Saturday, May 15, 2021
Home प्रदेश प्रदेश ३ बाग्मती किनारमै ‘चिता’

बाग्मती किनारमै ‘चिता’

महेश्वर गौतम,

काठमाडौं । कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ ।

संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आए पनि सोमबारबाट भने बाग्मती किनारसमेत शव जलाउन प्रयोग गरिन थालिएको छ । कोरोना संक्रमित शव व्यवस्थापन जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको छ । सेनाले स्वास्थ्य मापदण्ड पालना गर्दै शव व्यवस्थापन गर्दै आएको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालका अनुसार शव चाप अत्यधिक भएपछि विकल्पमा बाग्मती किनार अन्त्येष्टि गर्न थालिएको छ । ‘शवको चाप अत्यधिक बढ्यो, त्यसले गर्दा बाग्मतीमा अन्त्येष्टि थालेका छौं,’ सदस्य सचिव ढकालले राजधानीसँग भने ।

सेनाले मृत्यु हुनेको संख्या अझै तीव्र गतिमा बढ्दै गए सामूहिक शवदाहमा जानुपर्ने अवस्था आउन सक्ने आँकलनसमेत गरेको छ ।

हाल, पशुपति आर्यघाटमा तीन विद्युतीय शवदाह गृह छन् । तीमध्ये एक मर्मत क्रममै छ ।

सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले विद्युतीय शवदाह गृहमा मात्रै शव व्यवस्थापन गर्न समस्या भएपछि कोषसँगको समन्वयमा विद्युतीय शवदाह गृहनजिकै बाग्मती नदी किनार रोजिएको जानकारी दिए । ‘विद्युतीय शवदाह गृहमा मात्रै शव व्यवस्थापन गर्न समस्या हुन थाल्यो,’ उनले भने, ‘संख्या बढ्दै जाँदा चाप पनि बढ्दो भएर बाग्मती किनार संक्रमित शवको अन्त्येष्टि थालिएको हो ।’

सैनिक प्रवक्ता पौडेलका अनुसार गत १७ र १८ वैशाखमा २६ संक्रमितको शव पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्यष्टि गरिएको छ । तर, १९ वैशाखमा मृतक संख्या बढेर ३१ पुग्यो । सोमबार साँझसम्म पशुपति आर्यघाटमा ३६ जनाको शव अन्त्येष्टिका लागि अनुरोध आएको छ ।

सेनाले मृत्यु हुनेको संख्या अझै तीव्र गतिमा बढ्दै गए सामूहिक शवदाहमा जानुपर्ने अवस्था आउन सक्ने आँकलनसमेत गरेको छ । संक्रमण गतिमा ‘चेनब्रेक’ नहुँदा सरकारले निषेधाज्ञा देशव्यापी बनाउँदै लगेको छ भने उपत्यकामा जारी लकडाउन बढाउने तयारी गरेको छ ।

(Visited 116 times, 2 visits today)
Loading comments...

आजको समाचार

२ जेठ २०७५ मा फर्किन ओली सहमत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार राति...

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय...

च्याम्पियन बन्ने लक्ष्यमा धनगढी र काठमाडौं

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हँुदैछ ।...

आमालाई ढुंगा हानेको बद्लामा छोराले गरे बञ्चरो प्रहार गरेर बाबुको हत्या

दैलेख । आमालाई कुटपिट गरेको बदलामा बञ्चरो प्रहार गरेर दैलेखमा एक युवाले बुबाको हत्या गरेका छन् । डुंगेश्वर गाउँपालिका–६ माथिल्लो डुंगेश्वरबजारका २१ वर्षीय विकास...

“सेतो सिपाही”

कोभिडले थला परेर काम गर्न नसक्ने मेरी आमाको फोक्सोमा एक मुठी अक्सिजन भर्न तिमीले एक रफ्तारले छाति थिचिरहँदा तिम्रा कोमल औँलाहरुमा मेरी आमाको प्राण चलेको देख्छु ---------------------------- सेतो पि पि इ भित्र बाफिएको जिन्दगी...

साताका लोकप्रिय समाचार

ओ भविन ! गाई बाँधिराख है, म आउँछु, गोठालो जान पर्छ

  ट्वीटरमा नारायण अमृतले लेखे । ओहो संखुवासभाः चैनपुर नगरपालिका–११ सातटारेमा गाई चराइँदै । ग्रामीण समाजमा पशुपालन अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । कृषिबाली उत्पादनका लागि पनि...

डिजिटल प्लेटफर्म खोज्नुपर्ने सिनेकर्मीको भनाइ

काठमाडौं । कोरोना संक्रमणका कारण १६ वैशाखदेखि काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा लकडाउन सुरु भएपछि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) यतीबेला डिजिटल माध्ययमबाटै भर्चुअल...

काेराेना संक्रमणबाट २१४ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा  कोरोना भाइरस संक्रमणबाट  २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८९६०...

विषादीको नाममा ‘विष’ व्यापार

काठमाडौं । २०७७ साउनतिर खेती थालेकी दाङ (मानपुर) की रविना क्षेत्रीले गोलभेंडामा एक्कासी कीरा देखापरेपछि घोराहीस्थित अनुप एग्रोभेटबाट ‘साइफर मिथेन’ नामक विषादी ल्याइन् ।...

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

ट्रेन्डिङ

काभ्रेमा थप एक जनामा कोरोना संक्रमण

काभ्रेपलाञ्चोेक । काभ्रेमा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको बनेपा नगरपालिका वडा न १० का २४ बर्षीया युवतीमा कोरोना सङक्रमण पुष्टि...

मौलापुर नगरपालिकाको भवन उद्घाटन

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री प्रभु साहले मौलापुरस्थित एकीकृत सरकारी भवनको उद्घाटन गरेका छन् । आज एक औपचारिक कार्यक्रमका बीच...

बुटवल उपमहानगरद्वारा संक्रमितको घरघरमा अक्सिजन र औषधी

  बुटवल । कोरोना महमारी संक्रमणको दोस्रो लहरसँगै बुटवल उपमहानगरपालिकाले जनताको घरदैलोमै सेवा प्रदान गर्ने अभियान चालेको छ । उपमहानगरले अक्सिजन बैंकको स्थापना गरी संक्रमितहरुको...

काठमाडौंका सडकमा फेरी खाल्डाखुल्डी

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाका मुख्य तथा भित्री सडकमा फेरि खाल्डाखुल्डी देखिन थालेका छन् । विभिन्न प्रयोजनका लागि सडक खन्ने तर पिच नगर्ने क्रम...

ओमानसँग नेपालको हार

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । घरेलु मैदानमा नेपाल बुधबार ओमानसँग १८...

जनता समाजवादी पार्टीद्वारा आयोगमा दल दर्ताको निवेदन

काठमाडाैं । नवगठित जनता समाजवादी पार्टीले पार्टी एकीकरणको सहमतिपत्र निर्वाचन आयोगमा दर्ता गराएको छ । एकीकृत पार्टीका नेताहरुले आज निर्वाचन आयोग पुगी दल दर्ताको...

म्यान्चेस्टर सिटी र लिभरपुलको नमीठो पराजय

इग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ । यो हारसँगै म्यान सिटीको २१ खेल लामो जितको श्रृंखला पनि टुटेको...

एकै दिन ५८६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७ हजार १७७ पुग्यो

काठमाडौँ । नेपालमा बुधबार थप ५८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता...

हामी एमाले हुनै सक्दैनौं : कुन्दन कुशवहा

काठमाडौं । निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहाले आफू नेपाल कम्युनिष्ट पार्टी (एमाले) नभएको बताएका छन् । आज संचारकर्मीहरुसंग कुरा गर्दै निवर्तमान प्रदेससभा सदस्य कुशवाहाले पार्टी...

बुहारी हत्या अभियोगमा सासु पक्राउ

लमजुङ । बुहारी हत्या अभियोगमा सासु पक्राउ परेकी छिन् । लमजुङको मध्यनेपाल नगरपालिका– ५ पराजुलीबेसीमा १० दिन अघि मृत अवस्थामा फेला परेकी २३ बर्षीया...

प्रहरीलाई नै अनुसन्धान गर्न देऊ

फौजदारी अपराध व्यक्तिविरुद्ध मात्र नभएर समाजविरुद्धको कुरा हो । यसका लागि पीडितलाई राहत दिलाउन राज्य मात्र होइन, समाज नै अग्रसर हुनु जरुरी छ ।...

झापामा कोेरोना संक्रमणबाट ५८ जनाले ज्यान गुमाए

झापा । कोरोनाको महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या जिल्लामा ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)