Tuesday, June 22, 2021
Home प्रमुख कांग्रेस नेता खड्काको निधन

कांग्रेस नेता खड्काको निधन

राजधानी समाचारदाता,

भक्तपुर ।  नेपाली कांग्रेसका नेता शिवबहादुर खड्काको आज यहाँ निधन भएको छ । पछिल्लो समय मध्यपुरथिमिमा बस्दै आउनुभएका तत्कालीन संविधानसभा सदस्य खड्का घरको शौचालयमा लडेर घाइते भएपछि गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

रामेछापको बेथानमा जन्मिनुभएका ७८ वर्षीय खड्का नेपाल विद्यार्थी संघका संस्थापक सदस्य हुनुहुन्थ्यो । पञ्चायतविरुद्ध कांग्रेसले सञ्चालन गरेको आन्दोलनमा उहाँ लामो समय सक्रिय हुनुहुन्थ्यो । पञ्चायतले पार्टी प्रतिबन्ध लगाएको बेला २०३८ सालमा खड्काले रामेछाप कांग्रेसमा जिल्ला सभापति भएर संगठन गर्नुभएको थियो । विसं २०४९ मा तत्कालीन जिल्ला विकास समितिका सभापतिमा निर्वाचित उहाँले पाँच वर्ष काम गर्नुभएको थियो । खड्कालाई कांग्रेस सभापति शेरबहादुर देउवाले तत्कालीन कांग्रेस (प्रजातान्त्रिक)का केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको थियो ।

राससका अनुसार बौद्धिक क्षेत्रबाट राष्ट्रपतिले मनोनयन गर्ने कोटाबाट खड्कालाई संविधानसभा सदस्य बनाइएको थियो । खड्काले भद्र अवज्ञा, सत्याग्रहका साथै नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका हरेक संघर्षमा अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले बताउनुभयो । संविधान लेखनमा उहाँको उल्लेखनीय योगदान रहेको जनाइएको छ ।

(Visited 98 times, 1 visits today)
Loading comments...

आजको समाचार

संशोधित राजस्वको लक्ष्य भेटाउन सरकारलाई गाह्रो

काठमाडौं । सरकारले सोमबारसम्ममा वार्षिक राजस्व लक्ष्यको ८१ दशमलव ०८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष सिद्धिन २४ दिन मात्र...

प्रतिनिधिसभा निर्वाचनमा नौ अर्ब लाग्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्चको आँकडा तयार गरेको छ । आयोगले दुई चरणमा गरेर...

पृथु बन्द प्रशिक्षणमा सहभागी नहुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटा मंगलबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । नेपालले अर्को महिना स्पेनमा...

कविता : मुस्कान हराएको छ

आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको...

साताका लोकप्रिय समाचार

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

सिक्लेस हाइड्रोमा ३० करोडको क्षति

पोखरा । अविरल वर्षाका कारण कास्कीको मादी नदीमा आएको बाढीले सिक्लेस हाइड्रो प्रालिद्वारा सञ्चालित मदक्यू खोला जलविद्युत् आयोजनामा ३० करोड रुपैयाँ बढीको क्षति पुगेको...

भ्रेमाथाङमा गएको पहिरोले हेलम्बुमा बाढी, खतरा टरेकाे छैन

  मेलम्ची । हेलम्बु–मेलम्ची उपत्यका ध्वस्त बनाउनेगरी असार १ गते मेलम्चीमा आएको बाढीबारे नयाँ तथ्य पत्ता लागेको छ। लाङटाङ राष्ट्रिय निकुञ्जमा अवस्थित हेलम्बुको भ्रेमाथाङमा गएको पहिरोले...

अब निजी सवारीलाई जोरबिजोर, पसल खोल्न बार र समय तोकियो

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन जिल्लामा १६ वैशाखबाट जारी निषेधाज्ञा पुनः एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर...

गण्डकीका मुख्यमन्त्री मनाङमा अड्किए

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टोली मनाङ सदरमुकाम चामेमा रोकिएको छ । मौसममा खराबी आएपछि टोली उद्धारमा खट्न सकेको छैन...

ट्रेन्डिङ

सेफ अलिकाे ‘भुत पुलिस’ पनि डिजिटल प्लेटफर्मबाटै आउने

मुम्बई । अभिनेता सैफ अली खान आफ्नो नयाँ फिल्म ‘भुत पुलिस’लाई सिनेमा हलमा रिलिज गर्ने पक्षमा थिए । तर, भारतमा दोस्रो लहरको कोरोना महामारी...

लोकतन्त्रको पर्याय गुटतन्त्र होइन !

२०६२-६३ को जनआन्दोलनपछि प्रजातन्त्रलाई लोकतन्त्र नामकरण गरियो । जनतालाई महŒव दिने काम भयो । जनता जनार्दन भनिए । किसानको छोरो देशको सर्वोच्च पदमा पुुग्यो...

पश्चिमी वायुको प्रभावले हल्का हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने भएको...

बिहारमा चट्याङ् लागेर ९२ जनाको मृत्यु

बिहार । भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर ९२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । गएरातिको सो चट्याङका कारण गएको २४ घन्टायता...

गौमुल गाउँपालिकामा स्वास्थ्य सेवा प्रभावकारी बन्दै

बाजुरा । गौमुल गाउँपालिकाले चिकित्सक सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले मेडिकल अधिकृतसहित अन्य स्वास्थ्यकर्मी भर्ना गरेर गाउँपालिकामा अस्पताल सञ्चालन ल्याएको गाउँपालिका अध्यक्ष हरिबहादुर...

लकडाउनमै सुटिङ गर्दा विवादमा अमिताभ

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चन सुटिङमा फर्किएका छन् । उनी ‘कौन बनेगा करोडपति’ (केबीसी)को १२औं शृंखलाको सुटिङमा फर्किएका हुन् । सोनी टेलिभिजन चाँडै नै...

दाईजो प्रथालाई चुनौती दिँदै लेखा अधिकृतले गरे आदर्श विवाह

सर्लाही । तराई मधेसमा महामारीका रुपमा फैलिएको दाईजो प्रथालाई चुनौती दिदै प्रदेश २ का एक जोडीले आदर्श विवाह गरेका छन् । सुनसरीको इनर्वा नगरपालिकामा...

ललिता निवास जग्गा प्रकरण: पूर्वप्रधानमन्त्री भट्टराई र नेपालविरुद्ध रिट दर्ता

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र माधवकुमार नेपाललाई मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ ।...

प्रचण्डकी नातिनीको गीतमा कार्टुन क्रुको डान्स (भिडियोसहित)

काठमाडौं । गायिका स्मिता दाहाल र गायक सरोज ओलीको स्वरमा रहेको नयाँ गीत ‘कमेरोले पोतेको दुई तलाको घर’ सार्वजनिक भएको छ । गज्जबको टिभी...

‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको...

स्थानीय सरकारको उपस्थिति भौतिक रूपमा देखिँदै

चुरे (मकवानपुर) । लामो समय स्थानीय जनप्रतिनिधिविहीन रहेको अवस्थामा ग्रामीण क्षेत्रको विकास ठप्प रह्यो । जनप्रतिनिधि निर्वाचित भएर आएपछिको केही समय विधि तथा नीति...

राहत वितरणका लागि सरकारले बनायो कार्ययोजना

कठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयले कोभिड–१९ भाइरसको संक्रमणका कारण प्रभावित भएका क्षेत्रमा तत्काल राहतका कार्यक्रम सञ्चालन गर्न बृहत् कार्ययोजना...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)