Tuesday, May 11, 2021
Home Editor-Picks राजस्व छलीमा भन्सार प्रतिनिधि नै

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

मधुजंग पाण्डे,

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको फेला परेको छ ।

राजस्व अनुसन्धान विभागले गरेको एउटा मुद्दाको अध्ययनमा यतिधेरै राजस्व छलेर ठगी गर्नेमा भन्सार प्रतिनिधिकै मिलेमतो देखिएको हो । निकै गहन एवं सूक्ष्म अनुसन्धानपछि काठमाडौंको जयपशुपति इम्पेक्सका प्रोप्राइटर रेखादेवी दाससमेत पाँच जनाले भन्सार प्रतिनिधि सुरेन्द्रबहादुर श्रेष्ठको मिलेमतोमा १ करोड १३ लाख ५ हजार ५ सय १४ रुपैयाँ राजस्व छली गरेको पत्ता लगाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ । अहिले उनीहरूविरुद्ध भन्सार छली राजस्व चुहावट गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

राजस्व अनुसन्धान विभागका अनुसार धनुषाको देवपुरा रुपैठा स्थायी घर भई हाल काठमाडौंको बांगेमुढा बस्ने जयपशुपति इम्पेक्सका प्रोप्राइटर दाससहित विभिन्न पाँच जनाविरुद्ध १ करोड १३ लाख ५ हजार ५ सय १४ रुपैयाँ बिगो, जरिमाना र कैद सजाय माग दाबीसहित मुद्दा दायर गरिएको छ । यस फर्मका प्रोप्राइटर दास र भन्सार प्रतिनिधि श्रेष्ठको मिलिमतोमा भारतीय ट्रकमा सिसाको खाली बोतलमा पोते लोड गरी ल्याउने गरेको अनुसन्धानबाट खुल्न आएको विभागले जनाएको छ ।

अनुसन्धानको क्रममा उनीहरूसँग पोतेको भन्सार तिरेका कागजात माग गर्दा पेस गर्न नसकेकाले सरकारलाई हानिनोक्सानी पु¥याउने मनसाय तथा योजनाका साथ चोरी पैठारी गरी राजस्व चुहावट गरेको भन्दै विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

सो फर्म तथा फर्मका सञ्चालक र अन्य व्यक्तिमाथि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन–२०५२ अनुसार कारबाही अघि बढ्ने विभागले जनाएको छ । झुटो विवरण पेस गरी सो फर्मले भन्सारतर्फ ११ लाख ३५ हजार ८ सय ८७ रुपैयाँ, मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ ४६ लाख ७३ हजार २ सय ४ रुपैयाँ र आयकरतर्फ ५४ लाख ९६ हजार ४२३ रुपैयाँ राजस्व छलेको विभागले ठहर गरेको जनाएको छ ।

यसैगरी, विभागले सो फर्मका प्रोपाइटर रेखादेवी दास, मुख्य कारोबारी विकासलाला दास, गाडी चालकद्वय सुदीप श्रेष्ठ र राजकुमार तथा भन्सार प्रतिनिधि सुरेन्द्रबहादुर श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको बताएको छ । भन्सार प्रतिनिधिको मिलिमतोमा भारतीय ट्रकमा सिसाको खाली बोतल लोडगरी सोही बोतलमाथि लुकाइछिपाइ पोते ल्याएको विभागको आरोप छ ।

(Visited 169 times, 1 visits today)
Loading comments...

आजको समाचार

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

साताका लोकप्रिय समाचार

नेपाल फकाउने ओलीको प्रयास असफल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको आन्तरिक विवादले नेताका दौडधुप तीव्र बनेको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ...

शीर्ष चारमा काठमाडौंको सम्भावना जीवितै

काठमाडौं । विदेशी खेलाडी स्टेफन विनोङ समीरको एक मात्र गोलमा काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा बुटवल लुम्बिनीलाई १–० ले पराजित गर्दै शीर्ष...

१ सय ३८ वटा अक्सिजन सिलिण्डर बरामद

रौतहट । रौतहटको गौर अस्पतालका कोभिड संक्रमित बिरामीहरुले अक्सिजन नपाएको गुनासो बढेपछि रौतहट प्रहरीले बजारका पसलहरुबाट १ सय ३८ वटा ग्यास सिलिण्डर बरामद गरेको...

कोभिड-१९ को दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन्। 'समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको...

बाँकेमा थप चार सङ्क्रमितको मृत्यु

बाँके । बाँकेमा कोरोना सङ्क्रमणबाट बिहीबार थप चार जनाको उपचारको क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, कोहलपुरस्थित शिक्षण अस्पतालमा एक र...

ट्रेन्डिङ

कोभिड–१९ बाट विश्वभर २८ नेपालीको मृत्यु, हजार जना सङ्क्रमित

विश्वभर फैलिएको कोरोना भाइरस ९कोभिड–१९० बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९एनआरएनए० २८ पुगेका छन् । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित...

ओलीले मन्त्री नियुक्त गर्ने

काठमाडौं । नेकपा ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले अबको पहिलो काम मन्त्रिपरिषद् बिस्तार हुने बताएका छन् । बालुवाटारमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग...

बहुमुल्य काईनेटिक पत्थरसहित दैलेखमा एक जना पक्राउ

दैलेख । बहुमुल्य काईनेटिक पत्थर सहित दैलेखमा अवैध कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ...

भारतमा आजबाट कोरोनाविरुद्ध खोप अभियान

नयाँदिल्ली । भारतमा आजबाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको छ । पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी र अग्रपंक्तिमा कार्यरत सुरक्षा कर्मचारीलाई खोप दिइने...

मेस्सीद्वारा बार्सिलानाको उद्दार

मड्रिड । स्पेनिस ला–लिगा फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा लेभान्तेविरुद्ध बार्सिलोना १–० ले विजयी भयो । घरेलु मैदानमा बार्सालाई विजयी गराउन लियोनल मेस्सीले ७६ औं...

‘प्रधानमन्त्रीको राजीनामा माग्नु अस्थिरताको प्रयास’

काठमाडौं । मुुलुकका विभिन्न क्षेत्रमा कार्यरत प्रतिष्ठित तथा प्रबुद्ध नागरिकले प्रधानमन्त्रीको राजीनामा माग्नु मुलुकलाई अस्थिरतातर्फ लैजाने खेल भएको बताएका छन् । उनीहरूले बुधबार संयुक्त...

कोरोना अस्पतालको तायरीबारे प्रदेश ५ का सामाजिक विकासमन्त्रीको चासो

नेपालगञ्ज । प्रदेश पाँचका समाजिक विकास मन्त्री सुदर्शन बरालले कोबिड–१९ कोरोना भाइरसको संक्रमणको न्यूनीकरण तथा रोकथामका लागि बाँकेमा भएका प्रयासबारे स्थलगत अवलोकन गर्दै जानकारी...

कोरोनाले बिचल्लीमा छन् सप्तरीका किसान

राजविराज । आफ्नै पौरखमा भरोसा गर्ने राजविराज नगरपालिका–६ का युवा ओमप्रकाश शर्मा तरकारी खेतीमा लागेको चार वर्ष भयो । माटोमा पसिना पोखेर राम्रै आम्दानी...

‘फासीवाद लाद्न खोजेकाले आमहड्ताल’

काठमाडौं । सरकारले संविधान, कानुन र राजनीतिक संस्कृतिलाई उल्लंघन गर्दै देशमा गुण्डाराज र फासीवाद लाद्न लागेको भन्दै नेकपा दाहाल नेपाल समुहले आमहड्ताल घोषणा गरेको...

निषेधाज्ञा पालना गरौँ

कोरोना महामारीको दोस्रो लहरको गम्भीर प्रकृतिको असरलाई मध्यनजर गरेर सरकारले निषेधाज्ञा अवधिभर घरबाहिर ननिस्किन आग्रह गरेको छ । दिनप्रति दिन संक्रमितको संख्या बढ्दै जानु...

आईसीसीमा पठायो क्यानले खेलाडीको सूची

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पारिश्रमिक निकासाका लागि क्रिकेट खेलाडीको नाम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई पठाएको छ । आईसीसीले पारिश्रमिकका लागि खेलाडीको सूची...

नेपालगञ्ज र कोहलपुरका व्यवसायीहरु जुवाको खालबाट पक्राउ

नेपालगन्ज । नेपालगञ्ज र कोहलपुरका व्यवसायीहरु जुवाको खालबाट पक्राउ परेका छन् । २९ लाख ४८ हजार नगदसहित १० जना जुवाडे पक्राउ परेका हुन् ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)