Tuesday, May 11, 2021
Home Breaking News ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

सुभाष साह,

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल म्यारियटमा बिहीबार ओली र नेपालबीच ‘वान टु वान’ छलफल भएको हो । दुई नेताबीच बुधबारसमेत छलफल भएको थियो । तर, दुवै नेता आ–आफ्नै अडानमा अडिग भएपछि कुनै सहमति जुट्न सकेन । जसका कारण विवाद झन्झन् बढने देखिएको छ ।

एमाले स्रोतका अनुसार छलफलका क्रममा नेता नेपालले पार्टीलाई एकताबद्ध बनाउन २ जेठ २०७५ मा फर्किनुपर्ने अडान राखेका थिए । तर, प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले एमाले धेरै नै अघि बढिसकेकाले पछाडि फर्किन नसकिने अडान राखेका थिए ।

‘दुवै नेता आफ्नै अडानमा हुनुहुन्छ । नेकपा एकता हुनुभन्दा अघिल्लो मितिमा फर्किएर पार्टी एकता जोगाउँदै अघि बढनुपर्ने अडानमा वरिष्ठ नेता नेपाल हुनुहुन्छ,’ एमाले स्रोतले भन्यो, ‘तर अध्यक्ष केपी ओलीले एमाले धेरै नै अघि बढिसकेकाले अब पछाडि फर्किन नसकिने र यही अवस्थामा मिलेर जानुको विकल्प नभएको बताउँदै आउनुभएको छ ।’

नेपालसहितका नेताहरूलाई पार्टीबाट ६ महिनाका लागि गरिएको निलम्बनको निर्णयमा पुनर्विचार गर्न सकिने अध्यक्ष ओलीले संकेत गरे पनि शुक्रबार (आज) बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी हुनुपर्ने सर्त अघि सारेका छन् । तर, नेपालले ओलीको प्रस्ताव अस्वीकार गर्दै २ जेठमै फर्किनुपर्ने आफ्नो पुरानै अडान दोहो¥याएका छन् ।

‘तपाईहरू भोलि (शुक्रबार)को बैठकमा आउनुभयो भने यसअघि मैले ६ महिनाका लागि पार्टीबाट गरिएको निलम्ब फुकुवा गर्छु’ छलफलमा ओलीले भने । तर, नेता नेपालले ओलीको सो प्रस्ताव अस्वीकार गर्दै २ जेठको अवस्थामा नफर्किंदासम्म आफूहरू बैठकमा आउन नसक्ने बताएका छन् ।

२८ फागुनको निर्णयबाट आफू ‘ब्याक’ हुन नसक्ने ओलीले नेपाललाई जवाफ दिएका छन् । जिल्ला–जिल्लाका साथै भ्रातृसंगठनहरूमा ओली र नेपाल दुवै समूहले गठन गरेको समानान्तर कमिटी विघटन नगर्ने अडानमा रहेका छन् ।

छलफलपछि नेता नेपालले सञ्चारकर्मीलाई कुनै ठोस सहमति नभएको प्रतिक्रिया दिए । ‘अहिले विवाद समाधानका विषयमा कुनै ठोस सहमति र प्रगति भएको छैन । अर्को बैठक पुनः बस्ने गरी छुट्टिएका छौं,’ उनले भने ।
गत २३ फागुनमा सर्वोच्चको फैसालपछि नेकपा एमाले २ जेठ २०७५ कै अवस्थामा फर्कियो । तर, २८ फागुनमा माधव नेपालसहितका नेताहरूलाई संस्थापन पक्षले बैठक बसेर कारबाही गरेपछि पार्टीभित्रको विवाद बढेको हो । नेपालसामु पार्टी हितविपरीतका गतिविधिमा संलग्न रहेको भन्दै ओली समूहले कारबाही गरेको छ ।

नेपाल समूह पुग्यो सर्वोच्च
यसैबीच पार्टी अध्यक्ष ओलीले सांसद पदबाट कारबाही गर्नेगरी स्पष्टीकरण सोधेपछि नेपाल समूह सर्वोच्च अदालत पुगेको छ । अध्यक्ष ओलीले ६ महिनाका लागि निलम्बन गरेका नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेका तर्फबाट तिलकबहादुर थापाले दायर गरेको रिटमा मुख्यत पार्टी २ जेठ २०७५ कै अवस्थामा फर्किनुपर्ने माग गरिएको छ ।

सर्वोच्चको २३ फागुनको फैसलाले नेकपा एकता भंग गरेर ३ जेठ (एमाले–माओवादी एकता) अघिको पूर्वावस्थामा फर्काएकाले त्यस पछाडि अध्यक्ष ओलीले गरेका एकलौटी निर्णय बदर हुनुपर्ने माग गरिएको छ ।

सर्वोच्चको फैसलापछि २८ फागुनमा माओवादी छोडेकालाई समेटेर अध्यक्ष ओलीले एकलौटी रूपमा गरेको केन्द्रीय कमिटी विस्तार भंगदेखि त्यस पछाडिका स्पष्टीकरण, विधान संशोधन, महाधिवेशन आयोजक कमिटीलगायत सबै गतिविधि बदर गर्न नेपाल समूहले रिटमा माग गरेको छ ।

निवेदनमा अबको बैठकबाट ओलीले विधानविपरीत सांसद पदबाट हटाउनेगरी कारबाही गर्न सक्ने भन्दै संसद सचिवालय र सभामुखका नाममा परमादेश जारी गर्न पनि माग गरिएको छ ।

निवेदनमा निर्वाचन आयोग, अध्यक्ष ओली, प्रतिनिधिसभाका सभामुख, संघीय संसद सचिवालय र महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेललाई विपक्षी बनाइएको छ ।

पार्टीमा रहन नदिन दाउपेच गरेको आरोप
एमाले नेता नेपाल समूहले पार्टी अध्यक्ष ओलीले आफूहरूलाई पार्टीमा रहन नदिने अनेक दाउपेच गरेको आरोप लगाएका छन् । ७२औं पार्टी स्थापना दिवसको सन्दर्भमा बिहीबार एक अपिल जारी गर्दै नेपाल समूहले आफूहरूलाई एमालेमा रहन नदिन अनेक दाउपेच गरिएको उल्लेख गरेका छन् ।

२८ फागुनको गुट भेलालाई नै पार्टी केन्द्रीय कमिटी बैठक मान्ने कुराले त्यही देखाउँछ भन्दै अपिलमा नेपाल समूहले आफूहरूले पार्टी एकता जोगाउन चाहेको जनाएका छन् ।

अपिलमा एमालेको एकता बचाऔं, कम्युुनिस्ट आन्दोलनको रक्षा गरौं भनिएको छ । २८ फागुन र त्यसपछि भएका कथित बैठक र तिनका अवैध निर्णय सबै रद्द गरिनुपर्ने माग गर्दै अपिलमा २ जेठ २०७५ मा जुन केन्द्रीय कमिटी थियो त्यसको पूर्णबैठक बसेर अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय गर्नुपर्ने उल्लेख गरिएको छ ।

‘यसबाट मात्र एमालेको एकता जोगिन्छ, एकता जोगाउन सकियो भने नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने आधार जोगिन्छ, अपिलमा भनिएको छ । यस्तो सामान्य प्रस्तावलाई स्वीकार नगर्नु नै ओली पार्टी विभाजनमा लागेको प्रमाणित भएको आरोपसमेत लगाइएको छ ।

नेपाल समूहले गरेको अपिलमा पछिल्लो समय ओलीले चालेका कदम एमाले विभाजन हुनुका साथै कम्युनिस्ट आन्दोलन विसर्जनको दिशामा रहेको जनाइएको छ । नेता नेपालसहित झलनाथ खनाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमालले संयुक्त अपिल जारी गर्दै यस्तो उल्लेख गरेका छन् ।

बल्खुमा पार्टी केन्द्रीय कार्यालय भवन शिलान्यास
एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले गल्ती महसुस गरेर पार्टीको मर्मअनुसार अघि बढ्न चाहने हरेक नेता कार्यकर्तालाई जिम्मेवारीको अवसर दिने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस तथा लेनिन जयन्तीको अवसर पारेर बिहीबार आयोजित केन्द्रीय कार्यालय भवन शिलान्यासपछिको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीविरुद्ध उपद्रो गरेर हिँड्दा पनि कारबाही नगरेर सम्झाउने प्रयास गरिएको बताए ।

‘गल्ती महसुस गरेर अनुशासन भएर काम गर्ने हो भने पार्टीमा काम गर्ने अवसर दिन चाहिरहेका छौं । तर, यसलाई कसैले कमजोरी नठानियोस्,’ उनले भने । कसैले गुटको प्रतिनिधित्व गर्दै कुरा गर्न खोजे त्यो सम्भव नहुने उनले बताए ।

प्रधानमन्त्री ओलीले मौका पाउनासाथ प्रचण्ड–माधव पक्षले कम्युनिस्ट आन्दोलन सिध्याउन आफूलाई साधारण सदस्यबाटै निकालेको उल्लेख गर्दै टाउकोमै हान्न सके जिउ जति बलियो भए पनि काम लाग्दैन भन्दै टाउकोमा हान्ने प्रयास भए पनि त्यो असफल भएको उनले बताए ।

२०५१ सालमा बनेको एमाले कार्यालय २०७२ सालको भूकम्पले भत्किएको थियो । अब बन्ने कार्यालय भूकम्प प्रतिरोधी हुने र यो नेपालका राजनीतिक पार्टीका केन्दीय कार्यालयमध्ये सबैभन्दा अत्याधुनिक हुने बताइएको छ । उता धुम्बाराहीमा रहेको एमाले केन्द्रीय कार्यालय अब थापाथलीबाट सञ्चालन हुने भएको छ ।

(Visited 173 times, 1 visits today)
Loading comments...

आजको समाचार

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

निषेधाज्ञामा उद्योगीले बढाए निर्माण सामग्रीको भाउ

काठमाडौं । मुलुक अहिले नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्र रूपले फैलिएको कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको मौका छोपरेर सिमेन्ट र छड उत्पादक एवं विक्रेताले...

बहराइनका राजकुमारसहितको टोली सगरमाथाकाे टुप्पाेमा

काठमाडाैं ।  बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली...

बुझ्नुपर्नेले बुझे पो

शक्यो वारयितुं जलेन हुतभुक् छत्रेण सूर्यातपो नागेन्द्रोनिशितांकुशेन समदो दण्डेन गौर्गर्दभः । व्याधिर्भेषजसंग्रहैश्च विविधैः मन्त्रप्रयोगैर्विषं सर्वस्यौषधमस्ति शास्त्रविहितं मूर्खस्य नास्त्यौषधम् ।। - भर्तृहरि नीतिशतक आगोलाई पानीले, घामको तापलाई छाताले, भयावह...

साताका लोकप्रिय समाचार

रौतहटमा ७१ बेडकोे अस्पताल निमार्ण

रौतहट । दिनप्रतिदन कोरोना संक्रमितको संख्या बढदै गएपछि रौतहटको बिभिन्न ३ स्थानमा ७१ बेडको अस्पताल निमार्ण भएको छ । गौर अस्पतालमा १५ वेडको मोनिटरसहितको एचडियु,...

आज विश्वासको मत लिँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । राजनीतिक उतारचढावबीच ओलीले विश्वासको मत...

कोरोनाका कारण विवेकशील साझाको महाधिवेशन स्थगित

काठमाडाैं । विवेकशील साझा पार्टीले आगामी जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी भइरहेको पार्टीको एकता महाधिवेशन स्थगित गरिएको जनाएकाे छ । तत्कालीन विवेकशील नेपाली...

उपत्यकामा निषेधाज्ञा झनै कडाइ

काठमाडौं । उपत्यकाका तीन जिल्लामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा झनै कडाइसहित एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...

ट्रेन्डिङ

कांग्रेसको अनुशासन कारवाही : दुई पूर्वमन्त्रीसहित तीन नेता पार्टीबाट निष्कासित

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले नेता गोविन्दराज जोशी सहित तीन जनालाई पार्टीबाट निष्काशन गरेको छ । समितिको शनिबार बसेको बैठकले पूर्वमन्त्री समेत रहेका जोशी...

मन्दिरमा लगेर बालिकालाई बलात्कारपछि हत्या

बझाङ । बझाङ जिल्लाको मष्टा गाँउपालिका–२ की एक १२ बर्षिया बालिकाको बलात्कारपछि हत्या भएको छ । बुधबार बेलुकी ती बालिकाको बलात्कारपछि हत्या भएको उनका...

बिश्व हिन्दु महासंघकाे कर्णाली प्रदेश प्रमुखमा शाह मनोनित

काठमाडौं । बिश्व हिन्दु महासंघको कर्णाली प्रदेश प्रमुख ऋषिकेश जंग शाह मनोनीत भएका छन। महासंघका अध्यक्ष डाक्टर रामचन्द्र अधिकारीले आज केन्द्रिय कार्यलयमा एउटा कार्यक्रमको...

प्रदेश २ सरकारले छठपछि प्रहरी भर्ना गर्ने

जनकपुरधाम । प्रदेश प्रहरी ऐन पारित भएको करिव डेढ वर्षपछि प्रदेश नम्बर २ सरकारले प्रहरी भर्ना गर्न लागेको छ । आज बसेको प्रदेश मन्त्रीपरिषदको बैठकको...

कर्णाली प्रदेश अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

दैलेख । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका दैलेखका कोरोना संक्रमितको मृत्यु भएको छ । दैलेखको दुल्लू नगरपालिका–३ का ४५ बर्षीय संक्रमितको उपचारको क्रममा...

‘८४ वर्ष पुगेँ, सरकारले घरमै आएर गुन लगायो’

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारले सुरु गरेको ८४ वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकलाई उनीहरुको घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम बाँकेमा प्रभावकारी...

दर्ताविनै सेटिङमा चल्दै क्रसर उद्योग

काठमाडौैं । ३७ जिल्लामा रहेका २ सय ७९ क्रसर उद्योगमध्ये १ सय १ वटा क्रसर उद्योग दर्ता नै नभई अवैध रूपमा सञ्चालन भएको पाइएको...

वैज्ञानिक वन व्यवस्थापन खारेज

काठमाडौं । सरकारले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गर्दै वैज्ञानिक वन कार्यक्रम कार्ययोजना कार्यान्वयनमा रोक लगाएको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले...

निकुञ्ज क्षेत्र सुनसान, व्यवसायीको साढे ३ अर्ब डुब्यो

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तु अवलोकन गर्ने यो पिक आवर हो । विगतका वर्षमा यो सिजनमा पर्यटकको स्वागतका लागि पर्यटन व्यवसायी निकै तमझामका...

निर्मला प्रकरणको अनुसन्धान अन्तिमतिर : प्रहरी

धनगढी । दुई वर्षअघि भएको कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान अन्तिमतिर पुगेको छ । लामो समयदेखि घटनाको सुक्ष्म तवरले अनुसन्धान...

सर्वोत्कृष्ट निजामती पुरस्कार ! कहाँ चुक्यो सरकार ?

यस वर्ष सरकारले सर्वोत्कृष्ट निजामती पुरस्कार कसैलाई दिएन । ८० हजारभन्दा बढीको संगठनभित्र सर्वोत्कृष्ट निजामती नपाइएको यो लगातार चौथोपटक हो । यसअघि पनि यसले...

संवैधानिक आयोग चार वर्षदेखि बेवारिसे

काठमाडौं । संविधान जारी भएको चार वर्ष बितिसक्दा पनि नयाँ संविधानले परिकल्पना गरेका संवैधानिक आयोगले पूर्णता पाउन सकेका छैनन् । लैंगिक, जातीयलगायत अधिकारका लागि...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)