Tuesday, May 11, 2021
Home Editor-Picks सर्वदलीय बैठकको निष्कर्ष : एमसीसी अघि बढाऊ

सर्वदलीय बैठकको निष्कर्ष : एमसीसी अघि बढाऊ

राजधानी समाचारदाता,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी प्रमुख दलका नेताहरूले अमेरिकी सहायता परियोजना (एमसीसी) अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

बैठकमा सभामुखले सरकारको प्रस्ताव स्वेच्छाचारी ढंगले रोक्न नमिल्ने निष्कर्ष निकाल्दै ७ वैशाखअघि नै कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर प्रस्ताव सदनमा ल्याउनुपर्ने आवश्यकता आंैल्याइएको छ । संसद्मा पेस भएपछि सार्वभौम संसद्ले गर्ने निर्णय सबैले मान्नुपर्ने निष्कर्षसमेत सर्वदलीय बैठकमा निकालिएको छ ।

साथै, बैठकमा प्रतिनिधिसभा, प्रदेशसभा सदस्यका साथै स्थानीय तहमा रिक्त स्थानमा उपनिर्वाचन गराउँन राजनीति दल सहमत भएका छन् ।

सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलका नेताले एमसीसीको प्रस्ताव संसद्मा ल्याउनुपर्ने र संसद्ले जे गर्छ, सोहीअनुसार अघि बढ्नुपर्ने सुझाव दिएका छन् । यसैगरी  रिक्त स्थानमा यथाशीघ्र उपनिर्वाचन गर्नुपर्ने सुझावसमेत दिइएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वदलीय बैठकमा एमसीसी अघि बढाउनुपर्ने विषयमा सबै पक्षको सुझाव प्राप्त भएको जानकारी दिए । प्रवक्ता ज्ञवालीले नेताहरूबाट विभिन्न ठाउँमा रिक्त स्थानमा संविधान र कानुनअनुसार छिट्टै नै उपनिर्वाचन गराउन सुझाव आएको बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा एमसीसी,  उपनिर्वाचनका साथै कोरोना महामारीविरुद्धको प्रतिकार्यलगायतका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकले तीनबुँदे निष्कर्ष निकालेको बताए ।  बैठकले एमसीसी विधेयक संसद्मा अघि बढाउने,  कानुनबमोजिम गर्नुपर्ने उपनिर्वाचन छिट्टै गराउने निष्कर्ष निकाल्दै कोरोना महामारी नियन्त्रणबारे साझा धारणा तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले बैठकमा सभामुख अग्निप्रसाद सापकोटाको आलोचना गर्दै संसद्मा सरकारको प्रस्ताव स्वेच्छाचारी ढंगले रोक्न नमिल्ने बताए । दुई वर्षदेखि सभामुखले एमसीसी रोकेर राखेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले संसद्मा विचाराधीन एमसीसी सम्झौतालाई अघि बढाउन सबै दलको सहयोग गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

प्रवक्ता ज्ञवालीका अनुसार प्रधानमन्त्री ओलीले एमसीसी पास गर्ने कि नगर्ने संसद्लाई अधिकार भएको भन्दै सभामुखले तजबिजी नभएको अधिकार प्रयोग गरेर बसेको बताए । लामो समयसम्म विधेयक रोक्न नमिल्ने विषयमा  सबै दलको साझा धारणा रहेको उनले बताए ।

‘केही दल एमसीसीप्रति आलोचक पनि हुनुहुन्थ्यो । उहाँहरूले एमसीसीप्रतिका केही आशंका प्रकट गर्नुभयो । तर, संसद्ले जे गर्छ, बिजनेसचाहिँ रोक्न मिल्दैन भन्ने विषयमा सबैले कुराकानी गर्नुभएको छ । यो विषयमा सभामुख र कार्यव्यस्था समितिमा छलफल गरेर टुंगोमा पु¥याउनुपर्छ,’ ज्ञवालीले भने ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि एमसीसीलाई अघि बढाउने विषयमा आफूहरू सकारात्मक रहेको भन्दै कार्यव्यवस्था परामर्श समितिमा बिजनेस लिएर प्रस्तुत हुन प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।

संसद्लाई बिजनेस दिने, रिक्त स्थानमा उपनिर्वाचन गर्ने, उपसभामुखको निर्वाचन गर्ने र कोभिड महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने सुझाव कांग्रेसले दिएको छ ।

‘संसद्लाई बिजनेस किन दिइएको छैन ? राष्ट्रिय सभा किन बोलाइएन ? संसद्लाई अपांग किन राखियो ?’ पौडेलले प्रश्न गर्दै भने, ‘संसद्लाई अपांग राख्ने काम किन भएको छ सरकारबाट ? हामीलाई गम्भीर आपत्ति छ ।’

खाली आफ्नो कुर्सी बचे मात्रै व्यवस्था बच्ने, नभए नबच्ने भन्ने कुरातर्फ नहुने बताउँदै उनले व्यवस्थालाई ध्यान दिनुपर्ने, व्यवस्थामाथि खेलबाड किन हुन्छ ? भन्दै प्रश्न गरे । अहिलेको गतिरोधलाई निकास दिनुपर्ने बताउँदै पौडेलले एसीसीबारे पनि प्रस्ट विचार राखेको बताए ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले अहिले बढ्दै गइरहेको कोरोना महामारी नियन्त्रण, उपनिर्वाचन तथा एमसीसी विधेयक प्रस्तुत गर्ने विषयमा आफूहरूले प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।

अहिले कारोना महामारी बढ्दै गइरहेकाले सरकारले यसमा विशेष ध्यान दिनु आवश्यक रहेको ठाकुरले बताए । बैठकमा नेताहरूले आवश्यक परे अति प्रभावित स्थानका विद्यालय बन्द गरेर, धेरै भिडभाड हुने जात्रालगायतमा भिड कम गर्न सार्वजनिक अपिल गर्नुका साथै प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिएका छन् ।

सर्वदलीय बैठकले ७ वैशाखअगाडि नै कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर प्रस्ताव सदनमा ल्याउनेबारे निर्णय भएको सल्लाहकार थापाले बताए । नेता ज्ञवालीका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले मुलुकका साझा समस्या समाधान गर्न आफू सधैं तयार रहेको उल्लेख गरेका छन् । उनले वर्तमान सरकार राष्ट्रिय हितको पक्षमा दृढतापूर्वक उभिएको र राष्ट्रियताको सवालमा कुनै पनि किसिमको सम्झौता नहुने स्पष्ट पारेका छन् ।

पछिल्लो समय राजनीतिक स्थिरतालाई खलबल्याउने, मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउने र राजनीतिक प्रणालीलाई कमजोर गर्ने खालका प्रवृत्ति देखापरेको भन्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक शक्तिले त्यस क्रियाकलापलाई निरुत्साहित गर्नुपर्ने धारणा राखेको ज्ञवालीले बताए ।

बैठकमा नेकपा एमाले, कांग्रेस, जसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका नेता सहभागी भएका थिए । नेकपा (माओवादी केन्द्र) र एमालेको माधवकुमार नेपाल समूहले बैठक बहिष्कार गरेका थिए । नेता ज्ञवालीले माओवादीले बैठक बहिष्कार गरेको भन्दै उनीहरू नहुँदा पनि देश चल्ने बताए ।

‘उहाँहरू किन आउनुभएन ? किन यस्तो गैरजिम्मेवार हुनुभयो भन्ने कुरा उहाँहरूले जान्ने कुरा हो । उहाँहरूले थाहा पाउनुपर्छ, उहाँहरू नहुँदा पनि देशचाहिँ चल्छ,’ ज्ञवालीले भने ।

(Visited 145 times, 1 visits today)
Loading comments...

आजको समाचार

हारबाट जोगियो रियल

उपाधि होडमा रहेको साविक विजेता रियल मड्रिड आइतबार राति हारबाट जोगिँदा स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ । उपाधि भिडन्तमा निकै...

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

साताका लोकप्रिय समाचार

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

गण्डकीमा थप १० संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितमध्ये थप १० जनाको मृत्यु भएको छ । तीमध्ये कास्की, म्याग्दी, पर्वत, स्याङ्जा २/२ जना तथा रुपन्देही र...

दोलखा भिमेश्वरको शिलामा पसिना आयो

दोलखा । दोलखा स्थित प्रसिद्ध भिमेश्वर मन्दिरको शिलामा शनिबार एक घण्टा २५ मिनेटसम्म पसिना आएको छ । शनिबार दिउँसा १२ बजेर १५ मिनेट देखी १...

कारुणिक आर्यघाट

देशको राजधानी सहर काठमाडौंमा अवस्थित एक मात्र विद्युतीय शवदाह गृह बन्द हुँदा आर्यघाटको अवस्था झनै कारुणिक बन्न पुगेको छ । आर्यघाट देशकै र समस्त...

रौतहटमा ७१ बेडकोे अस्पताल निमार्ण

रौतहट । दिनप्रतिदन कोरोना संक्रमितको संख्या बढदै गएपछि रौतहटको बिभिन्न ३ स्थानमा ७१ बेडको अस्पताल निमार्ण भएको छ । गौर अस्पतालमा १५ वेडको मोनिटरसहितको एचडियु,...

ट्रेन्डिङ

मनकामना मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोक

गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा आजदेखि विशेष पूजाबाहेकका अन्य सबै पूजाआजा गर्न रोक लगाइने भएको छ । कोभिड–१९ को सङ्क्रमण फैलन नदिन...

आगामी निर्वाचनमा बहुमत ल्याउन कांग्रेसलाई कुनै समस्या छैन : महत

धरान । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डा प्रकाशशरण महतले सरकारले संबैधानिक निकायलाई सरकारको छायाको रुपमा प्रयोग गर्न लागेको आरोप लगाएका छन्।...

आज साँझ प्रधानमन्त्री ओलीले जनतालाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ जनतालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको लडाइको पछिल्लो अवस्थाबारे सार्वजनिक रुपमा जनतालाई...

शव व्यवस्थापनमा खटिएका २ सुरक्षाकर्मीमा कोरोना संक्रमण

पाल्पा । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका २ सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । पाल्पा पूर्वखोला गाउँपालिका सिलुवाका कोरोना सङक्रमणबाट मुत्यु...

कोरोना अपडेटः विश्वभर २ लाख ८७ हजारको मृत्यु

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४२ लाख ६९ हजार नाघेको छ । जोन्स...

नेपालद्वारा आठ देशका नागरिकलाई ‘अन अराइभल’ भिसा बन्द

काठमाडौं । अध्यागमन विभागले कोरोना संक्रमण धेरै देखिएका आठ देशका पर्यटकलाई विमानस्थल आएपछि दिइने गरिएको अन अराइभल भिसा दिन बन्द गरेको छ । विभागले कोरोना...

बैतडीमा क्वारेन्टाइनमा बसेका एकजनाको मृत्यू

बैतडी । पाटन नगरपालिका–०६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका एकजनाको आज साझ मृत्यु भएको छ । पाटन नगरपालिका ६ सन्तोली घर भएका ३१...

अध्यक्ष शेरचन विज्ञापन बोर्डमा नियुक्त

काठमाडौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष तथा प्रबन्ध निर्देशक महेन्द्र शेरचन विज्ञापन बोर्डमामा नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शेरचनसहित पाँच जनालाई...

काभ्रे प्रशासनद्वारा ५० भारतीय नागरिक नियन्त्रणमा

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई आज बिहान नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई...

आज ३० जना थपिए, सर्लाही गोडैताका संक्रमित सबै बालबालिका

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्ताल, चितवनमा गरिएको परीक्षणअनुसार शुक्रबार ३०...

रोनाल्डोको ७ सय ५० गोल

टुरिन । पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यावसायिक खेल करियरको ७५०औं गोल पूरा गरेका छन् । च्याम्पियन्स लिगमा बुधबार राति डाइनामो किएभमाथि ३–०...

इन्डक्सन चुलो किन्ने बढे

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा इन्डक्सन चुलो किन्नेको भिड बढेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस संक्रमणको प्रभावले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)