काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको भन्दै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत देखिएको बताएका छन् ।
मन्त्रालयले बुधबार आयोजना गरेको प्रेस ब्रिफिङमा धारणा राख्दै डा. गौतमले सभा, भेला, गोष्ठी , सेमिनार, जात्रा, बैठकलगायतका कार्यक्रम नगर्न अनुरोध गरेका छन् । भीडमा सरिक हुने र मास्क नलगाइ हिँड्दा संक्रमण थप फैलिँदै गइरहेको उनको भनाई थियो ।
तपाइको प्रतिक्रिया
(Visited 325 times, 1 visits today)






