६ खर्ब ८७ अर्ब बढी राजस्व संकलन

काठमाडौं । सरकारले आइतबारसम्ममा कुल ६ खर्ब ८७ अर्ब ६० करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो चालू आर्थिक वर्षको कुल लक्ष्यको ६७.९६ प्रतिशत हो ।

सरकारले चालू आव २०७७-७८ मा १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । हालको अवस्था हेर्दा आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहँदा लक्ष्य भेट्न कठिन हुने देखिएको छ ।

सरकारले आइतबारसम्ममा कर राजस्वतर्फ लक्ष्यको ७० प्रतिशत उठाइसकेको छ । ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख लक्ष्य रहेको कर राजस्वमध्ये ६ खर्ब ४० अर्ब २५ करोड ४१ लाख उठेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । गैरकरतर्फ भने ४७.९२ प्रतिशत मात्र राजस्व उठेको छ । ९८ अर्ब ८० करोड ९४ लाखको लक्ष्यमध्ये र ४७ अर्ब ३५ करोड ३ लाख राजस्व संकलन भएको छ ।

लक्ष्यको ३२ प्रतिशत राजस्व उठ्न बाँकी

आर्थिक वर्ष २०७७-७८ को गत फागुनसम्ममा संघीय सरकारको कुल राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.५ प्रतिशतले वृद्धि भई ५ खर्ब ७१ अर्ब २० करोड रुपैयाँ पुगेको थियो । चालू आवको फागुनसम्ममा भन्सार महसुलमा २४.५ प्रतिशतले वृद्धि भएको थियो भने आयकरको संकलनमा ५.४ प्रतिशतले कमी आएको थियो । सो अवधिसम्ममा गैरकर, आयकर र अन्य कर संकलनमा क्रमशः ११.७ प्रतिशत, ५.४ प्रतिशत र १.१ प्रतिशतले कमी आएको थियो भने अन्य शीर्षकको कर संकलनमा वृद्धि भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार फागुनसम्ममा भन्सार बिन्दुमा संकलन हुने राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.३ प्रतिशतले वृद्धि भई २ खर्ब ६० अर्ब ४० करोड रुपैयाँ पुगेको थियो । सो अवधिमा आन्तरिक करतर्फको राजस्व परिचालन ०.९४ प्रतिशतले संकुचन भइ २ खर्ब ६७ करोड रुपैयाँ रहेको छ ।

पछिल्ले पाँच वर्षको फागुनसम्म राजस्व परिचालन क्रमशः बढ्दै गएको छ । यद्यपि, पछिल्ला वर्षमा राजस्व परिचालनको वृद्धि दर भने तुलनात्मक रूपमा न्यून रहेको देखिन्छ । वित्तीय संघीयताको कार्यान्वयनसँगै घरबहाल कर, रजिस्ट्रेसन कर र सवारीसाधन कर परिचालनको अधिकार संघीय सरकारमा नरहने संवैधानिक व्यवस्थाको कारण पछिल्ला वर्षमा वृद्धिदर न्यून देखिएको हो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार भन्सार महसुल दर २२ प्रतिशत उठेको छ । गत वर्ष सोही अवधिमा १९ प्रतिशत उठेको थियो । यसैगरी, मूल्य अभिवृद्धि कर ३१ प्रतिशत उठेको छ । गत वर्ष सोही अवधिमा ३० प्रतिशत उठेको थियो । अन्तशुल्क भने गत वर्ष र यसवर्ष वराबर रूपमा १५ प्रतिशत उठेको छ । आयकर गतवर्षको फागुनसम्ममा २५ प्रतिशत उठेकोमा चालू आवको फागुनसम्ममा कुल राजस्वको २२ प्रतिशत उठेको छ । गैरकर गत वर्ष ९ प्रतिशत पुगेकोमा यस वर्ष ८ प्रतिशतमा सीमित भएको छ ।

अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०७७÷७८ को फागुन महिनासम्मको कुल राजस्वमा भन्सार महसुल र मूल्य अभिवृद्धि करको हिस्सा गत वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको छ भने आयकर र गैरकर राजस्वको हिस्सा केही घटेको छ ।

चालू आर्थिक वर्षको फागुनसम्म संघीय सरकारको राजस्व परिचालन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ४ खर्ब ८२ अर्ब २१ करोड रुपैयाँको तुलनामा ४.४ प्रतिशतले वद्धि भई ५ खर्ब ३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । यस अवधिमा प्रदेश र स्थानीय तहमा बाँडफाँड हुने कर राजस्व गत आर्थिक वर्षको ६४ अर्ब ६३ करोड रुपैयाँको तुलनामा ४.६ प्रतिशतले वृद्धि भई ६७ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 299 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेवार दौलथ कुलुङ विजयी