढी उपयुक्त र प्रभावकारी हुन सक्छ । स्थानीय जनता, स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरेर समयमै डढेलो नियन्त्रण गर्नुपर्छ भने आगामी दिनमा डडेलो नियन्त्रणका लागि तय गरिएका नीति योजना र कार्यक्रमको शसक्त कार्यान्वयन गर्नुपर्छ ।

(Visited 44 times, 1 visits today)
Loading comments...

आजको समाचार

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

साताका लोकप्रिय समाचार

वैशाख २३ गतेदेखि सबै अन्तराष्ट्रिय उडान बन्द,भारतसंग हप्तामा दुई दिन उडान हुने

काठमाडौं । सरकारले वैशाख २३ गते राति १२ बजेदेखि लागू हुनेगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । आइतबार साँझ...

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

काेराेना संक्रमणबाट न्याय परिषद्का सदस्य निरालाको निधन

काठमाडाैं ।  न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ । पूर्वमहान्यायाधविक्तासमेत रहिसकेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण...

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

बालिकालाई पेट्रोल छर्केर आगो लगाउने दुईजना पक्राउ

बाजुरा । १४ वर्षीया बालिकामाथि पेट्रोल छर्केर आगो लगाउने दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १९ गते राति गाउँमा बिहे भइरहेको समयमा...

ट्रेन्डिङ

सुवेदीलाई सर्वोच्चको न्यायाधीश बन्ने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालत स्थायी न्यायाधीश सिफारिस उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीश...

चितवनमा करेन्ट लागेर दुई जनाको मृत्यु

चितवन । भरतपुर–८ मा माछा पोखरीमा करेन्ट लागेर स्थानीय दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय नवराज दराई र निरब...

असहायलाई न्यानो कपडा र मिठाई दिएर माघे संक्रान्ति मनाईयो

सप्तरी, राजविराज । माघी अर्थात माघे संक्रान्तिका अवसरमा बिहीबार यहाँ विविध कार्यक्रम गरिएको छ । कसैले घर परिवारमै त कसैले सार्वजनिक कार्यक्रम गरेर माघे...

कैलाली कारागारका २ जना कैदीमा कोरोना संक्रमण

धनगढी । कैलाली कारागारका २ जना कैदीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा २ जना कैदीमा...

चिनियाँ रक्षामन्त्री आइतबार आउने

 काठमाण्डाैं । जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा आइतबार काठमाडौँ आउने भएका छन् । भ्रमणका क्रममा उनले राष्ट्रपति एवं...

मन्त्रिपरिषद बैठक सर्यो

काठमाडौं । आज दिउँसो २ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक साँझ ५ बजे मात्रै बस्ने भएको छ । सो बैठकले लकडाउनलाई निरन्तरता दिने विषयमा...

अख्तियारको ‘स्टिङ अपरेसन’ खारेजीविरुद्ध परेको रिटमा सुनुवाइ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाउँदै आएको ‘स्टिङ अपरेसन’ अवैधानिक भएको दाबी गर्दै दायर भएको निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासले सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा...

संसदमा कोरम नपुग्दा कानुन निर्माणमा ढिलाइ

काठमाडौं । प्रतिनिधिसभा बैठकमा हाजिर गरेर भाग्ने सांसदको संख्या बढ्दा कानुन निर्माणमा ढिलाइ भएको छ । ढिलो गरी सुरु भएको विधान अधिवेशनका रूपमा रहेको...

नेतृत्व कमजोर हुँदा पार्टी कमजोर भयो : पौडेल

काठमाडौं । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘नेतृत्व कमजोर हुँदा पार्टी नै कमजोर अवस्थामा पुगेको’ बताएका छन् । जननायक बिपी कोइरालाको ३८औं स्मृति...

निर्देशिकाविपरीत स्टार र केएमसीलाई स्वाब संकलनको अख्तियारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै निर्देशिकाविपरीत निजी अस्पताललाई नमुना संकलन गरेर कोरोना परीक्षण गर्ने अख्तियार दिएको पाइएको छ । २८ असारमा बसेको बैठकले...

मानव अधिकार आयोगले उपप्रधानमन्त्रीलाई बुझायो १३ बुँदे ध्यानाकर्षण

काठमाडौ । राष्ट्रिय मानवअधिकार आयोगले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले चालेका पछिल्ला कदमहरुलाई सकारात्मक रुपमा लिएको जनाएको छ । कोभिड– १९ संकट...

भारतद्वारा अतिक्रमित कालापानी क्षेत्रलाई ५ करोड बजेट विनियोजन

धनगढी । भारतद्वारा अतिक्रमित दार्चुलाको ब्यास क्षेत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले पाँच करोड बजेट छुट्याएको छ । दार्चुलाको ब्यास गाउँपालिका अन्तरगत पर्ने सो क्षेत्रको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)