Tuesday, May 11, 2021
Home Breaking News पार्टीको ह्वीप उलंघन गर्ने तीन सांसद पार्टीबाट निष्कासित

पार्टीको ह्वीप उलंघन गर्ने तीन सांसद पार्टीबाट निष्कासित

राजधानी समाचारदाता,

काठमाडौं । संसदीय दलको ह्वीप उल्लंघन गर्दै कर्णालीमा रहेको माओवादी सरकारको पक्षमा मतदान गर्ने तीन जना सांसदलाई एमालेले पार्टीबाट निष्कासित गरेको छ । एमाले कर्णाली प्रदेश कमिटिको शनिबारको बैठकले शुक्रबारदेखि नै लागू हुने गरी पार्टी कमिटीका सबै जिम्मेवारीबाट निष्कासन गरिएको अध्यक्ष गोरख बोगटीले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।

‘फ्लोर क्रस’ गर्ने चार जनामध्ये नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीले कारबाही गरेको विज्ञप्तिमा उल्लेख छ । एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्यसमेत रहेका अर्का सांसद प्रकाश ज्वालालाई पार्टीबाट निष्कासन गर्न केन्द्रलाई सिफारिस गरिएको बोगटीले जनाए ।

प्रदेशसभा संसदीय दलले शुक्रबार गरेको निर्णयलाई समेत आधार बनाई उनीहरुमाथि कारबाही गरिएको वक्तव्यमा उल्लेख छ । ‘निजहरुलाई प्रदेशसभा सदस्य र पार्टीको कर्णाली प्रदेश कमिटी सदस्यबाट समेत निष्कासन गर्न भनी आएको सिफारिसलाई आधार बनाई शुक्रबारदेखि लागू हुने गरी पार्टी सदस्यसहित पार्टी कमिटिका सबै जिम्मेवारीबाट निष्कासन गरिएको र नेकपा एमाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य प्रकाश ज्वालालाई पार्टी सदस्यसमेत नरहने गरी निस्कासन गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको छ,’ वक्तव्यमा भनिएको छ ।

(Visited 117 times, 2 visits today)
Loading comments...

आजको समाचार

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

साताका लोकप्रिय समाचार

एसईई र १२ कक्षाको परीक्षा स्थगित

काठमाडाैं ।  यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित हुने भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको  बैठकले परीक्षा स्थगित गर्ने निर्णय...

राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता आज, रामबहादुर थापाको उम्मेदवारी अझै टुंगो लागेन

काठमाडौं । वाग्मती प्रदेशमा रिक्त हुन पुगेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी मनोनयन हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश राजधानी हेटौंडामा...

चरम शुल्क असुल्दै निजी अस्पताल

काठमाडौं । गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्न थालेको मौका छोप्दै केही निजी अस्पतालले विभिन्न शीर्षकमा चरम शुल्क असुल्न थालेको पाइएको छ । विरामीका आफन्तका अनुसार...

परिषद् सचिवालय बन्द

काठमाडौं । न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ...

उपत्यकामा निषेधाज्ञा : थप कडा, बिहान ९ बजेपछि पसल बन्द गर्नै पर्ने , फुटपाथमा व्यवसाय बन्द

काठमाडाैं । काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र...

ट्रेन्डिङ

दुई बर्षदेखि फरार अभियुक्त पासवान पक्राउ

बरहथवा । सर्लाहीमा प्रहरीको सक्रियता दिन प्रतिदिन बढदै गएको छ । यतिबेला सर्लाही प्रहरी अपराध नियन्त्रणमा पूर्ण रुपमा सक्रियता देखाएको छ । जिल्लामा सर्लाही...

रंग भेदको सिकार बनेकी अभिनेत्री समिरा

मुम्बई । बलिउडमा नातावाद मात्र नभएर रंग विभेद पनि हुने गरेको अभिनेत्री समीरा रेड्डीले बताएकी छन् । यी अभिनेत्री पछिल्लो समय आमा बनेपछि सन्तानको...

सर्वदलीय बैठक : गणतन्त्रविरोधी गतिविधिविरुद्ध सत्ता र प्रतिपक्षको समान मत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आह्वान गरिएको सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठकमा सत्तापक्ष र मुख्य प्रतिपक्षी दलले गणतान्त्रिक परिवर्तनका पक्षमा...

नगर-गाउँसभा र नतिजामुखी कार्यान्वयन

संघ, प्रदेश र स्थानीय तह गरी तहगत संघीय संरचना निर्माण गरिएसँगै स्थानीय तहले नेपालको संविधानको धारा २१४, २२१ र २२६ अनुसार स्थानीय कार्यपालिका, नगर...

मेरो कार्यकालमा नेपाल ट्रष्टको जग्गासम्बन्धी कुनै निर्णय भएको छैन : देउवा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा भाडामा दिने सम्बन्धमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका छन् ।...

नागरिक शिक्षाः संवैधानिक ज्ञानको स्रोत

नागरिक शिक्षालाई प्रजातान्त्रिक शिक्षा पनि भनिन्छ । लोकतान्त्रिक मुलुकका नागरिकमा प्रजातान्त्रिक शिक्षाको ज्ञान हुन आवश्यक हुन्छ । नागरिक शिक्षाले समाजका विभिन्न तह, वर्ग र...

विजय लामा कोरोना संक्रमणपछि आइसोलेसनमा

काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी अहिले सोल्टी होटलको आइसोलेसनमा छन् । लामाले आइतबार स्वाब...

काठमाडौँ उपत्यकामा संक्रमित भएकै क्षेत्रमा नमूना परीक्षण

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोभिड–१९को सङ्क्रमण बढेसँगै परीक्षणको दायरा पनि बढाइएको छ । बन्दाबन्दी खुलेसँगै बाहिरबाट भित्र्ने मानिस र उपत्यकामा पनि भीडभाड बढेसँगै उपत्यकामा...

इन्डक्सन चुलो किन्ने बढे

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा इन्डक्सन चुलो किन्नेको भिड बढेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस संक्रमणको प्रभावले...

धमाधम अक्सिजन सुबिधासहितको आईशोलेशन बनाउदै बाँकेका स्थानीय तह

नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणको हटस्पट बन्दैगर्दा स्थानीय तहले कोरोना संक्रमितको लागि हाईफ्लो अक्सिजन सुविधा सहितको आइशोलेशन तीब्र रुपले तयार गर्दैछन् । कोरोना भाईरसको...

क्वारेन्टाइका युवाको गुनासो– ‘पिसीआर परीक्षण नहुँदा ढुक्क छैनौँ’

बाग्लुङ । कोरोनाको कहरले भारतमा रोजगारी गुम्यो, अर्काको देशमा भाडाको कोठामा बसेर खाना पनि समस्या । काठेखोला गाउँपालिका–२ का धनबहादुर केसीले बाटोको जोखिम मोलेरै...

इटलीमा ६ करोड मानिसलाई घरभित्रै बस्न निर्देशन

रोम । कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न इटलीले देशभर आपतकालीन उपायहरू विस्तार गरेको छ । इटली सरकारले देशव्यापी रूपमा सार्वजनिक भेलामा प्रतिबन्ध लगाएको छ भने...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)