Sunday, May 9, 2021
Home प्रदेश प्रदेश ३ समुदायमा फैलिँदै यूके भेरियन्ट

समुदायमा फैलिँदै यूके भेरियन्ट

प्रशान्त वली,

काठमाडौं । नेपालमा बेलायतमा देखिएको ‘नयाँ भेरियन्ट’ फैलँदो क्रममा रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायती प्रजातिको भेरियन्ट फैलि“दो क्रममा रहेको भन्दै बालबालिका उच्च जोखिममा रहेको जनाएको छ ।

संक्रमणको दोस्रो लहर

बालबालिकामा कोरोना संक्रमणदर उच्च वृद्धि हुँदै गएकोसमेत पाइएको छ । केही दिनयताको तथ्यांकअनुसार दैनिक संक्रमितमध्ये १० प्रतिशतसम्म बालबालिका छन् । यसमा पनि बेलायती भेरियन्ट देखिएको छ । कान्ति बाल अस्पतालका निर्देशक डा. आरपी विच्छाले बालबालिकामा संक्रमणदर बढेको प्रस्ट पारे । सो अस्पतालमा तीन संक्रमित बालबालिका भर्ना भएका छन् ।

कोरोना जोखिम बढे पनि भौतिक उपस्थितिमै पठनपाठन हुँदा कतिपय विद्यालयले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको देखिएको छ । संक्रमित बालबालिकामध्ये अधिकांशमा बेलायती भेरियन्ट देखिएको छ ।

– बालबालिका प्रभावित
– ६०३ संक्रमितमध्ये ५२ जना १७ वर्षमुनिका
– आईसीयू र भेन्टिलेटर भरिँदै
– अधिकांश विद्यालय पालना गर्दैनन् मापदण्ड

स्वास्थ्य मन्त्रालयका अनुसार मंंगलबार प्राप्त रिपोर्टमा कुल केसमध्ये ४८ जना १९ वर्षमुनिका बालबालिकामा संक्रमण देखिएको छ । बुधबार कुल केसमध्ये ५२ जना १७ वर्षमुनिका बालबालिकामा संक्रमित पाइएको छ ।

विश्वका विभिन्न देशमा भेरियन्ट फैलिनेक्रम जारी छ । बेलायत, साउथ अफ्रिका र ब्राजिलमा पत्ता लागेको भेरियन्ट छिमेकी देश भारतमा समेत देखिएको छ । बेलायती प्रजाति विश्वका १ सय २९ देशमा फैलिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

धुलिखेल अस्पतालका जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम विभागका निर्देशक डा. विराज कर्माचार्यका अनुसार भारतमा संक्रमणदर उच्च रहेको भन्दै नेपालमा पनि भयावह स्थिति आउन सक्नेछ ।

‘संक्रमित संख्या बढ्दै गएको छ, अहिले टेस्ट पोजेटिभ दर पनि बढेको छ,’ कर्माचार्यले भने, ‘परीक्षण दर बढाउन सकिए संक्रमित संख्या बढ्नेछ ।’ कर्माचार्यका अनुसार बेलायती प्रजातिको सर्ने दर ४३ देखि ९० प्रतिशतसम्म छ । यो संक्रमण समुदायमा फैलिए भयावह अवस्था आउन सक्ने देखिएको छ । बेलायती प्रजातिमा लक्षण देखिने सम्भावना अन्य प्रजातिभन्दा बढी रहेको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार बालबालिका नयाँ भेरियन्टको जोखिममा छन् । भेरियन्ट समुदायमा फैलिरहेको भन्दै परीक्षण गराउन जनस्वास्थ्य विज्ञले बताएका छन् ।

त्यस्तै, नेपालमा ‘डबल म्युटेसन भेरियन्ट’ कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. पौडेलका अनुसार हङकङमा पठाएको नमुना परीक्षणमा ‘डबल म्युटेसन भेरियन्ट’ पुष्टि भएको छ ।

सरकारले नेपालमा नयाँ प्रजातिको भारइस फैलिएको हुन सक्ने भन्दै ‘जिन सिक्वेन्सिङ’का लागि नमुना हङकङमा पठाएको थियो । ‘एस जिन नेगेटिभ’ भएका १० नमुनामध्ये ९ वटामा ‘यूके भेरियन्ट’ पुष्टि भएको हो ।

‘डबल म्युटेसन पुष्टि भएको नमुना ललितपुर जिल्लाको हो,’ डा. पौडेलले भने, ‘यसबाट पनि नेपालमा यूके भेरियन्ट फैलिसकेको पुष्टि हुन्छ ।’ बुधबार नै देशभर ६ सय ३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ५ सय ८० जना पीसीआर र २३ जना एन्टिजेन पोजेटिभ आएको हो ।

बुधबार देशभर ४ हजार २ सय ८९ जनाको नमुना परीक्षण पीसीआर विधिबाट र ४ सय ५१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । सक्रिय संक्रमित संख्या ४ हजार ५६ पुगेको छ । देशभरका विभिन्न अस्पतालमा ८० आईसीयू र २५ संक्रमित भेन्टिलेटरमा छन् ।

कुल संक्रमितमध्ये २ सय ५४ मात्र काठमाडौं उपत्यकामा देखिएको छ । भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १ सय ७३ जनामा संक्रमण देखिएको छ ।

हालसम्म कुल संक्रमित संख्या २ लाख ८१ हजार ५ सय ८७ जना पुगेको छ । गत २४ घण्टामा तीन कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतक संख्या ३ हजार ६१ पुगेको छ । देशभर ७९ जना क्वारेन्टाइनमा छन् ।

पछिल्लो २४ घण्टामा संक्रमितमध्ये १ सय २९ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार ४ सय ४७ पुगेको छ ।

(Visited 424 times, 1 visits today)
Loading comments...

आजको समाचार

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन...

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

साताका लोकप्रिय समाचार

सक्रिय संक्रमित ७२ हजार नाघे

काठमाडौं । देशभर बिहीबार ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेनबाट कोरोना परीक्षण गर्दा ९...

अस्पतालले भर्ना लिन नमान्दा युवाको मृत्यु

जनकपुरधाम । धनुषामा एक युवाले उपचार नपाएरै मृत्युवरण गरेका छन् । धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४०...

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात...

देउवाले ओलीलाई भने ‘हामी तपाइलाई विश्वासको मत दिन सक्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत...

हामी एमाले हुनै सक्दैनौं : कुन्दन कुशवहा

काठमाडौं । निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहाले आफू नेपाल कम्युनिष्ट पार्टी (एमाले) नभएको बताएका छन् । आज संचारकर्मीहरुसंग कुरा गर्दै निवर्तमान प्रदेससभा सदस्य कुशवाहाले पार्टी...

ट्रेन्डिङ

दलका नेता राष्ट्रप्रमुख हुँदा कन्त बिजोग भयो : राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले मुलकमा विद्यमान कन्त बिजोगको एक प्रमुख कारण दलीय प्रतिनिधि राष्ट्रप्रमुख रहने व्यवस्था भएकोले...

तीन नेत्रहीन क्रिकेटर सम्मानित

काठमाडौं । नेत्रहीन क्रिकेट संघको आफ्नो १५औ वार्षिकोत्सवको अवसरमा नेत्रहीन क्रिकेटको विकासमा महŒवपूर्ण योगदान तथा उत्कृष्ट खेल प्रदर्शन आफ्ना तीन खेलाडीलाई ज्योति केसी नेत्रहीन...

चट्याङ लागेर रोल्पामा २ जनाको मृत्यु

रोल्पा । हावाहुरीसंगै परेको चट्याङ लागेर रोल्पामा २ जनाको ज्यान गएको छ । पूर्वी रोल्पाको लुंग्री गाउँपालिका वडा नं. २ सिर्पमा बिहीबार बिहान चट्याङ...

दुर्गममा गुणस्तरीय औषधि पुगे नपुगेको सूचना प्रणालीबाट थाहा हुने

दैलेख । विगतका दिनमा सुगममा मात्रै सेवा सुविधा दिने दुर्गमका नागरिकहरु स्वास्थ्य सेवाबाट बञ्चित हुने गर्दथे । अब त्यसो हुन नदिनका लागि स्वास्थ्य तथा...

अग्रवालविरुद्धको मुद्दामा बहस सकिएन, भोलि पुनः सुनुवाई हुने

काठमाडौं । थर्मल गनलगायत स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको अभियोगमा पक्राउ परेका उद्योगी सुलभ अग्रवालको मुद्दामा बहस नसकिएपछि हेर्दाहेदै बिहीबारका लागि सरेको छ । जिल्ला अदालत...

कोरोनाभाइरसको सन्त्रास: इटलीका एक दर्जन सहर बन्द

रोम । युरोपमै सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमितहरू फेला परेपछि इटलीले प्रकोप नियन्त्रण गर्न असाधारण उपाय अपनाउने भएको छ । कोभिड–१९ का बिरामीहरूको संख्या ७९...

चीनद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ । नेपाललाई चीन सरकारले कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई आज यहाँ...

प्युठानमा क्वारेन्टिनमा बसेकी महिलाको मुत्यु

झिमरुक । प्युठानमा क्वारेन्टिनमा बसेकी महिलाको आज मुत्यु भएको छ । ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टिनमा बसेकी मल्लरानी...

कोरोना कहर : मुलुकभर सभा सम्मेलनमा अनिश्चितकालीन रोक

काठमाडौं । सरकारले नेपाल र भारतसँग सीमा जोडिएका जिल्लामा उच्च सतर्कता अपनाउन जिल्लास्थित कार्यालयलाई निर्देशन दिएको छ । विश्वभर कोरोना भाइरस संक्रमण फैलिरहेको बेला...

नेपालले नोभेम्बरमा ताइपेई र अस्ट्रेलियासँग खेल्ने

काठमाडौं । एसियाली फुटबल कन्फेडेरेसनले कोरोना संक्रमणका कारण स्थगित भएको २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा हुने एसियन कपको...

नावरलाई खुसी पार्न नयाँ र प्रविधियुक्त घर

काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखाले जीवजनावर राख्न नयाँ र आधुनिक घर निर्माण कार्यलाई तीव्रता दिएको छ । चिडियाखानाकी...

थप १०९ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)