Tuesday, May 11, 2021
Home प्रदेश प्रदेश ३ कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

महेश्वर गौतम,

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा बेवास्ता हुँदै आएको छ । जसका कारण कोरोना संक्रमण दर ह्वात्तै बढ्न थालेको छ ।

हाल मुलुकका उत्तरी र दक्षिणीतर्फ गरी ३५ सीमानाका खुला छन् । तीमध्ये भारततर्फका मात्रै ३२ नाकाबाट सहज आवतजावत हुँदै आएको छ । यतिसम्म कि दैनिक रूपमा के कति संख्यामा ती विभिन्न नाकाबाट मानिस आवतजावत गरिरहेका छन् र उनीहरू कहाँ पुगे भन्ने यकिन तथ्यांक सरकारी निकायसँग छैन ।

गृह मन्त्रालयअन्तर्गतको सीमा तथा अध्यागमन प्रशासन शाखाका प्रमुख परमानन्द घिमिरेले भारतसँग जोडिएका मात्रै ३२ सीमानाका हाल सञ्चालनमा रहेको जानकारी दिए । ती विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्नेहरूलाई चेकजाँचपछि प्रवेश दिने गरिएको उनले बताए ।

सीमानाका हुँदै आउनेहरूको हेल्प डेस्कमा एन्टिजेन परीक्षण गर्ने व्यवस्था गरिएको छ । तर, हेल्प डेस्कमा जनशक्ति तथा स्रोतसाधनको पर्याप्त व्यवस्था हुन नसक्दा अधिकांश नेपाली परीक्षणबिना नै निर्बाध रूपमा नाकाबाट भित्रिने गरेका छन् । नाकाबाट भित्रिनेमध्ये केहीको मात्र परीक्षण गर्ने गरिएको छ ।

धनगढीबाट प्राप्त विवरणअनुसार ३ चैतयता मंगलबारसम्म भारतबाट आएका करिब २० हजार नेपालीमध्ये करिब ४ हजारको मात्रै एन्टिजेन परीक्षण गरिएको छ । त्यसमध्ये ४ सय ७८ जनालाई कोरोना संक्रमण भएको पाइएको छ ।

सरकारले कोरोना संक्रमणको गति सामान्य हुँदै गएपछि गत ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकमार्फत सुरुमा १४ वटा नाका खुला गरेको थियो । पछि थप १६ नाका खुला गर्दै ३० वटा नाका खुला गरेको थियो । त्यसबाहेक दार्चुलाका झुलुंगे पुलबाट आवतवाजत गर्ने गरिएको केही नाकासमेत खुला अवस्थामा छन् ।

१० चैत २०७६ देखि सबै सीमानाका सिल गरिएकामा भारततर्फका १३ र चीनतर्फको एक नाका गत २६ साउन खुला गरिएको थियो । भारतर्फ संक्रमण बढ्दै गर्दा र सबै सीमानाका खुला हुँदा तथा आवतजावत गर्नेको तथ्यांक नराखिँदा फेरि पनि संक्रमणको जोखिम बढ्ने देखिएको हो ।

नेपाल प्रहरीले चैत महिनाको विवरण दिँदै प्रदेश १ मा १६ हजार ९ सय ६२ जना प्रवेश गरेको, लुम्बिनी प्रदेशमा ३० हजार ९ सय ९० जना तथा सुदूरपश्चिम प्रदेशमा ६४ हजार ५ सय २१ जना व्यक्ति विभिन्न नाका हुँदै नेपाल आएको जनाएको छ । तर, प्रदेश २ को विवरण भने प्रहरीले समेत पाएको छैन । प्रहरीले उपलब्ध गराएको विवरण अपुरो छ भने कुन नाकाबाट कति प्रवेश गरे भन्ने जानकारी प्रहरीले समेत यकिन गर्न सकेको छैन ।

हाल दैनिक रूपमा भारतमा १ लाख ५० हजारभन्दा बढीको संख्यामा कोरोना संक्रमित थपिँदै आएको तथ्यांक देखाउँछ । यस्तै नेपालमा सोमबार मात्रै ५ सयभन्दा बढी संख्यामा कोरोना संक्रमित थपिएका छन् । यो संख्या केही अघि भने दैनिक १ सयभन्दा तल थियो ।

खुला सीमाका कारण नेपाल र भारतबीच आवतजावत सामान्य अवस्थामा पुगेकोमा भारतमा संक्रमणको दोस्रो चरणको लहर बढ्दै गएपछि सीमानाकामा सावधानी अपनाउन निर्देशन गरिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । उनका अनुसार ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई यस्तो निर्देशन गरिएको हो ।

‘सीमानाका भएर आउनेको अनिवार्य रूपमा अभिलेख राख्न, अनिवार्य स्वास्थ्य जाँच गर्न भनिएको छ, अभिलेख राख्ने काम प्रहरीले गर्छ, स्वास्थ्य जाँचको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्छ,’ गृह प्रवक्ता बुढाले भने ।

ती विभिन्न नाका हुँदै आएकामा स्वास्थ्य जाँचका क्रममा ज्वरो आएको पाइए क्वारेनटाइनमा राख्ने व्यवस्था गर्न पनि भनिएको उनले जानकारी दिए । यस्तै पछिल्लोपटक को आए को गए भन्ने विवरण पनि राख्न भनिएको उनले जनाएका छन् ।

(Visited 76 times, 2 visits today)
Loading comments...

आजको समाचार

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

साताका लोकप्रिय समाचार

आईपीएल स्थगित

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित हुन पुगेको...

कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

काठमाडौँ । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या...

अमेरिकामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा एक नेपालीसहित चारको मृत्यु

मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा...

अक्सिजन अभावले बाँकेमा तीनस बेडकाे अस्पताल सञ्चालन हुन सकेन

नेपालगञ्ज । कोरोना हटस्पट बनेको बाँकेमा कोरोनाका बिरामी उपचार गराइरहेका अस्पतालमा अक्सिजन अभाव देखिन थालेको छ । अक्सिजन अभावकै कारण नेपालगन्ज मेडिकल कलेज कोहलपुरले...

निषेधाज्ञाको मौकामा धमाधम सडक सिंगारपटार

काठमाडौं । सरकारले निषेधाज्ञाको मौका छोपेर सडकमा मार्किङ गर्ने, जेब्रा क्रसिङ बनाउने तथा सडक सिंगारपटारको काम धमाधम अघि बढाएको छ । सडक डिभिजन कार्यालय...

ट्रेन्डिङ

परशुरामबाट भागेका संक्रमित पुन: आइसोलेसनमा

डडेल्धुरा । परशुराम नगरपालिका सिल गर्ने निर्णय गरेकै दिन शनिबार राति ८ जना संक्रमित आइसोलेसन वार्डबाट भागेका थिए । परशुराम नगरपालिका–१२ मा रहेको सिद्धनाथ...

धनकुटा नगरमा निषेधित क्षेत्र घोषणा

धनकुटा । धनकुटा नगरपालिकाका ६ वटा वडामा आज बिहीबार रातिदेखि लागु हुँने गरी एक साता निषेधित क्षेत्र घोषणा गरिने भएको छ । प्रमुख जिल्ला...

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न काँग्रेसको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले कोभिड–१९ सङ्क्रमणको परीक्षण र उपचारको दायित्वबाट पन्छिन् गरेको निर्णयलाई अत्यन्तै गैर जिम्मेवार व्यवहारका रूपमा लिएको जनाएको...

कस्तो बन्दै छ सरकारको नयाँ नीति तथा कार्यक्रम ?

कामठमाडौं । सरकारका सचिवले आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे गम्भीर छलफल थालेका छन् । मुख्य सचिव शंकरदास वैरागीले शुक्रबार सचिवको...

मलमूत्र व्यवस्थापनमा नमुना बन्दै महालक्ष्मी

काठमाडौं । ललितपुर महालक्ष्मी नगरपालिका मानव मलमूत्र व्यवस्थापन क्षेत्रमा देशकै नमुना बन्दै छ । नगरपालिकाले बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन र काठमाडांै उपत्यका खानेपानी...

एक्सन स्टार सुमी र पुष्पको रिल रोमान्स (फोटोफिचर)

काठमाडौं । एक्सन स्टारको रुपमा चिनिने सुमि मोक्तान पछिल्लो समय डान्सिङ स्टारको रुपमा परिचित हुन थालेकी छिन् । डान्सिङ स्टार्स नेपालमा सहभागी भएपछि उनको...

थप ८९९ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर...

७१० जना कोरोना संक्रमित थपिए, १२ जनाको मृृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५३...

पुरानो तर नयाँ गन्तव्य

राइनास नगरपालिका–४ को चेपे नदी किनारको चक्रतीर्थ धाम पौराणिक, ऐतिहासिक र धार्मिक हिसाबले महत्वपूर्ण रहे पनि प्रचारप्रसार अभावमा ओझेल परेको थियो । यो थलो...

लोकदोहोरीमा देखिएको विकृतिविरुद्ध कलाकार चिन्तित

काठमाडौं । लोकदोहोरी संगीतकर्मीहरूले विदेशी संगीतको हस्तक्षेप रोकेर नेपाली लोकसंगीतलाई माथि उठाउने प्रण गरेका छन् । लोकदोहोरी गायक गायिकाहरूको संस्था राष्ट्रिय लोक तथा दोहोरी...

राहत बाँड्न पीडित मजदुर खोज्दै कृष्ण मल्ल

काठमाडौं । नेपाल चलचित्र कलाकार संघका पूर्वअध्यक्ष कृष्ण मल्ल मुलुक लकडाउनले दैनिक गुजारा चलाउन समस्यामा परेका पीडित मजदुर खोज्दै राहत वितरण गरिरहेका छन् ।...

नेफ्टा अवार्डमा छक्का पन्जा–३ को वर्चस्व

 डब्बु क्षत्री, काठमाडौं । कोरोनापछि सुस्ताको नेपाली चलचित्र क्षेत्र पछिल्लो समय बिस्तारै चलायमान हुँदै छ । यसै क्रममा नेपाली चलचित्र उद्योगलाई चलायमान बनाउन भन्दै...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)