काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण पत्र’bout निर्णय गर्ने बुझिएको छ ।
गएको ६ वैशाखको बैठकबाट निर्णय गराएर अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसहित २७ संघीय सांसद र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए । जसमध्य खनाल नेपालसहित केही सांसदले स्पष्टीकरण पनि बुझाइसकेका छन् । एमाले संसदीय दल प्रमुख सचेतक विशाल भट्टराईले उनीहरुले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडी बढाइने बताएका थिए ।
यसबाहेक नेताहरुको कार्यविभाजन, उपनिर्वाचन, प्रदेश सरकार लगायत’bout छलफल गर्ने कार्यसूची तय भएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 546 times, 1 visits today)






