जंगलमा दिसा गर्न लागेकाे बेला बँदेलले गर्यो आक्रमण

धनकुटा । जंगली बँदेलको आक्रमणबाट धनकुटाको सहिदभूमि गाउँपालिकाका एक युवा घाइते भएका छन् । दिसा गर्न बसेका बेला जंगली बँदेलले आक्रमण गर्दा सहिदभूमिका ३७ बर्षीय धनवहादुर श्रेष्ठ घाइते भएका हुन् ।

धनकुटा नगरपालिका–९ स्थित म्हाङ्ग खोला नजिक जंगलमा शुक्रवार अपरान्ह २.३० बजे दिसा गर्न बसेका बेला श्रेष्ठलाई बँदेलले आक्रमण गरेको हो । उनी म्हाङ्ग खोलामा ढुङ्गा, गिटी, वालुवा उत्खनन्को काम गर्दै आएका थिए । काममा भएका बेला दिसा लागेपछि जंगल पसेका श्रेष्ठलाई दिसा बसिरहेका बेला पछाडिबाट जंगली वँदेलले ढाँडमा आक्रमण गरेको हो । जंगली बँदेलले दाराले हान्दा श्रेष्ठको ढाड र तिघ्रामा चोट लागेको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले जानकारी दिए ।

ढाडबाट अत्याधिक रक्तश्राव भइरहेका श्रेष्ठलाई उपचारका लागि मूलघाटस्थित स्थानीय मेडिकलमा पुर्याइएको थियो । त्यहाँ उपचार हुँन नसकेपछि उनलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । मुलघाट आसपास र तमोर तटिय क्षेत्रमा जंगली बँदेल भेटिने गरेका छन् । बँदेलले अन्य व्यक्तिलाई पनि आक्रमण गर्न सक्ने भएकाले सतर्क रहन प्रहरीले आग्रह पनि गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 333 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मौन अवधि आज राति १२ बजेबाट, के गर्न पाइन्छ के पाइदैन ?