काठमाडौं । विभिन्न माग राखेर सिंहदरवारभित्र प्रदर्शनमा उत्रिएका चार कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि बिहीबार मागसहित प्रदर्शनमा उत्रिएका कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरेको हो।
शाखा अधिकृतको पदपूर्तिमा ५० प्रतिशत खुला, ३० प्रतिशत बढुवा र २० प्रतिशतमा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्नेजस्ता माग राख्दै नासुहरूले शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।
ऐनमा राखिएका कतिपय प्रावधानले कर्मचारीहरुको वृद्धि विकासमा मार्ग अवरुद्ध हुने खालको भएको र यसैको विरोधस्वरुप सांकेतिक रुपमा कार्यालयको कामलाई बाधा नपर्ने गरी प्रदर्शन गरिएको विरोधमा सहभागी प्रकाश भट्टराईले बताए ।
सेवामा बहाल रहेका कर्मचारीहरुले अर्को तहमा खुल्ला प्रतिस्पर्धाबाट पास गरेमा त्यसको सेवा अवधि गणना नगर्ने, उमेर हद र विभिन्न श्रेणीमा आन्तरिक प्रतिस्पर्धा नै गर्न नपाउने जस्ता व्यवस्था ऐनमा गरिएको छ ।
यस्ता छन् माग–







