Tuesday, May 11, 2021
Home प्रदेश प्रदेश ३ भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

प्रशान्त वली,

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २ प्रतिशत गम्भीर प्रकृतिका छन् । उनीहरूको भेन्टिलेटर र आईसीयूमा उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार कोभिड–१९ मध्यनजर गर्दै देशभर ५ सय १२ भेन्टिलेटर र १ हजार १ सय आईसीयू शय्या तयारी अवस्थामा छन् । गम्भीर प्रकृतिका संक्रमित थपिनेक्रम बढेको छ ।

स्वास्थ्य मन्त्रालयको बिहीबारसम्मको तथ्यांकअनुसार प्रदेश १ मा १ सय १० आईसीयू शय्या छन् । भेन्टिलेटर ४० वटा छन् ।प्रदेश २ मा ४८ आईसीयू र २८ भेन्टिलेटर छन् । सबैभन्दा बढी बाग्मती प्रदेशमा ५ सय ५६ आईसीयू शय्या र २ सय ५५ भेन्टिलेटर छन् ।

– गम्भीर प्रकृतिका संक्रमित बढे
– शय्या भरिँदै
– एकैदिन २ हजार ४ सय २८ मा संक्रमण
– १ सय ७० आईसीयू र ५९ भेन्टिलेटरमा
– संक्रिय सक्रमित १२ हजार ६ सय ९०

गण्डकी प्रदेशमा २ सय ४३ आईसीयू शय्या र ६७ वटा भेन्टिलेटर छन् । लुम्बिनी प्रदेशमा १ सय ५२ आईसीयू र ९० भेन्टिलेटर छन् । कर्णाली प्रदेशमा ३४ आईसीयू शय्या र १२ भेन्टिलेटर रहेका छन् । सुदूरपश्चिम प्रदेशमा ३७ आईसीयू शय्या र २७ भेन्टिलेटर छन् ।

त्यस्तै, देशभर हाल २ सय २९ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन् । जसअन्तर्गत १ सय ७० जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ८ जना आईसीयू, बाग्मती प्रदेशमा ६७ आईसीयू र ४१ भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा एक जना आईसीयू र एक जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६८ आईसीयू र १४ भेन्टिलेटरमा, कर्णाली प्रदेशमा १६ जना आईसीयूमा उपचाररत छन् ।

सुदूरपश्चिम प्रदेशमा १० जना आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत छन् । कोरोना उपचार हुने काठमाडौं उपत्यकाको १२ अस्पतालमा गरी ९० संक्रमित आईसीयू र भेन्टिलेटरमा तथा ३ सय ९६ जना आइसोलेसनमा छन् ।

हाल ११ हजार ६ सय ७५ संक्रमित होम आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार १५ जना संस्थागत आइसोलेसनमा छन् ।

त्यस्तै, बिहीबार थप २ हजार ४ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १० हजार ४ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभर २ लाख ९२ हजार १ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ५२ संक्रमित निको भई डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ७६ हजार ३ सय ४५ जना संक्रमित निको भइसकेका छन् । देशभर सक्रिय संक्रमित संख्या १२ हजार ६ सय ९० जना पुगेको छ । ८१ क्वारेन्टाइनमा छन् ।

स्वास्थ्य मन्त्रालयले कोरोना जोखिम बढेको भन्दै व्यक्ति स्वयं सचेत रहन आग्रह गरेको छ । भौतिक दूरी कायम, मास्क समुचित प्रयोग र सरसफाइमा ध्यान दिन अनुरोध गरिँदै आएको छ ।

(Visited 287 times, 1 visits today)
Loading comments...

आजको समाचार

सरकार गठनको कसरतमा कांग्रेस, माओवादी र जसपा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

एनएसजेएफलाई राखेपको सहयोग

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरूप सोमबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड– १९)को जोखिम नियन्त्रण...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

साताका लोकप्रिय समाचार

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

कमिसन नमिलेका कारण भ्याक्सिन ल्याउन अवरोध गर्नु मानवताविरोधी अपराध : नेपाल

काठमाडाैं । नेकपा एमालेका नेता माधवकुमार नेपालले कोरोनाको भ्याक्सिन खरिदमा कमिसन नमिलेका कारण मुलुकभित्र ल्याउन अवरोध गर्ने पक्षलाई कारबाहीको माग गरेका छन् । आइतबार एक...

गण्डकीमा नयाँ सरकार गठन प्रक्रिया : जनमोर्चा निर्णायक

पोखरा । मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुखबाट ३ दिनभित्र बहुमतको नयाँ सरकार गठनका आह्वान गरिएकोमा दोस्रो दिनसम्म पनि जनमोर्चा अनिर्णित बन्दा गण्डकीमा सरकार गठन हुन...

गलत संवैधानिक प्रावधानले गर्दा मुलुक संकटग्रस्त: मन्त्री साह

काठमाडौ। शहरी विकास मन्त्री प्रभु साहले गलत संवैधानिक प्रावधानले नै गर्दा मुलुक संकटग्रस्त बन्दै गएको बताएका छन् । नेपाल टेलिभिजनमा एक अन्तर्वार्ताको क्रममा मन्त्री साहले...

कुशल आईसीसीको मनोनयनमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल आईसीसीको ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा परेका छन् । आईसीसीले अप्रिल महिनामा उत्कृष्ट प्रदर्शन गर्ने...

ट्रेन्डिङ

पाल्पामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा । आइतबार पहिलो पटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएको पाल्पामा सोमबार २ जना थपिएका छन् । उनीहरु निस्दी गाउँपालिकाका हुन् । प्रदेश...

मौसम सफा हुन अझै केही दिन लाग्ने

काठमाडौँ । मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले...

जग्गा विवादमा निर्घात कुटपिट, दुई महिला घाइते

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकामा सोमबार बिहान जग्गा विवादमा दुई पक्षबीच भएको कुटपिटमा दुई महिला घाइते भएका छन् । उक्त नगरपालिका वडा नं. १...

विश्व च्याम्पियन नासिर निलम्बित

लन्डन । विश्व च्याम्पियन बहराइनका धाविका सल्वा इद नासिर निलम्बनमा परेकी छन् । शक्तिबर्धक अर्थात् प्रतिबन्धित औषधि प्रयोग (डोपिङ) परीक्षण नगरेपछि नासेरलाई दुई वर्षका...

बुहारी आवजको दवावले विवाहको १० वर्षपछि चाँदनी खातुनले पाइन् नागरिकता

सर्लाही । सर्लाहीको हरिवन ११ की एक मुस्लिम समुदायकी महिलाले विवाह भएको १० वर्षपछि विवाह तर्दा र नागरिकताको प्रमाणपत्र पाएकी छन् । २०६७ सालमा सोही...

मुनामदन बिर्साउँदै सन्तोष र समीक्षा

एउटै मुुटु एउटै होस् मन पछि परुन् मुना र मदन कलियुगको पिरती देखाईदिम् यस्तो बनाम् मायाको नमुना इतिहासमा हाम्रो नाम लेखाइदिम् ।” पोखरेलीगायक तथा संचारकर्मी सन्तोष बस्यालको चर्चित...

संघीयता कार्यान्वयनका चुनौती

विश्वभर संघीयताको अवलम्बन गरिरहेका देशको अवस्था हेर्ने हो भने सफल, असफल, संघीयताबाट एकात्मक शासन उन्मुख, संघीयताको उपयुक्त व्यवस्थापनको अभावमा विघटनमा परेकाजस्ता सबै प्रकारका उदाहरण...

यसपालीको होली घर–घरमै सिमित

  सप्तरी, राजविराज । साथी भाई र आफन्तजनको घर–घर पुगेर विगतका वर्षहरुमा मनाउने गरिएको रंग र उमंगको पर्व होली यस पटक भने सप्तरीमा आ–आफनै घरमा...

सहकारी र सामाजिक रूपान्तरण

संविधानसभाबाट २०७२ सालमा जारी भएको वर्तमान नेपालको संविधानले तीनखम्बे अर्थनीति अवलम्बन गरेको छ ः सरकार, निजी क्षेत्र र सहकारी । सहकारी मुलुकको अर्थतन्त्र निर्माणको...

विष्फोटक पदार्थसहित विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

कालिकोट । नेत्रविक्रम चन्द्र विप्लव समूहको अखडा क्षेत्रका रुपमा मानिएको कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका–९ लालुबाट ठुलो परिमाणमा विष्फोटक पदार्थसहित प्रहरीले दुईजना लाई पक्राउ गरेको...

थप दरबन्दी सिर्जनामा कडाइ

काठमाडौँ । अर्थमन्त्रालयले नयाँ सङ्गठन स्थापना र थप दरबन्दी सिर्जनामा कडाइ गर्ने भएको छ । थप दरबन्दी सिर्जना हुँदा आर्थिक दायित्वसमेत बढ्ने भएकाले त्यसमा...

राष्ट्रपति भण्डारीद्वारा पुनःनिर्माण भएका सम्पदाको अवलोकन (फोटोफिचर)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाभित्र पुनःनिर्माण भइरहेका रानीपोखरी, धरहरा, काष्ठमण्डप, दरबार हाइस्कुल र वसन्तपुर दरबारको अवलोकन गरेकी छन् । अवलोकनका क्रममा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)