Sunday, May 9, 2021
Home प्रदेश प्रदेश ३ ‘२०७७ मा उल्लेख्य विकास’

‘२०७७ मा उल्लेख्य विकास’

राजधानी समाचारदाता,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा मुलुकको आर्थिक सामाजिक विकासका साथसाथै भौतिक विकास निर्माणका कार्यमा समेत सरकारले उल्लेख्य सफलता हासिल गरेको जनाएका छन् ।

उनले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा ऐतिहासिक सफलता हासिल गरेर सो वर्षलाई निरर्थक हुन नदिएको दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७८ को पहिलो दिन बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनर्निर्मित कार्यालयबाट देशका नाममा सम्बोधन गर्दै काठमाडौंवासीको दसकौंदेखिको सपना पूरा गरिएको र नयाँनयाँ विकासका काम पूरा गरिएको र त्यो क्रम जारी रहेको स्पष्ट पारे । उनले वर्षांैदेखि काठमाडौंवासीको सपनाका रूपमा रहेको मेलम्ची खानेपानीलाई सकार पारिएको बताए ।

प्रधानमन्त्री ओलीले मुलुकको विकास र समृद्धिका लागि आमनागरिकमा आशा जगाउनुपर्ने आवश्यकता औंल्याउँदै सरकारले विकासको ढोका खोलेर नागरिकमा आशा जगाएको बताए ।

प्रधानमन्त्री ओलीले सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको स्पष्ट पारे । उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको तर आफूहरूले कहिल्यै कसैलाई धम्की नदिएको तर आमनागरिकसँग कोभिडबाट बच्न आवश्यक अपिल गरिएको बताए ।

नयाँ वर्ष २०७८ मा थालिने योजनाहरू
– किसानका लागि मेरो कित्ता कार्यक्रम
– योद्धाहरूको उत्थानमा लक्षित विशेष कार्यक्रम
– हुम्लाको सिमीकोटलाई सडक सञ्जालसँग जोडिने
–१ सय ६५ स्ट्राटेजिक सडकको निर्माणमा तीव्रता
– ३ सय ९७ अस्पतालको निर्माण कार्यलाई उच्च गति
– सातै प्रदेशका औद्योगिक क्षेत्र निर्माणमा तीव्रता
– तराईका १ लाख ८५ हजार बिघा जमिन सिँचाइ
– टनेल युगमा प्रवेश
– भौतिक निर्माणमा ऐतिहासिक फड्को मारिने

प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको समेत जनाए । उनले हालसम्म १८ लाख बढीलाई कोभिडको भ्याक्सिन लगाइएको जानकारी दिए ।

उनले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौतालाई बारम्बार संसद्मा निर्णयार्थ प्रस्तुत गर्न माग गरे पनि रोकिएको भन्दै असन्तुष्टि पोखे ।

सरकारले टेबल गरेको एमसीसी सम्झौता निर्णयार्थ प्रस्तुत नगरेर संविधान नमानिरहेको अवस्था सरकारले झेलिरहेको भन्दै उनले एमसीसी मुलुकको हितमा रहेको बताए ।

प्रधानमन्त्री ओलीले एमसीसी नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुँदा सम्झौता गरिएको उल्लेख गर्दै त्यो संसद्मा टेबल गरे पनि निर्णयार्थ प्रस्तुत नभएको भन्दै संविधान नमान्ने जिद्दी गर्ने प्रवृत्ति आफूहरूले झेलिरहेको जनाए ।

ओलीले अध्यादेश प्रतिनिधिसभाको पहिलो बैठकमा टेबुल गर्न नदिएको भन्दै गुनासो गरे । एसिड आक्रमणविरुद्धको अध्यादेश, बलात्कार र हत्या गर्नेविरुद्धका अध्यादेश प्रतिनिधिसभामा टेबुल गर्न नदिएको उनको भनाइ छ । ‘एसिड आक्रमणविरुद्ध अध्यादेश जरुरी ग¥र्यांै । एसिड आक्रमणविरुद्धको कडा कानुन ल्यायौं, बलात्कार र बलात्कारपछिका हत्याका विरुद्ध कडा कानुन ल्यायौं, अचम्म मुद्दा लडेर ल्याएको संसद् चल्न दिइएन । संविधानले भनेको पहिलो दिन प्रस्तुत गर्नैपर्ने अध्यादेश नदिएर अप्रिय र अशोभनीय स्थितिको निर्माण भएको छ,’ उनले भने ।

२०७७ मा विकासमा उल्लेख्य सफलता: प्रधानमन्त्री
– देशमा प्रतिगमन होइन विकास र समृद्धि भएको स्पोष्टक्ति
– सकेसम्म लकडाउन नगर्ने भनाइ
– एमसीसीलाई संसद्मा रोकिएको भन्दै असन्तुष्टि
– अध्यादेश प्रतिनिधिसभाकोे बैठकमा टेबुल गर्न नदिएको गुनासो
– १८ लाखलाई खोप

प्रधानमन्त्री ओलीले केही व्यक्तिले आफ्नो महत्वाकांक्षा पूरा गर्न नपाउँदा देशमा प्रतिगमन भयो भनेर गलत हल्ला फैलाएको बताए । अहिलेको व्यवस्था र यो व्यवस्था सञ्चालन गर्ने संविधान खोसियो भने मात्र प्रतिगमन हुने भन्दै उनले अहिले कसैले संविधान नखोसेको र जनताको अधिकार पनि नखोसिएको स्पष्ट पारे ।

उनले लुटपाट गरेर भए पनि सरकारमा पुग्ने केही व्यक्तिको चाहना पूरा नभएको बताए ।

उपलब्धिको वर्ष:
प्रधानमन्त्री ओलीले कोभिडका बाबजुद पनि २०७७ साल उपलब्धिको वर्ष रहेको बताउँदै बहुप्रतीक्षित मेलम्चीको पानी दशकौंपछिको सपना साकार पार्दै काठमाडौंमा झार्न र काठमाडौंका जनताका धाराधारामा पानी पु¥याएर खुसीयाली बाँड्न सरकार सफल भएको बताए । यस्तै, प्रधानमन्त्रीले पुनर्निर्माणमा अनेकांै काम भएको स्पष्ट पारे ।

ओलीले समग्र आर्थिक वृद्धिदरमा केही प्रतिकूल असर परे पनि ऋणात्मक दिशामा नगएको जनाए । व्यापारघाटा ग्याप कम गर्न सफल भइएको उनले स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले राजनीतिक हिसाबले पृथकतावाद र पृथकतावादी सोच देशबाट अन्त्य गरेर राष्ट्रिय एकतातर्फको एउटा महत्वपूर्ण सफलता हासिल गरेको स्पष्ट पार्दै संविधानको सर्वस्वीकार्यका सन्दर्भमा समेत सफलता हासिल गरिएको बताए । अब देशमा हिंसाको राजनीति अन्त भएको उनले प्रस्ट पारे ।

प्रधानमन्त्री ओलीले ७० वर्षअघि ठूलो परिवर्तन भएको र मुलुक नयाँ युगमा प्रवेश गरेको बताए ।

‘यस्ता थुप्रै निर्माण कार्य सम्पन्न भएका छन् । हामीले थुप्रै जनतामा आशा जगाउने कामहरू गरेका छौं । कतिपय कोणबाट केही पनि भएन । केही पनि भएको छैन भन्ने हल्ला चलाउने, जनतालाई निराश बनाउने, जनतामा असन्तुष्टि भड्काउने प्रयास भइरहे पनि सरकार त्यसबाट किञ्चित विचल्लित भएन,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले जनतामा आशा जगाउने काम र सरकारका क्रियाकलापप्रति भरोसा जगाउने काम र भविष्यप्रति आशा र विश्वास जगाउने काम लगातार गरिएको स्पष्ट पारे ।

भौतिक निर्माणमा उल्लेख्य सफलता:
प्रधानमन्त्री ओलीले भौतिक निर्माणमा उल्लेख्य सफलता हासिल गरिएको र प्रतिदिन साढे पाँच किलोमिटर बाटो बन्ने क्रम जारी रहेको बताए । प्रधानमन्त्रीले एक दिनमा कम्तीमा १२ वटाका दरले आवास तयार भएको जानकारी दिँदै ३० लाख ६० हजारले विभिन्न ८ प्रकारका सामाजिक सुरक्षा भत्ता पाइरहेको बताए । जनतामा आशा जगाउनुपर्ने आवश्यकता आंैल्याउँदै प्रधानमन्त्रीले आशा जगाउन सकेमा विकास निर्माणका कार्यले पनि गति लिन सक्ने स्पष्ट पारे ।

पुनर्निर्माणमा असाधारण काम:
प्रधानमन्त्री ओलीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको क्षेत्रमा असाधारण काम गरेको बताए । उनले रानीपोखरी उद्घाटन भइसकेको र अब धरहरा पनि छिट्टै उद्घाटन गरी चालू अवस्थामा ल्याइने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले पर्यटन क्षेत्रको पुनरुत्थान गर्न विभिन्न महत्वपूर्ण कार्यक्रम ल्याइएको बताए । गत वर्ष राजनीतिक हिसाबले होस् वा आर्थिक हिसाबले होस् सफल वर्षका रूपमा रहेको उनले जनाए ।

सामाजिक क्षेत्रमा उल्लेख्य काम:
प्रधानमन्त्री ओलीले गत वर्ष सामाजिक क्षेत्रमा उल्लेख्य काम भएको र एसिड आक्रमणका विरुद्ध कडा कानुन ल्याइएको बताए । यस्तै, बलात्कारविरुद्ध कारबाही गर्न कडा कानुन ल्याइएको तर त्यसलाई विपक्षीले अनावश्यक विरोध गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाए ।

(Visited 64 times, 1 visits today)
Loading comments...

आजको समाचार

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

काभ्रेमा अक्सिजनसहितको आइसोलेशन सेन्टर

काभ्रेपलाञ्चोक । पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको वृद्धि भएसँगै जिल्लाका स्थानीय तहले संक्रमितको उपचारमा सहजताका लागि...

अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन...

साताका लोकप्रिय समाचार

असार मसान्तसम्ममा पौने चार अर्ब लिटर अक्सिजन आवश्यक

काठमाडौं । सरकारले आगामी असार मसान्तसम्म झन्डै ४ अर्ब लिटर अक्सिजन खपत अनुमान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० हजार ३५...

कांग्रेस नेता खड्काको निधन

भक्तपुर ।  नेपाली कांग्रेसका नेता शिवबहादुर खड्काको आज यहाँ निधन भएको छ । पछिल्लो समय मध्यपुरथिमिमा बस्दै आउनुभएका तत्कालीन संविधानसभा सदस्य खड्का घरको शौचालयमा...

मानवता बिरुद्धको अपराधमा संलग्न र तिनका मतियारहरुलाई नांगेझार पार्ने युवा संघको चेतावनी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको महामारीका बीचमा मानवता बिरुद्धको अपराधमा संलग्न हुने अपराधी तथा उनका मतियारहरुलाई नांगेझार पार्ने...

बिजुली बलेपछि झिलिमिली गाउँ

रुकुम पश्चिम । आठबिसकोट नगरपालिका–३ खदी गाउँ अँध्यारोमुक्त भएको छ । गाउँमा बिजुली बत्ती बलेपछि सिंगै गाउँ झिलिमिली भएको छ । केही समययता खदिका स्थानीय...

राष्ट्रिय सभाको निर्वाचनमा विपक्षी दल एक ठाउँमा

काठमाडौं । राष्ट्रिय सभा बाग्मती प्रदेशतर्फ ६ र लुम्बिनी प्रदेशतर्फ १७ जेठमा हुन गइरहेको उपनिर्वाचनका लागि विपक्षी दलले गठबन्धन तयारी थालेका छन् । कांग्रेस, माओवादी...

ट्रेन्डिङ

ओमानको शतप्रतिशत जित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा ओमानले शतप्रतिशत जित हात पारेको छ । मंगलबार अमेरिकालाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै सिरिजमा शतप्रतिशत...

सेवामूलक काममा पनि ध्यान देऊ

आमजनतामाझ गुनासो र आलोचना व्यापक बन्दै गर्दा वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले आफूले गरेका दुई वर्षका कामकार्यको उपलब्धि सार्वजनिक गरेको छ । सार्वजनिक...

ललिता निवास जग्गा प्रकरणः ढकाललाई छाड्ने विषयमा न्यायाधीशकै राय बाझियो

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुख्य बिचौलिया शोभाकान्त ढकालको मुद्दामा दुई न्यायाधीशको राय बाझिएपछि पूर्ण इजलासमा गएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र...

कञ्चनपुरमा नेकपाका दुई समूहबीच झडप, कार्यालयमा प्रहरीको कब्जा

महेन्द्रनगर । नेकपा कञ्चनपुरको प्रचण्ड-नेपाल समूहले आइतबार मध्यान्ह बोलाइएको विस्तारित बैठक अघि नै ओली समूहले ताला लगाएकोमा बिबाद हुँदा तनाब श्रृजना भएको छ ।...

युरोपमा लकडाउन, टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश निषेध

पेरिस । कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै धेरै युरोपेली मुलुकले नयाँ लकडाउन र प्रतिबन्ध घोषणा गरेका छन् । उता, टोकियो ओलम्पिक आयोजना समितिले खेललाई...

कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन तयारी तीव्र

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन आयातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राविधिक र व्यवस्थापकीय रूपमा तयारी गरे पनि भ्याक्सिन कहिले आउने भन्ने अन्योल...

सशस्त्र प्रहरीका स्थायी बीओपी चार गुणा बढाइँदै

काठमाडौं । सरकारले सीमा नाकाको सुरक्षाका लागि स्थापना गरिएका सशस्त्र प्रहरीका बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी)को संख्या चार गुणाले बढाउने तयारी गरेको छ । हाल सीमा...

अख्तियारको सराहनीय कार्य

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहुचर्चित ललितानिवास जग्गा हिनामिना प्रकरणमा दोषी ठहरिएकाहरूलाई भ्रष्टाचार मुद्दा दायर गरेसँगै मिचिएको सरकारी जग्गा फिर्ता प्रक्रियासमेत सुरु भएको छ ।...

सामाजिक सञ्जाल र मनोविज्ञान

२१औं शताब्दीमा विश्व प्रविधिमैत्री भएको छ । विश्वका प्रत्येक देशका मानिसले प्रविधिको अधिक प्रयोग गरिरहेका छन् । कोरोना महामारीका बेला विश्वका प्रायः मानिसले प्रविधिमा...

आजबाट आहा रारा गोल्डकप

काठमाडौं । आहा रारा गोल्डकप आजबाट सुरु हुँदैछ । आहा गोल्डकपको यो १८ औं संस्करण हो । पोखरा रंगशालामा उदघाटन खेलमा आयोजक सहारा क्लव...

च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पूरा, सिटी आउट

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलको समीकरण पूरा भएको छ । गएराति भएको अन्तिम क्वाटरफाईनल खेलमा फ्रान्सको ओलम्पिक लियोनले इंग्ल्यान्डको म्यान्चेस्टर सिटीलाई पराजित गरेसँगै...

रुरुक्षेत्रमा विपत् प्रतिकार्य तालिम

गुल्मी । विपत्बाट बच्नको लागि गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा विपत् प्रतिकार्य तालिम संचालन गरिएको छ । लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)