Tuesday, May 11, 2021
Home बिचार विक्रम संवत्को सान्दर्भिकता

विक्रम संवत्को सान्दर्भिकता

विश्वनाथ खरेल,

आजबाट २०७८ साल शुभारम्भ भएको छ । नेपालमा सर्वमान्य, वैधानिक र संवत्का रूपमा विक्रम संवत्लाई लिइन्छ । यही संवत्का आधारमा नेपालको राष्ट्रिय पञ्चांग अथवा क्यालेन्डर तयार हुन्छ । प्रत्येक वर्ष वैशाख संक्रान्तिबाट प्रारम्भ भएको नयाँ संवत् चैत्र मसान्तमा टुंगिन्छ । संसारका सबै संवतमध्ये सर्वाधिक वैज्ञानिक तथा सूर्यको गति र प्रकृतिमा आधारित संवत् नै विक्रम संवत् हो । यसर्थ विक्रम संवत् वैदिक कालदेखि प्रचलित तिथि र बारको अवलम्बन गर्दै आएको राष्ट्रिय संवत् हो । विक्रम संवत् पनि शक संवत्, नेपाल संवत्झैं तिथिका आधारमा चल्दै आएको छ ।

विक्रम संवत् २०७७ साल बितेर २०७८ सालको ४९औं राक्षस संवत्सर शुभारम्भ भएको छ । यसरी पुरानो वर्ष समाप्त भई नयाँ वर्ष आरम्भ भएको छ । नेपालमा प्रचलनमा आएका संवत्मा शक संवत्, मानदेव संवत्, नेपाल संवत्, विक्रम संवत् र ईस्वी संवत् प्रमुख छन् । इस्वीको पाँचौं–छैटौं शताब्दीतिर अर्थात् प्राचीन नेपालमा शालिवाहनसमेत भनिने शक संवत् प्रचलनमा रहेको थियो जुन संवत् इस्वी ७८ वा विक्रम संवत् १३५ मा आरम्भ भएको थियो । विक्रम संवत्लाई राष्ट्रिय संवत् तथा सरकारी कामकाजका रूपमा अपनाउने विश्वको एक मात्रै मुलुक नेपाल हो । त्यस कारणले गर्दा पनि विक्रम संवत्को उठान नेपालमै भएको हो ।

एसियाका अधिकांश राष्ट्रमा अंग्रेजी साम्राज्यको प्रभावले त्यहाँका आदि संवत् विस्थापित गरेर इस्वी संवत् लागू गरिएको थियो । तर, नेपाल साम्राज्यवादी प्रभावबाट जोगिएकाले आफ्नो सार्वभौमसत्ता, मौलिकता र पहिचान बचाउँदै आएको हुँदा विक्रम संवत् यथावत् रहिरह्यो । नेपाल सधैं सार्वभौम थियो भन्ने कुराको ठोस प्रमाण विक्रम संवत्को निरन्तरता पनि एक उदाहरण हो ।

देशको कुरा गर्दा विक्रम संवत्को प्रचलन कहिलेदेखि सुरु भयो भन्ने यकिन छैन । तर सरकारी कामकाजमा प्रचलनमा आएको भने नेपाल एकीकरणदेखि नै हो । त्यसअघि विभिन्न राज्यका अलग–अलग संवत् प्रचलनमा थिए । तत्कालीन गोरखा, लमजुङ राज्यमा भने विक्रम संवत् नै प्रचलनमा रहेको अभिलेख पाइन्छ । अतः देशमा सर्वमान्य, वैधानिक र राष्ट्रिय संवतका रूपमा विक्रम संवत्लाई लिइन्छ ।

यही संवत््का आधारमा नेपालको राष्ट्रिय पञ्चांग अथवा पात्रो तयार हुन्छ । तसर्थ विक्रम संवत् सूर्यको गतिका आधारमा चल्दछ । यसमा रहेका वैशाख, जेठ आदि १२ महिना सूर्यको १२ राशि–सञ्चार हो । सूर्य एउटा राशिमा भ्रमण गर्ने समय एक महिना हुन्छ । सौरमानको गणना सूर्यसिद्धान्तका आधारमा गरिन्छ । कलिगत संवत् ३ हजार बितेपछि प्रारम्भ भएको विक्रम संवत् उठान गर्ने राजा विक्रमादित्यका विषयमा मतभेद देखिन्छ ।

मुलुकमा औपचारिक रूपमा विक्रम सम्बत् १९६० सालपछि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले यसलाई चलनमा ल्याएका हुन् । त्यसअघि चलेका शक संवत् तथा नेपाल संवत् सरकारी कामकाजमा अव्यावहारिक देखिएकाले तत्कालीन ज्योतिषीको सुझावअनुसार उसबेला सबैभन्दा वैज्ञानिक, व्यावहारिक र ऐतिहासिक विक्रम संवत्लाई व्यवहारमा ल्याइएको इतिहासकारको मत छ । वस्तुतः विक्रम संवत् ग्रेगोरियन क्यालेन्डर (इस्वी सन्) भन्दा ५६ वर्ष ९ महिना १५ दिनले जेठो छ । वास्तवमा संवत् भनेको समयको मापन तथा घटनाको अभिलेखीकरण गर्ने सूचक मात्रै हो । सूचक त्यति महत्वपूर्ण होइन, जति महत्वपूर्ण समय हो ।

नेपाल साम्राज्यवादी प्रभावबाट जोगिएकाले आफ्नो सार्वभौमसत्ता, मौलिकता र पहिचान बचाउँदै आएको हुँदा विक्रम संवत् यथावत् रहिरह्यो

मुलुकमा वितेका सालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमलाई समीक्षा तथा बिश्लेषण गर्ने हो यस्तो किसिमको स्थिति देखिएको छ । जुन यस प्रकार छ । राष्ट्रिय घटनाहरूमा बाढी, पहिरो, डढेलो, हावाहुरी, चट्याङ र आगलागीका घटनाले देशलाई आक्रान्त नै पारेको थियो । त्यसरी नै हैजा, बर्डफ्लु, स्वाइनफ्लु आदि जस्ता रोगहरूले जनजीवनलाई धराशायी नै पारेको थियो । त्यसरी नै सामाजिक, आर्थिक तथा राजनीतिक परिदृश्यहरूलाई अवलोकन गर्ने हो भने देशमा दैनिक ६÷७ जना बलात्कारका घटनाहरू भई नै रहेको छ भने अर्कोतिर हेर्ने हो भने प्रत्येक दिन १० जना बालबालिका हराइरहेका छन् । यी कुराहरूलाई मध्यनजर गर्ने हो भने देशमा शान्ति सुरक्षाको अमनचैनबाट जनताले सन्तुष्टि लिन सकेका छैनन् । त्यसरी नै देश विकासको ठूलो नारा दिने सरकारले आर्थिक वर्षको विगत आठ महिनाभित्र २३ प्रतिशत मात्र पुँजीगत खर्च हुन सकेको र बाँकी ७६ प्रतिशत प्रगति अब कहिले होला ।

राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोजनक रहेको छैन् । यसमा एउटा मेलम्ची खानेपानीको आयोजना भने सम्पन्न भई चैत्र १५ गते देखि उपत्यावासी पानी वितरण गर्ने बताएको देखिन्छ । त्यसैगरी व्यापार घाटाको खाडल ठूलो रहेको छ भने विदेशबाट कृषिजन्य लगायत अन्य वस्तुको निर्यातभन्दा आयात परिमाण उच्च रहेको छ । त्यसै गरी गत पुस ५ गते प्रम केपी शर्मा ओलीले चाल्नुभएको असंवैधानिक कदमको कारणले गर्दा विभिन्न राजनीतिक दलका बीच कुर्सी मोहको खिचातानीको स्थितिले राज्य सञ्चालन प्रक्रियामा हलचलको स्थिति उत्पन्न भएको छ । अब आएर देशको भावी सरकार चलाउने क्रममा सत्ताको अंकगणित, जोडघटाउ र दलबीच तानातानको अवस्थामा देखिएका छन् । वस्तुतः यो एकजुट भई राष्ट्रिय एजेण्डामा जान भने सकिरहेको छैन ।

त्यसरी नै अन्तराष्ट्रिय घटनाक्रमलाई समीक्षा तथा विश्लेषण गर्ने हो अन्तराष्ट्रिय घटनाक्रमलाई समीक्षा तथा विश्लेषण गर्ने हो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोगदेखि ट्रम्पको पराजयसम्मका घटना अमेरिकी इतिहासमै सबैभन्दा धेरै मतदाता सहभागी भए । साथै पहिलो कार्यकाल मात्रै चलाएर चुनाव हार्ने तीन राष्ट्रपतिमध्ये ट्रम्प एक थिए । त्यसरी नै अस्ट्रेलियाको दक्षिणी गोलाद्र्धस्थित झाडीबाट सुरु भएको आगलागी १ लाख ८६ हजार किलोमिटर क्षेत्रफलभन्दा धेरै भूभागसम्म फैलियो । अर्कोतिर इरान र अमेरिकाबीच तनाव नयाँ त थिएन । यद्यपि सन् २०२० को वर्ष दुई देशबीच थप तनावग्रस्त बन्यो । यसको साथसाथै कोरोना भाइरसको संक्रमण अर्को विपद् र विश्व हल्लाउने घटना बनेर आयो ।

अतः कोरोनाले विश्वको अर्थतन्त्र धराशायी बनायो । यसले पर्यटन, खेलकुद र अन्य व्यवसाय पनि छोटो समयमै ठप्प हुन पुगे । अर्थतन्त्रमा यति तीव्र रूपमा गिरावट आएको सम्भवतः इतिहासमै पहिलोपटक थियो । विश्व पर्यटन व्यवसाय चामत्कारिक रूपमा खँस्कियो र कतिसम्म भने कोरोना भाइरसको असरका रूपमा बेरोजगार समस्या सबैभन्दा ठूलो रूपमा देखियो । अमेरिकामा मात्रै एक महिनाको अवधिमै २ करोडभन्दा धेरै मानिसले जागिर गुमाउनुप¥यो । यसर्थ विश्व समुदाय नै प्राकृतिक र जैविक क्षतिबाट ग्रसित भइरहँदा मानवीय त्रुटिका कारण भएको घातक विस्फोटबाट लेबनानको बेरुत बन्दरगाह नै हल्लियो । त्यसरी नै अमेरिकी जंगलमा लागेको डढेलोले धेरै असर निम्तियो । यस क्रममा क्यालिफोर्निया विशेषगरी बढी प्रभावित बन्यो ।

समग्रमा भन्नुपर्दा मुलुकमा बलियो र स्थिर सरकार बहाल भएको छ र आर्थिक समृद्धिको यात्रामा अग्रसर भएको छ

पछिल्लो समय भारतमा उठेको किसान आन्दोलनले पनि विश्वलाई नै आकर्षित ग¥यो । कोरोना संकट हुँदाहुँदै विभिन्न राज्यका हजारौं किसानले दिल्ली चलो आन्दोलन गरे । म्यानमारको फेब्रुअरी १ मा सैनिक तानाशाहले ‘कु’को दमनचक्रमा ६ सयभन्दा बढी नागरिकले एक महिनाभित्र ज्यान गुमाए । यसबाहेक गएको वर्ष थाइल्यान्ड, रुस, हङकङ, ट्रर्की, लेबनन, ब्राजिललगायत देशमा सरकारविरोधी विशाल प्रदर्शन भए । तीमध्ये कतिपय देशमा त आन्दोलन अझै जारी छ ।

समग्रमा भन्नुपर्दा मुलुकमा बलियो र स्थिर सरकार बहाल भएको छ र आर्थिक समृद्धिको यात्रामा अग्रसर भएको छ । अतः अहिलेसम्म विकास आयोजना अलपत्र अवस्थामा छन् । यसैअनुसार वर्षौं दिनसम्म ती आयोजना कार्यान्वयन नहुँदा सर्वसाधारणले दुःख पाउनसम्म पाएका छन् । विकास निर्माण तथा आर्थिक गतिविधिका हिसाबले बितेको वर्ष खासै उपलब्धिमूलक वर्षको रूपमा भएको देखिँदैन । विगतका वर्षहरूमा जस्तै विकास बजेट कार्यान्वयनको अवस्था नाजुक देखियो । यसका बाबजुद बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सबैभन्दा जटिल मानिएको सुरुङ निर्माणको काम यही वर्ष सम्पत्र भएको छ । तर काठमाडौं उपत्यको तिर्खा मेट्ने आयोजनाले भने गत चैत १५ उपत्यकावासीहरूको घरघरमा पानी वितरण कार्यको थालनी भएको छ ।

त्यसैगरी रानी पोखरीको पनि कार्य सम्पन्न भयो भने धरहरा २२ तल्लासम्म निर्माण भई सम्पन्न हुने तरखरमा रहेको छ । त्यस्तै गरी भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, लुम्बिनी र पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको काम उत्साहजनक रूपमा अघि बढेको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण पनि सम्पत्र हुने चरणमा पुगिसकेको छ । बाढी तथा पहिरोका कारण कृषि उत्पादन केही घटे पनि निराशाजनक अवस्था छैन । त्यसरी नै कृषि कर्मबाट उपलब्ध उपज भने निराशाजनक नै रहेको छ ।

यसर्थ, कृषिजन्य उत्पादन निर्यातभन्दा आयात बढेको छ । देशमा वार्षिक १ खर्बभन्दा बढीको कृषिजन्य उत्पादन आयात हुँदै आएको छ । विप्रेषणको वृद्धिदर केही घटे पनि निराशाजनक अवस्था भने छैन । तर, आयत वृद्धिको तुलनामा निर्यात वृद्धि हुन नसक्दा चालू आर्थिक वर्षको पहिलो आठ महिनामा व्यापार घाटा सात खर्ब रुपैयाँभन्दा बढी नाघेको छ । सेयरको कारोबार पनि घटबढ भइरहेको छ । राजस्वको वृद्धि लक्ष्यअनुसार हुन सकिरहेको छैन । तर, विदेशी पर्यटकको आगमन भने शून्य नै छ ।

यद्यपि, बितेको वर्षका राम्रा पक्षहरूलाई आत्मसात् गर्नु र गलत पक्षबाट पाठ सिक्नु अहिलेको आवश्यकता हो । यसैसाथ २०७८ सालको नयाँ वर्षले सबैलाई सुख, शान्ति तथा खुसीका साथ बितोस् यो नै सबैलाई हार्दिक मंगलमय शुभकामना ।

(Visited 111 times, 1 visits today)
Loading comments...

आजको समाचार

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

साताका लोकप्रिय समाचार

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

कम्युनिष्ट सरकारको गैर जिम्मेवार रवैयाले अन्यौल बढ्यो : कांग्रेस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले )को नेतृत्वमा रहेको वर्तमान सरकारको चरम लापरवाही, गैर जिम्मेवारपुर्ण रवैया र असंवेदनशील कार्यका कारण राजनीति अनिश्चित ,अन्योल बढेको...

शीर्ष चारमा काठमाडौंको सम्भावना जीवितै

काठमाडौं । विदेशी खेलाडी स्टेफन विनोङ समीरको एक मात्र गोलमा काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा बुटवल लुम्बिनीलाई १–० ले पराजित गर्दै शीर्ष...

लोकसेवा आयोग रेग्मी सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारी तथा सदस्य नियुक्ति सिफारिस गरेको छ । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले लोकसेवा आयोग अध्यक्षमा...

कमिसन नमिलेका कारण भ्याक्सिन ल्याउन अवरोध गर्नु मानवताविरोधी अपराध : नेपाल

काठमाडाैं । नेकपा एमालेका नेता माधवकुमार नेपालले कोरोनाको भ्याक्सिन खरिदमा कमिसन नमिलेका कारण मुलुकभित्र ल्याउन अवरोध गर्ने पक्षलाई कारबाहीको माग गरेका छन् । आइतबार एक...

ट्रेन्डिङ

बालिकाको बलात्कारपछि हत्या गरेका किशोर प्रहरीलाई छलेर फरार

धनगढी। बझाङमा तीन महिनाअघि एक १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका ब्यक्ति फरार भएका छन् । गत असोजमा जिल्लाको मष्टा गाउँपालिकाकी...

सेयर बजारमा करेक्सन: सात उपसमूहको कारोबार घट्यो

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य करेक्सन भई २.८५ अंकले घटेर २६७१.६१ अंकमा रोकिएको छ । नेप्से ओरालो लागे पनि कारोबार भने सकारात्मक भएको...

टयाक्टर दुर्घटनामा दुई घाईते

दैलेख । सोमबार साँझ ६ बजे दैलेखको दुल्लू नगरपालिका ९, भजनिया पोखरीमा टयाक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाईते...

एकैदिन २०२० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६१ हजार नाघ्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २० जनामा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न...

१३ जिल्लामा लकडाउन

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले १० जिल्लामा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञा जारी गरेको छ । संक्रमण गति...

संकटकालमा मात्रै सेना परिचालन : प्रधानसेनापति

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकमा विशेष कारणवश संकटकाल घोषणा भएको अवस्थामा मात्रै सेना परिचालन हुने बताएका छन् । कोभिड व्यवस्थापनका लागि सेना परिचालन...

आणविक अस्त्रको खर्च शान्ति र मानवताको हितका खातिर उपयोग गरौँ : नेपाल

काठमाडौँ । नेपालले पारमाणविक हातहतियारका निम्ति विनियोजित स्रोतलाई समग्र शान्ति र मानवताको बृहत्तर हितका खातिर अघि सारिएका दिगो विकास योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको...

संवैधानिक निकायका पदाधिकारीले लिए सपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम संवैधानिक निकायका रिक्त पदमा विभिन्न पदाधिकारीलाई नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीको समुपस्थितिमा नवनियुक्त प्रमुख आयुक्त, आयुक्त, अध्यक्ष...

बाइकमा गुड्दा गुड्दै पक्राउ परे अन्सारी

वीरगन्ज । सुन्धाराको ‘सुनकाण्ड’ अर्थात् स्कार्पियोबाट फालिएको झोला बरामद भएपछि फरार मुख्य योजनाकार भनिएका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । उनलाई बारा प्रहरीको...

सप्तरीमा २२ जनाको परिक्षण गर्दा १५ संक्रमित

सप्तरी, राजविराज । सप्तरीमा आइतबार परिक्षण गरिएका २२ मध्ये १५ जना कोरोना संक्रमित फेला परेका छन् । यसरी फेला परेका मध्ये एकै टोलका ११ जना...

झापामा कोेरोना संक्रमणबाट ५८ जनाले ज्यान गुमाए

झापा । कोरोनाको महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या जिल्लामा ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार...

जसपा नेता तथा संविधानसभा सदस्य हवारी नेकपामा प्रवेश

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का नेता तथा संविधानसभा सदस्य इस्लाम हवारी नेकपामा प्रवेश गरेका छन् । नेकपा प्रदेश २ अध्यक्ष एवम् शहरी विकास मन्त्री...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)