लुम्बिनीमा एमालेको एकल सरकार बनाउने प्रयासमा गम्भीर धक्का, बहुमत नपुग्ने

बुटवल । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेपछि प्रदेशसभामा नेकपा एमालेको बहुमत नपुग्ने भएको छ । योसँगै लुम्बिनी प्रदेशमा एमालेको एकल सरकार गठन गर्ने मुख्यमन्त्री शंकर पोखरेलको प्रयाससमेत असफल हुने देखिएको छ ।

दाङ ३ (ख) बाट नेकपाबाट निर्वाचित वलीले अन्तिम समयमा माओवादी केन्द्र रोजेपछि लुम्बिनीको राजनीति नै तरंगित बन्न पुगेको छ । वलीले माओवादी केन्द्र रोजेको औपचारिक जानकारी प्रदेश सभालाई समेत जानकारी गराइसकिएको छ ।


प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनपछि तत्कालीन नेकपाले उनकी पत्नी विमलालाई उम्मेदवार बनाएको थियो । उत्तरकुमार भने एमालेबाट निर्वाचित भएका थिए ।

वलीले माओवादी रोजेपछि ८१ सदस्यीय लुम्बिनी प्रदेश सभामा सत्तारूढ एमालेसँग ४० सांसद मात्र छन् । यससँगै एकल बहुमतको सरकार बनाउने एमालेको प्रयासमा धक्का लागेको हो ।

मुख्यमन्त्री शंकर पोखरेलले आइतबार विहान राजीनामा दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 309 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महानगरमा भागबण्डा, उपमहानगरमा अड्को