Sunday, May 9, 2021
Home Breaking News उपनिर्वाचनको तयारीमा निर्वाचन आयोग

उपनिर्वाचनको तयारीमा निर्वाचन आयोग

महेश्वर गौतम,

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभासहित स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचन गर्न तयारी थालेको छ । आयोगले उपनिर्वाचनका लागि राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेशसभा र देशभरका स्थानीय तहमा रिक्त रहेका विभिन्न पदको विवरण संकलन थालेको छ ।

उपनिर्वाचनको तयारी र मितिका विषयमा आयोगले सरकारसँगसमेत अनौपचारिक छलफल र संवाद गर्दै आएको छ । आयोगले हालसम्म राष्ट्रिय सभातर्फ दुई, प्रतिनिधिसभातर्फ चार तथा प्रदेशसभातर्फ १३ र स्थानीय तहतर्फ ४८ पद रिक्त रहेको बारे जानकारी प्राप्त भएको भनेको छ ।

आयोगलाई सबैभन्दा सहज राष्ट्रिय सभाको उपनिर्वाचनका लागि छ । कानुनअनुसार आयोगले राष्ट्रिय सभा सदस्यको पद रिक्त रहेको औपचारिक जानकारी पाएको ३५ दिनभित्र उपनिर्वाचनमार्फत पदपूर्ति गरिसक्नुपर्ने व्यवस्था छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको काम नै निर्वाचन गर्ने भएकाले आयोग निर्वाचनका विषयमा सधैं तयार र तत्पर रहिरहने बताए ।

‘आयोगको काम नै निर्वाचन गर्ने हो, निर्वाचनका लागि आयोग तत्पर र तयार छ, अहिले पनि आयोगले निर्वाचनका लागि काम गरिरहेको छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले राजधानीसँग भने ।

सरकारसँगको परामर्शमा मिति तोकिने

आयोगले राष्ट्रिय सभातर्फ दुई, प्रतिनिधिसभातर्फ चार, प्रदेश सभातर्फ १३ र स्थानीय तहमा ४८ पदमा उपनिर्वाचन गर्नुपर्ने अवस्था रहेको जनाएको छ । आयोगले यो संख्या बढ्न सक्ने भन्दै आइतबार ७७ वटै जिल्लाका स्थानीय तहलाई पत्राचार गर्दै विवरण मागेको छ ।

‘राष्ट्रिय सभातर्फ रिक्त सदस्यको पदमा उपनिर्वाचन गर्न कानुनले नै समय तोकेर सजिलो बनाइदिएको छ तर प्रतिनिधिसभा, प्रदेशसभातर्फ सो व्यवस्था छैन, राष्ट्रिय सभाबाहेकको निर्वाचन कहिले गर्ने भन्नेबारे सरकारसँग अनौपचारिक छलफल भइरहेको छ,’ आयोगका एक आयुक्तले भने ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा रहेका मुख्य दलका नेतासहित बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा भने प्रतिनिधिसभातर्फ रिक्त रहेका पदमा भदौमा उपनिर्वाचन गर्न प्रस्ताव गरेका थिए ।

आयोगले राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का र रामबहादुर थापा ‘बादल’को पद रिक्त रहेको बारेमा औपचारिक जानकारी आएको बताएको छ । खड्का लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए । यस्तै, बादल बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित बनेका थिए ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले राष्ट्रिय सभातर्फका सदस्य रिक्त रहेको औपचारिक जानकारी आयोगलाई प्राप्त भइसकेपछि कानुनअनुसार ३५ दिनभित्र उपनिर्वाचन गरिसक्नुपर्ने व्यवस्था रहेको जानकारी दिए ।

‘कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद यो ऐनबमोजिम बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा दफा ३ बमोजिम पूर्ति गर्नुपर्नेछ’ राष्ट्रियसभा निर्वाचन ऐन २०७५ को दफा ६१ मा उल्लेख छ ।

विद्यमान कानुनी व्यवस्थाअनुसार राष्ट्रिय सभा सदस्य रहेका बादलको रिक्त स्थानमा ३५ दिनभित्रै उपनिर्वाचन गरिसक्नुपर्ने हुन्छ ।
आयोगका प्रवक्ता श्रेष्ठले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदमा भने दिन तोकेर यति समयसम्ममा नै उपनिर्वाचन गरिसक्नुपर्ने भन्ने कानुनी व्यख्या नतोकिएको बताए । तर, प्रतिनिधिसभातर्फका सदस्यको अवधि ६ महिनाभन्दा बढी समय बाँकी रहेको अवस्थामा भने उपनिर्वाचन गर्नुपर्ने भनी कानुनले नै तोकेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका हुन् ।

प्रतिनिधिसभातर्फ लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीको पद रिक्त छ । उनीहरू माओवादी केन्द्रबाट प्रतिनिधिसभामा सांसद बनेका थिए ।

यस्तै, प्रदेशसभातर्फ प्रदेश १ का टंक आङ्बुहाङ, लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीका साथै कर्णाली प्रदेशका धर्मराज रेग्मीको स्थान रिक्त छ ।

यसैगरी, प्रदेश २ मा प्रदेशसभा सदस्यहरू रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई माओवादी केन्द्रले कारबाही गरेपछि उनीहरूको स्थानसमेत रिक्त छ ।

यसैगरी, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मतदान गर्ने प्रकाश जवाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पनि नेकपा एमालेले कारबाही गरेपछि उनीहरूको पदसमेत रिक्त भएको छ ।
उपनिर्वाचनका लागि शनिबारको सर्वदलीय बैठकमा दलहरूबीच सैद्धान्तिक सहमति भइसकेको बताइएको छ । निर्वाचन आयोगले पनि ६० दिनमा उपनिर्वाचन गर्न सकिने सरकारलाई जानकारी दिइसकेको छ । सरकारले निर्वाचनको मिति तोकेपछि उपनिर्वाचनबारे आयोगले थप तयारी गर्नेछ ।

(Visited 356 times, 1 visits today)
Loading comments...

आजको समाचार

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन । ‘सपनाको हो कि विपना ?’ बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

साताका लोकप्रिय समाचार

शिक्षण अस्पतालको यो टिठ लाग्दो दृष्य (फोटोफिचर)

काठमाडौं । महाराजगञ्जमा रहेको त्रिबि शिक्षण अस्पतालको आइसोलेशन कक्षमा क्षमता भन्दा बढी छन् कोरोना संक्रमित । आइसोलेशन कक्षमा ठाउँ नपुगेपछि कतिपय संक्रमितले पेटीमै उपचार...

सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दो लक्षण भएका बिरामीको संख्या बढदै

सर्लाही । सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या एक्कासी बढेको छ । बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी...

एकैदिन ३७ को मृत्यु, ७ हजार ४ सय ४८ संक्रमित

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट सोमबार एकैदिन ३७ जनाको मृत्यु भएको छ । योसँगै संक्रमित मृतक संख्या ३ हजार ३ सय ६२ पुगेको छ...

काठमाडौं प्लेअफमा

काठमाडौं । क्यामरुनी फरवार्ड मेसौके ओलुमोउको ह्याट्रिक मद्दतमा काठमाडौं रेजर्सले खुकरी नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी एफसीमाथि पुनरागमन जित निकाल्दै प्ले अफमा...

सुदूरपश्चिममा मृत्युदर भयावहः मृत्यु हुनेमा युवाको संख्या बढी

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबर ३० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । सामान्य ज्वरोपछि साताअघि उनी अस्पताल भर्ना भएकी थिइन्...

ट्रेन्डिङ

११ दिनमै उठ्यो २४ अर्ब बढी राजस्व, सबैभन्दा धेरै आयकर

काठमाडौं । बन्दाबन्दी (लकडाउन) खुकुलो भएसँगै राजस्व संकलन तीव्र भएको छ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष समाप्त हुने अन्तिम महिना असारका ११...

काठमाडौँ उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौँ उपत्यकामा नौ जनामा कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा...

नाइजेरियामा सिपाहीले गरे आफ्नै चार सहकर्मीको हत्या

लेगोस । नाइजेरियाली सेनाका एक जना सिपाहीले बुधबार आफ्नै चार जना सहकर्मीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा हिंसाग्रस्त...

कोरोना संक्रमित कोरियाली चिकित्सकको मृत्यु

सउल । कोरोना भाइरसबाट संक्रमित एक कोरियाली चिकित्सकको शुक्रबार बिहान मृत्यु भएको छ । दक्षिण कोरियाको थेगुस्थित एक अस्पतालमा कार्यरत उनमा ...

निषेधाज्ञामा पनि तयार भो ‘डान्सिङ विथ द स्टार नेपाल’

काठमाडौं । कोरोना संक्रमणका कारण पछिल्लो समय नेपालका टेलिभिजन च्यानलबाट टेली शृंखला तथा रियालिटी सोले निरन्तरता पाउन सकेका छैनन् । तर, यसैबीच पनि डान्सिङ...

रुसी विपक्षी नेता नल्भानी एयपोर्टबाटै पक्राउ

म्युनिख । स्नायु विषको प्रयोगका कारण झन्डै ज्यान गुमाएका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई महिनौँपछि जर्मनीबाट मस्को फर्किएको केही समयमै एयरपोर्टबाटै हिरासतमा लिइएको छ...

कोरोना संक्रमितलाई दु्र्व्यवहार गर्ने ५६ जनालाई कारवाही

लमजुङ । लमजुङमा कोरोना भाइरस (कोभिड १९) बारे अफवाह फैलाउने ५६ जना कारवाहीमा परेका छन् । उनीहरूलाई जिल्ला प्रशासन कार्यालयले कारवाही गरेको हो । कोरोना...

कोरोना कहरबीच देवघाट आए तीर्थालु

नवलपुर । कोरोना कहरकै बीच आज साउनको पहिलो सोमबार पूजाआजा गर्न भक्तजन देवघाटधाम आएका छन् । देवघाट क्षेत्र विकास समितिले नदी स्नान र पूजाआजा...

लमजुङमा थप २ जनामा देखियो डेङ्गु

लमजुङ । लमजुङमा फेरि थप २ जनामा देखियो डेङ्गु संक्रमण देखिएको छ । गत असार महिनादेखि यता जिल्लामा डेङ्गु संक्रमितको कुल संख्या ७ पुग्यो...

भारतमा २४ घण्टायता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार...

बजेटको आकार घट्यो

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७७-७८ का लागि विनियोजित बजेट संशोधन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार विनियोजित ‘बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन’...

सरकारको उदासीनता

वाम गठबन्धनको दुई तिहाइको सरकार गठनपछि देशमा सरकारको अस्थिरताका कारण विकासले गति लिन सकेन भन्ने गुनासोको अन्त्य भएको छ । तर, विकासको गति भने...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)