Tuesday, May 11, 2021
Home Breaking News सेना परिचालन गरेर तत्काल सिमा नाका बन्द गर्नुपर्छ : डा. दिक्षित

सेना परिचालन गरेर तत्काल सिमा नाका बन्द गर्नुपर्छ : डा. दिक्षित

राजधानी समाचारदाता,

काठमाडौं । जनस्वास्थ्यविद् डा. शरद वन्तले अहिले प्रकोपको मुखमा पुग्नु भनेको अपेक्षित नभएको टिप्पणी गरेका छन्। उनले भने,‘हामीले पटक–पटक, बारम्बार–बारम्बार यस्तो हुनसक्ने सम्भावनाहरुको बारेमा इंगित गरिरहेका थियौं । अहिले हामी जुन चरणबाट गुज्रिरहेका छौं, यो हाम्रो लागि एकदम छक्क मान्नुपर्ने, हामीले सोचेभन्दा बाहिरको स्थिति पक्कै पनि होईन् । मुख्य कुरा, यस्तो हुनसक्छ भन्ने कुराको अनुमान हुँदाहुँदैपनि हामीले कति तयारी गर्यौं ? अहिले हामी चाहीँ अहिलेको प्रकोपलाई सम्बोधन गर्न के कस्ता नीतिहरु बनाईरहेका छौं, यो एकदमै महत्वपूर्ण पाटो हो ।’

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. वन्तले यो चरणलाई सम्बोधन गर्नको लागि र रोकथाम गर्नको लागि के गर्नुपर्छ भन्नलाई आफूहरुलाई नौलो कुरा नभएको पनि टिप्पणी गरे । उनले भने,‘साँच्चै भन्ने हो भने हिजो हामीले पहिलो चरणमा रोकथाम तथा नियन्त्रण गर्नको लागि जे जस्ता जनस्वास्थ्यका मापदण्डहरु, स्वास्थ्य सेवाको तयारीपन आवश्यकत्ता थियो, आजपनि त्यही आवश्यकत्ता हो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालमा अहिले भाइरसको नयाँ भेरियन्ट आएकोबारे भने,‘भाइरसको नयाँ भेरियन्ट आएको छ भन्ने छ, त्यसले गर्दा जनस्वास्थ्यका मापदण्ड, नयाँ विधि, उपचारको विधिहरुमा अथवा संक्रमितहरुलाई उपचार गर्ने विधिहरुमा केही फरक पार्छ कि भन्नेबारे अझैपनि कुराहरु स्थापित भैसकेको छैन् ।’

उनले नयाँ भेरियन्ट हिजोको भेरियन्टभन्दा अलिक बढि संक्रामक रहेको बताए । उनले भने,‘हामी अहिले बढि नै सतर्कता हुनुपर्छ । रोकथामका विधि त्यही हुन् । संक्रमितको उपचार विधिमा धेरै फरक पर्दैन् । संक्रमणलाई निस्तेज पार्ने, संक्रमणको चक्रलाई कसरी तोड्ने ? र संक्रमितहरुको कसरी व्यवस्थापन गर्ने ? भन्नेबारे गम्भीर हुनुपर्छ ।’

उनले संक्रमण रोक्नको लागि आयातित र यहाँभित्रै भएको संक्रमणलाई रोक्नुपर्नेमा जोड दिए । उनले भने,‘अहिले हामीले आयातित संक्रमणको व्यवस्थापन गर्नको लागि, आयातित संक्रमणलाई निस्तेज गर्नको लागि गर्नुपर्ने महत्वपूर्ण काम भनेको सिमानाको व्यवस्थापन नै हो । सिमानाको व्यवस्थापन भन्दाखेरि हामीले विगतमा सिमानालाई बन्दाबन्दी गरेर जुन पीडाहरु नागरिकहरुलाई दियौं, त्यसबाट सिक्नुपर्नेछ । सिमा बन्द गरेर समस्याको हल हुँदैन् । पहिलो काम भनेको हामीले सिमानामा क्वारेन्टिनको व्यवस्थापन गर्नुपर्छ । सिमानामा निगरानी गर्नुपर्छ । परीक्षणको व्यवस्थापन गर्नुपर्छ । र, त्यहाँ पहिचान भएका संक्रमितहरुलाई आईसोलेशनको व्यवस्थापन गरेर आयातित केशहरुलाई व्यवस्थापन गर्न सक्छौं ।’ उनले सिमानामा के कस्तो व्यवस्थापन भैरहेको छ भन्नेबारे आफूले व्यक्तिगत रुपमा जानकारी नराखेको पनि जनाए ।

उनले जुन प्रभावकारिताका साथ सिमानामा क्वारेन्टिनको व्यवस्थापन भएको छ भन्नेमा आफूलाई विश्वास नलागेको पनि स्पष्ट पारे । उनले भने,‘अहिले जुन संख्यामा परीक्षणहरु भैरहेका छन्, त्यो परीक्षण कसरी भैरहेको छ, त्यो थाहा छैन् । कुन मापदण्डमा एन्टिजेन र कुन मापदण्ड र कसलाई पिसिआर परीक्षण भैरहेको छ ? त्यो थाहा छैन् । जोखिममा भएकाहरुको मात्रै परीक्षण गरेका हौं कि ? के हो यो विषयमा प्रष्ट हुनुपर्छ ।’ अहिलेको कोरोना संक्रमणको दोस्रो चरण स्वभाविक भएको पनि उनको भनाई छ । उनले भने,‘जबसम्म संक्रमणको स्रोत रहिरहन्छ, तबसम्म यो संक्रमण विस्तार र उतारचढाव भैरहन्छ ।’

उनले सरकारको तहबाट राष्ट्रिय तहको नीतिहरु नै के कस्तो बनेका छन् त ? त्यसको बारेमा अन्यौलता देखिएको सुनाए । उनले भने,‘के गर्ने भन्नेबारे स्पष्ट खाका छैन् । नेपाल सरकार भनेको स्वास्थ्य मन्त्रालय मात्रै पनि होईन् । नेपाल सरकार भन्नाले सबै बुझ्नुपर्छ । प्रत्येक निकायको आ आफ्नो दायित्व हुन्छ । तर, मैले समन्वयको कमी देखेको छु । स्कुल बन्द गर्ने कि नगर्ने भन्नेबारे स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयबीच प्रभावकारी समन्वय हुन सकेको छैन् ।’

(Visited 57 times, 3 visits today)
Loading comments...

आजको समाचार

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

साताका लोकप्रिय समाचार

गण्डकीमा नयाँ सरकार गठन प्रक्रिया : जनमोर्चा निर्णायक

पोखरा । मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुखबाट ३ दिनभित्र बहुमतको नयाँ सरकार गठनका आह्वान गरिएकोमा दोस्रो दिनसम्म पनि जनमोर्चा अनिर्णित बन्दा गण्डकीमा सरकार गठन हुन...

उच्च शिक्षामा प्रविधिमय समुदायको महत्व

प्रविधिमय समुदाय भनेको विभिन्न प्रविधिको माध्यमबाट विभिन्न वर्गको उपलब्धिमूलक सहभागिता जनाउँछ । अझ प्रभावकारीपूर्वक भन्नुपर्दा प्रविधिमय समाजअन्तर्गत प्रविधियुक्त समुदायभन्दा पनि फरक पर्दैन । अनि...

बीरगञ्जमा साढे ६ घण्टामा ४ जनाको निधन

वीरगन्ज । कोरोना संक्रमणको हटस्पट वीरगन्ज क्षेत्रको नारायणी अस्पतालमा साढे ६ घण्टाको अन्तरालमा ४ जना संक्रमितको निधन भएको छ । अस्पतालमा उपचार गराइरहेका संक्रमित...

प्रधानमन्त्री ज्यू छातीमा हात राखेर भन्नुस् कुशासन र भ्रष्टाचारकाे कारण तपाई होईन ? : देउवा

माननिय सभामुखज्यू, कोभिड–१९ को महामारीका कारण धेरै नेपाली दिदीबहिनी, दाजुभाइहरुले ज्यान गुमाउनु परेको छ । म यस दुःखद घडीमा दिवंगत आत्माहरुको चीर शान्तिको कामना साथ...

अस्पतालले भर्ना लिन नमान्दा युवाको मृत्यु

जनकपुरधाम । धनुषामा एक युवाले उपचार नपाएरै मृत्युवरण गरेका छन् । धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४०...

ट्रेन्डिङ

मन्त्री, सचिव र उच्चपदस्थलाई पछ्याउँदै कोरोना

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकायका रूपमा रहेको सिंहदरबारभित्र पनि कोरोना संक्रमण दर बढेपछि ९० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ । सिंहदरबारमा...

चलचित्र संस्कार निर्माण घोषणा

काठमाडौं । चलचित्र ‘संस्कार’को निर्माण घोषणा गरिएको छ । किशोर चौधरीको निर्देशनमा चलचित्र ‘संस्कार’ नामक फिल्म निर्माण हुन लागेको हो । चलचित्रको निर्माण घोषणासँगै...

२० जेठसम्म लकडाउन थप

काठमाडौं । सरकारले २० जेठसम्मका लागि लकडाउन थाप गरेको छ । उच्चस्तरीय समितिले १० दिनका लागि म्याद थप गर्न सुझाव दिएकोमा सरकारले १५ दिन...

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

थिएमले जिते यूएस ओपन उपाधि

न्युयोर्क । तेस्रो वरीयताका अस्ट्रेलियन डोमिनिक थिएमले यूएस ओपन टेनिसको उपाधि जितेका छन् । पहिलोपटक ग्रान्डस्लाम च्याम्पियन बन्ने क्रममा थिएमले सातांै वरीयताका जर्मन एलेक्सान्डर...

राजधानीमै युवतीमाथि एसिड प्रहार

काठमाडौं । राजधानीको सितापाइलामा एक युवतीमाथि एसिड प्रहार भएको छ । बिहीबार साँझ घरबाट सामान किन्न भदै पसल निस्कीएकी २२ वर्षीया युवती पवित्रा कार्कीमाथि...

सिन्धुपाल्चोकमा इन्जिनियरहरुले दिए स्वाब संकलन बुथ (फोटो फिचर)

सिन्धुपाल्चोक । कोरोना भाइरसका संक्रमित विरामीहरुको स्वाब संकलनका लागि सुरक्षित बुथ नहुँदा समस्यामा रहेका सिन्धुपाल्चोकका स्वाथ्यकर्मीले अब भने स्वाब संकलनका लागि सुरक्षित बुथ पाएका...

द्विपक्षीय विषयमा छलफल गर्न नेपाल भारत सहमत

काठमाडौं । नेपाल र भारत द्विपक्षीय विषयमा छलफल गर्न सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय विषयमा...

तोलामा तीन हजारले घट्यो सुन

काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा शुक्रबार अनपेक्षित रुपमा तीन हजार रुपैयाँले घटेको छ । बिहीबार रु ८१ हजार ५००...

पोखरामा पत्रकार र सुरक्षाकर्मीसहित थप ११ जना संक्रमित

पोखरा । पोखरामा पछिल्लो पटक थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामा दुई सुरक्षाकर्मी, एक पत्रकार र दुबईबाट फर्किएका एक...

वडा अध्यक्ष र सदस्यले दिए आफुले पाउने दसैं भत्ता स्वास्थ्य चौकीलाई

बाजुरा(मार्तडी) । बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्याय लगायत वडा सदस्यहरुले आफुहरुले पाउने बिभिन्न भत्ताको रकम स्वास्थ्य चौकीको स्तरउन्नतिका खर्च...

नयाँ सरकारबारे कांग्रेसमा दुई धार

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनको निर्णयलाई बदर गरेसँगै बनेको पछिल्लो राजनीतिक अवस्थामा नयाँ सरकार गठनको विषय लिएर नेपाली कांग्रेसभित्र दुई धार देखिएको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)