Tuesday, June 22, 2021
Home Editor-Picks काठमाडाैं उपत्यकासहित १५ जिल्लामा निषेधाज्ञा, बिना काम घरबाट बाहिर ननिस्कन आग्रह

काठमाडाैं उपत्यकासहित १५ जिल्लामा निषेधाज्ञा, बिना काम घरबाट बाहिर ननिस्कन आग्रह

महेश्वर गौतम,

काठमाडौं । कोरोना भाइरस बढ्दो संक्रमण गतिलाई ‘चेनब्रेक’ गर्न भन्दै सरकारले बिनाकाम घर बाहिर ननिस्कन आग्रह गरेको छ । संक्रमण गति बढ्दै गएपछि सरकारले स्थिति नियन्त्रणमा राख्न भन्दै संघीय राजधानी काठमाडौंसहित १५ जिल्लामा निषेधाज्ञा आदेश जारी गरेको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना संक्रमण गति बढ्दै गएपछि बाध्यतावस निषेधाज्ञा जारी गरेको जानकारी दिए । बिनाकाम घर बाहिर ननिस्कन र जरुरी परे स्वास्थ्य मापदण्ड पूर्णपालना गरेर मात्र निस्कनसमेत उनले आग्रह गरे ।

‘संक्रमण गति बढ्दै गएपछि सरकारले बाध्यतावस निषेधाज्ञा जारी गरेको हो, संक्रमण गतिलाई चेनब्रेक गर्न हाम्रा गतिविधि नियन्त्रण गर्नुको विकल्प छैन,’ परराष्ट्रमन्त्री ज्ञवालीले राजधानीसँग भने, ‘जीवन रक्षाको यो लडाइ“मा सफलता प्राप्त गर्न स्वास्थ्य मापदण्ड पालना र बिनाकाम घरबाहिर ननिस्कन सरकारको आग्रह छ ।’

– कोरोना संक्रमणको गति बढ्दो
– बिनाकाम घरबाहिर ननिस्कन सरकारको आग्रह
– १५ जिल्लामा निषेधाज्ञा

मन्त्री ज्ञवालीले अति आवश्यक काम परेर घरबाहिर निस्कनैपर्ने अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न र प्रशासनको आदेशानुसार गर्न आग्रह गरे । संक्रमण गति दिनदिनै तीव्र बन्दै गएपछि सरकारले स्थिति नियन्त्रणमा राख्न भन्दै बुधबार राति अबेरसम्म १५ जिल्लामा निषेधाज्ञा आदेश जारी गरेको हो ।

गृह मन्त्रालय प्रवक्ता जनकराज दाहालका अनुसार बुधबार रातिसम्म १२ जिल्लामा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ । सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत निषेधाज्ञा आदेश जारी गरेको हो ।

जसअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रूपन्देही, पर्सा, कास्की, सुर्खेत, चितवन र पाल्पामा पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ ।

कास्कीबाहेकका जिल्लामा पूर्णरूपमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । कास्कीमा जोरबिजोर लागू गरिएको छ । यसैगरी, बर्दिया, बाग्लुङ र कालिकोटमा संक्रमण अवस्था हेरेर स्थान तोकेरै आंशिक निषेधाज्ञा जारी गरिएको छ ।

गत सोमबार बसको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिस स्वीकृत गर्दै निषेधाज्ञा निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको थियो ।

निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइँदैन ?
सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखानालगायत सञ्चालन गर्न पाइ“दैन ।

सार्वजनिक एवं निजी सवारी साधन १६ वैशाख बिहान ६ देखि २२ गते राति १२ बजेसम्म काठमाडौं उपत्यकाभरमा रोक लगाइएको छ ।

विवाह व्रतबन्ध आयोजनाका लागि १५ जनासम्मका सहभागी (दुलाहादुलहीसहितका)ले ब्यानरसहितका दुईवटासम्म सवारी साधन प्रयोग गरी जिल्लाभित्र वा अन्तर जिल्लामा आवतजावत गर्नुपर्दा अनुमति पास आवश्यक नपर्ने तर सो कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट जारी पास लिनुपर्नेछ ।

विवाह÷व्रतबन्धमा सहभागी भई अन्यत्र जिल्लाबाट फर्कनुपर्ने भए चालकसहित बढीमा सात जनासम्मका लागि स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमा अनुमति पासका लागि निवेदन पेस गर्नुपर्नेछ ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा दुई जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य सवारी साधन काठमाडौं जिल्लाभित्र प्रवेशमा रोक लगाइएको छ ।

अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेटाइन, आइसोलेसन, फोहोर मैला व्यवस्थापनलगायत ढुवानीका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ ।

सरकारी कार्यालयलगायत सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी सवारी पास लिई सवारी साधन प्रयोग गर्न पाइने जनाइएको छ ।

विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको सवारी पास लिएर मात्रै सञ्चालन गर्न पाइनेछ ।

अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको टिकट, पासपोर्ट, भिसा हुनेलाई सिधैं एयरपोर्ट जाने सवारी साधनका लागि सहजीकरण गरिनेछ । अस्पताल आउनेजाने बिरामी वा कुरुवा तथा मृत्यु संस्कारमा अनिवार्य उपस्थित हुनुपर्ने अवस्थामा सवारी साधन प्रयोग गर्नुपरे प्रमुख जिल्ला अधिकारीबाट जारी हुने सवारी पास लिनुपर्ने भएको छ ।

खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसायबाहेकका अन्य व्यवसाय हाललाई बन्द गर्ने र खाद्य सामग्री पसल बिहान १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खुला गर्ने, डिपार्टमेन्ट स्टोर र ग्रोसरी कक्ष पनि सोहीअनुसार खोल्न पाइने तर स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने जनाइएको छ ।

नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था, बिमा एवं राष्ट्र बैंकबाट इजाजत प्राप्त बित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारी र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारी साधन सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइनेछ ।

सञ्चारकर्मी-पत्रकारको हकमा सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न दिइनेछ । काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य स्थानीय तहले तोकेको क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नुपर्नेछ ।

(Visited 202 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेताहरू कुर्सीको खेलमा, जनता प्राकृतिक विपदमा

आजकाल दलबीच राजनीतिक प्रतिस्पर्धाका नाममा संस्थापन पक्षविरुद्ध प्रतिपक्ष शक्तिबीच अपवित्र गठबन्धन कायम गर्दै संस्थापन पक्षलाई क्रमशः एक्लो पार्ने, बदनाम गर्ने र अन्त्यमा पराजित गरी...

इटाली दुर्लभ कीर्तिमान नजिक

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली...

बेल्जियम, डेनमार्क, नेदरल्याण्ड र अष्ट्रिया नकआउट चरणमा

लन्डन । यूरोकप अन्तर्गत समूह चरणको गएराति सम्पन्न खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । बेल्जियमका लागि रोमलु लुकाकुले एक गोल...

ओलीको भ्याकेटले एमाले एकतामा अन्यौल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता थप संकटमा परेको छ । सर्वोच्च अदालतको फैसलाले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली गर्दै...

साताका लोकप्रिय समाचार

छोरीको प्रेमीलाई फसाउन घरमा पेस्तोल राखेका थिए चौधरीले

  उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले अमेरिकन पेस्तोल र त्यसका लाग्ने गोली म्यागजीन सहित बिहीवार एक जनालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका–...

भक्तपुरमा ९५ प्रतिशत संक्रमित कोरोना मुक्त, २७७ को मृत्यु

  भक्तपुर । भक्तपुरका ९५ प्रतिशत कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । भक्तपुरका २१ हजार २३४ जना संक्रमित मध्ये मंगलवार साँझसम्म २० हजार २१६ जना...

सुरु भयो सुदूरपश्चिमका सीमानाकामा भारत जानेहरुको ताँती

  धनगढी । सुदूरपश्चिम प्रदेशका सीमानाकाबाट भारत जाने नेपालीहरूको संख्या बढ्दै गएको छ । भारतमा कोरोना भाइरसको संक्रमण केही नियन्त्रणमा आएर जनजीवन सामान्य हुँदै व्यापार...

युरोकपः इटाली नकआउट चरणमा

रोम । यूरोकपअन्तर्गत लगातार दुई खेल जितेर समुह ‘ए’ बाट ६ अंक जोड्दै इटाली नकआउट चरणमा प्रवेश गरेको छ । स्वीट्जरल्याण्ड्लाई ३–० ले हराउँदै...

मेलम्चीकाे पहिराेले निम्ताएको विनाश १६ तस्विरमा (फोटोफचर)

  मेलम्ची । लगातार प्राकृतिक विपत्ती भोगीरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तीबाट ठुलोजनधनको क्षती भएको छ । २०७१ सालदेखि लगातार प्राकृतिक...

ट्रेन्डिङ

सामाखुशीमा ट्याक्सीमा आगजानी

सामाखुशीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजानी गरेको छ । काठमाडौँ महानगरपालिका–२६ आत्मज्ञानस्थित सडकमा आज बिहान ६स्३० बजे प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजानी...

विद्युतीय सवारी साधनमाथिको अंकुश हटाउन माग

काठमाडौं । सरकारले प्रस्तुत गरेको बजेट वक्तव्यमा विद्युतीय सवारी साधन आयतमा थप कर लगाउने घोषणा गरेपछि सरोकारवाला निकायले यसको विरोध गरेका छन् । उनीहरूले...

मुख्य सचिव रेग्मीले दिए राजीनामा

काठमाडौँ । मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

जारको पानीको मूल्य बढाइयो

काठमाडौं । सरकारले पहिलो पटक उपभोक्तालाई मर्का पर्ने गरी प्रशोधित पिउने पानीको मूल्य निर्धारण गरेको छ । आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले...

मानवअधिकार हननका घटनामा वृद्धि

धनगढी । सुदूरपश्चिम प्रदेशमा गत वर्षको तुलनामा मानवअधिकार हननका घटनामा वृद्धि भएको एक तथ्यांकले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीका...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

पवित्रामाथि एसिडको वज्रपात: भन्छिन्– मलाई त सन्चो होला नि ?

समय : बिहान ११:४५ बजे अस्पताल : कीर्तिपुर अस्पताल बेड : क्याबिनको बेड नम्बर ३ शनिबार बिहान ११:४५ वजे कीर्तिपुर अस्पताल पुग्दा २२ वर्षीया पवित्रा कार्की क्याबिनको...

भौतिक मन्त्रालयले थप्यो, १५ सय ठेक्काको म्याद

काठमाडौं । सरकारले १५ सयवटा ठेक्काको म्याद थपेर विभिन्न निर्माण कम्पनीहरूलाई अन्तिमपटकका लागि काम गर्ने अवसर प्रदान गरेको छ ।ती म्याद थपिएका निर्माण कम्पनीले...

मन्त्रीलाई कालोमोसो दल्ने चेतावनी

जनकपुरधाम । राष्ट्रिय जनता पार्टीका एकजना प्रभावशाली नेताले प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई कालोमोसो दल्ने चेतावनी दिएका छन् । राजपा धनुषा...

म्यान्मारमा सुरक्षाकर्मीद्वारा एकै दिन ८० प्रदर्शनकारी मारिए

म्यान्मार ।  म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीहरुद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् । देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको समाचारमा जनाइएको छ...

कैलाली र कञ्चनपुरमा निषेधाज्ञा : बजार सुनसान, सिमानाकामा भिडभाड

धनगढी । सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा शुक्रबारदेखि निषेधाज्ञा जारी गरिएको छ । कैलाली जिल्ला प्रशासन कार्यालय र कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले १० बजेदेखि निषेधाज्ञा...

मजदूरहरुको दुखेसो,रोगभन्दा भोक सहन गाह्रो

काठमाडाैं । चैत १० गतेअघिसम्म सिन्धुलीका हरि माझीलाई दिन बितेको पत्तो हुँदैनथ्यो । दिनभर भारी बोक्यो, साँझ खाना खायो थुपुक्क सुत्यो । एकै...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)