Friday, June 18, 2021
Home प्रदेश प्रदेश २ वैदेशिक रोजगारीको नाममा लाखौं रुँपैया ठगि गरि फरार

वैदेशिक रोजगारीको नाममा लाखौं रुँपैया ठगि गरि फरार

पीडितहरु न्याय खोज्दै

राजधानी समाचारदाता,

सप्तरी, राजविराज । बैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै बेरोजगार यूवाहरुबाट लाखौं रकम ठगि गरि एक जना फरार भएका छन् ।

ठगिमा परेकाहरु मध्येका १८ जना पीडितहरुले बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा संयुक्त रुपमा उजुरी दिएपछि ठगि घटना बाहिरिएको हो ।

न्याय खोज्दै सिरहाबाट सप्तरी आइपुगेका पीडित यूवाहरुलाई यहाँस्थित सप्तरी सामुदायिक विकास केन्द्र नेपालद्वारा संचालित आप्रवासी श्रोत केन्द्रले कानुनी परामर्शसहितको सहयोग उपलब्ध गराएको हो ।

पीडितहरुको तर्फबाट केन्द्रमार्फत जिल्ला प्रशासन कार्यालयमा बुझाइएको उजुरीपत्रमा गाउँघरका सोझासाझा बेराजगार यूवालाई बिदेशमा आकर्षक तलबसहितको रोजगारी दिलाइदिने प्रलोभन देखाई सप्तरीको रुपनी गाउँपालिका ६ का समसुद्धिन मियाँ लाखौं रकम ठगि गरि फरार भएको उल्लेख छ । पीडित सबै छिमेकी जिल्ला सिरहाका बासिन्दा हुन् ।

ठगि गर्ने व्यक्ति सप्तरीका भएकाले न्यायका लागि आप्रवासी केन्द्रमार्फत यहाँसम्म आइपुगेको पीडित मध्येका एक सिरहाको लहान नगरपालिका १३ का सुनिलकुमार महतोले बताए ।

यस्तै ठगिमा परेका अर्का सोही नगरपालिका ११ का मनोजकुमार साहले आफूलाई एक म्यानपावरको एजेन्ट बताउने समसुद्धिनले विदेशमा आकर्षक तलबसहितको रोजगारी उपलब्ध गराइदिने भन्दै आफूसहित १८ जनासँग ६ लाख ४० हजार रुँपैया ठगि गरि फरार भएको बताए ।

यसरी ठगिमा पर्नेहरुमा सिरहा जिल्लाकै बिरेन्द्र यादव, बैजनाथ सदा, श्याम यादव, शैलेन्द्र यादव, ओमप्रकाश महतो, रामबलन साफी लगायत १८ जना छन् ।

पीडितहरुको उजुरीको आधारमा तत्कालै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

(Visited 89 times, 1 visits today)
Loading comments...

आजको समाचार

२७६८ जनामा काेराेना संक्रमण पुष्टि, ४४ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २,७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका...

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

  घाेराही ।  घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६...

साताका लोकप्रिय समाचार

नेपाली राजनीति, दलीय अनुशासन र इमानदारिता

नेपालमा विभिन्न समयमा भएका जनआन्दोलनको मुख्य एजेन्डा भनेकै लोकतन्त्रलाई संस्थागत गर्दै अघि बढ्नु हो । देशको सर्वांगीण विकासका लागि राजनीति गुणस्तरयुक्त र स्वस्थ प्रतिस्पर्धामा...

नर्सिङ पढ्दै गरेकी छात्राको रहस्यमय मृत्यु

झापा । झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमय मृत्यु भएको छ । दमक नगरपालिका–५ स्थित एक घरमा...

हिँडेर अस्पताल पुगेकी नेहा शबबाहनमा फर्किइन्

  काठमाडौं । शरीरमा सामान्य बिबिरा आएपछि अस्पताल भर्ना भएकी नेहा तुलाधरको मृत्यु भएको छ । स्वयम्भु स्थित मनमोहन अस्पतालमा डाक्टरको लापरबाहीले नेहाको मृत्यु भएको...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

ट्रेन्डिङ

घरवाट भागेका देवर–भाउजूको रहस्यमय मृत्यु

महेन्द्रनगर । घरबाट भागेका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम...

मोरङमा पछिल्लो १८ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु

मोरङ । मोरङमा पछिल्लो १८ घण्टाका अवधिमा कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ । विराटनगरका विभिन्न अस्पतालमा आठ र दुई जनाको होम आइसोलेसनमा...

किनाराको ढुङ्गा सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार कमला न्यौपानेको किनाराको ढुङ्गा नामक गीत सार्वजनिक भएको छ । नेपाल आईडल सिजन ३ की बिजेता सज्जा चौँलागाईको आवाज...

कोरोनाले फिल्मबाट चुम्बन दृश्य हट्दै

मुम्बई । भारतमा लकडाउन खुलेपछि फिल्म छायांकन सुरु गर्ने पक्षमा धेरै निर्माता निर्देशक छन् । तर, फिल्ममा प्रस्तुत गरिने दृश्य शैली अब आफूहरूले परिवर्तन...

अपाङ्गता भएका ब्याक्तिका एउटै स्वर : “हामीलाई सरकारले हेरेन”

 स्याङ्जा । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर विभिन्न ठाउँमा धुमधामसंग कार्यक्रम भैरहेता पनि स्याङ्जाको गल्याङ नगरपालिका भित्र रहेका अपाङ्गता भएकाहरुले भने सरकारले अपाङ्गताको लागि दिन...

सम्पादकीय : पुनर्कर्जा रकम बढाएर कार्यान्वयनमा जोड देऊ

कोरोना महामारी संक्रमणले बेरोजगारीको चपेटामा परेका उद्यमी तथा उद्योगी व्यवसायीलाई राहत दिनका लागि ल्याइएको १ खर्बको पुनर्कर्जा कोष प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन...

राष्ट्रिय एकद्वारा प्रणाली कार्यान्वयन गर्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको दुई विभाग र एक कार्यालयबीच समझादारीपत्रमा हस्ताक्षर...

तीन वर्षीया बालिकाको वीभत्स हत्या, बलात्कार गरी हत्या गरिएको आशङ्का

वाग्मती । पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । वाग्मती गाउँपालिका–७ को...

चक्कुले घोचेर छोरा मार्ने बा पक्राउ

पर्सा । आफ्नै छोरा ३५ वर्षीय महादेब साहलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा पोखरीया नगरपालिका–६ सिर्सिया बस्ने ६५ वर्षीय लक्ष्मी साहलाई सोमबार बेलुका...

निप्पोनको ‘सवारीसाधन पेन्ट’ बजारमा

काठमाडौं ।  निप्पोन पेन्टले नेपालको सवारी साधन खरिदपछिको बजारमा आफ्ना रङहरू उपलब्ध गराउने योजना ल्याएको छ । बजार प्रवेश शुभारम्भका अवसरमा कम्पनीको ग्रुप अटोमेटिभ...

विदेशबाट नेपाली ल्याउन उडान तालिका सार्वजानिक, कुन देशमा कहिले उडान गर्ने ?

काठमाडौँ । विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले विभिन्न मुलुकमा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)