Saturday, September 25, 2021
Your Ads Here
HomeNot-to-be-missedउत्कृष्ट निर्देशक सरोज खनाल

उत्कृष्ट निर्देशक सरोज खनाल

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । नेपाल सर्ट फिल्म अवार्ड २०७७ मा अभिनेता सरोज खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । यो अवार्डका १९ वटा सर्ट फिल्म सहभागी थिए । जसमध्ये ८ वटा सर्ट फिल्म अवार्डमा चयन भएको कार्यक्रम निर्देशक एवं नेपाल चलचित्र संयोजक समाजका उपाध्यक्ष राजु अधिकारीले बताएका छन् ।

अभिनेता सरोज खनालले पहिलोपटक निर्देशनमै यो अवार्ड जितेका छन् । यस्तै प्रतियोगितामा उत्कृष्ट सर्ट फिल्मको अवार्ड तेजेन्द्रप्रसाद कँडेल निर्देशित देशमाथिले जितेको छ ।

स्टार वान इन्टरनेटमेन्ट र विलक्षण क्रियनसले आयोजना गरेको नेपाल सर्ट फिल्म प्रतियोगितामा सर्वोत्कृष्ट कथाको अवार्ड आरती अधिकारी आचार्यले चलचित्र लकडाउनबाट, सर्वोत्कृष्ट कथा (डायस्पोरा)बाट पुरु राईले चलचित्र सहाराबाट, सर्वोत्कृष्ट खल पात्रको अवार्ड कलाकार तुलसीप्रसाद श्रेष्ठले चलचित्र नसाबाट, सर्वोत्कृष्ट हास्य अभिनेताको अवार्ड अभिनेता शेखर खनालले चलचित्र धूर्त काजीबाट हासिल गरेका छन् । यस्तै सर्वोत्कृष्ट नवनायकको अवार्ड सुरज पोखरेलले चलचित्र हाम्रो नाताबाट, सर्वोत्कृष्ट नायकको अवार्ड अभिनेता धु्रवदत्तले चलचित्र सहाराबाट, सर्वोत्कृष्ट नवनिर्देशकको अवार्ड निर्देशक आशुतोष अधिकारीले चलचित्र हाम्रो नाताबाट हासिल गरे ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   गायिका इन्दिरा जाेशीकाे सुटुक्क इन्गेजमेन्ट

अवार्ड समारोहमा निर्देशकतर्फको जुरी अवार्ड केडी प्रशितलाई चलचित्र मेरो भगवानबाट प्रदान गरियो । यस्तै सर्ट फिल्म निर्देशकको इनकरेजमेन्ट अवार्ड अमीर बरालले चलचित्र ज्यान जाने पिरिमबाट प्राप्त गरे । अवार्ड विजेतालाई पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्री, अभिनेता रविन्द्र खड्का, रमेश बुढाथोकी, नवल खड्कालगायतले एक समारोहबीच अवार्ड प्रदान गरेका थिए ।

तपाइको प्रतिक्रिया

(Visited 222 times, 1 visits today)

आजको समाचार

करिश्मादेखी शान्ता चाैधरी समेतले होम सेन्टरमै दिए कक्षा १२ को परीक्षा

काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट सम्पन्न भएको छ ।...

काठमाडौं प्रहरीको चाडबाड सुरक्षा योजना

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंतिहारलगायतका चाडबाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ । परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडबाडका लागि प्रहरी परिचालनदेखि...

विवादमा संगीत रोयल्टी संकलन समाजको नयाँ कार्यसमिति

काठमाडौं । संगीत क्षेत्रका १५ सय स्रष्टाहरूको रोयल्टी संकलन गरेर वितरण गर्ने जिम्मेवारी बोकेको संस्था ‘संगीत रोयल्टी संकलन समाज नेपाल’ यतिबेला आफैं विवादमा छ...

दसैंमा टिकाकाे साइत बिहान १० बजेर ०२ मिनेटमा

  काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत...

माफिया, तस्कर र बिचौलियाको सलबलाहट

नेपालमा केही अपवादलाई छाडेर अब वास्तविक रूपमा असल र इमानदार नेता पाउनै कठिन हुन थालेको छ । राजनीतिको आवरणमा अपराधीकरण यति धेरै बढ्न थालेको...

साताका लोकप्रिय समाचार

स्मृति : त्यो अन्तिम आवाज

  निद्रामै थिएँ, म्यासेन्जरमा आएको घण्टीले ब्युँझायो । बिहानी ६ बज्नै लागेको रहेछ । हतारहतार सिरानीनिर राखेको फोन तानें । मनमा चिसो पस्यो । ‘कतै आमालाई...

एमालेसंग संवाद गर्नुस् भन्दै सत्ता साझेदार दलले दिएकाे सुझाव सभामुखले मानेनन्

  काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिएर प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएको सुझावलाई सभामुख अग्निप्रसाद सापकोटाले अस्विकार गरेका छन् । सत्तारुढ...

यी हुन् राष्ट्रपतिबाट पदक पाउने पत्रकार

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा पत्रकारितामा लागेर आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पु-याउने वरिष्ठ पत्रकार तथा पत्रकारलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित...

माफिया, तस्कर र बिचौलियाको सलबलाहट

नेपालमा केही अपवादलाई छाडेर अब वास्तविक रूपमा असल र इमानदार नेता पाउनै कठिन हुन थालेको छ । राजनीतिको आवरणमा अपराधीकरण यति धेरै बढ्न थालेको...

अब माओवादी केन्द्रमा पनि अध्यक्ष र पदाधिकारी चयन निर्वाचनबाटै

  काठमाडौं । पार्टी गठन भएपछि राष्ट्रिय सम्मेलन र विशेष सम्मेलन भन्दै अहिलेसम्म महाधिवेशन नगरेको नेकपा माओवादी केन्द्र पनि निर्वाचित कार्यसमितिकै लाइनमा उभिएको छ । माओवादी...

ट्रेन्डिङ

रंग भेदको सिकार बनेकी अभिनेत्री समिरा

मुम्बई । बलिउडमा नातावाद मात्र नभएर रंग विभेद पनि हुने गरेको अभिनेत्री समीरा रेड्डीले बताएकी छन् । यी अभिनेत्री पछिल्लो समय आमा बनेपछि सन्तानको...

बेलायतबाट नेपाल प्रवेशमा राेक

काठमाडाैं । सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। मंगलबार अपराह्न बसेको कोभिड नियन्त्रणसम्बन्धि बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)